२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

न्यूयोर्क, ४ भदौं ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् ।

 

श्रीमति र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले गत शनिबार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरुको शरीरमा गोलीको निशान रहेको जनाएको थियो ।

 

मृत्यु हुनेमा योगेश एच नागराजप्पा (३७), प्रतिभा वाई अमरनाथ (३७) र यश होन्नल (६०) रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र छोरा रहेको प्रहरीको अनुमान छ ।

 

बाल्टिमोर सन अखबारले बाल्टिमोर काउन्टी प्रहरीका प्रवक्ता एन्थोनी शेल्टनलाई उद्धृत गर्दै भने, ‘प्रारम्भिक अनुसन्धानले नागराजप्पाले दुई जनाको हत्या गरेपछि आत्महत्या गरेको देखाएको छ।’

 

शेल्टनले भने, ‘तीनजनाको हत्या भएको देखिन्छ। गोलीको चोटका कारण उनीहरुको मृत्यु हुनसक्छ।’

 

मंगलबार साँझ परिवारका सदस्यलाई अन्तिम पटक जीवित देखिएको भए पनि त्यसपछि उनीहरु नदेखिए पछि शनिवार साँझ प्रहरीले खानतलासी गरेको थियो । मृत्युको कारण भने प्रमुख चिकित्सा अधिकृतको कार्यालयले पोस्टमार्टम गरेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

 

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी एलेसजेव्स्कीले एक विज्ञप्तिमा भने, ‘यस डरलाग्दो कार्यमा निर्दोष पीडितहरूको क्षतिबाट म गहिरो चोट र दुःखी छु, यस दुखद घटना पछि परिवार र समुदायका सदस्यहरूलाई हामी सक्दो सहयोग गर्नेछौं।’

 

पीडितहरू वरपरका मानिसहरूबाट खतरामा नरहेको प्रहरीले जनाएको छ।

 

काठमाडौं, ४ भदौं ।

समाजवादी मोर्चाको बैठक सुरू भएकाे छ ।

आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियाे । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेबाट सुरू भएकाे हाे ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही बिषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएकाे छ ।

 

 

नेकपा एकीकृत माअाेवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।

 

 

वासिंगटन डिसी, ४ भदौं ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस हप्ताको पहिलो रिपब्लिकन राष्ट्रपति बहसमा भाग नलिने भएका छन् ।

यसका पछाडि उनले तर्क गरे कि अमेरिकाका जनताले उनलाई राम्ररी चिनेका छन्, त्यसैले ह्वाइट हाउसका लागि आफ्ना प्रतिद्वन्द्वीहरूसँग सार्वजनिक बहसको आवश्यकता नै छैन् ।

 

एएफपीको समाचार अनुसार आफ्नो प्लेटफर्म ट्रथ सोसल मिडियामार्फत दिएको सन्देशमा ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो प्रभावशाली सफल रेकर्डको वर्णन गर्दै यसलाई अमेरिकी जनतामा आफ्नो लोकप्रियताको रूपमा प्रस्तुत गरेका छन्। उनले भने, ‘त्यसैले म बहस गर्दिनँ ।’ २०२४ का लागि रिपब्लिकन राष्ट्रपति मनोनयन दौडमा पहिलो बहस बुधबार मिलवाउकी, विस्कॉन्सिनमा हुने तय गरिएको छ।

 

आफ्नो पोस्टमा ट्रम्पले उल्लेख गरे जसले उनलाई रिपब्लिकन क्षेत्रबाट मत आउने राम्रो कुरा देखाएका छन, जसमा सीबीएस न्यूजले आइतवार प्रकाशित गरेको सर्वेक्षण पनि समावेश छ। यो वर्ष चार पटक मुद्धा खेपेको भए पनि उक्त सर्वेक्षणमा भाग लिनेहरूमध्ये ६२ प्रतिशतले उनलाई भोट दिने बताएका छन ।

 

उनी विरुद्धको आरोपमा सन २०२० को चुनावलाई बिथोल्ने योजना बनाएर अमेरिकी लोकतन्त्रलाई खलल पार्ने प्रयास गरेको र जो बाइडेनसँग हारे पनि सत्तामा रहन खोजेको आरोपलगायत समावेश रहेका छन ।
छ।

 

बीएस पोलमा ट्रम्पका निकटतम प्रतिद्वन्द्वी फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले १६ प्रतिशत भोट पाउने देखिएको छ । योसँगै यस दौडमा रहेका बाँकी उम्मेदवारले एकै नम्बरमा भोट पाउने भएका छन् । डोनाल्ड ट्रम्पले लेखे कि ‘ एक बिरामी चरा जस्तै दुर्घटनाग्रस्त भईरहेका छन्।’

 

साथै, ऊर्जा, सीमा सुरक्षा, सैन्य र अर्थतन्त्रलगायतका धेरै मुद्दाहरूलाई उद्धृत गर्दै ट्रम्पले भने, ‘जनतालाई थाहा छ म को हुँ र मेरो राष्ट्रपति पद कत्तिको सफल भयो।’

 

रियो दि जिनिरियो, ४ भदौं ।

ब्राजिलको पहाडी सडकमा फुटबल फ्यान बोकेको बसको चालकले नियन्त्रण गुमाएपछि भयानक सडक दुर्घटना भएको छ ।

घटनामा सात जनाको मृत्यु भएको छ भने २७ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

मिनास गेराइस राज्यको बेलो होरिजोन्टे नजिकैको राजमार्गमा दुर्घटना भएको आगलागी अधिकारीहरूले बताएका छन्।

 

समाचार अनुसार यात्रुहरूले भने कि नियन्त्रण गुमाउनु अघि चालकले बसको ब्रेकले काम नगरेको भन्दै चिच्याए। साओ पाउलोको कोरिन्थियन्स फुटबल क्लबका ४० भन्दा बढी प्रशंसकहरू बसमा थिए, अघिल्लो रात बेलो होरिजोन्टेमा खेलबाट फर्किरहेका थिए।

 

फायर अफिसर फर्नान्डो फ्रोइसले हताहतको रिपोर्ट गरे तर अस्पतालमा भर्ना भएकाहरूको अवस्था कस्तो छ ? भनेर बताएनन्।

 

देशको राष्ट्रिय भूमि यातायात एजेन्सी (एएनटीटी) ले एक विज्ञप्तिमा भने कि उक्त दुर्घटनाग्रस्त बस अहिलेसम्म दर्ता भएको थिएन । र, राज्यहरू बीच यात्रुहरू बोक्ने अधिकारसमेत प्राप्त गरेको थिएन ।

 

ब्राजिलभरका क्लबहरूका साथै ब्राजिलियन फुटबल कन्फेडेरेसनले पीडितका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेका छन्।

काठमाडौं,भदौ ४ गते ।

आज नागपञ्चमी । परम्पराअनुसार आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको फोटो टाँसेर मनाइँँदै छ ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

 

काठमाडौ, ४  भदौ ।

नेपाल राष्ट्र बैंकले आज आज सोमबारका लागि विभिन्न मुलुकका मुद्रा विनिमयदर सार्बजनिक गरेकाे छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २७ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।

 

आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको छ विक्रीदर ८५ रुपैयाँ ३५ पैसा कायम हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ९३ पैसामा, सिंगापुरे डलर ९७ रुपैयाँ ७६ पैसामा काराेबार हुनेछ ।

 

जापानी येन १० को ९ रुपैयाँ १३ पैसा भाउँ पाउँदा चाइनिज युआन भने १८ रुपैयाँ २२ पैसा खरिददरमा र विक्रीदर भने १८ रुपैयाँ ३० पैसामा काराेबार हुनेछ ।

 

यस्तै,खाडी मुलुकहरु मध्ये युएई दिराम ३६ रुपैयाँ १२ पैसा खरिददर, कुवेती दिनार ४३१ रुपैयाँ ०३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ९३ पैसा, कतारी रियाल ३६ रुपौयाँ ४० पैसा साउदी रियाल ३५ रुपैयाँ ३८ पैसामा काराेबार हुनेछ ।

 

 

 

काठमाडौं, ४ भदौं ।

आज सर्बोच्च अदालतका लागि प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ माथी संसदीय सुनुवाइ हुँदैछ ।

 

संघीय संसद अन्तर्गतकाे संसदीय सुनुवाइ समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो ।

 

समितिका अनुसार पहिलो चरणमा उनी बिरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायधिसमा सिफारिस श्रेष्ठसँग समितिले सुनवाई सुरु गर्नेछ । जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनवाई सुरु गर्नेछ ।

 

समितिका सचिव पद्म प्रसाद पाण्डेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले आज एक जना उजुरीकर्तासँग मात्र समितिले छलफल गर्नेछ ।

 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

 

सोही अनुसार आज संसदीय सुनवाई हुन लागेको हो ।

 

काठमाडौं, ४ भदौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।

 

क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार राती ९ः३० बजे क्यानडा प्रस्थान गरेका हुन ।

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन ।

 

यस्तै वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

 

अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर आवसीय नेपाली र अन्य दातृ निकायहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्नेछन ।

यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ ।

 

उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

काठमाडौं, ४ भदौं ।

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

 

दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

 

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने बिधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ ।  सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।

 

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने बिधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका बिषय कार्यसुचीमा राखिएको छ ।
 

 

काठमाडौं, ४ भदौं ।

आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।

 

कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै अाएका छन् । उपसभामुख दनुवारले सभाकाे अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ अाएकाे छ ।

सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

 

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका काेशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हाे । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।