२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौं– सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन् ।

विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको उनले बताए।

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्दैछन् ।

राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबमा रहेको समयमा करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै छ ।

सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ ।

काठमाडौ,  १५  जेठ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइबारकै मूल्यमा साेमबार सुनचाँदीको कारोबार भइरहेकाे हाे ।

मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ पर्नेछ ।

यता, चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

काठमाडौ,  १५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी २५० ,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी कागती १६० रुपैयाँ, चमसूरको साग रू ९०, डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

काठमाडौ,  १५ जेष्ठ । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३१  रुपैयाँ रहेको छ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा पुग्दा साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३१रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

 

साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  १ पैसा रहेको जनाएको राष्ट्र बैंकले क्यानेडियन डलर १ को खरिददर ९६.९६ र बिकी दर ९७.२७ ताेकेकाे  छ ।

काठमाडौ,  १५ जेष्ठ । सेयर बजार सोमबार बन्द हुने भएको छ ।

 

आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से बन्द हुन लागेकाे हाे ।

 

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको  थियाे ।

काठमाडौं, १५ जेठ । आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुदैँछ ।

 

संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाईएको छ ।

 

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।

 

काठमाडौ,  १४ जेष्ठ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ ।

 

नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ ।

आज आइतबार तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेर  छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

काठमाडौ,  १४ जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८  रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४६  रुपैयाँ रहेको छ ।

 

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा, साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।
उता, साउथ कोरियन वन १०० को खरिददर ९.९२ रुपैयाँ  छ भने बिक्री दर ९ रुपैयाँ  ९७ पैसा रहेको  छ भने क्यानेडियन डलर १ को खरिददर ९६.७६ र बिकी दर ९८.२ रहेकाे छ ।

 

काठमाडौ, १२ जेठ । 

कुमारी बैंकले आफ्नो संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखिएको छ। बैंकले १४ लाखभन्दा बढी कित्ताको सेयर बिक्रीमा राखिएको हो ।

 

बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।