२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं ।

आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्बजनिक बिदा दिईएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

 

सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको जनाएको छ ।

 

‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।

 

नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि शुक्रबार रोपाइ जात्रा मनाउने भए पछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

 

काठमाडौं, १५ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

काठमाडौं, १४ भदौ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ।

इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो।

यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ

 

 

सुनसरी, १४ भदौ ।

आफ्नै कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेका छन्।

 

इटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

 

लेनदेनको विषयलाई लिएर विवाद भएपछि परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरीले परियारलाई पक्राउ गरेर अनुसन्धान हो।

 

बझाङ, १४ भदौ ।

बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका थिए।

गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ। आमा पुनी कठाएतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको छ।

 

डडेल्धुरा, १४ भदौ ।

डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

 

जिल्लाको आलिताल गाउँपालिका–३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया बिहीवार (आज) बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

घटनाको कारण भने नखुलेकाले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

धनगढी, १४ भदौ ।

कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागूऔषधसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्रउ गरेको हो।

उनले पंखाको काटुनमा भारतीय मुद्रा राखेका थिए। भारतीय मुद्राको श्रोत नखुलेकाले बरामद गरिएको हो। उनी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको कैलाली प्रहरीले बताएको छ।

 

धनगढी, १४ भदौ ।

कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ।

बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीवार बिहान पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए।

थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न ३० जना प्रहरी परिचालन गरिएको थियो।

 

चितवन, १४ भदौ ।

पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जिवितै उद्धार गरेको छ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो। प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।

 

काठमाडौं, १४ भदौ ।

चीनको हाङ्झाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन् । एसियाली भलिबल महासंघ (एभिसी)ले नेपालबाट सिफारिस गरिएका पाँच जनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।

नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो । छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् । उनकाअनुसार भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदैछन् । चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन् ।

एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ । २०१८ मा इन्डोनेसियामा भएको खेलमा नेपालबाट लासिवा छनोट भएका थिए । २०२२ मा चीन तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो ।

४० खेल हुने प्रतियोगितामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदैछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।