आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।
रौतहट । श्री जयकिसान मावि धरहरीलाइ हाइटेक सँग जोडेर उत्कृष्ट बिधालय बनाउने प्रयत्नमा आफू रहेको प्रअ संजय प्रसादले बताउनु भएको छ ।

पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । वहाँले भननु भयो अहिले प्रविधिको जमाना हो । त्यसैले हामी प्राविधिक शिक्षा तर्फ जोड दिनु पर्छ । प्राविधिक शिक्षा नै अहिलेको आवश्यकता हो । २०७९ सालको मध्यतिर प्रअको रुपमा जिम्मेवारी पाउनु भएका प्रसादले आफनो बिधालयलाई जसरी भएपनि जिल्लामै उत्कृष्ट बिधालय बनाएरै छाडने दृढ विश्वासका साथ निरन्तर लागि परेका छन् ।

जिल्लाकोे प्रायः जसो नमुना बिधालय नाम मात्रका हुन् । तर श्री जयकिसान नमुना माविमा युवा प्रअ प्रसाद आएदेखि मुहार नै फेरिएको छ । पहिला भन्दा अहिलेको अवस्था परिवर्तन भएको छ । डिजिटल माध्यमबाट पठनपाठन शुरु भएपछि बिधार्थी र अभिभावकहरु खुशी छन् ।

उनी आएपछि बिधालयमा चार वटा डिजिटल कक्षा कोठा व्यवस्थापन गराएका हुन् । विज्ञान प्रयोगशाला,पुस्तकालय,मिटिङ्ग हल,वि.व्य.स. अध्यक्ष कोठा,प्रअ कोठा सुविधा सम्पन्न व्यवस्थापन गराएका हुन् । बिधालयको तिव्र विकासका लागि विभिन्न समितिहरुको पनि बाँडफाँड गरि दिएका हुन् । उनीहरु आ—आफनो जिम्मेवारी राम्रो तरिकाले बहन गरि रहेको बताउँछन् ।

बालविकासको कक्षाकोठा पनि व्यवस्थित बनाएका हुन् । प्रअ प्रसादले बिधालयको भौतिक संरचना र बिधार्थीको गुणस्तरिय शिक्षाको लागि निरन्तर जोड दिदै आएका छन् । फलस्वरुप अहिले बिधालयमा बिधार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न थालेका छन् । वि.स.२००६ सालमा स्थापना भएको सो बिधालय वि.स.२०७५ सालमा नमुना बिधालयको रुपमा छनौट भएको प्रअ प्रसादले जानकारी गराए ।

नेपाल सरकारको निति अनुसार प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत एउटा बिधालयलाई नमुना बिधालयको रुपमा छनौट गर्ने अभियान अन्तर्गत श्री जय किसान माबि नमुना बिधालयको रुपमा छनौट भएको थियो । प्रअको रुपमा संजय प्रसाद आएपछि बिधालयमा भएका परिवर्तन तस्बिरमाः

आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।
रौतहट जिल्लाको मध्य भाग गरुडा रौतहट रियल स्टेट प्रा.ली. सञ्चालनमा आएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा शुक्रवारदेखि सञ्चालन भएको संचालक मो.सनमले जानकारी गराउनु भएको हो । उनले दिएको जानकारी अनुसार विधिवत उद्धघाटन भइ सञ्चलनमा आएको छ ।
यसले घर,जग्गा किन्न बेच गर्न चाहने ब्यक्तिहरुको चाहना पुरा गर्ने छ । कम्पनी दर्ता,कम्पनी नामसारी, प्रा.ली दर्ता, लिमिटेड दर्ता,लोन प्रोपोजल,लोन सम्बन्धी परामर्श दिने तथा घर जग्गा बिक्रीको विज्ञापन पनि गरिने उनले बताए ।
घर , जग्गा किन्नको लागी रौतहट रियल स्टेट प्रा.ली.मा सम्पर्क गर्न प्रोपराइटर प्रशान्त कर्णले सेवाग्राही संग आग्रह गर्नु भएको छ । जिल्लाको मध्य भागमा यस्तो सुविधा पाउने भएपछि जग्गा ,जमिन र घर किन्ने ब्यक्तिहरु हर्षित भएका छन् ।
काठमाडौं, २४ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशि, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र सुदूर पश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशि, बागमती, गण्डकी, लुम्बिनी, कर्रणाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा-हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
बझाङ, २३ भदौ ।
बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म विष्ट शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सर्लाही, २३ भदौं ।
सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।
सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।
यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
माेरक्को ।
माेराेक्काेमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।
यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।
भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण अाउन बाँकी छ ।
काठमाडौं, २३ भदौं ।
गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन ।
सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ ।
यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।
भक्तपुर, २३ भदौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।
पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।
ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए।
गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आबश्यक रहेको बताए।
राजा देखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म समभाब पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आआफ्नो धारणा राखेका थिए ।
गोरखा, २३ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन ।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ,’ उनले भने ।
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्तसमेत गरेका छन ।
अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताएका छन । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनका भनाई छ ।
भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भष्ट्राचारमा रमाउनेहरू अत्तालिएको उनको भनाई थियो ।
सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री दाहालल बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्ज आयोजना सुरूवात गरिएको जानकारीसमेत गराए ।
छिट्टै चीन भ्रमण जान लागेको बताउँदै दाहालले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने जानकारी दिए ।
काठमाडौं, २३ भदौं ।
एलोभेरा औषधीय गुणले भरिपूर्ण हुन्छ । यसमा पाइने गुणले शरीरलाई धेरै रोगबाट बचाउँछ । एलोभेरामा प्रोटिन, भिटामिन र एन्टि अक्सिडेन्ट गुण पाइन्छ, जुन स्वास्थ्यका लागि आवश्यक हुन्छ।
एलोभेराको जुस पिउनाले धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। यसका साथै यसले पेटसम्बन्धी समस्यालाई पनि कम गर्छ । यसको स्वाद अलिकति तितो भए पनि स्वास्थ्यका लागि वरदान भन्दा कम छैन । आउनुहोस्, एलोभेराको जुस पिउनुका फाइदाहरू जानौं।
पाचन शक्ति बढाउँछ
पाचन प्रणालीले शरीरलाई स्वस्थ राख्नको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। गलत खानपान र अस्वस्थ जीवनशैलीले कब्जियत, एसिडिटी र अन्य पाचन समस्या निम्त्याउँछ। यदि तपाई पनि पेटसँग सम्बन्धित यी समस्याबाट हैरान हुनुहुन्छ भने आफ्नो आहारमा एलोभेराको जुस अवश्य समावेश गर्नुहोस् । एलोभेरामा धेरै इन्जाइमहरू हुन्छन् जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ।
हाइड्रेसन
एलोभेरामा पानीको मात्रा धेरै हुन्छ। यसले तपाईको शरीरलाई हाइड्रेटेड राख्नुका साथै अन्य धेरै समस्याबाट बचाउँछ। यदि तपाइँ हरेक बिहान खाली पेटमा एलोभेराको जुस पिउनुहुन्छ भने, यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ। जसका कारण धेरै गम्भीर रोगबाट बच्न सकिन्छ ।
पोषक तत्वहरूमा धनी
एलोभेरामा म्याग्नेसियम, क्याल्सियम, फोलिक एसिड, भिटामिन सी, भिटामिन ए, भिटामिन ई र अन्य पोषक तत्वहरू पाइन्छ। यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । यदि तपाईंले नियमित रूपमा खाली पेटमा एलोभेराको जुस पिउनुभयो भने तपाईं धेरै घातक रोगहरूबाट बच्न सक्नुहुन्छ।
प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
एलोभेरामा एन्टिभाइरल र एन्टी इन्फ्लेमेटरी गुणहरू पाइन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोगी हुन्छ । यो भिटामिन बी १२ को स्रोत पनि हो, जसले तपाईंको शरीरलाई ब्याक्टेरियाबाट बचाउँछ। एलोभेराको जुस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, जसले तपाईलाई धेरै रोगबाट बचाउन सक्छ।
डेंगुमा फाइदाजनक
एलोभेरामा भिटामिन ए, भिटामिन सी, फोलिक एसिड र अन्य धेरै गुणहरू पाइन्छ। जसले डेंगुमा प्लेटलेट्स बढाउन मद्दत गर्छ । यसका लागि दैनिक खाली पेटमा एलोभेराको जुस पिउनुहोस्, यसले शरीरको कमजोरी हटाउँछ।
छालाको लागि लाभदायक
एलोभेरा छालाका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा पानी प्रचुर मात्रामा पाइन्छ । यसले तपाईको छालालाई मोइस्चराइज गर्न मद्दत गर्छ। यसले कोलाजेन बढाउन पनि मद्दत गर्छ। एलोभेराको जुस पिउनाले स्वास्थ्य सम्बन्धी समस्याहरू कम हुन्छ र छाला पनि जवान देखिन्छ।