काठमाडौ, ७ भदौ ।
नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यो आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
काठमाडौ, ७ भदौ ।
मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आइपीओ बाँडफाँट गरेको जनाएको छ ।
कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो ।
यो मध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो । यस्तै, आवेदन रुजु गर्दा थप ७ जना आवेदकबाट २६० कित्ता सेयरको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवदेन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठहरिएको थियो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटर मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
काठमाडौ, ७ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०, टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३० रुपैयाँ, भिण्डी ५५, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०,अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ७ भदौ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन आज डलरको खरिद दर १३२ रूपैयाँ ०० पैसा र बिक्री दर १३२ रूपैयाँ ६० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसामा खरिदबिक्री हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा र बिक्री दर १६४ रूपैयाँ ६३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ९ रूपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ र बिक्री दर ३५.३५ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिनेछ ।
काठमाडौ, ६ भदौ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्रीन भेन्चर्स लिमिडेटको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १९०.३८ प्रतिशत ले बढेर ३१ करोड ९० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ९८ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।
असार मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी ६३.८६ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ९४ करोड २५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ५६ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी असारसम्म ९४ कोड २ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाले बढेर १० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । जगेडा कोषमा २२ करोड ५५ लाख २५ हजार रुपैयाँ छ ।
काठमाडौ, ६ भदौ ।
सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो । यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तरजसो घटेको यियो ।
यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो । त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो ।
यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र आइएमई लाइफ इन्स्याेरेन्स परेका छन् ।
काठमाडौ, ६ भदौ ।
ओरियन्टल इन्स्याेरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ ।
खुद नाफा अघिल्लो वर्षको भन्दा ३७.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस इन्स्याेरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ७.५४ प्रतिशतले बढ्न पुगेको छ ।
अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
काठमाडौ, ६ भदौ ।
हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक सेयरधनी प्रभा गोयन्का भीमसरीयाको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदीपकुमार बिडारीको ३५ हजार ९८० कित्ता रहेको छ।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन गर्नुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
काठमाडौ, ६ भदौ ।
सिटिजन्स लाइफ इन्स्याेरेन्सले १५ भदौदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो । यसले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ ।
यसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आइपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
काठमाडौ, ६ भदौ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८१ विन्दुले बढेको छ । यससँगै सूचक २०१६.७९ अंकमा आएको छ । ८१ हजार २२६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको २२३ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।