२०८३ बैशाख २७
२०८३ बैशाख २७

 

काठमाडौ, २४ साउन ।

सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

 

२२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात १९ सयको लाइनमा भने झरेन ।

 

यस दिन २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।

 

काठमाडौं, २४ साउन ।

नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

 

टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।

 

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।

 

काठमाडौ, २३ साउन ।

नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

 

सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।

 

काठमाडौ, २३ साउन ।

सेयर बजार अझै पनि सम्हालिन सकेको छैन । मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ । कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।

दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

 

यस दिन २६५ कम्पनीको ४८ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।

 

काठमाडौ, २३ साउन ।

सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ ।

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।

 

काठमाडौ, २३ साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ । ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ ।

 

यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, २३ साउन ।

रिलायबल नेपाल लाइफ  इन्स्याेरेन्सको मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यस  इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

 

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ।  त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस  इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

 

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

 

काठमाडौ, २३ साउन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९०, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ४०, हरियो फर्सी ७०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी ३५,पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया १५०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, २३  साउन ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसा कायम गरिएकाे छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा काराेबार भएकाे थियाे ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १६ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर  १० रूपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे छ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिने जनाउँदै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७  रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११  रुपैयाँ तथा कुवेती दिनार १ को खरिद मूल्य ४२९.४८ पैसा  विक्रीदर ४३१.४३ पैसा कायम गरिएकाे छ ।

 

 

 

काठमाडौ, २२ साउन ।

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको थियो ।

 

यसमा छिटोमा सोमबार (साउन २२ गते) सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । यद्दपि, सोमबारसम्म माग अनुसार आवेदन नपरेपछि अब साउन ३१ गतेसम्म बिक्री खुला रहने बिक्री प्रमन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।

 

यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।