टोकियो, १५ भदौं ।
जापानले चीनसँगको बिग्रँदै गएको सम्बन्ध र उत्तर कोरियाको दोहोरो धम्कीसँग जुध्न तयारी थालेको छ ।
जापानले २०२४ आर्थिक वर्षको लागि ५२.६७ बिलियन रक्षा बजेटको रेकर्ड प्रस्ताव गरेको छ। यो जापानको इतिहासमा सबैभन्दा ठूलो रक्षा बजेट हो।
पाँच वर्षमा सैन्य खर्च ४.३ ट्रिलियन येनमा पुर्याउने प्रधानमन्त्री फुमियो किशिदाको योजनामा यो पछिल्लो कदम हो। जापानले क्षतिग्रस्त फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित रेडियोधर्मी पानी समुद्रमा फाल्न थालेपछि चीनले आलोचना गरिरहेको बेला ठुलो आकारको बजेटको योजना सार्बजनिक भएको हो ।
बजेट अनुरोध अनुसार रक्षा मन्त्रालयले नयाँ जहाजमा आधारित वायु रक्षा मिसाइलहरू सहित गोला बारुद र हतियारहरूका लागि ९०० अर्ब येन भन्दा बढी छुट्याउने योजना बनाएको छ। जापानले हाइपरसोनिक हतियारको सामना गर्न अमेरिकासँग संयुक्त रूपमा इन्टरसेप्टर मिसाइलहरू विकास गर्ने पनि जनाई सकेको छ ।
कराँची, १५ भदौं ।
पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् ।
बिबाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन ।
पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन ।
सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।
सोही बिषयमा बाबु र छोरीका बिचमा आन्तरिक बिबाद बढदै गए पछि पिताले आफनो छोरीलाई गोली हानेका थिए । पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, १५ भदौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् ।

सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर बिराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले सो पुराना दिनको स्मरण गरेका हुन ।
‘रातिको करिब ९/१०बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो,’ अध्यक्ष ओलीले पुराना दिन सम्झदैँ फेसबुकमा लेखेका छन, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो।’
एमालेले चौथौं महाधिवेसन (२०४६ भदौं ९–१४) स्थल सिरहामा हालै केन्द्रिय सचिवालयको बैठक सम्पन्न गरेको थियो । जननेता मदन भण्डारीलाई महासचिव चयन गर्ने तथा जनताको बहुदलीय जनवाद (जबज)तर्फ पार्टीलाई लैजाने निर्णय गरेको सो महाधिवेसनले संयुक्त बाम मोर्चा निमार्ण गरी नेपाली कांग्रेससँग मिलेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्ने नीति लिएको सो स्थानमा भएको सचिवालय बैठक सकेर ओली बिराटनगर जाने क्रममा बरमझियामा पसेका थिए ।

काठमाडौ, १५ भदौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा कायम भएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७२ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा कायम भएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६६ पैसा र बिक्री दर १६८ रूपैयाँ ४२ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ र बिक्री दर ८५.९२ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँमा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसाले भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा काराेबार हुनेछ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३६.४२ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ र बिक्री दर २८.६१ रुपैयाँमा काराेबार गर्न सकिने जनाएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२८.७६ पैसा विक्रीदर ४३०.७ पैसामा खरिद बिक्री हुनेछ ।
कतार, १५ भदौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए । रेग्मीले विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदमा आफुलाई समर्थन गर्न आग्रह गरिरहेका छन ।
एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । पछिल्लो समय देश र विदेश दौडाहामा हिडेका रेग्मी उपाध्यक्ष हुँदै एनआरएनएको नेतृत्व सम्हाल्ने दौडमा छन ।
एनआरएन अभियानमा उदयमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मी बताउँछन । रेग्मीले सन २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनए भित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार आफूले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी सबैका प्रिय व्यक्तिका रुपमा एनआरएनएमा चिनिन्छन। एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्तरआत्मादेखि स्वागत गरेका छन ।
विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन ।
सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रेग्मीका रहेका छन । उनले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले सबै अभियन्ता र गैर आवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई समर्थन गर्न अनुरोध गरेका छन । उनले आफूले विगतमा पनि विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको सल्लाह सुझावकै आधारमा काम गरेको र आगामी दिनमा पनि गर्ने बताए ।
रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने बताएका छन ।
कराँची, १५ भदौं ।
पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले अल्पसंख्यक अहमदी समुदायका दुई धार्मिक स्थलका मीनार भत्काएको छ ।
केही कट्टरपन्थीहरूले मिनारहरू अवैध रूपमा निर्माण गरिएको आरोप लगाउँदै आए पछि प्रहरीले भत्काएको हो ।
समाचार अनुसार जमात ए अहमदिया पाकिस्तान पञ्जाबका अधिकारी आमिर महमूदले शेखपुरा र गुजरात जिल्लाहरूमा अहमदी तीर्थस्थलका मीनारहरू कट्टरपन्थी इस्लामवादीहरूको दबाबमा पुलिसले भत्काएको जनाएका छन् ।
काठमाडौं, १५ भदौं ।
संसदीय सुनवाइ समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सिहदरबारमा बस्नेछ।
हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।
काठमाडौं, १५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा हालै कार्यान्वयनमा आएको अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तथा समाजवादी मोर्चाका पछिल्ला गतिबिधि लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।
बैठकमा नेकपासमेत सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशैभरी गरेका प्रदेश स्तरीय सन्देश सभा र आगमी रणनीतिका बारेमा पनि छलफल हुने जनाईएको छ ।
पोखरा, १५ भदौं ।
आज समाजवादी मोर्चा नेपालले पोखरामा सन्देश सभा आयोजना गर्दैछ ।
देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा पनि प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्न लागेको हो ।
पोखरास्थित दिपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सो सभालाई सम्बोधन गर्नेछन ।
हिजो मात्रै मोर्चाले सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो भने बुधवार गर्ने भनिएको धनगढीको सुदुरपश्चिम स्तरीय सभा भने अन्तिम समयमा आएर स्थगित गरेको थियो ।
काठमाडौं ।
आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्बजनिक बिदा दिईएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।
सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको जनाएको छ ।
‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।
नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि शुक्रबार रोपाइ जात्रा मनाउने भए पछि महानगरपालिकाले सो निर्णय गरेको हो ।