२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

किभ, २७ साउन ।

युद्धको बीचमा कुनै देशका सैन्य अधिकारीहरूलाई हटाउने घटनाहरू विरलै देख्न सकिन्छ। यदि यस्तो भयो भने त्यसको पछाडि केही ठोस कारण हुनुपर्छ ।

 

यस्तै घटना अहिले युक्रेनमा देखिएको छ, जहाँ राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सबै सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

 

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भ्रष्टचारको आरोप लगाउँदै देशको बिभिन्न क्षेत्रवाट सैन्य भर्ती गर्ने अधिकारीहरूलाई बर्खास्त गरेका छन्। उनले युद्धकालमा भ्रष्टाचार गर्नु देशद्रोह बराबर भएकोसमेत बताए । युक्रेनमा भ्रष्टाचार व्याप्त छ । युद्धअघि पनि भ्रष्टाचार जस्ता समस्याको सामना गर्नु परेको थियो । यो पटक सेनामा पनि देखिएको छ ।

 

सो बिषयलाइ लिएर जेलेन्स्कीले वरिष्ठ सैन्य अधिकारीहरूसँग बैठक गरेका थिए । यसपछि सामाजिक सञ्जाल पोस्टमा भनेका छन्,  ‘हामी सबै स्थानीय सैन्य आयुक्तहरूलाई हटाइरहेका छौं। यो प्रणाली युद्ध के हो र किन संदिग्धता र घुसखोरीलाई युद्धको समयमा देशद्रोह मानिन्छ भन्ने थाहा भएका मानिसहरूले चलाउनु पर्छ।’ युक्रेनले गत वर्ष फेब्रुअरीदेखि रुससँग युद्ध गरिरहेको छ ।

 

रुससँग चलिरहेको युद्धमा लड्न युक्रेनका विभिन्न भागबाट युवाहरू भर्ना भइरहेका थिए । जसलाई अहिले भ्रष्टचारको आरोपमा जागिरबाट हटाइएको छ, उनीहरुको काम युक्रेनको सेनामा विभिन्न क्षेत्रका युवाहरुलाई भर्ना गर्ने थियो । युक्रेनले भर्ना प्रक्रियामा भइरहेको भ्रष्टाचार रोक्नु पर्छ भन्ने पश्चिमी देश र युरोपेली संघजस्ता संस्थाबाट निरन्तर माग भइरहेको थियो ।

 

युक्रेनी सरकारले सैन्य अधिकारीहरूलाई बर्खास्त गर्नु यस एपिसोडको सुरुवात मात्र हो। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सैनिक अधिकृतहरूले नियुक्तिमा भ्रष्टाचार गरेकोले देशको राष्ट्रिय सुरक्षामा ठूलो खतरा रहेको उल्लेख गरिएको छ । जसका कारण देशका संस्थानहरुको विश्वसनीयतामा असर परेको छ । अब सेना प्रमुखले सैन्य भर्ती प्रक्रिया पूरा गर्न अधिकारी छनोट गर्नेछन्।

 

काठमाडौं, २७ साउन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले संघको आगामी महाधिवेसनका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन ।

 

आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताए। काठमाडौंमा एक कार्यक्रमकाबीच छिट्टै आफ्नो प्रतिवद्दतासहित उम्मेदवारी घोषणा गर्ने सापकोटाले बताए ।

 

एनआरएनएमा सम्भावना बोकेका र क्षमता भएका नेताको रुपमा सापकोटा चिनिन्छन । उनी एनआरएनए अभियानमा विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक आईसिसि सह कोषाध्यक्ष र प्रवक्ता भैसकेका छन ।

 

 

 

दमासकस, २७ साउन ।

सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू बोकेको बसमा आक्रमण गरेको बताएका छन्।

 

सो आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ। सिरियाका केही भागहरूमा आइएस स्लीपर सेलहरूले २०१९ मा पराजित भए पनि अझै पनि घातक आक्रमणहरू गरिरहेका छन्।

 

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी सहर मायादिन नजिकैको मरुभूमि सडकमा भएको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु भएको र १० जना घाइते भएको बताएको छ ।

 

पूर्वी सिरियामा समाचार कभर गर्ने अर्को कार्यकर्ता समूहले २० सैनिक मारिएको र धेरै घाइते भएको बताएको छ। यस आक्रमणमा सिरियाली सेना वा सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

 

बेइजिङ, २७ साउन ।

चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पु¥याएको छ ।

 

भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

 

चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ।

 

 

चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ । चीनको केन्द्रीय सरकारले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि कूल ७ अर्ब ७ करोड युआन निकासा गरेको छ ।

 

 

न्युर्योक, २७ साउन ।

भर्जिन ग्यालेक्टिकले  आफ्नो पहिलो तीन यात्रुलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

 

ग्यालेक्टिकले न्यू मेक्सिकोबाट सामान्य हवाइजहाज जस्तै ४०,००० फिटको उचाइमा उडेको थियो। यस क्रममा ग्यालेक्टिकमा उपस्थित यात्रुहरूले करिब एक घण्टाको यो यात्राको आनन्द उठाए।

 

तीन जना यात्रुहरूमा जोन गुडविन (पूर्व ब्रिटिश ओलम्पियन), केइशा शेफ र छोरी अनास्तासिया (क्यारेबियन आमाछोरी) थिए। भर्जिन ग्यालेक्टिकका संस्थापक बेलायती अर्बपति रिचर्ड ब्रान्सन लगभग दुई दशकदेखि यसमा काम गरिरहेका थिए।

 

इस्तानबुल, २७ साउन ।

टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ ।

 

इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ ।

 

विदेशी मिडियाका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन्।

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्य सहित तीन जनाको मृत्यु भएको थियो। विदेशी सञ्चारमाध्यमका अनुसार उत्तरी इराकमा कुर्द लडाकूहरू विरुद्ध यो हप्ता पाँचौं ड्रोन हमला हो।

 

काठमाडौं, २७ साउन ।

नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ।

गत साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्।

यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।

 

काठमाडौं, २७ साउन ।

नेपाल इको प्यानलले खेर गएको पदार्थ थर्माेकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ ।

व्ल्यु वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरी पठाइदिएको थर्माेकोललाई रिसाइकल गरी केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो । म्युनिसिपल वेष्टको रुपमा रहेका थर्माेकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई समाधान मात्रै नगरी उपयोगीसमेत बनाएको हो । बताइए अनुसार इको प्यानल उत्पादनमा थर्माेकोल पनि आवश्यक हुन्छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफू वातावरण विज्ञानको पनि विद्यार्थी र निर्माण सामाग्रीमा हरित क्रान्ति आवश्यक भएको भनेर लविंग गरेर हिडेकोले वातावरण प्रदूषण हुनबाट जोगाउन यसो गरिएको बताए । एकातिर फोहोरको समस्या समाधान हुने र अर्काेतिर समस्या बनेको फोहोरको सही सदुपयोगले दोव्वर फाइदा पुगेको उनको भनाई छ ।

 

निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दा सक्दो रुपमा वातावरणलाई नकारात्मक प्रभाव नदिने उनको भनाई थियो । एकातिर वातावरण विनास नगर्ने र अर्काेतिर निर्माण सामाग्री कारखानाबाट उत्पादनको क्रममा वातावरण प्रदूषण गर्न नदिने जस्तै धुवा ननिकाल्ने, फोहोर ननिकाल्नेलगायतका उपायबाट आफूले इको प्यानलको उत्पादन गर्दै गरेको उनी बताउँंछन् । यही कारण वातावरणलाई नकारात्मक प्रभाव नपार्ने निर्माण सामाग्रीको प्रयोगमा जोड दिनुपर्ने विशेष आग्रह उनको छ ।

 

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार गरेर निर्माणस्थलमा यो जोड्न मात्र लाने गरिन्छ ।

 

लण्डन, २७ साउन ।

आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ ।

 

गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनका लागि  ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट दर्ता सुरु गरिने जनाइएको छ ।

 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालको समृद्धीमा गैरआवासीय नेपालीहरुको आर्थिक लगानी जति महत्वपूर्ण छ त्यो भन्दा बढी ज्ञान, सीप र प्रविधिको लगानीको महत्व रहेको वताए । उनले गैरआवासीय नेपाली अभियानमा बैद्धिक व्यक्तित्वहरुलाई सहभागी गराउने नीति लिएको वताए ।

 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा  ज्ञान सीप र प्रविधि विभाग प्रमुख  डा. हेमराज शर्माका अनुसार नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको हो । सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने सम्मेलन तयारी समितिका संयोजक डा. राजु अधिकारीले जानकारी दिए ।

 

‘विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघसंस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ’, संघद्धारा शुक्रवार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

 

‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने छ ।

 

यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ । सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको सम्मेलन आयोजक समितिका उपसंयोजक डा. देवी बस्नेतले जनाए ।

 

बाजुरा, २६ साउन ।

बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ।

जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ।

मानविय तथा चौपाया क्षती भने केहि भएको छैन्। उक्त स्थानमा प्रहरी टोलीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको छ। यस अघि बुधवार पनि बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ मा एक घर भत्किएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।