२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, ३ भदौ ।

समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ।

आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।

बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ।

बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।

 

काठमाडौं, ३ भदौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्।

विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए।

 

उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।

 

धनगढी, ३ साउन ।

कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु हो।

 

धनगढी उपमहानगरपालिका–१२ सी गाँउका ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरको शौचालयमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

त्यस्तै, कैलारी गाउँपालिका–९ बनकनरीका ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिवार पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

काठमाडौं, ३ भदाै ।

कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भैरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफुहरू उठ्नैनसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन्।

आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, संक्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालकहरू पलायनमा पुगेको र उपभोक्ताको स्वास्थमाथि प्रतिकुल असर परेको चर्चा आइतबार गृह मन्त्रालयमा आयोजित छलफल तथा अन्तरक्रिया बैठकमा गरिएको छ।

 

अवैध ओसारपसारबारे कुखुरा उद्योगी व्यवसायीको गुनासो बढ्दै गएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशेष चासो दिएर अन्तरक्रियात्मक बैठक आयोजना गर्न निर्देशन दिनुभएको थियो। बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षकहरू, कानुन मन्त्रालयका सहसचिव, भन्सार, पशु सेवा तथा वाणिज्य-आपूर्ति विभागका महानिर्देशकहरू, क्वारेन्टाइन कार्यालयका अधिकारी र कुखुरा पालनसँग सम्बन्धित उद्योगी व्यवसायीहरू सहभागी थिए ।

 

सीमा क्षेत्रका नेपालका कोल्डस्टोर वा फर्ममा स्टोर गरेर मरेका वा जिउँदा कुखुरा वा कुखुराजन्य पदार्थहरू शहर र बजारतिर पठाइने गरेकोमा त्यसको प्रभावकारी नियन्त्रण गर्नुपर्नेमा बैठकमा मुख्य जोड दिईएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकोले कानुन नै संशोधन गरेर भएपनि यसको प्रभावकारी नियन्त्रण गरिने बताए ।

 

अबैध रूपमा चलिरहेका, दर्ता नै नभएका वा दर्ता भएर पनि मापदण्ड पुरा नगरेका त्यस्ता सबै फर्महरूलाई प्रशासनमार्फत बन्द गराइने विश्वास गृहमन्त्री श्रेष्ठले दिलाए । कानुन निर्माण, क्वारेन्टाइन व्यवस्थापन तथा अवैध ओसारपसार नियन्त्रण, सरकारले तिनै पाटोबाट पहल लिने र प्रतिकुलताका बीचमा पनि सहयोगात्मक भावना देखाएकोमा कुखुरा उद्योगी, व्यवसायी तथा किसानप्रति गृहमन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गरे ।

 

 

 

काठमाडौ, ३  भदौ ।

नेप्से सूचक आइतबार ११.९९ विन्दुले घटेर २०११.१४ अंकमा आएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । समग्रमा हेर्दा सेयर बजारका लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको छ । बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरी ब्याजदर बढाएपछि त्यसको प्रभाव सेयर बजारमा परेको अनुमान गरिएको छ ।

 

हुन त सबै बैंकले ब्याजदर बढाएका छैनन् । यद्यपि, १ दर्जन बैंकले ब्याजदर बढाएका छन् । केहीले स्थिर राखेका छन् भने कतिपयले घटाएका पनि छन् । तथापि, सेयर बजारका लगानीकर्ताको मनोविज्ञान भने खासै सकारात्मक बनेको पाइएन ।

 

आइतबार २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६ करोड ६३ लाख रुपैयाँसहित आएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र ज्योति विकास बैंक परेका छन् ।

 

भैरहवा, ३ भदाै ।

लुम्बिनीको प्रवेशद्वार भैरहवाको लुम्बिनी गेटलाई युवा आर्टिष्टहरुले सौन्दर्यीकरणको जिम्मा लिएका छन । २०६६ सालमा बनेको प्रवेशद्वारलाई मनमोहक र हराभरा बनाउनका लागि नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समितिले पुष्पबाटिका निर्माणका लागि पुष्परोपण गरी यसको संरक्षण गर्ने जिम्मा लिएको हो ।

घासे मैदानको रुप लिएको गेट वरपरको क्षेत्रलाई सफा गरी युवाहरुले नगरको सुन्दरताको परिचय दिने गरी गेट वरपरको क्षेत्र सरसफाई गरी मनमोहक गराउन पार्कमा फुलका विरुवाहरु रोपिएको जिल्ला कार्य समितिका अध्यक्ष उज्जवल कुमार दे कास्थले बताए ।

 

सिद्धार्थनगर नगरपालिकाकी उप्रप्रमुख उमा अधिकारीले नगरपालिकाकोे ग्रिन सिटी क्लीन सिटी अभियान संचालन भइरहेको बेला आर्टिष्ट युवाहरुले अभियानलाई थप सार्थक बनाउन आफ्नै लगानीमा सौन्दर्यीकरणको काम गर्नु प्रशंसनीय रहेको बताए । उनले नगरभरि आर्टिष्टहरुले आफ्नो कला, शीप र प्रतिभाको प्रयोग गर्दै निर्माण गरेको मायाको चिनो प्रयोगमा ल्याए कलाकारहरुको कलाले मुर्त रुप लिने बताइन् । दैनिक थुप्रै कार्यक्रमहरु यहाँ हुन्छन यसमा हामीले स्थानीय कलकारहरुको उत्पादन प्रयोग गर्न सके आर्थिक रुपमा पनि कलाकारहरु सबल हुने र कलाको प्रदर्शन हुने उनले बताइन् । उनले नेपाललाई चिनाउने कला ओझेलमा परेको बताउदै कलाकारहरुले नै विभिन्न निकायको सहयोगमा विद्यालय स्तरबाट पनि प्रशिक्षणहरु दिनु पर्ने बताउदै यसमा नगरपालिकाले पनि सहाकार्य गर्न तयार रहेको बताइन् ।

 

कार्यक्रममा बोल्दै भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले राजनितिक दलको समति र सडक विभागको मापदण्ड अनुसार बनेको लुम्बिनीको पहिचान झल्किने गेट लुम्बिनी जाने बाटो भन्ने चिनाउनका लागि नै बनाएको बताए । दीर्घकालिन सोच राखेर युवाहरुले गरेको यो प्रयास धेरै राम्रो रहेकोले यसलाई निरन्तरता दिदै संरक्षण र सम्बद्र्धनमा पनि ध्यान दिन आग्रह गरे ।

 

सो अवसरमा बोल्दै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सुन्दर, पर्यटकीय र बुद्धको नगरी भैरहवामा आर्टिष्टहरुले  प्रशंसनिय योग्य काम गरेको बताइन् । राम्रो सोचका साथ संरक्षक रुपमा रहेकर प्रवेशद्वारलाई सौन्दर्यीकरण मात्रै होइन यस्को संरक्षण र सम्बद्र्धनमा अपनत्व लिने काम अर्टिष्ट संघले गरेको बताइन् ।

 

संघमा आवद्ध कलाकारहरु स्वतस्फुर्त रुपमा नगरको पहिचानलाई सौन्दर्यीकरण गर्नुपर्छ भन्ने मान्यता राख्दै विगत २ साता देखि सरसफाई र गोडमेलमा लागेको संघका कोषाध्यक्ष विसन गुरुङले बताए । गेट वरपरको ग्रिनरी जोन हामीले सफा गरी आकर्षक गराउन कार्पेट ग्रास, फुलका विरुवा र बाह्रमासी फुलहरु रोपण गरेका छौ, यसलााई रोपेर मात्रै हाम्रो दायित्व पुरा नभएकोले यसको संरक्षणका लागि पनि नियमित रुपमा संघ लाग्ने प्रतिबद्धता जनाए ।

 

आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि  संघको गठन गरेका हुन । आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले बताए ।

रुपन्देहीमा मात्रै सय बढि कला व्यवसायीहरु रहेका छन । यस संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन ।

 

 

काठमाडौं, ३ साउन ।

नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित् गीतहरु सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरु सार्वजनिक भइरहेका छन् ।

 

हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन् ।

‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको गायिका काफ्लेले बताइन् । उनले भनिन, ‘गीतको शब्दमा तीजमा चेलीले महसुस गर्ने भावलाई समेटेकी छु । गीतमार्फत सपरिवार र उनीहरूको पर्वमा महत्वलाई दर्शाइएको छ ।’

 

उनले गीतमार्फत चेलीको बेदनासँगै परिवारमार्फत् चाहने साथ र सहयोगलाई देखाइएको बताइन् । गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।
गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरिएको छ । यसअगाडी गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् ।

गीत हेर्ने लिंक : https://youtu.be/2nbGWA6EYz8?t=59

 

इन्दीप कोइराला,बारा, ३ भदाै ।

बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् ।

 

आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेका बेला पचरौता नगरपालिका-२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

 

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।

 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

 

प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिती अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।

 

काठमाडौं ३,भदौ ।

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ ।

आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

 

 

काठमाडौं, ३ भदाै ।

संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिएका उनले बैठकपछि भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमाम सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।