काठमाडौं, १९ भदौ ।
गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।
डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।
फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।
इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
गीतको भिडियो लिंक : https://youtu.be/EvwIzr8ZDSA
भक्तपुर ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।
सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल उक्त कोलोनीमा बस्ने बर्ष ६५ की सीतादेवी गडतौलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सोही घरसँग जोडिएको गणेश भण्डारीको ४ तले घरको छतमा रहेको फलामको भर्याङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।
काठमाडौ, १९ भदौ ।
आज (मङ्गलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको हो ।
सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलबार घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा झरेको छ भने सोमबार १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ घटेर १ लाख १२ हजार १ सय ५० रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ पर्नेछ ।
काठमाडौ, १९ भदौ ।
प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६६.८० विन्दुमा रहेको छ ।
१ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ५७५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
कैलाली, १९ भदौ ।
कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट चारजना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपालीलाई एक किलो तीन सय ग्राम चरेससहित पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौ, १९ भदौ ।
अपी पावर कम्पनीको ४०% हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । मंगलबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले साउन ३१ गतेदेखि १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
यद्यपि, सोमबार साँझ ५ः०७ बजेसम्ममा भने १ करोड १ लाख ९५ हजार ४७२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा, कम्पनीको अझै ६३ लाख ३७ हजार ६६५ कित्ता सेयर बिक्री हुन बाँकी देखिन्छ । अन्तिम दिनसम्म उक्त सेयर बिक्री नभएमा बाँकी सेयर लिलामीमा आउनेछ ।
यस हकप्रद सेयरका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेको हो । तसर्थ, असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । अपिको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
काठमाडौ, १९ भदौ ।
कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १९ गते) अन्तिम दिन हो
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
काठमाडौ, १९ भदौ ।
मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो । यस आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ । आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
काठमाडौ, १९ भदौ ।
भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।
कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।
यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस कम्पनीको आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपी, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ।
स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
काठमाडौं, १९ भदौ ।
समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ।

तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई दुई वर्ष, एउटालाई डेढ वर्ष र बाँकी सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
काठमाडौंको स्वयम्भू ठेगाना भएको चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेश कन्स्ट्रक्सन, कञ्चनपुर, शुक्लाफाँटा–१० ठेगाना भएको गणपति कन्स्ट्रक्सन कालोसूचीमा परेका छन्। चुलिडाँडा डेढ वर्ष, इपिक कम्प्युटर्स र मकर गणेश कन्स्ट्रक्सन एक वर्ष कालोसूचीमा परेका छन् भने गणपति कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ।