आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
राैतहट – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा आज “युवा जोडौं अभियान २०८२” सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
छलफलमा पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्र, सचिव ब्रजेन्द्र मिश्र (वुलन) र लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा अभियानका उद्देश्य, रणनीति र कार्ययोजनाका विषयमा व्यापक विचारविमर्श भएको बताइएको छ ।
महासचिव मिश्रले युवालाई पार्टीसँग सशक्त ढंगले आबद्ध गराउँदै लोकतान्त्रिक आन्दोलनलाई नयाँ ऊर्जा दिने अभियानको आवश्यकता औंल्याए । सचिव मिश्रले युवालाई संगठित गरी उनीहरूको सृजनशीलता र क्षमतालाई राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे । सोही अवसरमा लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादवले “२०८२ मा ८२ हजार युवा” जोड्ने लक्ष्य हासिल गर्नका लागि स्थानीयस्तरमा अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।
पार्टीले निकट भविष्यमा देशभर अभियानलाई व्यापक बनाउने, जिल्ला र प्रदेशस्तरमा युवा भेला गर्ने तथा डिजिटल प्लेटफर्ममार्फत युवालाई सक्रिय सहभागी बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
काठमाडौं, ५ असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् । साथै उनले चोर र लुटेरा नेताहरुबाट मुलुकलाई मुक्त गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । नेपाली जनताले तिरेको करको रिटर्नी नपाएको गुनासो उनले गरे ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनताहरु हेरेको हेर्यै हु्ने अवस्था रहेको उनले बताए । देशको बजेट नेपाली जनताको रगत पसिनाबाट बनेको पनि उनले सरकारलाई स्मरण गराए । देशको बजेटमा सबैको समान लगानी रहेको बताउँदै उनले विनियोजन पनि समान हुनुपर्ने बताए ।
‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौं भने उसले पैसावापत सामान दिन्छ । एउटा मजदुरले कहीँ गएर काम गर्यो भने काम गरेवापतको ज्याला पाउँछ । नेपाली जनताले तिरेको करको चाहीँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन ?,’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ । यस्तो अत्याचार किन भयो ? नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरु सांसदहरु हेरेको हेर्यैजस्तो भयो । नेपाली जनताले तिरेको कर नेताहरुको भुँडी भर्नलाई हो ? जनताहरु हेरेको हेर्यै हुने नेताजीहरु मालामाल हुने । यो असमानता देखिएको छ । सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ ? नेपाली जनतासँग पैसा लिने रिटर्न नदिने ?’
नेपाल चलाउन नेता बनेको कि नेपाल बेच्न नेता बनेको भन्ने प्रश्न खडा भएको उनले बताए । नेपाली जनताले अहिले साँच्चै नेतृत्व हो कि चोर हो भनेर खोजीरहेको उनले बताए । जनताले सबै दिनु्पर्ने र बजेटभने एक ठाउँमा मात्रै खन्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । नेता साहले नेतृत्वलाई चोरको संज्ञा दिँदै चोरहरुको हातबाट देशलाई मुक्त गराउन आवश्यक भएको बताए ।
‘हाम्रो उत्पादनहरु महँगो भयो । हाम्रो व्यवसायहरु चौपट भइराखेको छ । किन भने करको कर छ, कर आतंक छ । जनताले सबै दिनुपर्ने, चोरहरुको हातबाट देशलाई मुक्त गराउन जरुरी छ । कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन,’ आजपा अध्यक्ष साहले भने ।
यस्तै उनले सम्मानिय सदनको गरिमामाथि उठाउन उनले सम्भामुखसंग आग्रह समेत गरे । दिनलाई रात बनाउने काम भईरहेको बताउदै उनले सरकारको असमान बजेट बितरण जनताको हितमा नभएको टिप्पणी गरेका छन् । जल, जंगल, नदिखोलामा नेता र नेताका आसेपासेहरुको लुट चलिरहेको समेत उनले बताए ।
आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर ८ मा बर्थिङ्ग सेन्टरको शिलान्यास गरिएको छ । वडाध्यक्ष समिश विक्रम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख अजय प्रकाश जयसवालले शिलान्यास गर्दै स्थानीय स्तरमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने दिशामा यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख जयसवालले भन्नुभयो, “स्वास्थ्य सेवा सबैका लागि सहज र सुलभ हुनुपर्छ । बर्थिङ्ग सेन्टरको निर्माणपछि अब आमाहरूलाई टाढासम्म धाउनु नपर्नेछ । नगरपालिकाले आधारभूत स्वास्थ्य पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ । यो केन्द्रले मातृ तथा नवजात शिशु मृत्युदर घटाउने कार्यमा टेवा पुर्याउनेछ ।”

चालू आर्थिक वर्ष २०८१/८२ मा २० लाख रुपैयाँको लागतमा नगरस्तरीय योजनाअन्तर्गत बर्थिङ्ग सेन्टर निर्माण हुन लागेको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २२ लाख रुपैयाँबाट केन्द्रको कम्पाउण्ड वाल निर्माण भइसकेको वडाध्यक्ष शाहले जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षमा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर सुचारू गर्ने लक्ष्य रहेको उनकाे भनाई छ । आवश्यक बजेट व्यवस्थापन गरिने उनलेे बताए ।

वडाध्यक्ष समिश विक्रम शाहले भने, “यो बर्थिङ्ग सेन्टर हाम्रो वडावासीका लागि धेरै आवश्यक थियो । हामीले यसलाई प्राथमिकतामा राखेर योजना अघि बढाएका हौं । अब निर्माण सम्पन्न भएपछि गर्भवती महिलाहरूलाई सहज पहुँच र गुणस्तरीय सेवा मिल्नेछ ।”

शिलान्यास कार्यक्रममा स्थानीय बिरेन्द्र साह कलवार, मुकुन्द यादव, रामभरोस यादव लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयहरूले पनि बर्थिङ्ग सेन्टर निर्माणप्रति खुशी व्यक्त गर्दै छिटो निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
आरएन पटेल,रौतहट, २०८२ असार ४ गते ।
रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ। सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट प्रवाह भइ गर्भवती महिलाको मृत्यु प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरीया टोल निवासी शेख सफुलाको श्रीमती अन्दाजी वर्ष ३० को गुलनाज खातुन रहेको बताइएको छ। निज खातून सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधवार साँझ करिब साढे ४ बजेको समयमा करेन्ट लागेर घाइते भएकी गुलनाजलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको थियो। अस्पतालमा उपचार गर्ने क्रममा इसिजी गर्दा करिब ५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भएको छ ।
विष्णुदेव सरदार,सिराहा, असार ४ गते ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा शिक्षा मन्दिरको मर्यादा माथि खुला खेल भइरहेको तथ्य सार्वजनिक भएको छ।
हिजो मंगलबार असार ३ गतेका दिन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा (एल.एल.बी.) कानुन संकाय अन्तर्गतको प्रवेश परीक्षामा काठमाडौंबाट आएका टोलिले ६० जना परीक्षार्थीलाई मोबाइल चलाउनुका साथै चिट चोराउनु, तथा अन्य गतिविधि गरिरहेको पाइए पछि सबैको परिक्षा रद्द गरि कारबाही गरिएको छ ।
क्याम्पस प्रमुख सुशीलकुमार कर्णकै संरक्षणमा व्यापक रूपमा परीक्षा चोरी भएको पुष्टि भएसँगै सोही क्याम्पसका ६० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
श्रोतका अनुसार, त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको स्नातक तहको वार्षिक परीक्षामा अत्यन्त सुनियोजित ढंगले चोरी गराइएको थियो। परीक्षा हलमा प्रश्नपत्रकै प्रतिलिपि बाहिर पठाइने, समाधान गराएर परीक्षार्थीलाई उपलब्ध गराइने, र प्रध्यापक तथा कर्मचारीहरूको प्रत्यक्ष संलग्नता रहने गरी सो कार्य सञ्चालन गरिएको थियो। पछिल्लो समय यस क्याम्पसको गतिविधिलाई मध्यनगर गर्दै चेक जाँच क्रममा फ्रड भेटिएको हो ।
क्याम्पसका प्रमुख सुशीलकुमार कर्णले यस सम्पूर्ण प्रक्रियामा मौन समर्थन मात्र होइन, प्रत्यक्ष संलग्नता देखाएको आरोप लागेको छ। विद्यार्थीहरूलाई अवैध सहायता उपलब्ध गराउने प्रध्यापकलाई उन्मुक्ति दिइएको र बारम्बार पैसाको आडमा चोरी चलाउनेलाई छानबिन प्रक्रिया अगाडि बढाइएको केही देखिदैन् ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले उक्त परीक्षाका ६० परीक्षार्थीहरूको परीक्षा तुरुन्तै रद्द गर्ने निर्णय गरेको छ।
अब यी ६० परीक्षार्थीहरु १ वर्षको लागि स्थगित भएका छन् ।
यत, आज बुधबार महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका सहायक क्याम्पस प्रमुख उमेशकुमार यादवलाई मो. ९८६४०२३३९२९ सम्पर्क गर्दा उनलेे – भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय काठमाडौंबाट आएका २ जनाले मिलेर सबै परीक्षार्थीको परीक्षा रद्द गरेको बताउनुभयो ।
क्याम्पस प्रमुखको बारेमा सोध्दा उनले- भने चैत १९ गते बिन्देश्वरी बहुमुखी क्याम्पसको नवनियुक्त प्रमुख सहप्राध्यापक डा. सुशिलचन्द्र कर्णले पदभार ग्रहण गरेका छन् ।
विश्वविद्यालयको उपकुलपति कार्यालयको चैत्र १३ गतेको कार्यकारिणी परिषदको निर्णयअनुसार कर्णलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ । प्रमुख कर्ण गणित विषयका सहप्राध्यापकको रूपमा लामो समयदेखि अध्यापन गर्दै आएका छन् ।
तत्कालीन क्याम्पस प्रमुख राजिवकुमार मिश्रको पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो । यस अघि निमित क्याम्पस प्रमुखको जिम्मेवारी रामअशिष यादवले पाएका थिए ।
यो सँगै लहानको संतोष गुप्ता यसै क्याम्पसबाट प्रत्येक्ष पीडा खेपेका उहाँ भन्नुहुन्छ “क्याम्पस प्रमुखले नै चोरी जस्तो घृणित कार्य गर्छन् । मैले महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजबाट १ वर्षे वि.एड. गर्दा पैसा फ्याँक्दा खुलेयाम चोरी हुन्थ्यो । अहिले पनि पहाडभन्दा मधेशका जिल्लाहरुका आँगिक तथा निजी, सरकारी क्याम्पसहरुमा चोरी बाढी आएको दिख्न सकिन्छ ।
त्यसतै अर्का व्यक्ता रामबिहारी साहले भन्नुहुन्छ ” वकिलको सर्टिफिकेट लिन पहाडभन्दा मधेशमा सहज छ, चाहे त्यो संकाय जुनसुकै होस् । एकदिन पनि क्याम्पस नगई कन् पैसाको भरमा हातोहात त्रिभुवन विश्वविद्यालयको प्रथम श्रेणीको प्रमाणपत्र दिने गर्छन् कलेजहरुले ।
अहिले भौतिक तथा अनलाइन अनलाइन उपस्थितिभन्दा पनि स्लिपिङ्गमा कलेजहरुले सर्टिफिकेट दिने गरेको छ।
श्रोतका अनुसार क्याम्पसको बजेट पारदर्शिताविहीन , स्नातक , स्नातकोत्तरसम्मको परीक्षामा विद्यार्थीबाट अवैध पैसा असुल गरि चोरी , कर्मचारी छनोटमा पक्षपात गर्ने, र विद्यार्थीका शैक्षिक माँग प्रति बेवास्ता हुँदै आएको छ।
अत: क्षेत्रलाई बदनाम बनाउने यस्ता व्यक्तिमाथि तुरुन्त छानबिन गरी कानूनी कारवाही गरिनुपर्ने आवाज उठेको छ। अब प्रश्न उठेको छ—सुशीलकुमार कर्णजस्ता पात्रहरूले चलाइरहेको शिक्षा संस्थाको भविष्य के हुनेछ?
आरके श्रीवास्तव,राैतहट,०४ गते असार ।
अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) र दुर्गाभगवती गाउँपालिका रौतहटको संयुक्त आयोजनामा आज पिपरा भलोहिया स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा एक दिवसीय योग शिविर सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस, मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, समाजका अगुवा, नागरिक समाजका सदस्यहरू, विद्यालयका शिक्षक-विद्यार्थी लगायत ४५० भन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

महावाणिज्यदूत देवी सहाय मिनाले उद्घाटन मन्तव्य दिँदै योगले व्यक्तिगत स्वास्थ्य मात्र होइन, वातावरणीय सन्तुलनमा समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो । वहाँले सन् २०१४ मा नेपाल लगायतका १७७ देशले संयुक्त राष्ट्रसंघमा सहप्रस्ताव पेश गरी योग दिवस मनाउने सहमति जनाएको स्मरण गराउँदै “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने यस वर्षको मूल नाराको महत्व बारेमा समेत जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री यादवले योगले मानिसको जीवनलाई स्वस्थ र सुखी बनाउने बताउँदै दैनिक योग अभ्यासको आवश्यकता औंल्याउनुभयो । नेता कृष्ण प्रसाद यादवले आजको जीवनशैलीमा बढ्दो आलस्यपनले स्वास्थ्य समस्या बढाएको उल्लेख गर्दै दीर्घायु र स्वस्थ जीवनको लागि योग अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष शम्भु सिंहले विद्यार्थीहरूलाई मानसिक सन्तुलन र अध्ययनमा एकाग्रता कायम राख्न दैनिक योगलाई जीवनशैलीमा समावेश गर्न सुझाव दिनुभयो ।

उक्त विद्यालयको एक भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको स्मरण गर्दै, कार्यक्रमले नेपाल-भारत विकास साझेदारीको प्रतीकस्वरूप थप सन्देश दिएको आयोजकहरूले जनाएका छन् ।
महावाणिज्य दूतावास, बीरगंजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू र सहभागीहरूलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
आरके श्रीवास्तव,गरूडा,०४ गते जेठ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–२, पिपरा भलोहिया स्थित रहेको श्री सरस्वती माविमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ । भारतको महावाणिज्य दूतावास, बिरगंज (नेपाल) र दुर्गाभगवती गाउँपालिकाको संयुक्त सहकार्यमा आयोजित यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कृष्णा यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवको सहभागिता रहेको थियो ।
अर्थमन्त्री यादवले कार्यक्रममा मन्तव्य दिंदै योगको महत्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, “योग केवल शारीरिक अभ्यास नभई समग्र जीवनशैली परिवर्तनको साधन हो । यसले मानसिक शान्ति, अनुशासन र आत्मबल प्रदान गर्दछ । प्रदेश सरकार स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्दै योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने नीति लिइरहेको छ।”
यादवले विद्यालयस्तरबाट नै योग शिक्षाको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँगाउँमा स्वास्थ्य–सचेतना फैलाउन सबै तहका सरकार तथा समुदायलाई सहकार्यमा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का,राैतहट प्रहरी प्रमुख उपरीक्षक नेत्रमणि गिरी,भारतका महावाणिज्यदूत देवी सहाय मीणा,प्रदेशसभा सदस्य नागेन्द्र शाह, गाउँपालिकाका पूर्व अध्यक्ष अरुण शाह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष प्रधुम्न चौधरी, सुरेश चौधरी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष शम्भु सिंहले कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै यति विशिष्ट अतिथिहरूको उपस्थिति आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूलाई विभिन्न योग आसनहरूको अभ्यास गराइएको थियो भने पतञ्जलि, युनिलिभर नेपाल लगायत विभिन्न संस्थाहरूले कार्यक्रमलाई सहयोग गरेका थिए । आयोजकहरूका अनुसार, यस कार्यक्रमले स्थानीय तहमा योगप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
आरके श्रीवास्तव,राैतहट,०४ गते असार ।
बाराकाे करैयामाई गाउँपालिकाले बजेट ल्याएको छ । बुधबार करैयामाई गाउँपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । गाउँपालिकाकाे सभाकक्षमा बजेट अधिवेशन बाेलाईएकाे थियाे ।

नगरप्रमुख शम्भु प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न भएको नगरसभामा विशिष्ट अतिथिकाे रूपमा उपाध्यक्ष सुनैना कुमारी चाैधरी रहेकी थिईन् ।
गाउँपालिकाले १७ अाैं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४३ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर साे गाउँपालिकाले निर्धारित समय अगाडि नै गाउँसभा गरेको हाे ।
धेरै उत्साहका साथ सम्पन्न भएकाे गाउँसभा बाट करैयामाई गाउँपालिकाले जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।
गाउँपालिकाकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँकाे बजेट पारित गरिएकाे प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महताेले जानकारी गराएका हुन् ।
यस वर्ष शिक्षा, स्वास्थ्य,कृषि,भौतिक पुर्वाधार निर्माण कार्य लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको बताइएको हाे ।

साे गाउँसभामा सबै वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू,पत्रकार, सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
कामरेन्द्र वर्मा,काठमाडौं,०३ गते जेठ ।
भारतको महावाणिज्य दूतावास, बीरगंज नेपालले ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा चितवनको भरतपुर महानगरस्थित पवित्र नारायणी नदीको किनारमा एक विशेष योग कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी तथा विशिष्ट अतिथिका रूपमा चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीकाे उपस्थिति रहेको थियो ।

उक्त योग कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, योग संस्थाका सदस्यहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पदाधिकारीहरूको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा भारतका महावाणिज्यदूत देवी सहाय मीणाले योगको महत्वमाथि प्रकाश पार्दै मानव स्वास्थ्य र समग्र जीवनशैलीमा यसको योगदानबारे उल्लेख गर्नुभयो । उहाँले सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने परिपाटीको सुरुवातबारे जानकारी गराउनुका साथै यस वर्षको मुख्य नारास् “एक पृथ्वी, एक स्वास्थ्य” को सन्देश पनि व्यक्त गर्नुभयो । महावाणिज्यदूतले सबैलाई नियमित योग अभ्यास गर्न र यसलाई दैनिक जीवनशैलीमा समावेश गर्न आग्रह गर्नुभयो ।

उपमेयर चित्रसेन अधिकारीले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले योग दिवस मनाउनु जनस्वास्थ्य प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण रहेको र भरतपुर महानगरले योगको लोकप्रियता बढाउन निरन्तर प्रयास गरिरहेको कुरा पनि बताउनुभयो ।
उद्योग वाणिज्य संघ, चितवन; नेपाल भारत मैत्री संघ, चितवन; पतञ्जलि योग समिति, चितवन र आर्ट अफ लिभिङको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ५५० भन्दा बढी व्यक्तिहरूले सक्रिय सहभागिता जनाएका थिए ।

महावाणिज्य दूतावासले सबै सहभागीहरूलाई कार्यक्रमप्रति देखाएको उत्साह र योगदानका लागि धन्यवाद दिँदै, यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको मित्रता थप सुदृढ हुनुका साथै सर्वसाधारणमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।
आरके श्रीवास्तव, रौतहट, ०३ असार ।
रौतहटको मौलापुर नगरपालिकाको सहकार्यमा अडुवा खोलाबाट सञ्चालित वर्षौंदेखि जिर्ण अवस्थामा रहेको सोनरनिया–पथरा बुधराम महाकारसम्मको कुलोको सरसफाइ कार्य भईरहेकाे छ । कुलोको सफाइपछि सिँचाइमा सहजता आएपछि स्थानीय कृषकहरूमा उत्साह छाएको छ ।
यस ऐतिहासिक कुलो सरसफाइ कार्यमा नेतृत्व प्रदान गर्ने मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना साहप्रति स्थानीयले विशेष आभार प्रकट गरेका छन् ।
श्री मावि पथरा बुधरामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक यादवका अनुसार नगरपालिकाको समन्वय र सहयोगले स्थानीय कृषकहरूलाई ठूलो राहत मिलेको छ। “विगतमा कुलो अवरुद्ध हुँदा खेती गर्न गाह्रो हुन्थ्यो, अहिले पानी सहज रूपमा आउन थालेको छ,” उनले बताएका छन् ।

मावि पथराका शिक्षक लखिन्द्र यादवले कुलो सफा भएपछि वातावरण पनि सफा र स्वच्छ भएको अनुभव सुनाए। “शिक्षालय नजिकैको क्षेत्रमा कुलो सरसफाइ भएपछि दुर्गन्ध हटेको छ,” उनले भने।
त्यस्तै, किसान रामअधार यादवले कुलोमा पानी नहुँदा पहिले खेत सुक्खा पर्ने गरेको स्मरण गर्दै भने, “अब त खेतमै पानी आएको छ, समयमै रोपाइँ गर्न पाएका छौं, नगरप्रमुखलाई धन्यवाद छ।”
किसान लालमहमद अन्सारीले कृषिको आधार सिँचाइ नै भएको बताउँदै भने, “हामी किसानका लागि कुलो जीवनजस्तै हो। नगरप्रमुखले यो कुरा बुझेर काम गर्नु भयो, धेरै खुसी लाग्यो।”
किसान हरिन्द्र ठाकुरले नगरप्रमुख साहको नेतृत्वमा भएका यस्ता व्यवहारिक कामहरूले जनताको मन जितेको बताए । “हामीलाई हेरेर गरिने कामले मात्र नेताको मूल्य थाहा हुन्छ,” उनले भने, “अबको विकास र जनसेवा यस्तै होस् भन्ने चाहन्छौं।”
स्थानीयवासीहरूले नगरप्रमुख रिना साहको नेतृत्वमा विकास र सेवा प्रवाहमा निरन्तरता आउने विश्वास व्यक्त गरेका छन्।