कोलम्बो, १२ भदौं ।
रावणको सुनौलो लंकाको बारेमा धेरै सुन्नु भएको छ। तर के तपाईलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो ?
यो दरबार देखेर तपाईलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौं लाखौं वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।
श्रीलंकामा सिगिरिया भन्ने ठाउँ छ, जहाँ रावणको दरबार रहेको मानिदै आएको छ । निन्छ, यस दरबारमा हजारौं सिँढीहरू थिए तर पनि रावणसम्म पुग्न त्यतिबेलाका मानिसहरू लिफ्टको प्रयोग गर्थे। जुन चट्टानमाथी यो दरबार थियो, त्यो निकै ठूलो र भब्य पनि थियो छ। यो विश्वास गरिन्छ कि रावणको साम्राज्य बदुल्लादेखि मध्य श्रीलंकाको अनुराधापुरा, क्यान्डी, पोलोनारुवा र नुवारा एलियासम्म फैलिएको थियो। यो दरबार कुबेरले बनाएको भनिन्छ ।
सिगिरिया चट्टानमा एक धेरै पुरानो दरबारको अवशेष छ। यहाँ सुदृढ टेरेस्ड बगैंचा, पोखरी, नहर, झरनाहरू रहेका छन्। भनिन्छ कि रावणले माता सीतालाई यस स्थानमा केही दिन मात्र राखेका थिए तर पछि उनलाई अर्को ठाउँमा सारिएको थियो । दरबारको भव्यताको बारेमा धेरै विशेष कुराहरू छन् तर सबैभन्दा विशेष भनेको पानीको व्यवस्था हो। धेरै उचाइमा भए पनि दरबारको पानीको व्यवस्था निकै राम्रो बनाइएको थियो, यहाँ रानीहरूका लागि बगैंचा पनि बनाइएको थियो ।
यो रावणको दरबारमा करिब एक हजार सिँढी थिए तर माथि जान लिफ्टको व्यवस्था थियो । श्रीलंकाका स्थानीय सञ्चारमाध्यमहरुलाई विश्वास गर्ने हो भने रावणको शव रगेलाको जंगलमा करिब ८ हजार फिटको उचाइमा ममीका रूपमा राखिएको छ । मृत शरीरमा अनौठो लेप लगाइएको छ ताकि यो कहिल्यै बिग्रन नपरोस्। तर, यसको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।
किभ, १२ भदौं ।
युक्रेनको स्वतन्त्रता दिवसमा मारिएका सैनिकको चिहानमा नाचिरहेको भिडियो पोस्ट गरेपछि युक्रेनी महिलालाई पक्राउ गरिएको छ ।
सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा प्रयोगकर्ताले आफनो ह्यान्डलमा पोस्ट गरिएको भिडियोमा दुई महिला चिहानमा नाचिरहेको देखाइएको छ। यस भिडियोमा मारिएका सैनिकका तस्बिरहरू पनि देखाइएको छ, जहाँ महिलाहरू चिहानमा नाचिरहेका छन्। भिडियो पछि हटाइयो र प्रयोगकर्ताले इन्स्टाग्राममा माफी मागे, उनले भने कि उनी आफ्नो बुबाको चिहानमा गएका थिए।
युक्रेनी प्रहरीले यो क्लिप प्राप्त गरेको बताएको छ। ‘एक घण्टा भन्दा कम समयमा, कानून प्रवर्तन अधिकारीहरूले नाँच्ने महिलाहरूलार्इृ पत्ता लगाए र उनीहरूलाई प्रहरी विभागमा ल्याए,’ किभ प्रहरीले एक विज्ञप्तिमा भन्यो।
युक्रेनी प्रहरीले पछि दुबै महिलाको तस्बिर प्रकाशित गरेको छ । अझ उनीहरूले भिडियोमा लगाएको लुगा एउटै रंगको थियो, एक पुलिस अधिकारीले भने ।
चिहानलाई अपवित्र गरेको आरोपमा उनीहरुलाई ५ बर्षसम्म कैद सजायँ हुन सक्छ ।
मृतकको सम्झनामा ती दुई दिदीबहिनी यसरी चिहानमा आएका थिए भन्ने पछि थाहा भयो । यी दुई युक्रेनी महिलाको चिहानको अपवित्रताबाट नेटिजनहरू रिसाएका थिए । ।
काठमाडौ, १२ भदौ ।
नबिल बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
मस्को, १२ भदौं ।
रुसी संघीय सुरक्षा सेवा (एफएसबी) ले अमेरिकी दुतावासको एक कर्मचारीले जासुसी गरेको आरोप लगाएको छ ।
रुस–युक्रेन युद्ध र वाशिंगटनका लागि अन्य मुद्दाहरूको जानकारी सङ्कलन गरेकोमा अमेरिकी वाणिज्य दूतावासका एक पूर्व कर्मचारीलाई अभियोग लगाईएको हो।
रूसी समाचार एजेन्सी एफएसबीका अनुसार संदिग्ध रोबर्ट शोनोभले मस्कोमा अमेरिकी दूतावासका कर्मचारीहरूलाई देशको भर्ती अभियान र राष्ट्रपति चुनाव अघि राजनीतिक मतभेद रोप्ने तरिकाहरू बारे जानकारी दिएको थियो।
फ्लोरिडा, १२ भदौं ।
अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।
हेलिकप्टर भुइँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन (४९) र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सोमबार बिहान करिब ८ः४५ बजे पोम्पानो बिच एयरपार्कबाट उडेको हेलिकप्टर कम्प्लेक्सको छानामा ठोक्किएको उनले बताए । घाइते चारै जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
इराक, १२ भदौं ।
इराकको दक्षिणी सहर नासिरियामा ट्रकसँग बस ठोक्किँदा ९ इरानी तीर्थयात्रीको मृत्यु भएको छ ।
समाचार अनुसार यस भयानक दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन्। इरानमा बसोबास गर्ने यी सबै तीर्थयात्रीहरू बसमा शिया मुस्लिमहरूको पवित्र सहर कर्बला जाँदै थिए।
सो क्रममा यात्रुले भरिएको बस ट्रकसँग ठोक्किएको थियो । सो घटनामा महिला र बालबालिका सहित ३१ जना घाइते भएका छन् भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
कंगो, १२ भदौं ।
अफ्रिकी देश कंगोको एउटा गाउँमा फेरि हमला भएको छ ।
मिलिशिया समूहका लडाकुहरूले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । कंगोली सेनाले सो आक्रमणको पुष्टि गरेको छ।
समाचार अनुसार कर्णेल मापेला म्विनियामाले भने कि कोडको मिलिशियाका केही सशस्त्र लडाकुहरू गोबु गाउँमा प्रवेश गरेका थिए। यस क्रममा लगातार गोलीबारी भएको थियो ।
कङ्गोली सेनाले जवाफी कारबाही गरेको थियो। यस क्रममा ९ सर्वसाधारण, चार आक्रमणकारी र एक सैनिक मारिए। सोही क्रममा दुई सैनिक र दुई सर्वसाधारण घाइते भएका छन् ।
काठमाडौ, १२ भदौ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा कायम गरिएकाे छ ।
काठमाडौ, १२ भदौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसामा खरिदबिक्री गरिँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा बराबर भाउँ पाउँदा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा कायम भएकाे छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१६ रुपैयाँ र बिक्री दर ३५.३२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४७ रुपैयाँमा काराेबार हुनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२७.५९ पैसा तथा विक्रीदर ४२९.५३ पैसा कायम भएकाे छ ।

लन्डन ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ ।

तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतवार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु राखिएका थिए ।
मेलामा बिभिन्न संघसंस्थाहरुका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरु प्रस्तुत गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि सांगीतिक प्रस्तुति दिए ।
मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड प्रदान गरियो । यस्तै सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिएको थियो ।
झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिएको थियो ।
नेपाली मेलामा २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ ।
नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।
यस बर्षको “तमुधि युके प्रिसिडेन्ट च्याइस” पुरुष्कारद्वारा पास पुच गुठी युके पुरुस्कृत भएको छ । झाँकीमा तामाङ समाज युके, चार भन्ज्यांग तमु समाज युके र स्यांग्जा समाज युकेले शान्तवना पुरुष्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरस्कार पाए ।

मेलामा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तराष्ट्रिय समन्नय समितिका अध्यक्ष कुल आर्चाय, सगरमाथा आरोही हरि बुढामगर र दिया पुन लगायत बिभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारीहरु, नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत बेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
पोर्चुगल, १२ भदौं ।
पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आईसिसि सह–कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।
आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि उनले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली नारी समाज र महिला समाज पोर्चुगलले लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक (डिआरसी) रहेका छन ।
पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न ब्यावसायमा संलग्न गैरेले सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिएका छन । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।
गैरे १५ बर्षदेखि एनआरएनएको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका ब्यक्ति हुन । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन भने हाल युरोप क्षेत्रको उपसंयोजकको रूपमा क्रियाशील रहेका छन ।
गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३–२५ कार्यकालको लागि आईसिसि सह कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए । संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन ।
गैरेले एनआरएनए अग्रज, अभियन्ता, शुभचिन्तक र गैर आवासीय नेपालीहरुको सहयोग, सद्भाव, समर्थनको लागि आग्रह गरेका छन् ।