२०८३ भाद्र १२
२०८३ भाद्र १२
काठमाडौ, ३ असोज ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ९७ पैसा, बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा कायम गरिएकाे छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ० पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर  १० रूपैयाँ ७ पैसा कायम भएकाे छ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा कायम रहेकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ  तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.५५ पैसा र विक्रीदर ४३२.४९ पैसा कायम भएकाे छ ।

विशाल बस्नेत/ न्युज कारखाना ,३१ भदौ, महोत्तरी ।

पहाडको फेदिमा खयरले छाएका फुसका घरहरु छन । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्व र चिलहरु घुमिरहेका छन  । पाखाहरुमा बाख्राहरु चरिरहेको छन । गोठालाहरु सुस्केरा हालेर स्थानिय गीत गाईरहेको सुनिन्छ । त्यस माथी चराचुरुङ्गीहरुको संगीतमय चिरविरले यहाँ पुगेपछी जो कोहीले छुट्टै आनन्द लिन सक्छन ।

 

प्राकृतिक छट्टाले अनेकौ तरहले सिंगारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तरवर्ती क्षेत्र राई मन्डलको ।

 

बर्दिवास नगरपालिकाको समथर भु-भाग छाडेर झन्डै ७ किलोमीटर माथी उक्लेपछी राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भिम डाँडा र सोली घोप्टे नामक अजंग पहाडका दुई टाकुरालाई देखेपछि मधेशको समथर भु-भाग नियालिरहेको जस्तो महसुस हुन्छ ।

 

समुन्द्री सतहवाट झण्डै ३६२ फिट अग्ला यी पहाडहरु तराईका गहना हुन भने बर्दिवासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाईमा रहेका यी डाँडाहरु देख्दा जति मनोरम छन, त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन । स्थानियका अनुसार शान्ति र देवत्व प्राप्तिका लागी लामा र अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्या समेत गर्ने गरेका छन ।

 

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाँडाहरु मधेशका पाकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानिय युवा विजय पोखरेल यी डाँडामा उक्लिएपछि भारतको सिमाना देखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने बताए । `यहाँका सम्भावनाका बिषयमा हामीले सरोकारवालाहरुलाई निक्कै झकझक्याएका छौ तर सुनुवाई हुन सकेको छैन,´ उनले भने, `महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार पनि पर्यटन नै हो ।´ बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि हाेटलसम्म ७० भन्दा बढी छन ।

निक्कै ठुलो लगानी गरेका होटलहरु दिन्हु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यस्को व्यवस्थापन गर्न नसक्दा पर्यटकहरुलाई एकदिन पनि नबस्ने गरेको गुनासो गर्छन । राइ मण्डलसम्म जाने गरी पर्यटकलाइ लैजान सके बर्दिबासकाे हाेटल ब्यावसाय उकासिने उनकाे तर्क छ ।

 

अझ राई मन्डलको वरपर मध्यपाषण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब ‘प्रि हिस्टोरिक कल्चर इन नेपाल’मा उल्लेख गरेपछि यस्को महत्व थप चुलिएको छ । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राईमन्डल अर्थात पाटु  र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरेकी छिन् ।

 

मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १०  हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ  १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।

 

पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् ।  कर्विन्स राइमन्डल आसपास र पाटुमा  नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धान पछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन ।

राईमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यस्को फेदीमा थप खोजी गरि नविन पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु देखिएका छन ।

 

काठमाडौ, २८ भदौ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।

 

अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ९१  पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसामा खरिदबिक्री हुदाँ क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा तथा  बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा कायम हुन पुगेकाे छ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसाकाे भाउ पाउँदा दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ १ पैसामा काराेबार गर्न सकिनेछ ।

 

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.२५ पैसा र विक्रीदर ४३१.२ पैसामा काराेबार हुनेछ ।

 

काठमाडौ, २८ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६०, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ५५, घिउ सिमी लोकल ४०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २०, हरियो फर्सी ५०, घिरौला २५ रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, हाइब्रीड मूला ११०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ३०, न्यूरो ८, रातो बन्दा प्रतिकेजी २००, लोकल काक्रो १२०, अदुवा प्रतिकेजी १५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३२०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ४००, छडी माछा ३००, बचुवा माछा ३५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००,भेडे  खुर्सानी ८०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १३०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, २४ भदौ ।

निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

 

मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ । भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो ।

 

यद्यापि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ । किनभने अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्येबाट ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

 

८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छे बैंक र शिवम् सिमेन्ट्स परेका छन् । २७६ कम्पनीको ४३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

 

 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

लायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ६७  पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३४ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसामा काराेबार हुदाँ दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा काराेबार हुनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३१ पैसा  विक्रीदर ४३१.२५ पैसामा काराेबार हुनेछ ।

 

 

 

पोखरा, २३ भदौं ।

आजवाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ ।

 

बिमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।

दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।

 

सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो बिमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्याे बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनवाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।

 

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।

 

विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए ।

 

काठमाडौ, २२ भदौ ।

नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले १० अर्ब रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्न लागेको हो ।

 

यस ऋणपत्रका लागि आइतबार भदौ २४ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने भदौ २५ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ ।

 

प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।

 

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

 

काठमाडौ, २२ भदौ ।

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, क्यापिटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन प्रस्ताव पनि पारित गरेको छ ।

 

काठमाडौ, २२ भदौ ।

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।

 

फन्डले बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । यता, फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

 

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट फन्डले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो ।

 

यसका साथै फन्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाइधनीहरुको थप इकाई सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।