२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडाै‌, १५ भदाै‌ ।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु  चीनको  त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् ।

 

चीन सरकारले हालै सार्बजनिक गरेकाे नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन ।

 

नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र  नेविसंघका नेताहरू संग काठमाडौंमा भएक छलफल कार्यक्रममा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन २०१५ मा चिन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय ब्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चिनसँग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चिनको ब्याभारबाटै प्रष्ट भएकाे उनकाे भनाइ छ ।

नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो भए पनि सार्वभौसत्ता ,राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने उनकाे भनाइ छ ।

ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले अगाडी भने, ” नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि  चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ ।’

 

 

काठमाडौ, १५ भदौ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक पाल एसबीआई मचेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

 

काठमाडौ, १५ भदौ ।

सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

 

लमजुङ १५ भदौ ।

लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरिएको छ । गाउँपालिकाको वडा नं २ मालिङमा भवन निर्माण सम्पन्न भएसँगै बुधबार देखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो ।

 

४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरिएको छ ।

 

तीन तले आरसीसी भवन निर्माणका लागि २०७७ असोज ३० गते सम्झौता गरी २०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले २ पटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

 

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको अध्यक्ष गुरुङले बताए।

 

२ रोपनी ४ आना २ पैसामा जग्गामा रविना–अविशा–विकन जेभीले भवन निर्माण गरेको हो । भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान दिनुभएको छ ।

 

भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ । भवनमा सीसी क्यामरा जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री व्याकअप समेत राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए । आफ्ने भवन नहुँदा पालिकाका शाखाहरु छरिएर रहेकोमा अवका दिनमा सेवा प्रदान गर्न र लिने दुवैलाई सहज भएको अधिकृत गुरुङले वताए ।

 

काठमाडौ, १५ भदौ ।

‘हिमालयन ८०–२०’ मा आवेदन दिने आज भदौ १५ गते शुक्रबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको हो ।

 

क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ ।

 

काठमाडौ, १५ भदौ । 

सिटिजन लाइफ इन्सुरेन्सले आज शुक्रबार भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गरेको छ ।

 

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ ।

 

यसमध्ये १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

 

सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० जेठ २५ गतेसम्म बहाल रहनेछ ।

 

काठमाडौ, १५ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ८५, लोकल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानिय ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४००, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला हाइब्रीड सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला ११०, ब्रोकाउली ३००, कागती १४०, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ, लोकल काक्रो १२०, अदुवा प्रतिकेजी २०० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०, केरा दर्जन १५०, अनार २८०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २०० तथा रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २५०, रुख कटहर ६०, छ्यापी सुकेको २००,भेडे खुर्सानी १२०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।

 

अस्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार आरके शर्मा मत माग्न अस्ट्रेलिया पुगेका छन ।

 

आगामी अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन उनी अस्ट्रेलिया पुगेका हुन ।अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदवहालीमा सहभागिता जनाउने छन ।

 

अस्ट्रेलियामा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने शर्माले बताए । एनआरएनएको आगामी असोजमा हुने विश्व सम्मेलनमा शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन । जसको लागि विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापान, मध्यपुर्व, मलेसियालगायतको देशको भ्रमण गरेर आफनो मत राखिसकेका छन ।

‘युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको छ,’ शर्माले भने, ‘यो क्रममा अस्ट्रेलियामा बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु।’ शर्माले विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छन । विश्वभरका अभियन्ताले शर्मालाई अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन।

अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो । यस आधारले अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सबैभन्दा बढी मतदाता हुनेछन्। जापान भ्रमणपछि शर्मा नेपाल पुगेर विदेशमा नेपालीहरूले भोग्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’,नेपाल सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीलाई भेटेर विदेशमा पासपोर्ट नवीकरणलगायतका नेपालीहरुले भोग्नुपरेको समस्याको सहजीकरण गर्न अनुरोध गरेका थिए ।

 

 

काठमाडौं, १५ भदौं।

भोली काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।

 

नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित  काठमाडौंमा भोलि दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।

 

प्राधिकरणका अनुसार भोलि शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।

 

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  ६ः३०  बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 

काठमाडौं, १५ भदौं ।

कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पुर्ण सुनवाई हुदैँछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाई हुन लागेको हो ।

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजवाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।

 

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।