२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

आरके श्रीवास्तव,रौतहट, २१ गते भदौ ।

रौतहट । जिल्लाको राजपुर नगरपालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ना गरी आधारभूत तालिम समापन गरी नगर प्रहरीलाई दिक्षान्त÷पास आउट गरिएको छ ।

सो कार्यक्रमलाइ सम्बोध गर्नु हुदै रौतहट प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले देश संघियतामा प्रवेश गरेपछि स्थानिय सरकारको अवधारण अन्तर्गत पालिकाहरुले न्यायिक समिति लगायतका काम सहयोग पुर्याउनका लागि नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनु भयो । राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजिक आलमले नगर प्रहरीहरुलाइ तालिम सफतापूर्वक समापन गरेकामा बधाइ दिदै कार्यकाल सुखद रहोस् भनी कामना समेत गर्नु भएको थियो ।

उनले नगर प्रहरीको काम कर्तब्य गर्दा बिधिलाई मान्न आग्रह समेत गर्न भयो । उनले भने,२०७२ को संविधानले जुन तीन तहको सरकारकोे परिकल्पना गरेको थियो । त्यसै अनुरुप आज स्थानिय सरकार सक्षम रुपमा आफूलाइ प्रस्तुत गर्न सफल भएको बताउनु भयो । स्थानिय सरकारको कार्याविधिलाइ नै टेकेर राजपुर नगरपालिकाले नगर प्रहरी जवान खडा गरेको बताए । आफू निर्वाचित भएदेखि नै हाम्रो आफनै नगर प्रहरीहोस् ।

नगरप्रहरी राख्नुको मूल उदेश्य शान्तिसुरक्षा होस् ,विधिको शासन कायम होस् भन्ने रहेको बताउनु भयो । भेदभाव नहुने कुरामा राजपुर नगरपालिका दृढ रहेको बताउनु भयो । नगरप्रहरी राख्दै गर्दा नगरको शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गर्नु भयो । नगरप्रमुख आलमले नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गर्नु भयो । साथै अनुशासित भएर कर्तव्य पालना गर्न आग्रह गर्दै । कार्य सम्पादनको आधारमा दर्जा प्रदान गरिने विश्वास दिलाउनु भयो । स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको र त्यसै अनुरुप जिल्ला प्रहरी कार्यालय संगको समन्वयमो आधारभुत तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा नगर प्रमुख आलमले जोड दिए ।

त्यस्तै कार्याक्रममा स्वागत मन्तव्य राख्दै नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले स्थानिय सरकारले कार्यविधि तयार पारी नगर प्रहरी भर्ना गरेको जानकारी गराउनु हुँदै । हामीले सोचे अनुसार नगरप्रहरीले आफनो कर्तव्य पालन गर्नेमा विश्वास व्यक्त गर्नु भयो । राजपुर नगरपालिकाले गराएको नगर प्रहरीको तालिममा २८ जनाको सहभागिता रहेको थियो । जसमा २ जना महिला र २६ जना पुरुष रहेका छन् ।

उनीहरुले सफलतापूर्वक तालिम समापन गरी आज(बिहिवार) पास आउट भएका हुन् । कार्यक्रममा नगरप्रहरीकोृ तालिममा प्रशिक्षक रुपमा खटिएका प्रहरी कर्मचारीलाइ सम्मान गर्नुका साथै नगरप्रहरीहरु लाइ प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उनीहरूलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्था लगायतका तालिम दिइएको तालिमका संयोजक प्रहरी निरिक्षक झलक प्रसाद शर्माले बताए ।

नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँल गायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको उनले बताए ।

 

   

 

काठमाडौँ, २२ भदौं ।

काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।

 

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो ।

 

तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।

 

नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि हिजो राष्ट्रिय सभा गृहमा राखिएको थियो भने त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

 

उनी राजनीतिसहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्दथे

 

 

काठमाडौं, २२ भदौं ।

संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

 

संघीय संसद सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।

 

बिधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो ब्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नंं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्‍जालसँग छलफल गरिनेछ । दिगो विकासको अपरान्ह १ः०० बजेवाट सुरू हुदाँ बिधायन समितिको १ बजेवाट सुरू हुनेछ ।

 

उता, शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ ।

 

काठमाडौं, २२ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा(हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

बिशाल बस्नेत ,महोत्तरी, २१ भदौ ।

भर्खरै नागरिकता निमावली मन्त्रिपरिषदबाट पारित भएको छ ।  मातृत्व र पितृत्व ठेगान नभएकाहरुले नागरिकता पाउने विषयलाई नागरिकता ऐन २०६३ को संशोधन २०७९ बम्मोजिमको निमावलीलाई १२ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले पारित गरिसकेको छ ।

 

तर, आमाको नामवाट नागरिकता लिन इलाका प्रशासन कार्यालय बर्दिबासमा निवेदन दिएका दुई छोरीहरु  नागरिकता लिनबाट वन्चित बनेका छन । २२ वर्षीया लक्ष्मी साह र १७ वर्षीया पूजा साहलाई कानुनअनुसार नमिल्ने भन्दै इलाका प्रशासन कार्यालयले नागरिकता जारी गर्न अस्वीकार गरेको हो ।

 

२०५७ सालमा प्रेमविवाह गरेकी उनीहरुकी आमा रेणु कुमारी साहलाई बुबा मनोज साहले छाडेर बर्षौंअघि बेपत्ता भएपछि ३ भदौमा आमाको नामवाट नागरिकता लिन उनीहरु इलाका प्रशासन कार्यालय बर्दिबास पुगेका थिए ।

 

‘अदालतमा गएर रिट हाल्नुस् अनि फैसला लिएर आउनुस् भनेर त्यहाँका कार्यालय प्रमुख सुनिल पौडेलले फाइल दिएर फिर्ता पठाए,’ लक्ष्मी र पूजाकी आमा रेणुले गुनासो गर्दै भनिन्, ‘हामी गरिबले कहाँ गएर रिट हाल्ने हो के गर्ने थाहा नै छैन ।’

 

बर्दिबास वडा न.१ को कार्यालयले पनि लक्ष्मी र पूजाको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बर्दिबासलाई सिफारिस गरेको देखिएको छ ।

 

निमावलीमा बाबु बेपत्ता भएका, पितृत्व र मातृत्वको ठेगाना नभएका सन्तान, विदेशीसँग विवाह गरेको नेपाली महिला र तिनका सन्तान, गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता लिन पाउने व्यवस्था छ ।

 

तर, वडा कार्यालयले नागरिकता प्रदान गर्न सिफारिस गर्दा पनि प्रशासन कार्यालयले भने नागरिकता दिने अस्वीकार गरेको हो । यता, कानुन व्यवसायीहरुले समेत लक्ष्मी र पूजाको हकमा सहज ढंगले नागरिकता जारी गर्न सकिने कानुनी आधारहरु भएको बताएका छन् ।

 

नयाँ बनेको संवैधानिक कानुनमा समेत बाबु बेपत्ता भए पनि नागरिकतामा बाधा नपुग्ने उल्लेख गरेको छ । तर, लक्ष्मी र पूजाको विषयमा विभिन्न कानुनी अफ्ठ्यारो सिर्जना गरि नागरिकताविहीन बनाइएको स्वयं कानुन व्यवसायीहरुको तर्क छ ।

 

लक्ष्मी र पुजाको हकमा कुनै कानुनी अड्चन नभएको बताउदै वरिष्ठ अधिवक्ता टिकाध्वज खड्काले वडामा समेत आफैंले सिफारिस गर्न सुझाएको बताए । काठमाडाँै रहँदा प्रेम विवाह गरेका रेणु कुमारी साहले अहिलेसम्म श्रीमानको घर समेत देखेकी छैनन् । विवाह भएपछि सुरुको दुई, तीन वर्षसँगै बसे पनि उनी कहाँ गए भन्ने अहिलेसम्म अत्तोपत्तो छैन ।

‘आफैले पढाईलेखाइ गराएर ठूलो बनाए । विभिन्न संघर्ष गरेर ठूली छोरी लक्ष्मी अहिले बिए पढ्छिन भने कान्छी छोरी पूजाले एसईई दिइसकिन्,’ रेणुले भनिन्  । रेणुको माइत पक्षबाट जारी भएको नागरिकतामा स्थायी ठेगाना धनुषाको छौडामडान लेखिएको छ । लामो समयदेखि बर्दिबासमा चिया व्यवसाय गर्दै आएकी रेणुको बर्दिबासमा नै जग्गा समेत छ ।

 

रेणुले उक्त ठाउँबाट ५ असार २०७९ बर्दिबासमा बसार्इंसराईं दर्ता समेत ल्याएकी थिइन् । बसाईसराईको पारिवारिक विवरणमा समेत छोरीहरु लक्ष्मी र पूजासहित तीनजनाको मात्र नामावली छ । नागरिकता दिने यति धेरै आधार हुँदाहँुदै पनि प्रशासन कार्यालयले नागरिकता जारी किन गरेन भन्ने विषय थप पेचिलो बनेको छ ।

 

रेणुकुमारी साह र उनका छोरीहरुको स्थानीय तहले नाता प्रमाणित मात्र गरेको छैन स्थानीय पञ्जिकाधिकारीले जन्मदर्ता समेत जारी गरेका छन् । तर, जन्मदर्तामा नागरिकता नम्बरविनाको बाबुको नाम आमाले भनेको सुनेको आधारमा मनोज साह लेख्न लगाएकी थिइन् । यही विषयलाई हेरेर नै नागरिकता जारी गर्न प्रशासनले व्यवधान खडा गरिदिएको पीडितले बताएका छन् । रेणुलाई आफ्ना श्रीमानको नाम मनोज नै हो भन्नेमा एकीन छैन । ‘कहिलेकाहीँ कसैले बोलाउँदा मनोज भन्थे त्यही भएर नाम मनोज राखिदिन भनेको थिएँ,’ उनले भनिन् ।

 

राज्यले संविधानमा समेत मापदण्ड पूरा गरेका कोही पनि नेपाली नागरिक अनागरिक हुने परिकल्पना नै गरेको छैन । तर, कार्यालय प्रमुखहरुको अतार्किक कानुनी ब्याख्याले पूजा र लक्ष्मीजस्ता कयौँ नागरिक हुनबाट बन्चित हुनुपरेको कानुन व्यवसायीहरुको तर्क छ ।

 

कार्यालय प्रमुख भन्छन्– म केही गर्न सक्दिनँ, सिडिओले गर्नुहुन्छ

 

इलाका प्रशासन कार्यालय बर्दिबासका कार्यालय प्रमुख सुनिल पौडेल आफूलाई त्यस्तै निर्देशन भएको बताए । ‘लक्ष्मी र पूजाको हकमा प्रमुख जिल्ला अधिकारीले नै मलाइ निर्देशन दिनुभएको छ, म केही पनि गर्न सक्दिनँ,’ पौडेलले भने, ‘उहाँले अनुमति दिनुभयो भने हेर्न सकिन्छ ।’

 

उनीहरुले के कति कारणले नागरिकता नपाएको भन्ने बिषयमा पनि उन्ले खुलाउन चाहेनन । किन नागरिकता दिन नमिलेको भन्ने विषयमा लिखित जवाफ माग्दा पनि आफूले दिनै नमिल्ने उनले जिकिर गरे ।

 

‘प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिएर जवाफ दिन्छु, तपाईहरु लिखित जवाफको लागि निवेदन दिनुहोस्,’ उनले भनेन । तर, फाइल अध्ययन गरेर नागरिकता दिन नमिल्ने निष्कर्षमा पुगेका पौडेलले नागरिकता जारी नगर्दा पीडितहरु हैरान भएका छन् ।

 

पीडितहरु कारण बुझ्न जाँदा अदालतमा गएर रिट हाल्न र आदेश लिएर आउन प्रशासनका कर्मचारीले भन्ने गरेका रेणुले जानकारी दिए ।

 

काठमाडौ, २१ भदौ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६०.७२ विन्दुमा रहेको छ ।

 

६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, २१ भदौ ।

ज्योति क्यापिटलको साधारण सभा आज (भदौ २१ गते) बस्दैछ । सभामा ज्योतिले १०.५२ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा क्यापिटलको केन्द्रीय कार्यालयको ठेगना परिवर्तन गर्ने प्रस्ताव पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।

 

काठमाडौ, २१ भदौ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७/७९) को वार्षिक साधारण सभा भदौ ३१ गते बोलाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५प्रतिशत ) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

 

विशाल बस्नेत/न्युज कारखाना,महोत्तरी, २१ भदौ ।

अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासमा एक साथ बिरामी पर्नेकाे संख्या ८० नाघेकाे छ ।

 

एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका  चिकित्सकले हिजाे पनि परीक्षण गरेका थिए।

 

परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुलले जानकारी दिए। `हाम्रोमा सातौं सेमेस्टरको परीक्षा चलीरहेको थियो। केही विद्यार्थीमा त्यतिवेला पनि ज्वरो आएको थियो,´ उनले भने।

 

रोगको विषयमा चिकित्सकहरुले परिक्षण गरिरहेका छन  । बर्षादका कारण दुषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरेतापनी डेंगुको नै लक्षण भएको हुन सक्ने चिकित्सकले बताएका छन्। २२ गते हुने परीक्षा पनि विद्यार्थी बिरामी भएपछी स्थगन गर्न लगाइएको वडा अध्यक्ष पदम आलेमगरले जानकारी दिए।

 

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणवाट प्रताडित बनेपछी वडा अध्यक्ष मगरले हिजाे क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका थिए। परीक्षण गरिएका सवै बिद्यार्थीमा ज्वरो देखिएको थियो। कतिपयको स्थानीय क्लिनिकमा उपचार भए तापनी केहीकाे भने बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।

 

यसै सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्र्यार्थी युनियनले विद्यार्थीहरूमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक विज्ञप्तिसमेत निकालेको छ। साे बिज्ञप्तिमा एक हप्तादेखि दुषित पानीका कारण फैलिएको टाइफाइडका कारण विद्यार्थी प्रताडित बने पछी पाचौं सेमेस्टरको परीक्षा स्थगन गर्न माग गरिएको छ।

 

कृषि तथा वन बिज्ञान विस्वविध्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको विज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परीक्षा रोक्न आग्रह गरेकाे हाे । परीक्षा स्थगनको लागी प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले बताए।

 

विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र सरोकारवाला निकायमा संयोजन भइरहेको वताउदै वडा अध्यक्ष मगरले रोगको विषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए। यो कलेज बर्दिबास नगरपालिकाको वडा नम्बर ६ स्थित भित्री गाउँमा रहेको छ।

 

कीभ, २१ भदौं ।

पूर्वी युक्रेनको एक सहरको बजारमा रुसी गोलाबारीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

 

साथै सो घटनामा परी दर्जनौं ब्यक्ति घाइते भएको प्रहरी अधिकारीहरूले यो जानकारी दिएका छन ।

 

यो घातक हमला यस्तो समयमा भएको छ, जुन बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई रुसी सेनाको विरुद्धमा समर्थन गर्न किभको भ्रमण गरिरहेका थिए। अमेरिकाले युक्रेनका लागि एक अर्ब डलरभन्दा बढीको आर्थिक सहायताको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

 

एसोसिएटेड प्रेस संवाददाताहरूले कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू हेरेका छन । त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाइरहेका थिए । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताए । अधिकारीहरुका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ ।

 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको बताएका छन्। उनले भने,  ‘यो ठाउँ चिन्नेहरूलाई यो नागरिक क्षेत्र हो भन्ने थाहा छ। नजिकै कुनै सैन्य इकाई छैन। यो आक्रमण जानाजानी गरिएको हो ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।