२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौ, चैत २३ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ झिनो परिवर्तन आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । यसअघि बिहिबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८०  कारोबार भएको थियो ।

शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३२ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो एक रुपैयाँ ०७ पैसाले बढेको छ । बिहिबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २४ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०७ पैसाले बढेको हो । बिहिबार यसको खरिददर १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा रहेको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ०६ र बिक्रीदर ८८ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।

 

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रूपैयाँ १० पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
न्युज कारखाना

काठमाडौ, चैत २३ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

 

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकुन्दर ५० आभोकाडो ६०० रुपैयाँ र स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

समितिका अनुसार लोकल सानो गोलभेडा ४० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २४०, रातो आलु ४४ र रातो भारतिय आलु ४० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा १०, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज ४० र पुदीना ९० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी ११० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

 

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

न्युज कारखाना

 

 

काठमाडौँ ।

नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.९५ प्रतिशत, तराइमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१० प्रतिशत रहेको थियो ।

सोहि अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

त्यस्तै सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

त्यसैगरी सो अवधिमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ । न्युज कारखाना

काठमाडौँ ।

चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।

गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो ।

त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।न्युज कारखाना

काठमाडौँ ।

चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ ।

विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यो १४.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका असुसर यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

नेप्सेमा २.७३ अंकको गिरावट आएको छ ।  विहिबार नेप्से सूचक २.७३ अंकले घटेर २ हजार ४.०५ विन्दुमा कायम भएको छ ।

आज विभिन्न ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होलाको ९.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै मुल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्बोत्तम सिमेन्टको ५.८५ प्रतिशत मुल्य घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २३ करोड ३२  लाख ९१ हजार ६१२ बराबरको शेयर कारोबार भएको छ ।न्युज कारखाना

काठमाडौं, चैत २२ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । न्युज कारखाना

काठमाडौं, चैत २२ ।

नेपाली बजारमा सुनको भाउले आज (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ बढेको छ ।

बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार (चैत १९ गते) पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १६ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६ सय १० रुपैयाँ कायम रहेको थियो । न्युज कारखाना

काठमाडौं, चैत २२ ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ अंकले बढेको छ । यससँगै सूचक २००७.१३ विन्दुमा आएको छ । २२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार हुँदा ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । न्युज कारखाना

काठमाडौ, चैत २२ ।

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज ०८ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा कायम गरिएको छ । यसअघि बुधबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२  कारोबार भएको थियो ।

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो ५६ पैसाले बढेको छ । बुधबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ६८ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो । बुधबार यसको खरिददर १६७ रूपैयाँ २७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०२ पैसा रहेको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७८ र बिक्रीदर ८७ रूपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।