२०८३ असार २७
२०८३ असार २७

 

काठमाडौ,  ७ साउन

। भगवती हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आइतबार अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०५ अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।

 

यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

 

यता, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

काठमाडौ, ५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तथा युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा कायम भएको छ ।

 

हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसामा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा  र बिक्री दर  १४८ रूपैयाँ ७८ पैसा रहेको  थियो । जसअनुसार डलरको खरिद दर ० रूपैयाँ १८ पैसा र बिक्री दरमा १८ पैसाले डलरको भाउ घटेको छ ।

 

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८९ ४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।८७  रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७ पैसा  र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसामा कारोबार हुदाँ  दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा  र  बिक्रीदर १० रूपैयाँ ३५ पैसामा कारोबार हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल  एकको खरिद दर ३४८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८।८१  रुपैयाँ तथा बिक्री दर २८।९४  रुपैयाँ  कायम भएको छ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६।८३ पैसा  विक्रीदर ४२८।७९ पैसा रहेको छ ।

 

काठमाडौं, २ साउन ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो । सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर  देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

 

काठमाडौ,  २ साउन । 

ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।

 

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।

हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

यसले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । सभा प्रयोजनका लागि यसले बिहीबार साउन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, बुधबार साउन ३ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन सक्नेछन् ।

 

काठमाडौ,  २ साउन । 

जानकी फाइनान्सले साउन १३ गते साधारण सभा बोलाएको छ । कम्पनीले २६ औं सभा डाकेको हो । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

कम्पनीले गत वर्ष भने १५% बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत  नगद लाभांश वितरण गरेको थियो । सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदै छ ।

 

यस कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ ।

 

सभा प्रयोजनका लागि जानकीले आज मंगलबार साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । साउन १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

काठमाडौ, १ साउन । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।७७ रुपैयाँ रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७।२९ रुपैयाँ  रहेको छ  भने बिक्री  दर १४७।९६ रुपैयाँ रहेको छ ।

 

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको  थियो ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर  ८९.७१  रुपैयाँ  रहेको छ  भने बिक्री दर ९०.१२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा  र बिक्रीदर १० रूपैयाँ  ३८ पैसामा खरिदबिक्री हुनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको  खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर  २९.११ रुपैयाँ कायम गरिएको छ ।

 

 

काठमाडौं, ३१ असार ।

इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा र  घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।

काठमाडौ, असार ३१ ।

नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रूपैयाँ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा काराेबार भएकाे थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१  रुपैयाँ रहेको छ भने  बिक्री दर ९०.९१  रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर  ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया  वन १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर  १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयामा काराेबार गर्न सकिने जनाएकाे छ ।

 

 

रूपन्देही, ३० असार ।

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ ।

 

 

शनिबार दिउँसो १ बजे बस्नेगरी सो बैठक आह्वान प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।

 

गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचना अनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।


प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।

काठमाडौं, ३० असार । आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन् ।

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज शनिवार बैंक तथा बित्तिय संस्थाहरु खुल्ला भएका हुन ।

 

जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।