कञ्चनपुर, ३१ साउन ।
कञ्चनपुरमा लागूऔषधसिहत दुई जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागूऔषधसहित पक्राउ गरेको हो।
उनीहरुलाई सु.प.प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकलसँगै ५११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौं, ३२ साउन ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
रौतहट,साउन ३१ गते ।
रौतहटको गरुडा नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा आइएफपिएस सहकार्यमा शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रमको उदघाटन तथा समापन सत्रमा गरुडा नगरपालिकाका नगर उप प्रमुख पुनम चौधरी तथा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो । २०२२ को जनवरी(फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै
राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ तालिमको समाप्न सत्र बोल्दै उप प्रमुख चौधरीले यस्ता सराहनीय कार्य गरेकोमा माण्डवीलाई धन्यवाद दिनुका साथै भविष्यमा यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताईन।
यस कार्यक्रम अन्तर्गत गरुडा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।
महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधि पुनम रामले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।
मञ्जय राम,कटहरिया,साउन ३१ गते ।
रौतहटमा एक जना ब्यक्तिको मृत अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा एक हप्ता नपुग्दै अर्को एउटा शव गाउँकै झाडीमा फेला परेको हो ।
जिल्लाको उत्तरी भेग कटहरिया नगरपालिकाको वडा नम्बर ९ डुमरियाका बुनिलाल माझीका छोरा अन्दाजी वर्ष २० का टिमन भनिने रामआन्नदी माझी रहेको प्रहरीले जानकारी दिए । माझीको शव आज बिहान बलुवा गाउँको नजिकै रहेको झाडीमा फेला परे पछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।
त्यस पछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल नेर्ततवको टोली घटना स्थलमा पुगी जाचँमुचुल्का उठाएको थियो । शवको प्राकृतिक हेर्दा समान्य चोट पटक लागेको हुनाले पोष्मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसन्धान भईरहेको खनालले बताउनु भयो ।
यस घटनाको सम्बन्धमा अनुसन्धान जारिरहेकाले थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यो भन्दा पहिला गौर नगरपालिकाको वडा नम्बर ८ पुरेन्वाका अन्दाजी ३५ बर्षिय प्रहरी हवलदार सुशील राउतको शव गौर पुलमुनिबाट मृत अबस्थामा फेला परेको थियो ।
आरके श्रीवास्तव,रौतहट,साउन ३१ गते ।
जिल्ला कारागार गौर रौतहटको अवस्था छिट्टै समाधान गराउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु शाहले बताउनु भएको छ । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । करागारलाइ कसरी सुरक्षित गर्ने विषयमा आफूपनि संवेदनशिल रहेको वहाँले बताउनु भयो । कारागारको पुनः निर्माण कसरी होस् र यसको राम्रो कसरी हुन्छ यसता तर्फ आफू लागी परेको उनको भनाइ छ ।
आफू निर्वाचित हुने वितिकै त्यसबेलाका तत्कालीन मधेश प्रदेश सरकारका गृहमन्त्री लाइ गौर कारागारको अनुगमन पनि गराएको जानकारी गराए । यसमा आफूले बारम्बार पहल गरी नै रहेको जनाए । कारागारको जग्गा केही व्यक्तीहरुले अतिक्रमण गरेर राखेका छन् । यसबारे मैले सम्बन्धित मन्त्रालयमा परिपत्र पनि गरेको बताए । त्यहाँ बाट जग्गा अतिक्रमण मुक्त गराउन परिपत्र नआएकोले यसमा अगाडी काम बढाउन नसकेको बताउनु भयो ।
आफू पनि यसको प्रतिक्षामा रहेको बताए । सर्वप्रथम कारागारको जग्गा अतिक्रमण मुक्त गराउन पर्दछ । त्यसको लागि प्रहरी प्रशासनको सहयोगको पनि आवश्यकता पर्नेछ । दोस्रो कुरा चाँही प्रदेश समन्वय परिषदको बैठकमा गृहमन्त्री आउनु भएको थियो । कारागारको अवस्थाको बारेमा आफूले वहाँलाइ सबै कुरा अवगत गराएको बताउनु भयो । गृह मन्त्रालयको लगानी गर्न मैले वहाँलाइ आग्रह पनि गरेको छु । कारागार लगायत भन्सार सुरक्षा गार्ड सहित दुइ ठाउँमा सहयोग गरि दिनु हुन वहाँ सँग आग्रह गरेको उनको भनाइ छ । साथै वहाँले गौर नगरपालिकाको विकास निर्माणको विषयमा प्रतिक्रिया दिनु हुँदै । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भएतापनि पिछडीएको नगरपालिका रहेको बताउनु भयो । यसको तिव्र विकासको लागि आफू लागि परेको बताउनु भयो ।
गौर नगरपालिकालाइ सुखी,समृद्ध र विकसीत बनाउनका लागि आफू लागी परेको बताउनु भयो । जसको लागि यहाँ घण्टाघर निर्माणको काम भइरहेको,टाउन हलको पनि निर्माण कार्य अगाडी बढेको बताए । त्यस्तै गौरको कबिर चौकमा पनि विवाह मण्डपको काम पनि अगाडी बढाइसकेको जानकारी गराउनु भयो । करिब चार वर्ष देखि अलपत्र अवस्थामा रहेको र पैसा निकासा गराएर झुलुङ्गे पुलको काम त्यस्तै छोडेकोलाइ काम सम्पन्न गरायौं ।
अर्को गौर नगरपालिका र इशनाथ नगरपालिकालाइ जोड्नका निमित बानेश्वर स्थानमा झुलुङ्गे पुलका स्थापना गराएका छौं । तीन ठाउँमा सूर्य मन्दिर निर्माण,श्री जुद्ध माविमा डिजिटल प्रविधि बाट पढने व्यवस्था पनि गराएका छौं । त्यस्तै शिक्षकको कमीलाइ पुरा गर्ने प्रयास गरेका छौ । गौर नगरपालिकाको सिसवामा प्रवेश द्धार पनि निर्माण गराउने बताउनु भयो । सिर्सियामा पुल निर्माण गर्नुका साथै गौर नगरपालिकामा थुप्रै कामहरु भएको उनको भनाइ छ । काम गर्दाखेरी दिर्घकालीन रुपमा हेरेर काम गराउने गरेको उनको भनाइ छ ।
गौर नगरपालिकालाइ ग्रिन सिटिको रुपमा बनाउने आफनो सोच रहेको बताउनु भयो । र पडके हिसासबले पनि नगरपालिकालाइ लैजाने उनको भनाइ छ । जसको लागि आफूले काम गरिरहेको बताउनु भयो । त्यसको लागि मन्त्रालय र विभागहरुमा सहकार्य जारीराखेको बताउनु हुन्छ । ऐतिहासिक ठाउँहरुको सौन्दर्यिकरण गराउन तर्फ लागि परेको उनी बताउँछन् । नगरपालिकाको विकास निर्माणको कार्य लाइ द्रुत गतिमा बढाउन अर्थको अभाव रहेकोले प्रदेश सरकार र संघ सरकार सँग यसको लागि पहल गरिरहेको बताउनु भयो ।
नगरपालिकालाइ अगाडी बढाउन धेरै चुनौतीहरु पनि रहेको उनी बताउँछन् । जनप्रतिनिहरु बाट विकास निर्माणको काममा सहयोग भएको हो तर केही असामाजिक तत्वहरु र इष्र्या, डाहा गर्ने व्यक्तीहरु अगाडी बढिरहेका छन् । उदाहरणको लागि भेपर लाइटहरुमा ढुंगाले फोर्ने,वृक्षारोपण लाइ उखालेर फाँल्ने लगायत मनोबल गिराउने कामहरु चाँही भइरहेको उनले बताए । तर पनि आफू अगाडी बढि नै रहेको बताए । अन्तयमा उनले वर्षयाम भएको सर्तकता अपनाउन र सुरक्षित साथ बस्न सबै नगरवासीहरु लाइ अपिल गर्नु भयो ।
प्योङयाङ, ३१ साउन ।
उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई लिएर ठूलो दाबी गरेको छ ।
उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङ माथी अमेरिका र अमेरिकी सेनामा अमानवीय दुर्व्यवहार र जातीय भेदभावका कारण यहाँ शरण खोजेको दाबी गरेको छ।
उत्तर कोरियाको राज्य मिडियाका अनुसार जुलाई १८ मा दक्षिण कोरियाबाट ट्राभिस किङ सिमा पार गरेर आएको पहिलोपटक सार्बजनिक गरेको थियो ।
ट्राभिस किङ उत्तर र दक्षिण कोरियाको सीमा रहेको संयुक्त सुरक्षा क्षेत्रको भ्रमणका क्रममा उत्तर कोरिया प्रवेश गरेका थिए। अमेरिकी अधिकारीहरूले उक्त सैनिकले जानाजानी सीमा पार गरेको र उसलाई युद्धबन्दीको रूपमा वर्गीकरण गर्न अस्वीकार गरेको बताएका थिए ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तर कोरियाली अन्वेषकहरूले भने कि ट्राभिस किङले जानाजानी र गैरकानूनी रूपमा सीमा पार गरे किनभने उनी उत्तर कोरिया वा तेस्रो देशमा बस्न चाहन्छन्।
‘अनुसन्धानका क्रममा ट्राभिस किङले अमेरिकी सेनामा हुने अमानवीय व्यवहार र जातीय भेदभावको भावना भएकाले जनवादी गणतन्त्र कोरिया आउने निर्णय गरेको स्वीकार गरेका छन,’ उतर कोरियाको समाचार एजेन्सीले भनेको छ।
उनले उतर कोरिया वा अन्य तेस्रो देशमा शरण लिने इच्छा पनि व्यक्त गरेको समाचार एजेन्सीले जनाएको छ । उसका अनुसार ‘उनी असमान अमेरिकी समाजबाट मोहभंग भएका छन ।’
समाचार एजेन्सीले अगाडी भनेको छ कि, ‘ट्राभिस किङलाई सीमा पार गरेपछि कोरियाली जन सेनाका सैनिकहरूले नियन्त्रणमा राखेका थिए र अनुसन्धान अझै सक्रिय छ।’
लमजुङ ३१ साउन ।
अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढे पछी लमजुङका विद्यालय बन्द गरिएको छ ।
बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो ।
आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सुचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन् । सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवसिय उच्च मावि सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । अधिकाशं विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसिशहर नगरपालिकाले जनाएको छ ।
जिल्ला भरिनै समस्या बढेपनि बेसिशहर नगरपालिकाले अगाबै गर्नुपर्ने निर्णय ढिला गरेको अभिवाकको गुनासो छ । नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासन जनाएको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमणले लमजुङका बालक देखि बृद्धसम्ममा फैलिइरहेको छ । विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ ।
आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ ।
भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।
फ्लोरिडा, ३२ साउन ।
स्वास्थ्य अधिकारीहरूले ब्रोवार्ड काउन्टीलाई यस महिना डेंगु भाइरसका केसहरू फैलिएपछि लामखुट्टेबाट हुने रोगको अलर्टमा राखेका छन्।
ब्रोवार्ड काउन्टीका अनुसार मियामी डेड काउन्टी पुगेका थिए, जहाँ डेगुका बिमारी फैलिने क्रम जारी छ।
फ्लोरिडाको स्वास्थ्य विभागले अगस्टमा ब्रोवार्ड काउन्टीमा स्थानीय रूपमा प्राप्त डेंगुका दुई घटनाहरू रिपोर्ट गरेको छ। यहाँ यस वर्ष सनसाइन राज्यमा स्थानीय रूपमा प्राप्त डेंगुको १० घटनाहरू रिपोर्ट गरिएका छन्, जसमा सबैभन्दा धेरै मियामी डेड काउन्टीमा छन्। १० मध्ये बढी जुलाईमा नै रिपोर्ट गरिएको थियो।
डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट फैलिन्छ र यो फ्लोरिडामा सामान्यतया पाइँदैन। यद्यपि, संक्रमित यात्रुहरूले फ्लोरिडा लामखुट्टेमा भाइरस फिर्ता ल्याउन सक्छन्। डेंगुको बढी जोखिम हुनेमा पहिले डेंगुको संक्रमण भएका व्यक्ति, गर्भवती महिला, शिशु, वृद्धवृद्धा र कमोरबिडिटी भएका व्यक्तिहरू पर्छन्।
‘दश केस पीसीआर द्वारा सेरोटाइप गरिएको छ,’ विभागले लेख्यो। सन २०२२ मा त्यहाँ दुईवटा स्थानीय रूपमा प्राप्त डेंगु केसहरू थिए, ब्रोवार्ड काउन्टीको विभागले भन्यो।
यस वर्ष फ्लोरिडाका व्यक्तिहरूमा डेंगु सुरु हुनु अघि अर्थात स्थानीय क्षेत्रमा यात्राको इतिहास भएको लगभग २०० केसहरू रिपोर्ट गरिएको थियो।
विभागले उल्लेख गर्यो कि ती मध्ये १० केसहरू गैर फ्लोरिडाका बासिन्दाहरूमा रिपोर्ट गरिएको थियो र एउटा केसले गम्भीर डेंगुको मापदण्ड पूरा गरेको थियो।
टेक्सास, ३१ साउन ।
टेक्सासको एक निर्णायक मण्डलले एक महिलालाई ‘रिभेन्ज पोर्न’को शिकार भएको फैसला गर्दैै १२ बिलियन डलर क्षतिपुर्ति दिने आदेश दिएको छ ।
अदालतका कागजातहरूमा डिएल नाम दिइएकी महिलाले २०२२ मा आफ्नो पूर्व प्रेमीविरुद्ध उत्पीडनको मुद्दा दायर गरेकी थिइन्। उनले ब्रेकअप पछि ूसार्वजनिक रूपमा ‘शरम’ गर्न उनको अन्तरंग तस्बिरहरू अनलाइन पोस्ट गरेको आरोप छ।
यस मुद्दामा उनका वकिलहरूले छविमा आधारित यौन दुर्व्यवहार पीडितहरूको लागि जित भएको बताए।
‘यस मुद्दामा फैसला पुनः प्राप्ति हुने सम्भावना छैन, क्षतिपूर्तिको फैसलाले डिएल लाई उनको राम्रो नाम फिर्ता दिन्छ,’ ब्राडफोर्ड गिल्डे, प्रमुख ट्रायल वकिलले भने। वकिलहरूले सुरुमा जूरीलाई १०० मिलियन क्षतिपूर्ति मागेका थिए।
‘हामी आशा गर्छौं कि यस निर्णयको अचम्मको मात्राले प्रतिरोधको सन्देश पठाउँछ र अरूलाई यस घृणित गतिविधिमा संलग्न हुनबाट रोक्छ,’ गिल्डेले थपे।
अदालतको कागजात अनुसार ती पीडित महिला र उनको पूर्व प्रेमीले २०१६ मा डेट गर्न थालेका थिए । ती युवतीले सम्बन्धका क्रममा प्रतिवादीसँगको आफ्नो अन्तरंग फोटो सेयर गरेकी थिइन् । २०२१ मा ब्रेकअप भए पछि पछि उनको स्वीकृति बिना सोशल मिडिया प्लेटफर्म र वयस्क वेबसाइटहरूमा फोटो पोस्ट गरिदिएका थिए ।
उनले कथित रूपमा सार्वजनिक रूपमा पहुँचयोग्य ड्रपबक्स फोल्डर मार्फत आफ्ना साथीहरू र परिवारलाई फोटोहरूको लिङ्कहरूसमेत पठाई दिएका थिए ।
उनीमाथि उनको फोन, सामाजिक सञ्जाल अकाउन्ट र इमेलका साथै उनकी आमाको घरमा रहेको क्यामेरा प्रणालीमा पनि पहुँच रहेको आरोप लगाइएको थियो, जुन उनले उनको जासुसी गर्न प्रयोग गर्थे।
प्रतिवादीले कथित रूपमा महिलालाई सन्देश पठाए, ‘तपाईंले आफ्नो बाँकी जीवन इन्टरनेटबाट मेटाउन प्रयास गर्न र असफल भएर बिताउनु हुनेछ। तपाईंले भेट्नु हुने सबैले कथा सुन्नेछन् र हेर्नेछन्। शुभ शिकार।’
महिलाका वकिलहरूले दाबी गरे कि उनका पूर्व प्रेमीले तस्बिरहरूमार्फत मनोवैज्ञानिक दुर्व्यवहार, घरेलु हिंसा र यौन दुर्व्यवहारको संयोजन गर्नका लागि ती पोस्ट गरेका हुन ।
विगतमा यूएस रिभेन्ज पोर्न केसहरूमा उच्च समझौता भएको छ। २०१६ मा क्यालिफोर्नियाकी एक महिलालाई उनको पूर्व पार्टनरले पोर्न साइटहरूमा उनको स्पष्ट तस्बिरहरू साझा गरेपछि ६.८ मिलियन पुरस्कार क्षतिपुर्ति दिईएको थियो ।
काठमाडौ, ३१ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८२, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४२, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ६०, हरियो फर्सी ८०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल २०, गाजर ९०, मूला सेतो ७०, सेतो रातो ५०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ६०, पिंडालू ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५००,कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी ५०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ४५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० , फूजी स्याउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।