२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १३ भदाै ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंकाे  बुढानिलकण्ठ नगरपालिका-८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो ।

 

बाराकाे  जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका-१ भेडियारी बस्ने ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिँया रहेका छन् । ईलाका प्रहरी  कार्यालय सिमाराबाट खटिएको प्रहरीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

भक्तपुर, १३ भदाै ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

फेसबुकमा केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरूपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई  चरित्र हत्या गरेको घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

 

काठमाडौं, १३ भदौ ।

एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलको २४ ओभरको चौथो बलमा नेपालले तेस्रो विकेट लिएको हो । पाकिस्तानका मोहम्मद रिजवानलाई नेपालका दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन् ।

यसअघि  सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको थियो । पाकिस्तानका इमाम उल हक रन आउट भएका थिए । छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरको चौथो बल सकिँदा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ ।

 

भक्तपुर, १३ ।

एभरेष्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको ‘सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता २०८०’ मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।

 

प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन क्यातागोरीमा भएको थियो । प्रतियोगिताको सिनियर व्याइजतर्फ ज्ञान निकेतन स्कुल शंखमुल काठमाडौ पहिलो भएकाे छ भने जुनियर व्याइजतर्फ पनि ज्ञान निकेतन स्कुल नै पहिलो भए । साथै गल्र्सतर्फ भने निष्ट स्कुल भक्तपुर प्रथम भएकाे छ ।

 

प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहवीच मंगलबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा उनले खेलकुद मौलिक हक अधिकारभित्र नरहेकोले खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्यजस्ता विषय जनताका आधारभूत बिषय भएको बताए ।

 

उनले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने मान्यतामा धेरै भिन्नता आएको बताउँदै विद्यालय जीवन देखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनु सुखद पक्ष भएको बताए । भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरु आदि आयोजना गरी यहाँका खेलाडीहरुलाई उत्साहित गर्दै आइरहेकोसमेत जनाए ।

 

आयोजक एभरेष्ट इंगलिस स्कूलका प्रअ भक्त राजभण्डारीले विद्यालयको आयोजनामा भएको प्रतियोगितामा ६३६  जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए । उनले खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्ने मान्यताका साथ स्कुलले कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरुमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई सक्रिय जीवन जिउन प्रेरित गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताका रेफ्री तथा विजेताहरुलाई प्रशंसापत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए ।

 

लमजुङ १३ भदौ ।

लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयाेजित जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ मा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ ।

 

कृषि ज्ञान केन्द्र लमजुङको आयाेजनामा भएकाे प्रतियाेगितामा मध्यनेपाल नगरपालिका–६ मा रहेको एकीकृत कृषक सहकारी संस्था लिमिटेड द्धितीय भयाे भने सुन्दरबजार नगरपालिका–७ मा रहेको मजुवा मिश्रित कृषक समूह तृतीया भएको छ ।

 

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल टिमलाई पुरस्कारस्वरुप क्रमश : नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिएको छ ।

 

गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्वन गर्ने उद्धेश्यले जिल्ला स्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गरिएकाे कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

 

गीतको माध्यमबाट नवीनतम कृषि प्रविधि, कृषिका सम्भावना, अवसर लगायत कृषिसँग सम्वन्धित विविध पक्षका विषयमा समुदायमा सचेतना फैलाउने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रमुख खतिवडाले बताए । प्रतियोगितामा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृषक समूह वा कृषि सहकारी संस्था, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह र सहकारी गरी पाँच वटा समूह सहभागी थिए ।

 

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख खतिवडाको अध्यक्षता एवं जिल्ला समन्वय समिति, लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निर्णायक मण्डलमा कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मी, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी थिए।

 

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका बालि संरक्षण अधिकृत विजय पाैडेलले जानकारी दिए।

 

सिरहा, १३ भदौं ।

कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं बर्षगाँठको उपलक्ष्यमा नेकपा एमालेले सिरहामा ‘बिशेष स्तम्भ’ बनाउने भएको छ ।

 

आज देखी सिरहामा सुरु हुन गईरहेको केन्द्रिय सचिवालयको बैठक स्थलमा एमालेले ‘बिशेष स्तम्भ’ बनाउन लागेको हो ।

 

धनगढी नगरपालिका–१४ सिरहामा तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको तथा जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको सम्झनामा एमालेले बिशेष स्तम्भ बनाउने निर्णय गर्न लागेकाे उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । सिराहाको विष्णुपुर कट्टी- सर्रे अम्बासमा निर्माण हुने स्तम्भकाे पार्टी अध्यक्ष केपी शर्मा अाेलीले  शिलन्यास गर्नेछन् ।

 

‘यो स्थलमा पार्टीको चौथों महाधिवेसन भएको थियो, यही भएको महाधिवेसनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको थियो,’ उनले भने, ‘यति मात्रै होइन, बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगमा विकसित गर्ने जनताको बहुदलीय जनवादको नीतिमा पार्टी जाने निर्णय पनि यही स्थलवाट भएको थियो, त्यसैले यहाँ बिशेष स्तम्भ निमार्ण गर्न लागेका हौं ।’ उनका अनुसार कम्युनिष्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने मात्रै होइन, बाम मोर्चा निमार्ण गरेर नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्नुपर्ने निर्णय पनि सोही स्थलवाट भएकाले बिशेष रुपमा पार्टीले लिएको हो ।
‘त्यसैले यहाँ पार्टीले १८ कठा जमिन किनेको छ, यहाँको बिद्यालयको नाम मदन भण्डारी माबि नामाकरण गरिएको छ,’ भट्टराईले भने, ‘भौगलिक बिकटता भएकाले अब यहाँ पुल निमार्ण देखी बाटो बनाउने काम पनि अब चाँडै सुरु हुनेछ ।’

 

२०४६ साल भदाैं ९–१४ गतेसम्म चलेको चौथौं महाधिवेसनमा ९५ जना प्रतिनिधि उपस्थित थिए भने सो महाधिवेसनले २० सदस्सीय केन्द्रिय कमिटी गठन गरेर जबज र जनआन्दोलनको निर्णय लिएर महाधिवेसन सम्पन्न गरेकाे थियो ।

 

काठमाडौं ।

संसद बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन् ।

 

हिजो बसेको साना चार कम्युनिष्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनका बिरुद्ध आज देशब्यापी प्रदर्शन गर्न लागेका हुन । आजवाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागे पछि साना चार कम्युनिष्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् ।

 

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी बिज्ञप्तिमा जनाइएकाे छ ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाईएको छ ।

 

 

काठमाडौं, १३ भदौं ।

आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ ।

 

सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

 

नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाैं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली  विश्वकप क्रिकेट  बिजेता टाेली हुन् ।

 

काठमाडौं, १३ भदौं ।

नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ ।

धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

 

गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो ।

 

‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेवाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन बिभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन ।

 

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट अान्दाेलनकाे ऐतिहासिक स्थल” मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए । ‘तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेसनवाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएकाे थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेसनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध बाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीवाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’

 

उनका अनुसार उक्त महाधिवेसनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रिय कमिटी निमार्ण गरेको थियो ।

हनुमत यादव,गाैर,१२ गते भदौ ।

रौतहट जिल्लाको सिमाना क्षेत्रमा रहेको पानीको निकास नहुँदा सयाैं बिगहा धनबालीमा क्षति भएको छ । जिल्लाको राजदेवी नपा को वडा न .९ ब्रहमपुरी ,८ लक्षमिपुर बेलबिछावा, ७ मुडवलवा गौर नपाको वडा न. २ महादेवपट्टी, ४ टिकुलिया, ९ सिर्सिया , ६ सिस्वा इशनाथ नगरपालिकाको औरैया, महुलिया , बन्जरहा लगायत दर्जनाैं गाउँका धानबाली बाढि र वर्षाको पनिका कारण क्षति हुदै आएको छ । नेपाल भारतको दसगजामा बाँधिएको बाँधका कारण पनि निकास नहुदा सयै बिगहा धनबालीको क्षति भएको छ । जिल्लाको पुर्वमा बागमती र पश्चिममा रहेको बकैयाले वर्षायाममा बढी आउने अवगत नै छ । बाढी सहित वर्षाको पानीदे समेत निस्कने निकास नहुँदा किसनहरु द्वारा मिहिनेत गरी लगाएको क्षति भएको छ । प्रत्येक वर्ष क्षति हुदै आएको बाली प्रति स्थानीय सरकार लगायत सम्बन्धित निकायको कुनै चासो देखिएको छैन । यस वर्ष वर्षा समय भन्दा ढिलो भएको कारण पनि जम्ने ठाउँहरुमा पनि किसानहरु धान बाली लगाएका थिए । एकास्सी बाढी र लगातार भएको वर्षाको कारण पनि मलखाध, मजदुर लगाई गरिएको खेति पानिको कारण धान बाली नस्ट भएको छ । प्रत्येक साल डुवानमा पर्ने यो क्षेत्रको पनि निकासको लागि भारत सरकार संग समन्वय गरि दस गजम बाँधिएको बाँधमा पुल आवस्यकता हुँदा सम्बन्धित निकायको त्यता तर्फ ध्यान नदिएको किसानहरुको भनाई रहेको छ । डुवान क्षेत्र हुँदा पनि यो कृषि प्रधान देशमा किसानहरुको पिडा सुन्ने कोही नरहेको किसानहरुले पिडा पोखेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।