२०८३ बैशाख २६
२०८३ बैशाख २६

 

काठमाडौ, ३१ साउन ।

अपि पावर कम्पनीले आज बुधबार साउन ३१ गतेदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो ।

 

उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । अपिको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

 

काठमाडौ, ३१ साउन ।

हालै मात्र आइपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएको सिटी होटलले गत आर्थिक वर्षमा नोक्सान व्यहोरेको छ ।

 

होटलले गत आर्थिक वर्षको अन्त्यसम्ममा २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सान व्यहोरेको हाे । यसको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा झन् धेरै बढेको हो । अघिल्लो आर्थिक वर्षमा भने ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो ।

 

सिटीले सञ्चालन आम्दानी १५०.१३% ले वृद्धि गरेर ४७ करोड ३१ लाख ५१ हजार रुपैयाँ पुर्याए पनि वित्तीय लागत बढेपछि नोक्सानमा गएको हो । अघिल्लो वर्ष सञ्चालन आम्दानी १८ करोड ९१ लाख ६४ हजार रहेको थियो ।

 

यता, वित्तीय लागत भने ४ करोड ७६ लाख रुपैयाँबाट बढेर ३५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसका साथै ह्रास कट्टीमा खर्च बढेर ३ करोड ७८ लाख रुपैयाँबाट १३ करोड ७ लाख पुगेपछि सिटीले नोक्सान व्यहोरेको देखिन्छ ।

 

चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटी होटलको अन्य इक्विटीमा ६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ । अघिल्लो वर्ष यसको अन्य इक्विटी २८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

 

असार मसान्तसम्ममा सिटी होटल प्रतिसेयर आम्दानी १६.३५ रुपैयाँ नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ छ ।

 

काठमाडौ, ३१  साउन ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसामा काराेबार हुदाँ युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा र बिक्री दर १४५ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा काराेबार गर्न सकिने छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट् बै‌कले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९५ पैसा कायम गरेकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७  रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७०  रुपैयाँ  तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.४१ पैसा  विक्रीदर ४३२.३६ पैसामा काराेबारकाे अनुमति दिएकाे छ ।

 

 

काठमाडौ, ३० साउन ।

चालु साताकाे कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।

मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।

नेप्सेघटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ । मंगलबार उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।

 

काठमाडौं, ३० साउन ।

काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा ाजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो ।

ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो ।  नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौ, ३० साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।

खुद ब्याज आम्दानी सामान्य (०.६० प्रतिशत) ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४% ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

 

प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १६ करोड ७८ लाख १२ हजार रुपैयाँ छ ।

 

काठमाडौ, ३० साउन ।

नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।  मंगलबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। साेमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

 

काठमाडौ, ३० साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२० विन्दुले घटेको छ । यससँगै सूचक २०७७.०३ अंकमा आएको छ । १२ लाख ३२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३३ सय १८ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, ३० साउन ।

जगदम्बा इन्टरप्राइजेज प्रालिले आर्थिक वर्ष २०२१-२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार यस प्रालिले अघिल्लो वर्षको भन्दा १०.२३ प्रतिशत व्यापार वृद्धि गरेको हो । आर्थिक वर्ष २०२०-२१ मा यसले १४ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यस्तै, २०१९-२० मा १४ अर्ब ९८ करोडको व्यापार गरेको देखिएको छ ।

 

कम्पनीले लङ ट्रम कर्जा १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, १३ अर्ब ९२ करोड बराबरको सर्ट ट्रम लोनका लागि भने यसले ‘केयर एनपी ए ४ प्लस’ रेटिङ पाएको छ । यसले कुल १५ अर्ब ८० करोड ६० लाख रुपैयाँको रेटिङ गरेको हो ।

 

उद्योगले जगदम्बा र जग शक्ति ब्रान्डका विभिन्न आइरन र स्टिल उत्पादहरु बिक्री वितरण गर्दै आएको छ। पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ लगायतका विभिन्न स्टिल पोलहरु पनि निर्माण गर्दै आइरहेको छ ।

 

काठमाडौ, ३० साउन ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

 

यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

 

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र अप्पर लोहोरे खोला हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।