सुनसरी, ११ भदाै ।
बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो । तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौ, ११ भदौ ।
नबिल बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
काठमाडौ, ११ भदौ ।
सुनको भाउ लगातार तेस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ स्थिर रहेको थियो ।
साेमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।
काठमाडौ, ११ भदौ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले बढेको छ । यससँगै सूचक १९९४.०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ ।
५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।
दुबई, ११ भदौ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोजगारीका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । राप्रपानिकट प्रवासी नेपाली एकता समाज(पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका हुन् ।

गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा उनको जोड छ ।

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने बताए । यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेका बताउँदै उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम गरे बिगारेको राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले नगरेको र धर्मनिरिपेक्षता बनाउनेहरुले सुरु गरेका दाबी गरे ।
उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे । हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै कानुनविपरीतका गतिविधि भइरहँदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गरे ।
उनले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरु जिम्मेवार रहेको बताउँदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने दाबी गरे ।
पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहेका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।
काठमाडौ, ११ भदौ ।
हाथवे इन्भेष्टमेन्ट नेपाले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ ।
बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।
काठमाडौ, ११ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ८०,टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ४५,घिउ सिमी लोकल ७०,काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ४६,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ८०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ७०,मूला रातो ७०,भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०,मकै बोडी ८०, टाटे सिमी ८०,तितो करेला ८०,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २००,गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो १८०, रुख कटहर ४०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २५०,फूजी स्याउ ३५०,अम्बा १२०,जुनार ३००,तोफु ११०,पिंडालू ६०,तामा ९०,कन्य च्याउ १६० ,तने बोडी प्रतिकेजी ९० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ११ भदौ ।
अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर सााेमबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।
यसको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।
आरके श्रीवास्तव,रौतहट,भदौ १० गते ।
गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार संतोष कुमार चौधरीले बहुमत आफनो पक्षमा रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरेका छन् । आफनो पक्षमा अपार बहुमत रहेकोले आफनो जित कसैले रोक्न नसक्ने अध्यक्षका उम्मेदवार चौधरीको दावी छ ।
चौधरीले पत्रकारहरुसंग कुरागर्दै अघि भने, मेरो जितको अवस्था सुनिश्चित छ । मलाई जिताउनका लागि सबै व्यापारी एकढिक्का भएर लागेका छन् । त्यसकारण म जित्छु भन्ने भान भएको छ । मलाई आर्थिक समृद्धिका बारेमा निकै अनुभव पनि छ । मेरो पक्षमा विगतका दिनदेखि महासंघलाई बुझेका निकै लामो समयदेखि जिम्मेवारीमा बसेका व्यक्तिहरू रहेका छन् ।
उनले अघि भने, ‘म व्यापारीको मर्म, भावना र समस्याहरू राम्रोसंग बुझेको छु । त्यसैले व्यापारीहरु मलाई अवश्य बहुमत दिएर विजयी गराउँछन, उनले भने, ।’
त्यस्तै अर्का उम्मेदवार सतिश साहले पत्रकारहरुसंगको कुराकानीमा भने, ‘यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगत १२ वर्षदेखि मैले यस संस्थामा कार्यरत रही व्यापारीहरुको समस्या सुल्झाउँदै आएको छु । व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै साहले आफु चुनाव जिते गरुडा नगरको समृद्धिमा कायापलट नै गर्ने बताए ।
साथै उनले आफू कुनै पार्टीको उम्मेदवार नभइ व्यपारीहरुको पार्टी रहेको बताएका छन् ।
एक अध्यक्ष र १३ जना सदस्य पदका लागि हुने निर्वाचनमा कुल ३३ जनाले चुनावी मैदानमा उत्रिएका छन् । भदौ १८ गते हुने संघको निर्वाचनमा कुल ९ सय ५२ जना मतदाता मतदान गर्न पाउने छन ।
लालबन्दी,भदौ १० गते ।
गायक सन्तोष दाहालको उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो । दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर गीत सार्वजनिक गरेको दाबि गरेका छन । उनले हालसम्म यो बाजा प्रयोग गरि कुनै पनि संगीत सिर्जना नगरिएको बताए । करिव एक दर्जन गीत सार्वजनिक गरिसकेका दाहालको मेचीको कसम, कालिको कसम बोलको स्वदेस गीत र मिडिया रे बोलको गीत अत्यधिक चर्चामा छन ।