२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

पाल्पा, २६ साउन

।अवैध लागूऔषधसहित एक युवक शुक्रबार तानसेनबाट पक्राउ परेका छन्। सर्लाही ईश्वरपुर नगरपालिका–१२, स्थायी घर बताउने २४ वर्षीय कमलकुमार खड्का तानसेन नगरपालिका–२, नारायणस्थानमा रहेको डेराबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खड्काले नारायणस्थान डेरामा अवैध लागूऔषध लुकाई बेचविखनसमेत गर्ने गरेको सूचनापछि प्रहरीले पक्राउ गरेको जनाए। खड्का बस्ने डेरामा खानतलासी गर्दा लुकाइएको अवस्थामा डाइजेपाम, फेनारगन, आइपीपीएल टालजेसिक लेखेको लागूऔषधजस्तो देखिने एम्पुल एक/एक वटा गरी तीन वटा बनाई टेपले बाँधेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

३१ एम्पुल र आइपीपीएल टालजेसिक ३१ एम्पुल गरी ९३ एम्पुल भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। डेरामै खाटमुनी लुकाइराखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्ज निडलसहितको १५ थान, ११ थान निडल, प्रयोग गरेको फुटेको एम्पुल ८ थानसहित फेलो परेकाले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

 

काठमाण्डौं, २७ साउन ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् ।

 

पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए ।

 

पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्ययोजनाको चर्चा गरे । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएका छन्’, पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’ विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरुले डिजिट प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औंल्याए ।

लेनिनले कम्युनिष्ट पार्टीहरुको निम्ति संगठनको रुप सर्वथा अचुक र अपरिवर्तनशील हुन नसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले संघर्षको स्थिति र विकासको प्रक्रिया अनुरुप संगठनको रुपहरुको खोजी गरिएको बताए । यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र संगठनमा भर पर्र्नुपर्ने चिनियाँ कम्युनिष्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टी पंक्तिलाई निर्देशन दिए । पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरुको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरुको आन्दोलनले धेरै ठूलो योगदान गरेको बताए ।

 

नेपालको संविधानले राज्यका सबै तहमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेण्टी गरेको उल्लेख गरे । आफ्नो दलले भने गाउँदेखि केन्द्रसम्म कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको र आगामी दिनमा उक्त प्रतिशत बढाउँदै लैजाने नीति रहेको जनाए । पुनले नेपाली समाजको रुपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको भन्दै त्यसको अबमूल्यन कसैले गर्न नसक्ने तर्क गरे ।

 

काठमाडौं, २७ साउन ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् ।

 

संसद अबरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताएका हुन ।

 

कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताएका छन । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अबरोध गरिरहेको छ, यो संसद अबरुद्ध भईरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने ।

 

बिगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै बिषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन ।

१०० केजी सुन प्रकरण भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान बिभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।

मुम्बई, २७ साउन । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ ।

 

हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।

 

फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि साे चलचित्रकाे तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।

 

फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

 

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।

रौतहट,साउन २६ गते ।

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने विरुद्ध महासंघ रौतहटले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ रौतहटले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की नदिन चेतावनी दिएको छ । जनता टेलिभिजन रौतहट समाचारदाता प्रेम यादवलाई प्रदेशिक अस्पताल गौर व्यावस्थापन समितिका अध्यक्ष अहमद अनवर हासिले समाचारको बिषयलाई लिएर धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहटले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल पत्रकार महासघ रौतहटका सचिव धनन्जय ठाकुर उर्फ मदनले समाचारको बिषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल ,सम्मानित अदालतमा जानुको साटो पत्रकार लाई फोनमा धम्की दिने कार्य निन्दनीय भएको र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न समेत सुरक्षा निकायसंग आग्रह गरेकाछन ।

इन्दीप कोइराला,बारा, २६ साउन ।

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। बाराको जितपुरसिमरा उपमाहनगरपालिका-१६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो।

शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आबेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ। घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। न्युज कारखाना

आरके श्रीवास्तव,रौतहट,साउन २६ गते ।
रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल बिधुत प्रधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर सफलतापूर्वक जडान भएको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका थिए ।
तर अब सो समस्या समाधान हुने भएको छ । यस अघि वितरण केन्द्रमा रहेको ८ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान भएको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराउनु भयो । उक्त ट्रन्सफर्मर जडान भएपछि फल्ट बाहेक बक्ती नजाने बताए । झयाप झयाप बक्ति जाने समस्या समाधान हुने उनले जानकारी समेत गराए ।


८ एमभिएको ट्रन्सफर्मर हुँदा ओभरलोड भइ लाइ ट्रिप हुने समस्या थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ । वितरण केन्द्रमा बारम्बार उक्त समस्या उत्पन्न भएपछि नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयले १६ एमभिएको नयाँ ट्रान्सफर्मर उपलब्ध गराएको प्रमुख यादवले बताएका छन् । अब उपरान्त वितरण केन्द्र अन्तर्गतका २५ हजार भन्दा बढी रहेका उपभोक्ताले राहत पाउने भएका छन् ।
मौलापुर वितरण केन्द्र अन्तर्गत हुकिङ्ग धेरै छ । विधुत चुहावट अत्यधिक मात्रामा छ । जबकी यस केन्द्र अन्तर्गतका पालिकाहरुले कृषि मिटर निःशुल्क गरेका छन् । भने बिधुत महसुलमा पनि सहुलियत दिदै आएको छ । तर पनि बिधुत चुहावट रुकन सकेको छैन् । साथै बिधुत महसुल पनि वसुली हुन सकेको छैन् । महसुल संकल्न नहुँदा शाखा चलाउन मुश्किल भइरहेको कार्यालय प्रमुख यादवले बताए ।

 

 

काठमाडौं, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर(प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन  dbअनुरोध छ।

रौतहट,साउन २६ गते ।
रौतहटको सबभन्दा ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको गरुडा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चएनका लागि आउँदो भदौ १५ गते निर्वाचन हुने भएको छ ।
संघको विधानअनुसार तिन तिन वर्षमा संघको निर्वाचन गर्नुपर्ने प्रावधान छ तर विभिन्न कारणले विगत पाँच वर्षदेखी हुन नसकेको नगर उद्योग वाणिज्य संघ गरुडाको निर्वाचन भदौ १५ गते हुन लागेको छ ।
संघको निर्वाचनको मिति तोकिएपछि अहिले अध्यक्ष सहित विभिन्न पदमा चुनाव लड्न चाहने इच्छुक व्यक्तिहरुले धमाधम आ–आफना उम्मेदवारी घोष्णा गर्न थालेका छन् ।
अध्यक्ष पदका आकांक्षीहरुले आ–आफना उम्मेदवारी घोष्णा गर्दै अहिले देखी नै आफना पक्षमा माहौल बनाउन अर्थात आफना पक्षमा मतदातालाई पार्न व्यस्त भएका छन् ।
सन्तोष कोल्ड स्टोर्स गरुडाका सञ्चालक समेत रहेका गरुडाका व्यापारी सन्तोष कुमार चौधरीले गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा चुनाव लड्ने घोष्णा गरेका छन् ।
अध्यक्ष पदमा चुनाव लड्ने घोष्णा गरेका चौधरी ग्यास बिक्रेता महासंघ मधेश प्रदेशका उपाध्यक्ष, रौतहट ग्यास बिक्रेता संघका महासचिव एवं नगर उधोग वाणिज्य संघ गरुडाका सदस्य समेत रहेका छन् ।
सम्पूर्ण उद्योगी, व्यापारीको साथ, सहयोग र समर्थनमा आफु अध्यक्ष पदमा चुनाव लड्न लागेको चौधरीले बताएका छन् ।
गरुडा नगर क्षेत्र भित्रका अधिकांश उद्योगी एंव व्यापारीहरुले यस पटक अध्यक्ष पदमा आफुलाई नै सार्न खोजेकोले सम्पुर्ण व्यवसायीहरुको इच्छा, चाहना, आपार साथ, सहयोग, समर्थन, सुझाव र सल्लाहको आधारमा आफु चुनाव लड्न लागेकोले आफनो जित कसैले रोक्न नसक्ने चौधरीले दावी गरे ।
आफु चुनाव जितेपछि सर्वप्रथम संघको हाल रहेको एकतल्ले भवनलाई दुई तल्ले बनाउने, मुख्य सडकबाट संघको कार्यालयसम्म जाने करिव २ सय मिटर कच्ची सडकलाई पक्की बनाउने, हालसम्म केन्द्र र प्रदेशको उद्योग वाणिज्य महासंघमा दर्ता नरहेको नगर उद्योग वाणिज्य संघ गरुडालाई केन्द्र र प्रदेशमा दर्ता गराउने आफनो प्रमुख एजेण्डा एवं चाहना रहेको चौधरीले बताए ।
त्यस्तै गरुडाबाट घरेलु तथा साना उद्योग कार्यालय गौर २२ किलोमिटर टाढा रहेकोले उद्योग सम्बन्धी कामका लागि व्यवसायीहरु लाई समस्या हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै व्यवसायीहरुको सहजताका लागि घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र गरुडामै स्थापना गराउन पहलकदमी लिने र करदाता सेवा कार्यालय समेत गरुडाबाट धेरै टाढा चन्द्रनिगाहपुरमा रहेकोले त्याँहा गएर काम गराउन व्यापारीहरु अनावश्यक दुख भोग्दै आएको हुँदा उनिहरुको सहजताका लागि करदाता सेवा कार्यालयको काउण्टर गरुडामै खोल्नका लागि सक्दो प्रयास गर्ने उनले बताए ।
व्यापारीहरुको सबैखाले सुख दुखमा आफु साथ दिन तयार रहेको बताउँदै चौधरीले अध्यक्ष पदमा आफुलाई सघाउन सबै उद्योगी, व्यापारीहरुलाई आग्रह गरेका छन् ।

 

 

काठमाडौं, २६ साउन ।

शिक्षक महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको छ।

 

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलित बनेको महासंघले आफूहरूका माग सम्बोधन नभए अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो।

 

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगे अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन कडा पारिने चेतावनी दिइन्। महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै २० बुँदे माग गर्दै विभिन्न चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।

 

‘सकेसम्म विद्यालय बन्द गरेर आन्दोलन गर्न नपरोस् भन्ने हाम्रो चाहाना हो तर हाम्रो मागप्रति सरकारले बेवास्ता गर्दै मिचेरै जान खोजे हामी अनिश्चतकालका लागि विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनेछौं । जसरी सरकार प्रस्तुत हुन्छ, हामी पनि त्यसरी प्रस्तुत हुनेछौं,’ तुलाधरले भनिन्।

 

महासंघले जारी गरेको विज्ञप्तिमा द्वन्द्वपीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खापेका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन नपाएको, राजनैतिक आग्रह, पारिवारिक तथा समाजि द्वन्द्ध र विभेद लगायतका कारण स्थानीय तहका निर्वाचित पदाधिकारीको कोपभाजनमा प्रधानाध्यापक तथा शिक्षकस्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयो गरी निर्वाचित पदाधिकारीले कठपुतली विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने उल्लेख छ।

 

त्यस्तैगरी शिक्षक स्थायीत्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक/खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने अथवा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने, पारिश्रामिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरु तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलवको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणको विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग रहेका छन्।

 

महासंघले आइतबार सम्बन्धित पालिकामा शिक्षक तथा विद्यालय कर्मचारीले तीन घन्टा धर्ना दिने, ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति पालिकालाई प्रदान गर्ने, मंगबार देशभरका जिल्ला शिक्षा समन्वय इकाइमा तीन घन्टा धर्ना दिने, बिहीबार प्रदेशको समाजिक विकास मन्त्रालयमा तीन घन्टा धर्ना दिने, भदौ १ गते प्रदेश तथा संघीय सांसदलाई शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा बोलिदिन आग्रह गर्ने, विधेयक संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित भई काठमाडौंमा बृहत विरोध प्रद्र्धशन गर्नेलगायत आन्दोलनको घोषणा गरेको छ।

 

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले विद्यालय शिक्षा ऐनको विधेयक सच्याएर मात्रै सदनमा पेश गर्ने बताइसकेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।