काठमाडौ, २९ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९५, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ७०, हरियो फर्सी ९०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ४०, सेतो मूला ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २००, कागती १३० रुपैयाँ, भिण्डी ५०, पिंडालू ५०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काक्रो ९०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी ५०, हरियो धनिया ३५०, लसुन हरियो २५०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।
काठमाडौ, २९ साउन ।
आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३५ रुपैयाँमा खरिदबिक्री हुदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसामा किनबेच हुनेछ ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा काराेबार गर्न सकिने छ ।
साथै, साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६ रुपैयाँ ताेकिएकाे छ ।
काठमाडौं, २८ साउन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ मन्त्री डा. महतको भनाइ छ ।
प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’
इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन,’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’
साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए । अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’

काठमाडौ, २८ साउन ।
काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ ।
आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।
बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ । आइतबार निर्जीवन बिमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै आइतबार माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।
यस दिन २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट र सोल्टी होटेल परेका छन् ।
काठमाडौ, २८ साउन ।
साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।
आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।
काठमाडौ, २८ साउन ।
नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ३६.७४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । साथै, ब्याज आम्दानी पनि ३५ करोड ९९ लाखबाट बढेर ४० करोड ४९ लाख पुगेको छ । जसले गर्दा यसको नाफामा वृद्धि देखिएको हो ।
लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २२ अर्ब ३६ करोड ९४ लाख रहेको छ । अघिल्लो वर्ष रिजर्भ १९ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यसले मुद्दति निक्षेपमा १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ ।
यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाबाट घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । यसको नेटवर्थ २२३ रुपैयाँ ८० पैसाबाट घटेर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । आरओआइ ९.४० % रहेको छ ।
काठमाडौ, २८ साउन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५.४० अंकमा आएको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, २८ साउन ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।
काठमाडौ, २८ साउन ।
सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८.६७ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष ३ करोड १ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले घटेर ९ करोड ३६ लाख ८३ हजार रुपैयाँमा आएको छ ।
सम्भावित जोखिमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । जसका कारण नाफा घटेको देखिन्छ । असार मसान्तसम्म यो लघुवित्त २ करोड ६१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ । यसकोे प्रतितिसेयर आम्दानी ०.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा छ । यो लघुवित्त बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।
काठमाडौ, २८ साउन ।
सोनापुर मिनरल्स एन्ड आयल लिमिडेडले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो ।
यसमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यता, कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।