२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौ, १९ साउन ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।

काठमाडौ, १९ साउन ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ९.९१% ले वृद्धि भएको हो । यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ । खुद ब्याज आम्दानी २३.९७% ले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

 

खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ । जसका कारण सञ्चालन नाफा ९.८३% ले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ । यता, कम्पनीको रिजर्भ कोष बढेर १० अर्ब नाघेको छ । खराब कर्जा भने अघिल्लो वर्ष १.०७% रहेकामा अहिले बढेर २.०१% पुगेको छ ।

 

इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६% र १.१६% रहेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ ।

काठमाडौ, १९ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ ।

 

एक वर्षको अबधीमा खुद नाफा १३२.२३% ले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

यसअबधीमा खराब कर्जा ह्वातै घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढेको हो । खराब कर्जा ६.७३% ले घटेर १.८३% मा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खराब कर्जा ८.५६% थियो । सपोर्ट लघुवित्तको खराब कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

 

सञ्चालन नाफा ४२.०१% ले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ११.२४% ले घटेर ७ करोड २ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।

काठमाडौ, १९ साउन ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउन १९ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमय दर सार्बजनिक गरिएकाे छ ।

 

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा काराेबार हुनेछ ।

 

राष्ट्र बैंककका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४१  पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा  कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६५ रुपैयाँ कायम गरिएकाे छ ।

 

काेरियन सय वन को १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर १ को १२ रुपैयाँ २९ पैसा हुदाँ बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुनेछ ।

 

बहराइनको दिनार १ को खरिद गर्दा ३५० रुपैयाँ २८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को ४२९ रुपैयाँ २८ पैसा र विक्रीदर ४३१ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा, कतारी रियाल १ को ३६ रुपैयाँ २६ पैसा कायम गरिएकाे राष्ट्रबैंकले जनाएकाे छ ।

काठमाडौ, १८ साउन ।

नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

काठमाडौं, १८ साउन ।

सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमती गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएमो हो।

 

यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरेको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो।

 

सहकारी पीडित र सरकारबीच सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

 

ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने सहमति भएको बताइएको छ।

 

सहकारले सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिका नामबाट माइतीघर मण्डलामा अनसन र धर्ना बसिरहेका सहकारी संस्थाका बचतकर्ता सदस्यहरुको मागहरुमाथि छलफल गरेर ७ बुँदे सहमति गरेसँगै सहकारी संस्थाका वचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा जारी अनसन र धर्ना पनि मंगलबारदेखि नै स्थगित भएको हो।

काठमाडौ, १८ साउन ।

नेपाल एसबीआई बैंकले आज (साउन १८ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।

 

एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको हो ।

 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।

 

योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

काठमाडौं, १६ साउन । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।

 

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।

 

हवाई इन्धनको भाउ भने यथावत छ।

काठमाडौ, १६ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन लघुवित्त अर्थात् साविकको सिभिल लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् ।

 

यसअवधिमा यसको खुद नाफा ७८.५०% ले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ । यसले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २४.५२% ले घटेर २० करोड २३ लाख ५२ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ७९.०४% ले घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ ।

 

खराब कर्जा ०.९०% ले बढेर २.३७% पुगेको छ । यता, खुद नाफा घटेसँगै हिमालयन लघुवित्तको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँले घटेर ४ रुपैयाँ ८१ पैैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ ।

 

यसअघिको सिभिल लघुवित्तको नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राखिएको हो । माउ कम्पनी सिभिल बैंक हिमालयन बैंकमा गाभिएसँगै सिभिल लघुवित्तको पनि नाम परिवर्तन गरेर हिमालयन लघुवित्त बनाइएको हो ।

 

काठमाडौ, १६  साउन ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँमा काराेबार भएकाे थियाे ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८९ पैसा र बिक्री दर १६९ रूपैयाँ ६६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ   , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसामा काराेबार गर्न सकिनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री भइरहदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर  १० रूपैयाँ ३४ पैसामा काराेबार गर्न सकिने छ ।

 

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ र बिक्री दर ३५.१६  रुपैयाँ,  मलेसियन रिंगिट एकको खरिद दर २९.१२  रुपैयाँ रहेको छ भने बिक्री दर २९.२५ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा  विक्रीदर ४२९.४५ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।