२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १६ भदौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेका छन् ।

 

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
 

 

काठमाडौ, १६ भदौं ।

एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

 

नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।

श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेवाट सुरु हुनेछ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।

 

 

काठमाडौं, १६ भदौ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन् ।

 

१२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

 

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।

 

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।

भ्रमण टोलीका सदस्यहरु :

१.     शंकर पोखरेल, महासचिव
२.    डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३.    राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४.    ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य÷प्रतिनिधिसभा सदस्य
५.     रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य÷कोशी प्रदेशसभा सदस्य
६.     टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७.     सहदेव बोगटी, केन्द्रीय सदस्य
८.     निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९.     मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१०.     अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११.     रचना खड्का, केन्द्रीय सदस्य
१२.     भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३.     मानवीर राई, केन्द्रीय सदस्य÷प्रतिनिधिसभा सदस्य
१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५.     लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६.     पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७.     क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९.     गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य÷उपमेयर घोराही उपमहानगरपालिका

सचिवालय
२१.     राजेश राई
२२.     सरोजकुमार रेग्मी

 

काठमाडौं, १६ भदौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट मधेस प्रदेशमा बिशेष प्रशिक्षणको आयोजना गर्दैछ ।

 

भोली सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक बिषयमा उक्त प्रशिक्षण हुनेछ ।

देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजवाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन ।

 

मधेसमा हुने सो प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन ।

मधेस प्रदेशमा हुने प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।

 

काठमाडौं, १६ भदौं।

आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।

 

नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।

 

प्राधिकरणका अनुसार आज शनिबार साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुन सक्नेछ ।

 

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  ६ः३०  बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 

काठमाडौं, १६ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अबस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दूई स्थानमा हल्का वर्षा भैरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले  यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

काठमाडौं, १६ भदौं ।

नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजवाट सुरु हुदैँछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः००  बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले साे सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

 

सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए  ।

 

उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाईएको छ ।
 

 

सुर्खेत, १५ भदौ ।

सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत भएकी छन्।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई प्रहरीले बलात्कार आरोपमा बुधबार पक्राउ गरेको छ। उनीमाथि दैलेखको एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) लक्ष्मण शाहीले अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्रबहादुरले बलात्कार गर्ने र मारिदिने योजना बनाएको अनुसन्धानबाट खुलेको बताए।

 

काठमाडौं, १५ भदौ ।

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा केही असहज भएपछि शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर् भएका हुन्।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ। मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उनको भनाइ छ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।

 

काठमाडौं, १५ भदौ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन्। उनले २३ मत पाउँदा पियाले १४ मत पाए।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना निर्वाचित भएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।