२०८३ असार २७
२०८३ असार २७

काठमाडौ, २१ साउन ।

चालु साताकाे पहिलाे काराेबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

सूचीृकत कम्पनीहरुले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् ।

 

यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।

 

काठमाडौ, २१ साउन ।

चिरख्वा हाइड्रोपावरले २८ साउनदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।

 

यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी हुनेछ । कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको हो ।

 

यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

यस कम्पनीको आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

काठमाडौ, २१ साउन

। प्रि ओपन सेसनमा नेप्से सूचक ५ अंकले बढेको छ । यससँगै सूचक २०९५.४२ अंकमा आएको छ । ७० लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २३ हजार ३२८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२३ पटक सेयर कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा १६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

काठमाडौ, २१ साउन ।

सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

 

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

काठमाडौ, २१ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत र सञ्चालन नाफा ४४.२६ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ ।

 

यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ८.७१  प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ० रुपैयाँ ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसामा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ । ग्लोबलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।

काठमाडौ, २१ साउन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९५,घिउ सिमी लोकल ३०,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४८, लौका ४०, हरियो फर्सी ६० र घिरौला २५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ६०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ८०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४५०,किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, हरियो धनिया १५०,लसुन हरियो ८०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २७०,रुख कटहर ३०, छ्यापी सुकेको २२०,भेडे खु्र्सानी ५० मा कारोबार भइरहेको छ ।

काठमाडौ, २१  साउन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम हुदाँ  युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा किनबेच गरिएकाे थियो ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण काेरीया १०० को खरिदमा १० रूपैयाँ ९ पैसा र बिक्रीदर  १० रूपैयाँ १४ पैसा कायम हुदाँ खाडी मुलुकका राष्ट्रकाे मुल्य भने बढेकाे छ ।

 

जसअनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा कायम भएकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१  रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७  रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८९.८७  पैसा  विक्रीदर ४३१.८२ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

आरके श्रीवास्तव,रौतहट,साउन २० गते
नेपाल अडिटर्स एशोसिएसन (अडान) रौतहटले स्थापना कालको १८ औं बर्ष मनाएको छ । अडानले विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । जिल्लाको गुजरा नगरपालिका स्थित सिमरा भवानीपुरमा स्थापना दिवसको अवसरमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।


अडान रौतहटको १८ औं बार्षिक उत्सव कार्यक्रममा गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
निकैनै भव्य तरिकाले सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी,शिक्षक,व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम गुजरा नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अडान रौतहटका अध्यक्ष लक्षमण चौधरीले आफुहरु सधैंनै ब्यवसायिक हक हितका लागि परेको बताएका थिए । अडानसंग सम्भावना र चुनौती दुवै भएको बताउंदै उनले अडान निकै नै प्रगति गरेको र आउँदा दिनहरुमा धेरै संस्थाहरुसँग सहकार्य गरी बढने बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका गुजराका मेयर चौधरीले अडानलाइ १८ औं स्थापना कालको अवसरमा बधाई तथा शुभकामना दिएका थिए । अडानले आफ्नो स्थापना दिवसको अवसरमा हरेक बर्ष यस्तै कायक्रम गर्दै आएको छ ।


गुजरा नगरपालिकाका कर्मचारी जित बहादुर चौधरीले सञ्चालन गर्नु भएको कार्याक्रममा अडान रौतहटका उपाध्यक्ष दुर्गा प्रसाद यादवले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा,विभिन्न वडाका वडा अध्ययक्ष तथा उल्लेखनिय रुपमा लेखापरीक्षकहरुको उपस्थिति रहेको थियो ।

भक्तपुर ।

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा प्रकाशित छ ।


पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु हुने जनाएको छ । त्यहाँं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा जाने कार्यक्रम तालिका छ । टोलीले नगरभरिका वडा नं १ देखि १० सम्म रहेको विभिन्न पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरिने छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ स्थित न्हुः पुखु (रानी पोखरी) सल्लाघारीमा समापन हुने जनाएको छ । त्यहाँं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिने जनाएको छ । यो वीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी गरिने पनि जनाएको छ । साथै विभिन्न नेवारी परिकाहरु पनि खान पाइने जनाएको छ । साथै नेवार समुदायमा प्रचलित झ्व भ्यव     (लहरै बसेर खाने भोज) पनि खाने कार्यक्रम तालिका बनाइएको छ ।


सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ । कार्यक्रम १२ बजेबाट सुरु भई चार बजे सकाउने योजना राखिएको छ ।
यस्तो छ रूट ः
लामग पुखु – नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) – न्हु पुखु ( रानी पोखरी)

नयाँ दिल्ली, २० साउन ।

ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय अब नोभेम्बर १ गतेदेखि लागू हुने भएको छ ।

 

वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न सकिने पनि यस सूचनामा भनिएको छ ।

नोभेम्बर १ गतेदेखि यी सामान आयात गर्न लाइसेन्स अनिवार्य हुनु पर्नेछ । ल्यापटप, ट्याब्लेट, पर्सनल कम्प्युटर, अति साना कम्प्युटर र सर्भरहरू यस सूचनाको दायरामा आउनेछन्।

 

आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले शुक्रबार भनेका छन कि ट्याब्लेट र ल्यापटपको आयात सम्बन्धी नयाँ मापदण्डहरूको लागि संक्रमण अवधि हुनेछ। यस सम्बन्धमा छिट्टै सूचना जारी गरिनेछ । मन्त्रीको भनाइको केही घण्टापछि मन्त्रालयले सूचना जारी गरेको हो । वास्तवमा आईटी उद्योगले सरकारसँग ३–६ महिनाको समय मागेको थियो । त्यसका आधारमा सरकारले उद्योगलाई करिब ३ महिनाको समय दिएको छ ।

 

केन्द्र सरकारको यो प्रतिबन्धको घोषणापछि विश्वका तीन ठूला कम्पनी एप्पल, सामसुङ र एचपीले भारतमा आफ्ना ल्यापटप र ट्याब्लेटको आयातमा प्रतिबन्ध लगाएका छन् । चन्द्रशेखरले भरपर्दो हार्डवेयर र प्रणाली सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको बताए । आयात माथिको निर्भरता घटाउनुपर्छ । नयाँ नियमले यो सुनिश्चित गर्नेछ कि भारतको टेक इको सिस्टमले ती आयातित प्रणालीहरू मात्र प्रयोग गर्दछ जुन विश्वसनीय र प्रमाणित प्रणालीहरू छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।