आरके श्रीवास्तव,गरुडा,वैशाख ०९ गते
रौतहटको गरुडा नगर उद्योग वाणिज्य संघको साधारण सभा आगामी वैशाख २२ गते हुन गइरहेको छ । धेरैदिन देखि साधारणसभा बोलाउन माग गरिदै आएको थियो । तर सधारणसभा बोलाइएको थिएन् । वर्तमान अध्यक्ष हरेन्द्र जयसवालको कार्यकाल समाप्त भएको १ वर्षभन्दा बढी समय बित्दा पनि साधारण सभा नबोलाइएपछि व्यापारीहरु आक्रोशित बनेका थिए । उनीहरुले साधारणसभा बोलाउन बारम्बार माग गर्दै आएका थिए । गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष जयसवालले पत्रकारहरुसँग कुराकानी गर्दै आउँदो वैशाख २२ गते शुक्रवार संघको नव निर्मित भवनको उद्धघाटन र साधारणसभा एकै दिन बोलाइएको जानकारी गराए । संघको विधान अनुसार कार्यकाल समाप्त भइसकेपछि नयाँ कार्यसमिति चयनका लागि बन्दसत्र बोलाउने प्रावधान छ । सहमती नभएको खण्डमा चुनावी प्रक्रियाले नयाँ समिति चयन गर्ने गरिन्छ । समयमै नयाँ नेतृत्व चयन भए व्यापारीहरुको हकहितका लागि राम्रो हुने व्यापारीहरुको भनाइ छ । बारम्बार साधारण सभा बोलाउन माग गरेपनि आफूहरुले कुनै ठोस् जवाफ नपाएको उनीहरुले गुणासो गर्दै आएका थिए । अन्नतः यसै महिना साधारण सभा हुने भएको छ ।
काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ शुक्रबार घटेको छ । बिहीबार ३० पैसाले वृद्धि भएको अमेरिकी डलर शुक्रबार १३ पैसाले घटेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८७ पैसा कायमम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो ४३ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।
शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।
शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४४ पैसा तोकिएको छ।
काठमाडौ, ८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २८ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी र गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौला २८ रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ८० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका १५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा १८० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं, ४ वैशाख ।
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि साेमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ २ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन २ गते परिपक्व हुनेछ ।
१८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज ३० परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिन अर्थात एक वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतसहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था पनि छ ।
काठमाडौं, ३ वैशाख ।
दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत २८ गते आईपीओ निष्कासन गरेको थियो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा एनआईसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत जनाउँछ ।
काठमाडौ, ३ वैशाख ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३५ रुपैयाँ, कागती २४० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ३० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
काठमाडौं, २ वैशाख ।
कपाल बढाउनुमा हाम्रो खानपानले पनि मूख्य भुमिका खेल्ने गर्दछ । हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपूर खानेकुरा फाइदाजनक हुन्छ। त्यसमा धेरै भिटामिन र खनिजहरू हुनेभएकोले जुन कपालको वृद्धि तथा विकासमा मद्दत मिल्छ, हामीलाई थाहा हुनुपर्छ कि यी सबै कुन खाना र फलफूलबाट लिन सकिन्छ।
भिटामिनले हाम्रो समग्र स्वास्थ्यलाई व्यवस्थित गर्छ बी भिटामिनले चिनीको स्तरलाई सन्तुलनमा राखेर कपालको वृद्धिलाई बढावा दिन सक्छ, मेटाबोलिक प्रक्रियामा सुधार गर्छ, यसले रक्त प्रवाहलाई पनि सुधार गर्छ। कतिपय फलफूल र तरकारीहरू यस्ता छन् जसले कपालको वृद्धि बढाउन प्रभावकारी रूपमा काम गर्न सक्छ। जस्तै, एभोकाडो यस्तो फल हो जसमा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर र भिटामिन ई र बी को ठूलो स्रोत हुनेगर्दछ।
एभोकाडोमा पाइने ओमेगा–३ फ्याटी एसिडले कपालको स्क्याल्पलाई पोषण दिन्छ र कपाललाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ। एभोकाडोमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ जसले टाउकोमा रक्तसञ्चार बढाउँछ पालक एउटा यस्तो गाढा हरियो पात जस्तो तरकारी हो जुन भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटिन, आइरन र फोलेट जस्ता अद्भुत पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। यी सबै पोषक तत्वहरूले भित्रबाट रक्तसञ्चार सुधार गरेर टाउकोको पोषण गर्न एकसाथ काम गर्छन्। पालक काँचो खानु यसको पोषक तत्व प्राप्त गर्ने उत्तम उपाय हा सुन्तला, कागती, कागती र अंगूर जस्ता सिट्रस फलहरू भिटामिन सी का उत्कृष्ट स्रोतहरु हुन्। नियमित रूपमा यी फलफूल खाँदा हाम्रो शरीरमा कोलाजेन उत्पादन गर्नमा मद्दत पुग्छ ।
कोलेजनले कपाललाई बलियो बनाउँछ र कपालको वृद्धिलाई बढावा दिन टाउकोमा रक्तसञ्चार सुधार गर्छ। भिटामिन सीले हाम्रो शरीरबाट फ्री रेडिकलहरू पनि हटाउँछ। यसैगरी गाजर धेरै पौष्टिक तरकारी हो जसमा क्यालोरी कम हुन्छ र पानी र फाइबर धेरै हुन्छ। गाजरमा पाइने भिटामिन ए ले कपालको वृद्धि गर्न मद्दत गर्छ । यस्ता, फलाम र बायोटिन को एक उत्कृष्ट स्रोत हो। यी सबै पोषक तत्वहरूले कपालको वृद्धिलाई बढावा दिन्छ र कपालको समयपूर्व सेतो हुनबाट रोक्न मद्दत गर्दछ।
काठमाडौं, ३० चैत
आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ।
आज मलेसियन रिंगिट एकको खरिद दर २९.७० रुपैयाँ रहँदा बिक्री दर २९.८३ रुपैयाँ रहेको छ।
काठमाडौं, ३१ चैत
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ ।
यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो ।
केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।
काठमाडौं, २८ चैत ।
बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जा तोकिएको समय भन्दा पहिले नै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाउने भएको छ।

नेपाल राष्ट्र बैंकले यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न आग्रह गरेको छ।
सुरूमा बैंककै गुनासो शाखामा गुनासो राख्न र सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउनसमेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो।