कामरेन्द्र वर्मा,काठमाडौं,०१ गते जेठ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेशप्रसाद महतो तथा उपाध्यक्ष रंजित क्षेत्रीबीच बिहीबार मन्त्रालयमा भेटघाट तथा छलफल भएको छ।
भेटका क्रममा अध्यक्ष महतोले मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोगिरहेको समस्या र उनीहरूको अधिकारका विषयमा मन्त्री भण्डारीलाई विस्तृत जानकारी गराएका थिए। उनले नेपाली कामदारहरूको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै मलेसियामा रोजगारीको नाममा हुने सिण्डिकेटलाई कुनै हालतमा कार्यान्वयन गर्न नदिन अनुरोध गरे।

महतोले श्रमिकहरूले सामना गरिरहेका समस्याहरूको तत्काल समाधान सुनिश्चित गर्न सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। मन्त्री भण्डारीले उठाइएका सरोकारहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै श्रमिक हितमा आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।
भेटमा मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान र सरकारी संयन्त्रबीच समन्वयात्मक प्रयास आवश्यक रहेकोमा समेत छलफल भएको थियो।
काठमाडाैं,जेठ ०१ गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सभार लाेकान्तर
काठमाडौं, बैशाख २५ – स्वास्थ्य तथा सर्जिकल सामग्रीको मूल्य निर्धारण सम्बन्धमा सरोकारवालासँग कुनै छलफल नगरी एकतर्फी रुपमा छोटो समयसीमा तोकिएकोप्रति लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले आपत्ति जनाएको छ। संघका अनुसार सरकारले हचुवाका भरमा एम.आर.पी. निर्धारण गर्न खोज्नु गम्भीर चिन्ताको विषय हो।

यसै सन्दर्भमा आज लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघका राष्ट्रिय अध्यक्ष रामहरि तिवारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेललाई भेटी ध्यानाकर्षण गराएको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले निर्णयको प्रक्रियागत अपूर्णता, व्यवसायीको सहभागिताविना गरिएको मूल्य निर्धारण, र छोटो समयसीमाले उत्पन्न गर्न सक्ने समस्याहरूबारे स्वास्थ्य मन्त्रीलाई जानकारी गराएको थियो।

संघले लोकतान्त्रिक अभ्यास अनुसार सबै सरोकारवालासँग आवश्यक परामर्श र छलफलको माध्यमबाट मात्र यस्ता नीतिगत निर्णय लिनुपर्नेमा जोड दिएको छ। मन्त्री पौडेलले प्रतिनिधिमण्डलको माग र सुझावलाई गम्भीरतापूर्वक लिने आश्वासन दिएका छन्।
काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यसअनुसार अब पेट्रोलको पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले आज (बुधबार) रातिबाट लागू हुने गरी पेट्रोल २, डिजेल तथा मट्टितेल १ र आन्तरिक हवाइ इन्धन ४ रुपैयाँ प्रतिलिटर घटाएको हो । त्यस्तै अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने इन्धन २९ डलर प्रतिकिलोलिटर घटाएको निगमले विज्ञप्तीमार्फत जनाएको छ ।
मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५८, डिजेल तथा मट्टितेल १ सय ४५ र आन्तरिक हवाइ इन्धन १ सय २१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धन ९ सय ५२ डलर प्रतिकिलोलिटर पुगेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ । सभार कयानाडा नेेपाल
आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।
सरकारले ल्याउन लागेकाे एमआरपी कानुन सम्बन्धि लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वर्तमान सरकारले ल्याउन लागेको वस्तुमा लेवल राख्ने सम्बन्धी कानुन प्रति हाम्रो ध्यानार्कषण भएको केन्द्रीय अध्यक्ष रामहरि तिवारीले एक प्रेस विज्ञप्ति जारी गरि बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ । यस अन्तर्गतको अध्य्यन गर्दा समग्रमा साना गरिब ब्यापारीलाई तर्साउने ब्यापारबाट बन्चित गराउने, कर आतंक फैलाऊने, अनावश्यक चेक जाँचको नाउँमा परेशान गर्ने, व्यापारीको हित विपरित भएको हाम्रो स्पष्ट धारणा छ ।
साथै छलफलका बिषयहरु एम. आर.पी. कुन आधारमा तोक्ने, सरकारी निकायबाट कुनै पनि माप दण्ड वा कमिटि गठन हुनु पर्ने ,इम्पोर्ट गर्दा औषधी सरह एम. आर. पी. को ४०% वा सो सरह हुनु पर्ने प्रबन्ध हटाउनु पर्ने रहेको छ ।

त्यस्तै एम. आर. पी. खुद्रा व्यापारीले राख्न नमिल्ने, राख्ने भनेको उत्पादन कम्पनीले हो, त्यसैले लैब केमिकल वा रिपैकिङ गरेमा धेरै बाधा व्यवधान भएको हुनाले वृहत धलफल गर्नुपर्ने,एउटै कंपनीको १ भन्दा बढी आयातकर्ता भएकोले लेवलमा एकरुपता बारे समस्या समाधान गराउनु पर्ने,खुद्रा ब्यापारीहरुको अहिलेसम्म भन्डारण भएको समानहरुको सरकारी निकायबाट आई पर्ने परेशानीको गारेन्टी समाधान गर्नुपर्ने उल्लेख रहेको छ ।

अध्यक्ष तिवारीले जारी गरेको विज्ञप्तिमा यस्तो आर्थिक मन्दीको अवस्थामा लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले कानुनलाई यथा स्थितिमा समर्थन गर्न नसकिने बारम्बार व्यापारीलाई बृहत छलफल नगरीकन मुठ्ठीभर मान्छेको भरमा दुःख दिने नियत मात्र हेरीरहेको ठहर गरेको छ ।
त्यसैले सरकारले ल्याउन लागेको कानुन प्रति यथा स्थितिमा समर्थन गर्न नसकिने निर्णय लिएको तिवारीले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
राैतहट । राैतहटको फतवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरकाे छठ घाटसँगै हनुमान मन्दिरको आज एक कार्यक्रम गरी शिलान्यास गरीएको छ ।
साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे प्रमुख अतिथ्यतामा हनुमान मन्दिरको शिलान्यास गरीएको हाे ।

आम जनता पार्टीका वडा कमिटि उपाध्यक्ष चन्दन प्रसाद यादवले वडा अध्यक्ष यादवकाे राेहबरमा शिलान्यास गर्नु भएको हाे । वडा स्तरीय याेजनाबाट मन्दिरको निर्माण गर्न जमर्को गरीएको वडा अध्यक्ष यादवले बताएका छन् ।
गाउँमा धेरै मानिसहरूले हनुमानजीकाे पूजा गर्ने गर्छन् वहाँहरूकै माग अनुसार मन्दिर निर्माण हुन लागेकाे उनकाे भनाइ छ । यसबाट हनुमान भक्तहरूलाई पुजापाठ गर्न सहज हुने बताए ।

मन्दिर र धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहदै आएकाे आफ्नो वडामा यस्ता मन्दिर निर्माण हुनुले बाहिरी धार्मिक पर्यटन भित्र्याउन मदत पुग्ने उनले बताएका छन् ।
वर्षाैं पुरानाे महादेव मन्दिर पनि शितलपुरमा नै रहेको छ । यहाँ सयौंको संख्यामा मानिसहरू पुजापाठ गर्न आउने गरेका छन् ।
मंगलबार शिलान्यास गरिएको साे मन्दिरकाे निर्माण कार्य यसै चालू आर्थिक वर्षमा सम्पन्न गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडाकाे विकास र समृद्धिका लागि आफू दिनरात लागि परेको उनकाे भनाइ छ । उनले आफनाे वडाकाे विकासका लागि कृषि बाटाेघाटाे निर्माण देखि लिएर धेरै कामहरू गरेका छन् ।
मन्दिर शिलान्यासकाे अवसरमा स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियोे ।
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ।
घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। नेपाल लाइभ
बज्जिकाञ्चल संवाददाता, रौतहट ३० गते चैत । चन्द्रपुर
रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘डिजाइन’ परिवर्तन भई काम हुँदा अन्तिम चरणमा आएर निर्माण कार्य नै प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।
भवन निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त जेभीका अरबिन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । नयाँ डिजाइन पनि स्वीकृत भएको छैन । डिजाइन स्वीकृत नहुँदा भेरिएसन पनि नभएको, जयसवालले भन्नुभयो, “डिजाइन स्वीकृत तथा भेरिएसनका लागि पटक पटक ताकिता गर्दा पनि हुन सकेको छैन ।”
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार कार्यालयले आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा संशोधन गरेर काम गराएको देखियो, महालेखा नियन्त्रक कार्यालयले परिवर्तित डिजाइन स्वीकृत गरी भेरिएसन नगरिदिँदा निर्माण कम्पनीले पाउनुपर्ने करिब ५० लाख रुपियाँ भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएका कारण सम्पन्न गर्नुपर्ने काम निर्माण कम्पनीले गर्न मानेका छैनन् ।”
सकेसम्म भेरिएसन गर्नु नपर्ने गरी काम गरेको राम्रो भए पनि स्थानीय आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा परिवर्तन गरेर काम गरिसकेकाले कानुनको परिधिभित्र रही यसलाई टुङ्गो लगाउनुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका कार्यालय प्रमुख सञ्जीव साहले बताउनुभयो । भेरिएसन स्वीकृत गर्न बारम्बारको ताकितापछि महालेखा नियन्त्रक कार्यालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई कामको गुणस्तर जाँचलगायतको कुराका लागि राय माग गरेपछि क्याम्पसका डाक्टर प्रदीपकुमार श्रेष्ठले प्रतिवेदन दिए पनि परिवर्तित डिजाइन तथा भेरिएसन स्वीकृत गर्न कोही तयार भएको देखिएन ।
महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालका अनुसार डिजाइन परिवर्तन अगाडि स्वीकृत गराउन कोलेनिका रौतहटपछि परेकाले यस्तो समस्या आएको बताउनुभयो । स्वीकृत डिजाइनमा पाँचदेखि १५ प्रतिशतसम्म परिवर्तन देखिए महालेखा नियन्त्रक कार्यालयले डिजाइन तथा भेरिएसन स्वीकृत गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्थाका कारण एक वर्षदेखि फाइल अड्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
पाँच करोड ९९ लाख रुपियाँको लागत अनुमानको टेन्डरमा तीन करोड ६३ लाख २४ हजार ८७२ रुपियाँमा ठेक्का सकार गरेको सिनर्जी राजदेवीभक्त जेभीले करिब ९० प्रतिशत कार्य सम्पन्न गरेको छ । भेरिएसन स्वीकृत नभएकै कारण ठेकेदारले १० प्रतिशत काम अड्काएको छ ।
निर्माण कम्पनीका जयसवालका अनुसार भवन फिनिसिङ, बत्ती, पानीको काम मात्र बाँकी रहेकाले भेरिएसन स्वीकृत भएको दुई महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो । महालेखा नियन्त्रक डाक्टर गणेशप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीको म्याद तीन चोटि थप भइसकेको तथा आगामी वर्षमा यो भवन निर्माणका लागि बजेटसमेत नछुट्याइएकाले कानुनी प्रव्रिmया पूरा गरेर यसै आर्थिक वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सभार
गोरखापत्र
बज्जिकाञ्चल संवाददाता, काठमाडौं ३० गते चैत ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्शिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको उनको भनाइ छ।
वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उनको दाबी छ।
सभार
नेपालखबर
बज्जिकाञ्चल संवाददाता, वालिङ चैत ३० गते ।
स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।
बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उहाँको भनाई छ ।
डाक्टर बस्यालले बाख्रा पालका क्रममा आई पर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराउनु भयो ।
कार्यक्रम अन्तरगत साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांस सदस्यहरु दलित महिला रहेका छन् । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ ।
कार्यक्रमका कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरु शोभाकान्त काफ्ले,सम्भव अर्याल,खिना काफ्ले समूह की अध्यक्ष सुधा बिक लगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।
वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
तस्बिर ः बीउपाठी तथा बोका वितरण गरिँदै ।