आरके श्रीवास्तव,रौतहट,साउन २८ गते ।
रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट द्धारा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । आइतबार बिहान जिल्ला सदरमूूकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
आज भएको रक्तदान कार्यक्रममा २४ जना पुरुष तथा २ जना महिला गरी करिब २६ जनाले रक्तदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी गराउनु भयो ।

रक्तदान गर्नेहरुमा जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिका र इशनाथ नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन ।
सो रक्तदान कार्याक्रममा आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोग रहेको थियो । सो रक्तदान कार्यक्रममा रौतहट प्रहरी प्रमुख बीरबहादुर बुढामगर,प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन,नेता राजकिशोर यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,साउन २७ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ । आफनो २४ औं स्थापना दिवसको उपलक्ष्यमा आज खाद्यान्न सहयोग गरिएको छ । मध्य रौतहटको गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा मनाएको हो । महासंघले आफनो वार्षिकीको उपलक्ष्यमा अनाथालयलाई सहयोग स्वरूप चामल, दाल, आलु, चिउरा आदि खाद्य सामाग्री अनाथालयका अध्यक्ष कृष्णकुमार सिंहलाई हस्तान्तरण गरेको हो ।

कार्याक्रमका प्रमुख अतिथि गुजरा नगरपालिका रौतहटका नगर प्रमुख सन्तलाल चौधरी र विशिष्ट अतिथि गरुडा नगरपालिकाकाकी उपप्रमुख पुनम देवी चौधरीले एक कार्यक्रमका बिच सो खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गर्नु भयो । सो कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका दुस्यान्त चौधरीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बृजमान तामाङ्गले गर्नु भएको थियो ।

साथै सो अवसरमा फोनिज मधेस प्रदेशको बसेको बैठकबाट रौतहट शाखाको गठन पनि गरिएको छ । विवेक कुमार चौधरीको अध्यक्षतामा ७ सदसिय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा यूभास श्रेष्ठ(विजेन्द्र),सचिवमा दिपक श्रेष्ठ,सह सचिवमा विनोद चौधरी,कोषाध्यक्षमा आशिष चौधरी रहेका छन् ।

यस्तै सदस्यहरुमा अकाश चौधरी,मन्जु मान्धर रहेका छन् । यता सल्लाहकारहरुमा ओमकिशोर चौधरी,गौतम श्रेष्ठ र जियालाल चौधरी रह्नु भएको छ । सो कार्यक्रममा फोनिजमा आबद्ध जिल्ला÷जिल्लान्तरका दर्जनौं सञ्चारकर्मीहरूको सहभागिता थियो ।

बेइजिङ, २९ साउन ।
चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ ।
सो पहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ ।
समाचार अनुसार शुक्रबार साँझ करिब ६ बजेजे भारी वर्षा, बाढी र पहिरोले सियान जिल्लाको चाङआन गाउँमा क्षति पुर्याएको थियो। भूकम्पबाट राष्ट्रिय राजमार्ग २१० मा रहेका दुई घर र २१ वटा खण्डमा क्षति पुगेको छ ।
सियान ब्यूरो अफ इमर्जेन्सी म्यानेजमेन्टलाई उद्धृत गर्दै भनिएको छ कि प्रकोपले तीनवटा विद्युत आपूर्ति पूर्वाधारमा क्षति पुर्याएको छ। जसका कारण हाल ९ सय घरमा बिजुली छैन । यसैबीच खोज, उद्धार र विपद् राहत कार्यमा लाइफ डिटेक्टर, स्याटेलाइट फोन, स्निफर डगलगायतका एक हजार थान उपकरण परिचालन गरिएको छ । शहरमा अनसाइट कमाण्ड सेन्टर पनि स्थापना गरियो। खोज, उद्धार र विपद् राहत कार्यमा ९८० जनाभन्दा बढी कर्मचारीसहित दमकल र प्रहरी विभागसहित १४ उद्धार टोली खटाइएको छ ।
आइतबार साँझसम्म १ सय ८६ जना बासिन्दालाई अन्यत्र सारिएको छ । राष्ट्रिय राजमार्ग २१० को तीन वटा गम्भीर क्षतिग्रस्त खण्ड पुनर्निर्माण गरिएको छ। सामान्य क्षति भएका २१ सडक खण्डमा अहिले पनि काम भइरहेको छ भने ४९ प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गरिएको छ । यसैबीच ८ सय ५५ घरमा विद्युत् आपूर्ति सुचारु भएको छ ।
गाउँका दुई घर बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै वरपरका सडक, पुल, विद्युत् आपूर्ति र अन्य पूर्वाधारमा क्षति पुगेको छ । शान्सीमा सशस्त्र प्रहरी बलको सियान डिटेचमेन्टले प्रभावित क्षेत्रमा १०० भन्दा बढी कर्मचारी तैनाथ गरेको छ। प्रभावित क्षेत्रमा प्रारम्भिक खोज तथा उद्धार कार्य भइरहेको छ ।
बेइजिङ।
चीनको उत्तरी क्षेत्र भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ ।
गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ । अहिले उनीहरुलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ । डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग प्लेगको सबैभन्दा सामान्य रूप हो तर यो निकै खतरनाक महामारीमा परिणत हुन सक्छ। मध्य युगमा यसले लाखाैं मानिसकाे ज्यान लिएकाे थियाे ।
विज्ञप्तिमा पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शंकास्पदलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । सरकारका अनुसार पहिले श्रीमतीमा संक्रमण देखिएको थियो, त्यसपछि श्रीमान् र छोरीमा पनि लक्षण पोजेटिभ देखिएको थियो । तर, अहिलेसम्म सबै संक्रमित र उनीहरुको सम्पर्कमा आएका शंकास्पद व्यक्तिमा कुनै असामान्य लक्षण भने देखिएको छैन ।
उनीहरू सबैलाई औषधि दिइएको छ । अगस्टको पहिलो हप्तामा स्वास्थ्य आयोगले आफ्नो वेबसाइटमा बुबोनिक प्लेगको एक केसमा धेरै अंग विफलताका कारण एक बिरामीको मृत्यु भएको बताएको थियो। यो प्लेग संक्रमण मुसाबाट सर्छ।
डब्ल्यूएचओका अनुसार, ‘बुबोनिक प्लेग’ संक्रमित पिस्वाको टोकाइबाट हुन्छ। बुबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो। मध्य युगमा यसलाई ‘ब्ल्याक डेथ’ भनेर चिनिन्थ्यो। यसको मुख्य कारण प्लेग नामक ब्याक्टेरिया हो। यहाँ ध्यान दिनु पर्ने कुरा यो हो कि यो ब्याक्टेरियल संक्रमण हो, भाइरस होइन । त्यसैले एन्टिबायोटिकबाट पनि यसको उपचार सम्भव छ । ‘बुबोनिक प्लेग’ ब्याक्टेरियाको संक्रमणको कारणले हुन्छ ।
यो एक विशेष प्रकारको ब्याक्टेरिया, यर्सिनिया पेस्टिसको संक्रमणबाट हुन्छ। यो रोग सामान्यतया मानिसको शरीरमा टोक्ने प्रकृति भएका जनावरहरूका कारण फैलिन्छ, जुन प्रायः पिसाको सम्पर्कमा आउँछन्। कहिलेकाहीँ यस्ता पिसाराले मानिसलाई टोक्ने पनि गर्छ, जसका कारण यसको संक्रमणको जोखिम बढ्छ ।
मुम्बइ, २९ साउन ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको गृह जिल्लामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ ।
जहाँ जिल्लाको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा विभिन्न कारणले १८ जना बिरामीको मृत्यु भएको छ।आठ जना बिरामीको अवस्था गम्भीर रहेको छ ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार पीडितमध्ये ७० प्रतिशत ५० वर्षभन्दा माथिका थिए । मृत्यु भएका मध्ये तेह्र जनाको आईसीयूमा थिए, जसले गर्दा अक्सिजन लाइनमा गडबडी भएको हल्ला फैलियो। तर, अस्पतालले यो आरोप अस्वीकार गरेको छ ।
गत शुक्रबार केही राजनीतिक कार्यकर्ताले चिकित्सकको लापरवाहीका कारण एकै दिन ६ जनाको ज्यान गएको भन्दै अस्पतालबाहिर विरोध प्रदर्शन गरेका थिए । मृत्युको संख्यामा अचानक वृद्धिले आइतबार विपक्षी दलहरूबाट हंगामा मच्चायो र नागरिक प्रशासनलाई स्वास्थ्य सेवा निर्देशनालयले मृत्युको उच्च स्तरीय छानबिनको घोषणा गर्न प्रेरित गर्यो।
उनले भने, ‘यो दुर्भाग्यपूर्ण घटना हो र हामीले यसलाई गम्भीरताका साथ लिएका छौं । विभिन्न दिनमा बिरामी भर्ना भएको हामीलाई थाहा छ। धेरैको अवस्था गम्भीर देखिएपछि निजी अस्पतालमा रिफर गरिएको थियो । हामीसँग तथ्यहरू छन् र अब विस्तृत विश्लेषणको प्रतीक्षा छ।’
जनस्वास्थ्यमन्त्री तानाजी सावन्तले दुई दिनमा प्रतिवेदन बुझाउने बताए पनि स्थानीय अधिकारीले १५ दिन लाग्ने बताएका छन् । स्वास्थ्यमन्त्रीले भने, ‘डीनको तर्फबाट लापरवाही भए नभएको छानबिन गर्न प्रतिवेदन माग गरिएको छ । रिपोर्ट आएपछि मात्रै खुल्ने छ । मुख्यमन्त्रीको स्वीकृतिपछि कारबाही हुन्छ ।”
मृत्यु हुनेमा १० जना महिला र आठ पुरुष छन्, जसमध्ये ६ जना थाने सहरका, चार जना कल्याणका, तीन शाहपुरका, दुई जना मुम्बईका, भिवंडी र उल्हासनगरका एक–एक जना थिए जबकि एक जना विरामी अज्ञात छन्। केही बिरामी गम्भीर अवस्थामा आएर उपचारकै क्रममा मृत्यु भएको कलवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिरुद्ध मालगाउँकरले बताएका छन् ।
उनले आईसीयूमा संक्रमणको सम्भावनालाई अस्वीकार गरे तर कर्मचारी अभावका कारण बिरामीलाई उचित ध्यान नदिएको आफन्तले गुनासो गरेका छन् । यी दाबीहरूलाई अस्वीकार गर्दै बांगरले भने कि कोभिड टोलीका ५ सय कर्मचारीहरू यहाँ ल्याइएको छ र थप नर्सिङ स्टाफ पनि नियुक्त गरिएको छ।
मृत्युको संख्यामा अचानक वृद्धिले आइतबार विपक्षी दलहरूबाट हंगामा मच्चाइएको थियो र नागरिक प्रशासनलाई स्वास्थ्य सेवा निर्देशनालयले मृत्युको उच्च स्तरीय छानबिनको घोषणा गर्न माग गरेका छन ।
जापान, २९ साउन ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानमा २०११ मा प्रवेश गर्दै आईसिसि सदस्य हुँदै अहिले सहकोषाध्यक्षमा रहेर काम गरेको अनुभव छ भने लायन्स क्लवको अध्यक्ष र अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएको अनुभव रहेको छ ।
गैरेले एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर पनि आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन । बाग्लुङ गल्कोटमा जन्मेका गैरेले विगत दुई दशक भन्दा बढी जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन । उनको जापानमा मिना ब्राण्डको आधा दर्जन भन्दा बढी रेस्टुरेन्ट व्यवसायका साथै सिनर्जी पावर पनि रहेको छ । टंक प्रसाद गैरे जापानमा रहेका नेपालीहरु माझ लोकप्रिय छन ।
संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिएको गैरे बताउछन । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिएको जनाउदै गैरेले गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्दै आफू अगाडी बढ्ने बताए । उनले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।
एनआरएन अभियानमा उर्जाशील स्वभावका गैरे सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । जापान तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु चिनाउने गैरेले बताए । यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता, युवा, महिलाको सहभागिता, श्रमिक मैत्री , बंशजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन ।
उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गैरेले जनाए । गैरेले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई साथ र समर्थन गर्न सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन । हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल , हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन भने उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मी, गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिदले उम्मेदवारी दिएका छन । महासचिवमा गौरीराज जोशी, बुद्धि सागर सुवेदी , गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन।
जापान, २९ साउन।
गैरआवासीय नेपाली संघ(एनआरएनए) को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन्। गैरआवासीय अभियानको क्रममा जापान भ्रमणमा रहेका शर्माले गैरआवासीय अभियानले अब विकासको मुद्दा बोक्नुपर्ने बताए।
शर्माले जापानमा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा विभिन्न सामाजिक संस्थाले गरेको कार्यक्रममा सहभागिता जनाएका थिए। एनआरएनए एनसीसी जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरे सहित कार्यसमितिले उपाध्यक्ष शर्मा सहितका अभियन्ताहरूको उपस्थितिमा शपथ लिएर पदबहाली गरेका छन्।
एनआरएनए जापानको शपथ समारोहमा शर्माले अभियानमा कसैको जितहार नहुने भन्दै विजेताले उपविजेतालाई साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए।
“आइसीसीको नेतृत्वको लागि लिएर एनसीसीमा मिलेर बसेको समाजलाई विभाजित नगर्न म अनुरोध गर्दछु,” शर्माले एनसीसी जापानको कार्यक्रममा भने,“आइसीसीको नेतृत्वमा जो आएपनि समाजमा मिलेर एनसीसीका साथीहरू बस्नुपर्छ।”

शर्माले एनआरएनए अभियानमा महत्त्वपूर्ण योगदान एनसीसीको भए पनि निर्वाचनको कारण यसलाई विवादमा ल्याउने गरिएको बताए। चुनावदेखि चुनावसम्ममा मात्र केन्द्रित हुँदा १० औँ महाधिवेशनमा दुर्घटनामा पर्न जोगिएको अभियानलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने भनाइ शर्माको थियो।
यस्तै चितवन समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा शर्माले नेपालीहरू विदेशमा एउटा सपना लिएर आएको र देशको आर्थिक विकासको सपना सबैले देखेको हुँदा यसलाई साकार पार्न विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बताए।
“स्थापनाको दुई दशक सामाजिक मुद्दामा मात्र हामीहरू केन्द्रित भयौँ,”शर्माले भने,“सामाजिक मुद्दालाई निरन्तरता दिएर अबको मुद्दा आर्थिक विकास हो,आर्थिक सम्बृद्धि हो,हामीहरू त्यसमा लाग्नुपर्छ।
“गैरआवासीय अभियान ८० देशमा फैलियो भन्दै गर्दा देशभित्र बस्नेको संख्या खाली भयो भनेर समेत हामीहरू चिन्तित हुनुपर्ने स्थिति छ,”शर्माले जापानमा आयोजित कार्यक्रममा भने,“देशलाई विकसित बनाएर विदेशमा आउने क्रमलाई हामीले रोक्न लाग्नुपर्छ।”
आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्माले देशको विकासको योजनाको लागि आवश्यक पर्ने लगानी लागि विदेशमा बस्ने नेपालीहरूले सामूहिक लगानीबाट सम्भव हुने र त्यसको आफूले अवधारणा ल्याएको जानकारी जापानका अभियन्ताहरूलाई गराएका थिए।
१५ वर्षदेखि अभियानमा निरन्तर लागिरहेको जानकारी गराउँदै शर्माले भने,“अभियानलाई अगाडि बढाउनको लागि विश्वभरका अग्रज अभियन्ताहरूको सल्लाह र सुझाव लिने क्रममा जापान आएको छु,तपाईँहरूको सुझावले नै अभियानलाई अगाडि बढाउने छु।”
किभ, २९ साउन ।
रूस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । दुवैतर्फबाट तीव्र हमला भइरहेको छ ।
पछिल्लो समय युक्रेनले पनि आक्रामक मनोवृत्ति देखाएको छ । जसका कारण रुस स्तब्ध भएको छ ।
युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार रुसले युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा मिसाइल प्रहार गरेको छ । जसमा कुल सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ दिनकी एक बालिका पनि सामेल छन् ।
रोयटर्सले युक्रेनको मन्त्रालयलाई उद्धृत गर्दै नीपर नदीको किनारमा रहेको शिरोका बाल्का गाउँमा रुसी पक्षबाट भीषण गोलीबारी हुँदा एकै परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको जनाएको छ । रिपोर्टका अनुसार मृत्यु हुनेमा श्रीमान्, श्रीमती, १२ वर्षीय बालक र २३ दिने बालिका रहेका छन् । यसबाहेक छिमेकी गाउँ स्टानिस्लाभमा दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् ।
रुसी आक्रमणपछि खेरसनका क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुडिनले आइतवार रुसी आक्रमणमा तीन जना घाइते भएको बताएका छन्। योसँगै कुल सात जनाको मृत्यु भएको छ । २३ दिनमा बालिकाको मृत्यु भएकोमा शोक व्यक्त गर्दै गभर्नरले यो हमलाले रुसको आतंकवादी मानसिकता झल्काउने बताए ।
बोगटा, २९ साउन ।
ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो ।

तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणाको आरोप लागेको खबर सार्बजनिक भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आफनै सौतेली छोरी माथी यौन दुब्र्यब्याहार गरेको आरोपमा उनलाई हाल पक्राउ गरिएको छ । उनी माथी कोलम्बिया प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अभियुक्त म्यानुएल रानोकेले आफनो सौतेली छोरी माथी निरन्तर रुपमा यौन दुब्र्यब्याबहार गरेको घटना सार्वजनिक भए पछि विश्व स्तब्ध भएको छ।
केही महिना अघि भएको अमेजनको जंगलमा भएको बिमान दुर्घटनामा परी रोआनोकेले आफनो श्रीमती गुमाएका थिए, सो विमान दुर्घटनामा परे पनि ४० दिन पछि चारजना बालबालिका जिबितै फेला परे पछि विश्वभरीको मिडियामा कयौं दिनसम्म ‘हेडलाइन’ बनेको थियो ।
रोयटर्सका अनुसार म्यानुएल रोआनोकलाई आफ्नी १३ वर्षीया सौतेनी छोरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई गत शुक्रबार पक्राउ गरिएको हो । उनी १० वर्षकी हुँदा देखी नै उनले आफनो सौतेनी छोरीलाई दुर्व्यवहार गर्दै आएको थिए । यद्यपि रोयटर्सले रोआनोके वा उनका वकिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरे तर उनीहरूसँग कुरा हुन नसकेको जनाएको छ ।
विमान दुर्घटनामा उद्धार पछि चार बालबालिका एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा भर्ना भएका थिए । यस समयदेखि उनी कोलम्बियाको परिवार कल्याण संस्थानको हेरचाहमा छन्। स्मरणरहोस, उनका छोराछोरी चढेको विमान कोलम्बियाको काक्वेटा प्रान्तको घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा पाइलटसहित तीन वयस्क यात्रुको मृत्यु भएको थियो । तर, चार निर्दोष बालबालिका जिउँदै फेला परेका थिए ।
हवाई, २९ साउन ।
अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
एक साता देखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ । स्थानिय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।
हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन भने सयौं सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन् । बिजुली तथा खानेपानीसमेत नहुदाँ मानिसहरूकाे दैनिक जीवन थप कष्टकर भएकाे छ । अधिकांस मानिसले घर छाडेर हिडेका छन् ।
हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।
हवाई राज्यमा भएको भिषण आगलागी कारण सयौं भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो वाइडेनले संघीय सरकारले पुननिमार्णमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन भने डढेलो निभाउनका लागि हरसम्भवः प्रयास गर्न निर्देशनसमेत दिएका छन् ।