२०८३ बैशाख २६
२०८३ बैशाख २६

 

काठमाडौ, ३  भदौ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आज पनि मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।
महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

 

काठमाडौ, ३  भदौ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.२० अंकमा आएको छ ।

३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, ३ भदाेै ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।

बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्सुरेन्स देखि रियल सेक्टरका कम्पनीहरु थिए ।

गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।

स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

 

काठमाडौ, ३  भदौ ।

गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो।

पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार नकारात्मक भइ बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो।

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अबका दिनमा बजार बढ्छ कि घट्छ भन्ने अन्योलता थपेको छ ।

 

यद्यपि, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।
अहिले बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, उकालो लाग्नका लागि २०४५ को ब्रेकआउट विन्दु पार गर्नु पर्नेछ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १७३ प्रतिशत कम हो।

 

काठमाडौ, ३  भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १४०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी  ७०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली १४०, कागती १६०, भिण्डी ८०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०, केरा दर्जन १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००,  हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २२०, चाइनिज लसुन २५०, लसुन हरियो १८०, रुख कटहर ५०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ६०, फूजी स्याउ ३५०, मौसम १४०, जुनार ३२०, तोफु ११०, पिंडालू ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, ३  भदौ ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ ।

 

यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर पछि समय परिवर्तन गरी भदौ ३ बाट खुला गरेको हो ।

 

यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा आएको छ । उक्त हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

 

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा सानिमा क्यापिटल बिक्री प्रबन्धक छ ।

 

 

हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

 

काठमाडौ, ३  भदौ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४४ रूपैयाँ २५ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसामा काराेबार हुने भएकाे छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.३५ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम हुदाँ दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९४ पैसा कायम गरिएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ तथा  मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६८ रुपैयाँमा काराेबार हुने जनाइएकाे छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.८१ पैसा  विक्रीदर ४३२.७६ पैसा मुल्य ताेकिएकाे छ ।

 

 

 

काठमाडौं, २ भदौ ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ ।

 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।

 

अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।   समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।

 

काठमाडौं, ३२ साउन ।

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौँ १ गते शुक्रबारबाट लागू हुने गरी भदौं महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर अनुसार साउन महिनाको तुलनामा भदौँ महिनामा ब्याजदर बढाइने भएको छ।

 

बैंकले भदौँ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ।  बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ।

 

यसअघि असार महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो भने साउन महिनामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो।

 

बैंकले मुद्दति निक्षेपमा बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ। बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्‍याएको छ।

 

यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो। बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ।

इन्दीप कोइराला,बारा, ३२ साउन ।

रौतहटका पत्रकार फणि महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको एक वर्षभन्दा बढी समयदेखि टाउको ट्यूमरबाट पीडित भएका हुन ।

पत्रकार महत एक वर्षभन्दा बढी समय देखि काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिएको पत्रकार महत पुनः सोही समस्या देखिएपछि थप उपचारको लागि उपचारमा संलग्न चिकित्सकले भारतको नयाँ दिल्ली लानु सुझाब दिएसँगै हाल उनी उपचारका निम्ती भारतको नयाँ दिल्लीमा छन् ।

पत्रकार महतको काठमाडाैंमा ब्रेन ट्युमरको उपचारको क्रममा ३५ लाखभन्दा बढी खर्च भएपनि उनी पूर्ण रुपमा स्वस्थ हुन नसकेपछि थप उपचारको लागि भारतको नयाँ दिल्लीमा उपचारको तयारीमा छन् । यति ठूलो रकम खर्चिएर फेरि दिल्लीमा उपचारको लागि उनलाई तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक परेको हुँदा सहयोग गरिदिनु हुन तथा सहयोग जुटाइदिन हुन परिवारले समेत अनुरोध गरेको हो ।

साथै बिहीबार नेपाल पत्रकार महासंघले  पनि आर्थिक सहयोग जुटाउन र एक श्रमजीवी पत्रकारको जीवन बचाउनका लागि उपचारमा सहयोग गर्न आफ्ना सबै शाखा समिति, एसोसिएट संस्था र वैदेशिक शाखालाई अपिल गरेको छ ।

पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

 

यस्तै नेपाल पत्रकार महासंघको नविल बैक, घण्टाघर शाखामा रहेको १६९०१०१७५००६३३ मा रकम जम्मा गरिदिन सक्नेछन् । अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुन् ।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।