काठमाडौं, ११ साउन
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेडा सानो ५६,घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २६० रुपैयाँ ,गाजर ९०,बन्दा लोकल ८ , मूला रातो २५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १२०, हरियो धनिया ७०,लसुन हरियो ९०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ । न्युज कारखाना
काठमाडौं, ११ साउन
नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ । यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । न्युज कारखाना
काठमाडौं, ११ साउन
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसा रहेको छ।
हिजो डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको थियो। युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको थियो।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ १२ पैसा र बिक्री दर १६९ रूपैयाँ ८९ पैसा रहेको छ।
दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्रीदर १० रूपैयाँ ३१ पैसा रहेको छ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९० रुपैयाँ रहेको छ।
यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२६.५५ पैसा विक्रीदर ४२८.५१ पैसा रहेको छ। न्युज कारखाना
काठमाडौं, १० साउन ।
लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।
माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले रोकेको थियो । नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।
घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

काठमाडौ, १० साउन ।
नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ।
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौ,१० साउन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसामा किनबेच गर्न सकिनेछ ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कायम गरेकाे राष्ट्र बैंकले दक्षिण काेरीया वन १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्रीदर १० रूपैयाँ २८ पैसामा काराेबार गर्न सकिने गरी अनुमति दिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएकाे छ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२५.६९ पैसा तथा विक्रीदर ४२७.६५ पैसा 0रहेको छ ।
काठमाडौ,९ साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तथा युराेपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा कायम गरिएकाे छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँमा काराेबार भएकाे गरिएकाे थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १९ पैसा र बिक्रीदर १० रूपैयाँ २४ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर२८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९रुपैयाँमा काराेबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा विक्रीदर ४२७.५३ पैसामा काराेबार हुनेछ ।
काठमाडौ, ९ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५८,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल १२ , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०, अनार ३५० रुपैयाँ, नासपाती ६०, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०,लसुन हरियो ७०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ८ साउन ।
मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।
आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार सेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् ।
यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।
काठमाडौ, ८ साउन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले साेमबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो
यससँगै, साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।
आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । यस्तै, साेमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।