२०८३ असार २६
२०८३ असार २६

 

काठमाडौं, २० कात्तिक ।

केही दिनयता लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ ।

गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।

पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो । तर, सोमबार भने बढेको सेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ।

 

काठमाडौं, २० कात्तिक ।

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो ।

आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

 

कसको नेतृत्वमा कुन प्रदेश ?

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ ।

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।

काठमाडौँ २० कात्तिक,

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज  बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।

अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६  रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

काठमाडौं, २० कात्तिक ।

आजको लागि अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६८ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५८ पैसा र विक्रिदर ८६ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।

काठमाडौं, १९ कात्तिक ।

काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि हात पार्न नेपाल चुकेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको हो ।

नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

काठमाडौं, १९ कात्तिक ।

नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।

 

चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ  ।

 

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।

काठमाडौं, १९ कात्तिक ।

चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ ।

आइतबार प्रि–ओपन सेसनमा ०.९५ अंक घटेर १८४६.७५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

 

यो सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

काठमाडौं, १८ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसामा कारोबारको अनुमति दिएको छ ।

 

हिजाे अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ५० पैसा र युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसामा कारोबारको अनुमति दिएको थियाे  ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ७२ पैसा तथा बिक्री दर ९७ रूपैयाँ १६ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

 

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८९ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ १७ पैसा तथा बिक्री दर १८ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

 

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २० पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

भैरहवा, १९ कार्तिक,मोहम्मद हबिब।

सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले शुक्रबार देखी भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय बचाइदिने वातावरण बनाउन माग गरेका छन् । नेपाली उपभोक्ताले घरायशी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वदेशी बजार धराशयी भएको भन्दै उनीहरुले भन्सार कडाई नियमित र निरन्तर गर्न माग गरेका हुन् ।

 

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई नेतृत्वमा आएको टोलीले भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतम, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै सिमानाका कडाईलाई यथावत राख्न आग्रह गरेका थिए । जेठ १८ गते देखि भन्सार नाकामा भएको कडाईका कारण स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेकोले सिमामा नियमन र अनुगमनलाई निरन्तरता दिदै नेपाली उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए ।
भन्सारले सिमानाका कडाई गर्ने नीति लिएसँगै नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी भएको तथ्याङक छ, दशैं तिहारको समयमा नाकामा केही खुकुलो परिएको भन्ने सूचना अनौपचारिक रुपमा आएकोले भन्सार नाकामा कडाई यथावत गर्नुपर्ने उपाध्यक्ष भट्टराईको माग छ ।

 

भन्सार जाँचपासका ढिलाई, सर्भर डाउन, डिटेन्सन शुल्क, एजेन्टमार्फत काम गराउनु पर्ने बाध्यत्मक व्यवस्थाका कारण उद्योगी व्यवसायी मर्कामा परेको भन्दै छिटै विग्रने कच्चा पदार्थको भन्सार प्रक्रिया फास्ट ट्रयाकमा गर्ने वातावरण मिलाउन समेत संघले आग्रह गरको छ ।

संघका वाणिज्य उपाध्यक्ष विमलराज भटराईले भन्सार क्षेत्रलाई थप व्यवस्थापन थप व्यवस्थित गर्नु पर्ने, हामोर्निक कोडमा एकरुपता, भारतिय जिएसटी बिलको आधारमा मुल्याङकन नहुदाँ उद्योगी व्यवसायीहरु भन्सारमा सास्ती खेपेको उदाहरणहरु रहेकोले कार्यालयबाट हुने व्यवस्था कार्यालयबाटै गरिदिन र नहुने कुराहरु विभाग मन्त्रालय वा सरोकारवाल निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

 

सरकारले भन्सार राजश्वलाई आम्दानीको स्रोत मानेको छ भने अर्को तर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको संघको ज्ञापन पत्रमा उल्लेख छ । स्थानीय व्यवसाय तथा उत्पादनलाई टेवा दिन विगत लामो समय देखि भन्सार तथा खुल्ला सीमा नियमनको सन्दर्भमा संज्ञ निरन्तर पहल तथा पैरवी गर्दै आएको छ । खुद्रा उपभोग्य बस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भएको कारण स्थानीय व्यवसायमा सकारात्मक असर देखिएको सम्बद्ध निकायलाई संघले आभार व्यक्त गर्दै दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तहबाट नै भन्सार खुकुलो पार्नु पर्ने धारणा तथा अभिव्यक्रि प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाइएकाे छ ।

 

देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सिमा नियन्त्रण थप कडाईमा जानु पर्ने नीतिको विपरित वर्तमान भन्सार कडाईको व्यवस्थालाई रोक्ने प्रयास प्रति स्थानीय उद्योगी व्यवासायीहरुको हितमा नरहेको बताए ।

 

नेपालको कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत योग्दान निजी क्षेत्रको रहे पनि वेवास्ता गरिएमा अर्थ व्यवस्थामा दीर्घकालिन नाकारात्मक असर पर्ने भन्दै संघले राष्ट्र हितको कार्यलाई निरन्तरता दिदै उत्पादन तथा व्यवसायको प्रवद्र्धन मार्फत राजश्व अभिबृद्धिको लक्ष्य प्राप्तीको लागि हालको भन्सरा नियमनलाई कडाई गर्दै सीमामा अनुगमन तथा निगरानी बढाउन अनुरोध गरेको छ । भन्सार नाका तथा सीमा नियमन यपुर्ववत यथावत कडाई गरी भन्सार तथा राजश्व असुली समेत अपेक्षा गरिए अनुसार हुन नसक्ने हुदा व्यवसायिक सुरक्षा र राजश्व अभिबृद्धिमा संघको सहयोग र साथ हुने अध्यक्ष हरि प्रसाद अर्यालद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

भन्सार कार्यालय प्रमुख नारद गौतमले चाडपर्वको वा कसैले भनसुनको नाममा भन्सार कार्यालयले कुनै पनि प्रकारको छुट नगर्ने बताउदै भन्सार ऐन, कानुन अनुसारको मापदण्डमा रहेर काम गर्नेमा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले अवैध काम गर्ने कही केही सूचना दिन माग गर्दै अवैध काम गर्नेमा छापा हान्ने प्रतिबद्धता जनाए ।

पूर्वाधारको कारण भन्सारको काममा केही ढिलाई भएको पाएका छौ । भएको जनशक्तिलाई शनिबार पनि उपयोग गरी कार्यालयले नियमित कार्य सम्पादन गरिरहेको छ । हामीले उद्योगलाई प्राथमिकतामा नै राखेर काम गर्ने गरेको बताए । सुरक्षा निकायमा प्रमुखहरुले सिमा क्षेत्रमा निगरानी बढाइएको र अवैध ओसारपसार न्यूनिकरणमा लागिरहेको बताए ।

 

काठमाडौं, १८ कात्तिक ।

मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।

साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।