२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

काठमाडौ, २२ असोज ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले घटेको छ । यससँगै सूचक १९१९.९६ अंकमा आएको छ । १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ४ सय ३६ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १७ पटक सेयर कारोबार भएको हो । १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

काठमाडौ, २२ असोज ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

सीडीएसका अनुसार यसमा आइतबार असोज २१ गते साँझ ५ बजेसम्ममा २ लाख ६१ हजार ६१८ जना सेयरधनीले २ करोड ९१ लाख ५६ हजार ७७४ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । यसर्थ, अझै ७ करोड ६७ लाख ४३ हजार २२६ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ ।

अपर तामाकोशीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् ।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।

अपर हकप्रद सेयरमा समय थपेर आजसम्म कायम गरेको हो । थपिएको समय पनि अब आजबाट सकिंदैछ ।

काठमाडौं, २२ असोज ।

छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ ।

 

तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन  ।

 

निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल अाराेहणा गरेर साे रेकर्ड ताेडेका थिए । तर, चीनकाे शीशापाग्मा हिमाल यात्रा पूरा गर्ने क्रममा तेन्जेन गत शनिवार देखी बेपत्ता थिए ।

शीशापाग्मा शिखर आरोहणको क्रममा आरोही जिना मारी रुजुसिडलोसँगै हिमपहिरोमा परेर हराएका उनीहरु मृत अवस्थामा फेला परेको एभरेष्ट टुडेले जनाएको छ ।

काठमाडौ, २२ असोज ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५०, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ६०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ७० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ४०, गाजँर १२०, मूला सेतो ३०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी २५० रुपैयाँ, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, शरीफा २००, फूजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना ५००, अमला ८०, तोफु ११०, पिंडालू ५०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०,बरेला ७०, रुख टमाटर १२०, कन्य च्याउ १२०, तने बोडी प्रतिकेजी १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौ, २२ असोज । 

सिटिजन्स बैंक ऋणपत्रमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो ।

 

आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिने छ । बैंकले आइतबार मात्रै सबै ऋणपत्र बिक्री नभएको भन्दै समय थप गरेको थियो । तथापि, सोही दिन मागभन्दा बढी आवेदन परेकाले आजदेखि बिक्री बन्द गर्न लागेको जनाएको छ ।

 

बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

 

बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

 

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । सिटिजन्सले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

 

बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

काठमाडौ, २२ असोज । 

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो ।

 

लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा असोज २१ गते साँझ ५ः०७ बजेसम्म ९ लाख ५७ हजार ७१६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १६० कित्ताको लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ८.३८ गुणा बढी आवेदन हो ।

 

कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ ल्याएको हो । यसर्थ, १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ ।

 

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।

काठमाडौ, २२असोज ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४०.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.४० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्री दर ९ रूपैयाँ ९३  पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँमा काराेबार गरिनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा र विक्रीदर ४३१.६२ पैसामा काराेबार हुनेछ ।

 

काठमाडौं, २२ असोज ।

कुनै समय भारतलाई सुनको चरा भनिन्थ्यो । झन्डै १९ वटा शताब्दीसम्म सबैभन्दा बढी सुन भारतमा रहेको इतिहासकारहरुले बताएका छन् तर तर आज त्यही भारत सुन भण्डारण गर्ने देशको शीर्ष ५ बाट बाहिरिएको छ । उसो भए, सबैभन्दा बढी सुन कुन देशसँग छ त ? आउनुहोस, जानौं ।

 

विश्वमा सुनको मूल्य सधैँ उच्च रहँदै आएको छ । अहिले सबैभन्दा धेरै सुन भएको देशको कुरा गर्ने हो भने अमेरिका त्यसमध्ये पहिलो नम्बरमा छ । यसमा ८,१३३.४७ टन सुन मौज्जाद रहेको छ।

 

दोस्रो नम्बरमा जर्मनी रहेको छ । जर्मनी दोस्रो नम्बरमा परे पनि अमेरिका भन्दा झन्डै आधा मात्रै उसँग मौज्जाद रहेको छ । जर्मनीसँग हाल ३,३५९.०९ टन सुनको भण्डार छ। त्यसको अर्थ जर्मनी स्वर्ण राख्ने हिसाबले दोस्रो स्थानमा छ । भनिन्छ, जर्मनीलाई सुरु देखि नै सुनप्रति उत्सुकता थियो, त्यसैले आज यो देशमा सुनको सङ्ख्या धेरै छ ।

 

इटाली तेस्रो नम्बरमा आउँछ छ । इटालीमा २४५१.८४ टन सुन भण्डारण भएको छ । इतिहास हेर्नुभयो भने थाहा हुन्छ, कसरी यस देशका राजाहरूले लुटपाट र आक्रमण गरेर आफ्नो खजाना भरेका थिए ।

 

यदि हामी चौथो नम्बरको कुरा गर्छौं भने, फ्रान्स यो नम्बरमा छ। फ्रान्ससँग २४३६.३५ टन सुन छ। कुनै समय फ्रान्सले विश्वमा प्रभुत्व जमाएको थियो, त्यही बेला उसले यो भण्डारण गरेको हो ।

 

रुस पाँचौं नम्बरमा छ । रुससँग २२९८.५३ टन सुन छ । दोस्रो विश्वयुद्धका बेला रुस र अमेरिका मात्र शक्तिका दुई केन्द्र थिए, रुस शक्ति केन्द्रमा रहदाँ यति धेरै संख्यामा सुन भण्डारण गरेको हो ।

 

तर, भारतको कुरा गर्ने हो भने यो सूचीमा भारत ९ औं स्थानमा छ । गोल्ड हबको रिपोर्ट अनुसार भारतसँग ७४३.८३ टन सुनको भण्डार छ। तथापि, इतिहासमा एक समय थियो, जब भारत सुनको भण्डार भएको देश थियो।

नयाँदिल्ली, २२ असोज ।

पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ ।

 

हमासले शनिबार बिहान देखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ ।

 

पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ ।

 

एयर इन्डियाका प्रवक्ताले आइतवार साँझ भने कि एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन् । उनले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।

 

टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँ दिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ। यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुदैँ आएका छन्। पछिल्लो घोषणा अघि कम्पनीले हिजो शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो । तर, शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो ।

काठमाडौ, २१ असोज ।

केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् ।

 

केन्द्रीय बैंकले गत बिहीबार साँझ एकीकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको सीमा केही बढाउने निर्णय गरेको थियो । तर यसबाट लगानीकर्ता खुशी हुन सकेनन् । निर्देशनपछि आइतबार पहिलोपल्ट खुलेको खुलेको बजारले नकारात्मक प्रतिक्रिया दिएकाले लगानीकर्तामा उत्साह नभएको अनुमान लगाउन सकिन्छ ।

 

निर्देशन अनुसार सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका हकमा १५ करोड पुर्याइएको छ । यस्तै, सस्थागततर्फ १२ करोडबाट बढाएर २० करोड पुर्याइएको छ । लगानीकर्ताले सेयर धितो कर्जामा कायम १५० प्रतिशतको जोखिमभार १०० प्रतिशतमा झार्न अनि यस्तो सीमा पनि फराकिलो हिसाबले वृद्धि गर्न माग गरेका थिए ।

 

यस दिन २८९ कम्पनीको ५८ लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र नबिल बैंक परेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।