२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

काठमाडौँ, १७ माघ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेकाे छ ।न्युजकारखाना

काठमाडौं, १४ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

 

अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत  सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।न्युजकारखाना

मुम्बइ, १३ माघ ।

साउथ इन्डस्ट्री पछि विजय सेतुपति अब बलिउडमा पनि आफ्नो छाप छोड्दैछन् ।

 

हालै उनी कट्रिना कैफसँग फिल्म मेरी क्रिसमसमा देखिएका थिए । यस फिल्ममा उनको कट्रिनासँगको केमेस्ट्रीलाई पनि निकै मन पराइएको थियो । योसँगै यो फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएका थियो । यसैबीच, विजय सेतुपतिको किट्टीमा अर्को फिल्ममा नजर हुने देखिएको छ ।

 

भारतीय सञ्चारमाध्यमका दावी अनुसार विजय सेतुपति अब रणवीर कपूरसँग फिल्म रामायणमा देखिने छन्। यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । चलचित्रको कास्टिङ पनि तिब्र रुपमा भैरहेको छ । केही क्यारेक्टरका लागि कलाकार पनि छनोट भएका छन् । योसँगै अब फिल्ममा विजय सेतुपतिलाई पनि लिने चर्चा बाहिर भएको छ । समाचार अनुसार  फिल्ममा विभिषणको भूमिकाका लागि उनलाई छनोट गरिएको छ ।

 

पिंकभिल्लाको नजिकको स्रोतका अनुसार नितिश तिवारीले विजय सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यति मात्र होइन, विजयले यो फिल्ममा पनि चासो देखाएका छन् । तर, कलाकारले अहिलेसम्म फिल्म साइन गरेका छैनन् र केही विषयमा टोलीसँग कुराकानी भइरहेको छ ।

 

रामायणका लागि स्वीकृत भएका कलाकार

रामायणका अन्य पात्रहरूको कुरा गर्दा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिनेछन् । यससँगै साई पल्लवी आमा सीताको भूमिकामा देखिने भएकी छिन् । यसबाहेक रावणको भूमिकाका लागि यश छनोट भएका छन् । यी तीन जनाको नाम टुंगो लागेको छ । तर हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको छ ।

यसैबीच यस स्टार कास्टको सूचीमा विजय सेतुपतिको नाम पनि थपिएको हो । अब विजयले फिल्म साइन गर्ने कि गर्दैनन् त्यो हेर्न बाँकी छ ।

 

कहिले रिलिज हुन्छ रामायण ?

यो फिल्मलाई नितिश तिवारी र नमित मल्होत्राले निर्माण गर्नेछन् । यो फिल्म अर्को वर्ष अर्थात् २०२५ मा दीपावलीको अवसरमा रिलिज हुनेछ । रिपोर्टका अनुसार फिल्मको प्रि–प्रोडक्सनको काम पनि सुरु भइसकेको छ र यो वर्षको मार्च महिनाबाट फिल्म फ्लोरमा जानेछ । योसँगै मार्चमा सबै स्टारकास्ट लिएर फिल्मको छायांकन सुरु हुनेछ ।न्युजकारखाना

काठमाडौँ १० पुस :

ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको रु नौ लाख अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डबाट निकालेर प्रयोग गरेका थिए । अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । यसअघि गत साता इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो । (रासस)

भक्तपुर, २४ असाेज ।

भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो ।

उनको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।