२०८३ असार २१
२०८३ असार २१

हैदाराबाद, २७ साउन । साउथ सुपरस्टार सूर्या र बलिउड खलनायक बबी देओलको बहुप्रतिक्षित फिल्म कंगुवाको ट्रेलरको ठूलो अपडेट सार्वजनिक भएको छ ।

 

स्टुडियो ग्रीन द्वारा निर्मित सुर्या स्टारर ‘कंगुवा’ यो वर्षको ठूलो फिल्म हो। रोचक पोस्टर र रोमाञ्चक  ‘फायर गीत’ले ध्यानाकर्षण गरे पछि फ्यानहरुको प्रतिक्षाको घडी लगभग सकिएको छ ।

 

शिव द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘कंगुवा’को ट्रेलर १२ अगस्टमा रिलिज हुँदैछ । यो फिल्मको ठूलो रिलिज अघि नै यो धेरै उत्साह उत्पन्न गर्न गइरहेको छ भन्नु पर्छ। कंगुवाका निर्माताले सामाजिक सञ्जालमा नयाँ पोस्टर सेयर गरेका छन् र यससँगै बहुप्रतिक्षित फिल्मको ट्रेलरको रिलिज मिति पनि घोषणा गरेका छन् ।

 

पोस्टर सेयर गर्दै निर्माताहरूले क्याप्शनमा लेखेका छन्, ‘प्रतिक्षाको समय सकियो, विजयको समय नजिकिँदै छ। एक अनौठो उत्सवको लागि तयार हुनुहोस्। यो १२ अगस्टदेखि भव्य दि ग्रेट कंगुनाको टे«लर तपाईंका लागि तयार छ ।’

 

‘कंगुवा’ यस वर्षको सबैभन्दा ठूलो र महँगो फिल्म हो । ३५० करोडभन्दा बढीको अनुमानित बजेट रहेको यो ‘पुष्पा’, ‘सिंघम’ र अन्य धेरै ठूला फिल्महरूभन्दा ठूलो छ। फिल्मको छायांकन विभिन्न महादेशका ७ देशमा गरिएको छ । प्रागैतिहासिक काललाई चित्रण गर्ने अनौठो चलचित्र भएकाले निर्माताको मनमा यो चलचित्रको लागि एक विशिष्ट लुक छ।

 

निर्माताहरूले एक्सन र सिनेम्याटोग्राफी जस्ता प्राविधिक विभागका लागि हलिउड विशेषज्ञहरूलाई नियुक्त गरेका छन्। कूल १० हजारभन्दा बढी मानिस (कलाकार)को सहभागिता रहेको यो फिल्ममा सबैभन्दा ठूलो युद्धको दृश्य पनि छ ।

 

यति मात्र होइन, स्टुडियो ग्रीनले शीर्ष वितरण घरहरूसँग हात मिलाएको छ, जसले गर्दा फिल्मलाई विश्वव्यापी रूपमा ठूलो मात्रामा रिलिज गर्न सकिन्छ। फिल्म १० अक्टोबर २०२४ मा रिलिज हुने तय गरिएको छ ।न्युज कारखाना

मुम्बई, २७ साउन । श्रद्धा कपूर र राजकुमार रावको हिट फिल्म ‘स्त्री’ को सिक्वेल ‘स्त्री २’ अब अगस्ट १४ मा सिनेमा घरमा रिलिज हुँदैछ ।

 

यसअघि यो फिल्म १५ अगस्टमा रिलिज हुने तय भएपनि अब एक दिन अगाडि नै रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

म्याडक फिल्म्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ रिलिज मितिबारे जानकारी दिएको छ । पोस्टको क्याप्सनमा लेखिएको थियो,  ‘स्त्री अब आफ्नो समय भन्दा अगाडि आउँदैछिन् ।  ‘स्त्री २’ अब अगस्ट १४ मा हलमा रिलिज हुँदैछ । अहिले अग्रिम बुकिङ सुरु भएको छ । उनी स्त्री हुन्, जे पनि गर्न सक्छन् । त्यसकारण उनी एक रात चाँडै आउँदैछिन्, केवल तपाईंको लागि। त्यसैले आफ्नो टिकट बुक गर्नुहोस्।’

 

‘स्त्री २’ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्ममा वरुण धवन  ‘भेडिया’ को भूमिकामा छन् । फिल्ममा तमन्ना भाटिया पनि सानो भूमिकामा देखिनेछिन् ।न्युज कारखाना

मुम्बई, २५ साउन । प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ।

 

तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर माधवन मुख्य भूमिकामा देखिएका थिए।

यसैबीच, डाइरेक्टले फिल्मको तेस्रो भाग अर्थात ‘तनु वेड्स मनु’ ३ को बारेमा ठूलो अपडेट साझा गरेका छन् । न्युज १८ शोसासँग कुरा गर्दै आनन्द एल राईले भने, ‘तनु वेड्स मनु यस्तो फ्रेन्चाइजी हो, जसको पार्ट ३को माग छ । ती पात्रहरू सुन्दर थिए र माधवन र कंगनाले सुन्दर ढंगले खेलेका थिए। उनका पात्रहरू कथाभन्दा अलि ठूला भए । तनु वेड्स मनु राम्रो भयो। कथा पूरा भयो तर पात्रहरू फर्कन धेरै उत्सुक थिए। त्यसैले हामीले अर्को कथा बनायौं।’

उनले थपे,  ‘तनु वेड्स मनु रिटर्न्सबाट हामीले नयाँ पात्र दत्तोलाई प्रस्तुत गरेका थिया ैं। यी सबै पात्रहरूले भाग ३ को माग गरिरहेका छन् र हामीले एउटा राम्रो कथा पाउने बित्तिकै तनु, मनु र दत्तो हकदार छन्। हामी बनाउँछौं।’

उल्लेखनीय छ कि २०२४ मा मन्डीबाट लोकसभा सिट जिते पछि फ्यानहरू कंगना रनौतलाई फिल्ममा हेर्न उत्सुक छन्। तर, यसमा उनी देखिने छन कि छैनन, यो भने अझै भन्ने सकिने अवस्थामा छैनन । न्युज कारखाना

मुम्बइ, २५ साउन । अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति र अभिनेता नागा चैतन्यले अगस्ट ८, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो ।

 

जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता र सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए ।

 

यसैबीच, उनको इन्गेजमेन्टको खबर पछि पुर्व पत्नी तथा अभिनेत्री सामान्थाले के पोस्ट गर्छिन् भन्नेमा फ्यानहरूको नजर रहेको थियो । इन्स्टाग्राममा सामन्थाले विनेश फोगाटले कुस्तीबाट सन्यास लिएको खबर साझा गरेकी थिइन । तर, पुर्व पतीका बारेमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन ।

 

८ अगस्टको बिहान अभिनेता नागा चैतन्यले आफ्नी प्रेमिका शोभिता धुलिपालासँग परिवार र विशेष साथीहरूको उपस्थितिमा विवाह गर्ने खबरहरू बाहिरएकाे थियो। यसपछि अभिनेता नागार्जुनले इन्स्टाग्राममा दुई तस्बिर सेयर गरेका थिए, जसमा सुपरस्टार छोरा नागा र भावी बुहारी शोभितासँग पोज दिइरहेका थिए । जबकि दोस्रो फोटोमा जोडीको सुन्दर तस्बिर थियो ।

 

उनले बिनेश फोगटमा तस्विर राखेर अन्य कुरा लेखिरहेकी छिन् । न्युज कारखाना

काठमाडौँ । आदित्य रोय कपुरसँग ब्रेकअपपछि अभिनेत्री अनन्या पाण्डे फेरि प्रेममा परेकी छन् । मिडिया रिपोर्टका अनुसार उनी अहिले पूर्व मोडल वाकर ब्लान्कोसँग डेट गरिरहेकी छिन् ।

इन्डिया टुडेको रिपोर्टका अनुसार अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङको क्रममा क्रुज पार्टीका क्रममा यी दुईको भेट भएको थियो ।

चाँडै नै दुवै साथी बने । यसपछि दुवैले एकअर्कालाई डेट गर्न थाले । वाकर केही समयदेखि जामनगरमा छन् र अम्बानी परिवारको भान्तारा एनिमल पार्कमा काम गर्छन् ।

बम्बे टाइम्सको रिपोर्टका अनुसार अनन्याले अनन्तको विवाहमा वाकरलाई आफ्नो पार्टनरको रूपमा सबैसँग परिचय गराएकी थिइन् । उनले वाकरसँगको आफ्नो निकटता पनि लुकाइनन् । दुवैले विवाहमा धेरै रोमान्टिक गीतहरूमा जोशका साथ नृत्य गरेका थिए ।

अनन्याको प्रेम जीवन सधैं चर्चामा रहने गरेको छ । यसअघि उनी अभिनेता इशान खट्टरसँग सम्बन्धमा थिइन् तर करिब डेढ वर्ष डेटिङ गरेपछि उनीहरुको ब्रेकअप भयो ।

यसपछि आदित्य रोय कपुरसँग अनन्याको निकटता बढ्यो तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र यसै वर्ष मार्चमा दुवैको ब्रेकअप भयो ।न्युज कारखाना

काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ ।

यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन भन्ने स्पष्ट भएको छैन ।

यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।न्युज कारखाना

काठमाडौं । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई  सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत  रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो।

गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ।  भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।

काठमाडौं । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो   ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको  चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत चलचित्रमा अभिनय रहेको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।न्युज कारखाना

काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।

भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ ।

केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् । यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।

विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त-राधिकाको प्रि-वेडिङमा पनि सँगै देखिएका थिए ।

राहुल मोदी तू झुठी मैं मक्कर, पंचनामा २, सोनू के टीटू की स्वीटी जस्ता फिल्मका लेखक हुन् । श्रद्धा र राहुलले आफ्नो सम्बन्धको औपचारिक घोषणा गर्न लागेकै समयमा ब्रेकअपको खबर आएको छ ।

केही समय अघि हिन्दुस्तान टाइम्सले श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने उल्लेख गरेको थियो ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।

न्युज कारखाना

काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् ।

त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् ।

त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।