काठमाडौ, २३ असोज ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ विन्दुले घटेको छ । यससँगै सूचक १९०८.२८ अंकमा आएको छ । ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौं, २३ असोज ।
बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ। भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको हो।
बैद्य्ज अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ।
एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन्।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन्। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ।
भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ।
न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक वितरण पाएका कम्पनीले जनाएको छ। यसलाई हामीले बस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिइएको बताइएको छ।
‘हामी सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौ। त्यसले हाम्रा उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने छ। त्यसमा एथरका उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ,’ कम्पनीले भनेको छ।
बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले बताए।
आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्य भने, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ। एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं। कटिङ एज टेक्नलोजीमा आधारित इलेक्ट्रीक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं।’
‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौं। हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ। त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौं। साथै, ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौं सीईओ बैद्यले भने।
नेपालमा यथर इनर्जीको उत्पाधन बिक्री बितरण गर्न लागेको बारे जानकारी दिँदै एथर इनर्जी भारतका प्रबन्धक तरुन मेहता र स्वप्नील जैनले अन्तराष्ट्रीय बजारमा प्रवेश गरिएको त्यो प्रवेश बिन्दु नेपाल भएको बताए। ‘त्यसमा हामी निकै खुशी छौं। क्लीन इनर्जी मा नेपालले जुन किसिमको सफलता हासील गरेको छ। त्य क्लीन इनर्जी बाट संचालन हुनु यथरका बिद्युतिय साधन आगामी नोभेम्बर (कार्तिक) बाट उपलव्ध गराउने छौं। अटो मोबाइल भविष्यमा नेपाल कै पुरानो र प्रतिष्ठीत कम्पनी संग मिलेर हाम्रा उत्पादन नेपालमा उपलव्ध हुंदा ग्राहकहरुले उत्कीष्ट सेवा पाउनेमा ढुक्क छौं,’ उनीहरू भन्छन्।
एथर इनर्जी एक प्रख्यात हाईपफर्मेन्स इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने कम्पनी हो। यसको स्थापना नै नवीनतम र श्रेष्ठ डिजाइन मार्फत प्रयोगकर्तालाई आकर्षक फाइदा प्रदान गर्ने रहेको छ।
नेपाली बजारमा उच्च गुणस्तरका विद्युतीय साधनको माग दिन दिनै बढ्दै गएको समयमा हामीले ल्याएको एथरका प्रोडक्टले ग्राहकलाई ठूलो फाइदा पुग्ने विस्वास लिएका छौं। विद्युतीय साधनले इन्धनमा हुने धेरै परिमाणको खर्च कटौती गर्छ। एकदमै कम मेन्टीनेन्स खर्च, इफिसीयन्ट र तिब्र गतिमा चलाउन सकिने यसको मुख्य विशेषता हुन्।
काठमाडौ, २३ असोज ।
नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।
यता, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।
नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।
कम्पनीको आन्तरिक प्रतिफल दर १५.१९% रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण छ ।
काठमाडौ, २३ असोज ।
चिरख्वा हाइड्रोपावर लिमिटेडको आज मंगलबार असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।
यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ ।
साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासनमा ल्याएको हो । यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ ।
यस जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं १,२ र ३ मा रहेको छ । कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४.७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
चिरख्वा हाइड्रोपावरको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै रहेको छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात ४० करोड रुपैयाँ पुग्नेछ ।
यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०%, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा १०% र सर्वसाधारण सेयरधनी, आयोजनामा कार्यरत कर्मचारी तथा सामूहिक लगानी कोषको हिस्सा गरेर २०% रहनेछ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ ।
काठमाडौ, २३ असोज ।
सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।
यता, फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नु पर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नु पर्नेछ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले १८% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।
काठमाडौ, २३ असोज ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ४५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०, घिरौला रूपैयाँ ९० कायम भइ कारोबार भइरहेको छ । घिराैलाकाे भाउ ७० रूपैयाँबाट बढेर ९० पुगेकाे हाे ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाजँर १००, मूला सेतो ३०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी २५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, परवर ४०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, शरीफा २००, फूजी स्याँउ ३००, अम्बा ६०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना ५००, अमला ५०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला ९०, रुख टमाटर १४०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ९० रूपैयामा कारोबार भइरहेको छ ।
काठमाडौ, २३ असोज ।
सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते मंगलबार अन्तिम दिन हो ।
साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नु पर्नेछ । यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरि कुल १०.५२६३% लाभांश वितरण गर्दैछ ।
यस कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
काठमाडौ, २३ असोज ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसामा काराेबार हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ र बिक्री दर ८४.९० रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८६ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा काराेबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८६ पैसा र विक्रीदर ४३१.८ पैसामा काराेबार हुनेछ ।
भक्तपुर, २३ असाेज ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले सोमबार नगरपालिकाको वडा नम्बर ६ नगरकोट एरियामा रहेको मिनीमार्ट र खाद्य पसल अनुगमन गरेको छ ।
उपभोक्ताको हित संरक्षणनार्थ त्यहाँं रहेका क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जानकारी दिए ।
अनुगमनमा बलराम स्टोरमा चिनी प्रति के. जी. रु. १३५ मा विक्री गरेको विक्री बिलबाट देखिएको तर खरिद बिल माग्दा देखाउन नसकेकोले यसलाई अनुचित व्यवसायजन्य क्रियाकलाप गरेको देखिदा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएकाे छ । साथै उक्त स्टोरलाई तक्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ ।
त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरुको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । साथै उक्त स्टोरलाई तक्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ भने उक्त स्टोरलाई ढक तराजु नविकरण गर्न निर्देशन दिइएको छ ।
लामा कोल्ड स्टोरले म्याद नाघेको समान जफत गरि नष्ट गरिएको छ । साथ उक्त स्टोरलाई म्याद नाघेको सामानहरु छट्टै राख्न, मूल्य सूची राख्न र अन्त शुल्कको अनुमती लिएर मात्र मदिरा विक्री वितरण गर्न दिर्नेशन दिइएको छ ।
नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिन भित्र व्यवसाय नविकरण गर्न, मूल्य सूची राख्न, ढक तराजु तत्काल नविकरण गर्न निर्देशन दिइएको अधिकृत पौडेलले जानकारी दिए ।

साह स्टोर एण्ड सप्लायर्समा म्याद नाघेको समान बरामद गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्रले जानकारी दिएका छन । साथै उक्त सप्लायर्सलाई मूल्य सूची राख्न, ढक तराजु नविकरण गर्न र व्यवसाय दर्ता नविकरण गर्न निर्देशन दिइएको छ ।
नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले नियमित अनुगमन हुने गर्ने र दशैँ र तिहार चाडपर्व नजिक बढ्नसक्ने उपभोग्य बस्तुहरुको कालोबजारी र गुणस्तरहीन बस्तुहरु बिक्रीवितरणलाई नियन्त्रण गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिने जानाकारी दिए ।
काठमाडौ, २२ असोज
काठमाडौं : सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अंकमा आएको छ । सूचीकृत २ समूहमात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् ।
यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरुले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।
यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अगाडि छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लघुवित्त परेका छन् ।