बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०२ गते पुस ।
काठमाडौं : गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।
डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले गरेका छन ।त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेकाछन ।
मायाप्रेममा आधारित यस गीतमा विशेषगरी गाउँघरमा केटाकेटी विच बसेको मायाप्रेमलाई मुख्य कथावस्तु बनाइएको छ । गीतमा केटाले आफुले मनपराएको केटीलाई तिम्रो मनमा म भएपनि नभएपनि तिमि भने मेरो मनमा सधै भरी रहिरहनेछौ भन्ने कुरा देखाउन खोजिएको छ ।
त्यसैगरी केटिले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्द मार्फत देखाउन खोजिएको छ ।
लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दिपेश बिष्ट भन्छन आफुले गरेका सबै गीत उतीकै राम्रा लाग्छन अझ यो गीतमा मैले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेका छौ त्यसैले पनि यो गीत हाम्रो तर्फबाट उत्कृष्ट लागेका छ । युटयुवमा हालेदेखीनै यस गीतलाई धेरैले मन पराईदिनुभएको छ । मलाई कस्तो लाग्ने भन्दा पनि दर्शकले कस्तो मान्नुहुन्छ तेसले भर पार्ने हो गीत राम्रो नराम्रो भन्ने सबै जिम्मा अब हामीले दर्शकको हातमा छोडिदिएकाछौं उहाहरुको प्रतिक्रिया अहिले सम्म राम्रो आएको छ ।
गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले गरेका छन भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेकाछन साथमा उनलाई जुना विश्वकर्माले साथ दिएकीछन ।
मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन भने मनोज कार्कीले गरेकाछन ।
यो गीत दिपेश बिष्ट अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।
संजय सहनी ,रौतहट,०२ गते पुस ।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमीले पुनः एक डाक्टरलाई दुर्ववहार गरि हटाएको पोल खुलेको छ ।
अध्यक्ष हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले डा. ईम्त्याज अहमदलाई एक हप्ता अगाडि दुर्ववहार गरि हटाएको पोल खुलेको हो ।
मंगलबार नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित पत्रकार सम्मेलनमा डा.ईम्त्याजले आफुलाई अध्यक्ष हासमी र मेसु ठाकुरले बिना कारण पद र कुर्सिको दुरुपयोग गरि आफुलाई हटाएको आरोप लगाएका हुन् ।

डिउटी आवर सकाई खाजा खाना गईरहेको आफूलाई अल्ट्रासाउण्डको बहाना बनाई लेखापाल जितेन्द्र यादवले बहस गरेको र सो बहस बारे कुरा नबुझि अध्यक्ष हासमीले आफुलाई निकालेको आरोप लगाएका छन् ।
बहस किन भयो ? कुरा सुन्नु पर्थ्यो ,कसको गल्ति थियो, बुझ्नु पर्थ्यो तर लेखापाल यादवको झुठो र भ्रामक कुरा सुनेर मलाई केहि नसोधि साचो बुझाएर अस्पताल छाडि जान भनियो । यसमा सरासर अध्यक्ष हासमीको दादागिरी हो डा. ईम्तियाजले आरोप लगाए ।

पत्रकार सम्मेलन मार्फत पीडित डाक्टर ईम्तियाजले अहिले जनताले पाउनु पर्ने सुविधा ठप्प छ । अस्पतालमा अल्ट्रासाउण्ड र आईसियु सेवा बन्द छ । यस बारे सरोकारवाला सबै गम्भिर हुनु पर्ने आग्रह समेत गर्नु भएका छन् ।
उहाँले लेखापाल यादव ,सुपरिटेन्डेन्ट ठाकुर र अध्यक्ष हासमीले भ्रष्टाचारको खेललाई बढावा दिन आफुलाई निकालेको समेत दाबी गरेका छन् ।
जनताको सेवाको मतलव छैन । लेखापाल यादवको कुरा नमाने फर्जि बिल भुक्तानी नहुने सोचेर लेखापालको गलत रिपोर्टिङको आधारमा आफुलाई आफ्नो शिकार बनाएको डाक्टर इम्तियाजको भनाई छ।
अध्यक्ष हासमिले डा. ईम्त्याजलाई मासिक ३ लाखको तलव भता तोकि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नियुक्त गरेका थिए । उहाँ जेनरल फिसिसियन डा.ईम्त्याजले रेडियोलोजिस्ट र आईसियु कक्ष सम्हादै आएका थिए।
डाक्टर ईम्तियाजले मलाई मात्रै होईन ,अध्यक्ष हासमीले विभिन्न लोभ लालचमा परि प्रभावकारी सेवा दिदा दिदै चिकित्सकहरु डा. अमित चौधरी, नवीन चौधरी र गोपाललाई पनि दुर्ववहार गरि निकालेको कुरा सुनाए ।
अध्यक्ष हासमि , मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर र लेखापाल जितेन्द्र यादवले तानाशाह प्रवृतीबाट अस्पताल चलाउदै र चिकित्सकलाई दुर्ववहार गर्दै आएको डा.ईम्त्याजले अरोप लगाएका छन।
अस्पतालका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।
मेवालाल यादव ,मंसिर २२ , रौतहट
चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो भने गीतमा संगीत मुना मुस्कानले एरेन्ज गर्नु भएको छ। गढिमाईको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको निर्माणमा बनेको ईहे नु हइ गढिमाई ‘बोलको गीतमा रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्मा र बिमला गुप्ताको अभिनय रहेको छ ।
रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्माको प्रस्तुति रहेको गढीमाईको महिमा झल्काउने सुमधुर भोजपुरी गीत हालै सार्वजनिक भएको छ। यो गीतले गढीमाई देवीको धार्मिक र सांस्कृतिक महत्वलाई प्रस्तुत गर्दै भक्तजनहरूलाई आकर्षित गर्ने प्रयास गरेको युवा हास्य कलाकार दिपेश शर्माले बताउनु भयो ।
गीतमा दिपेश शर्माको कलात्मक प्रस्तुतिसँगै स्थानीय संस्कृति, परम्परा, र धार्मिक विश्वासहरूको झल्को पाइन्छ। यसले गढीमाईको महिमा मात्र होइन, भक्तहरूको भावनालाई पनि समेटेको छ। गीतले नाचगान, धार्मिक गतिविधि, र सामूहिक श्रद्धाको झलक समेत प्रस्तुत गरेको छ।
यो गीत गढीमाई मन्दिरको महत्त्वलाई अझ बढी प्रचारप्रसार गर्न प्रेरणादायक हुने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक-श्रोताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
काठमाडौं,२१ गते मंसिर ।
नयाँ रोमान्टिक डान्सिङ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन् भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।
भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।
दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो लिंक: https://youtu.be/KorvmrxqvW0?si=eWLwdmKKwOCOoEAP
काठमाडौँ ।
अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। भिडियो संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ। गीतमा शब्द पुष्प लम्सालको रहेको छ। गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन्। भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। भिडियो लिंक: https://youtu.be/-_kntSuOvlA?si=HKZ3GbVEAWPi3zrx
काठमाडौँ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।
मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केहि भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।
रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।न्युज कारखाना
काठमाडौँ । भारतका चर्चित र्यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन् ।
अबु धाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए । यस क्रममा दुवैको अनुहारमा मिठो मुस्कान पनि देखियो ।
हानी सिंहले हिरालाई केही समयदेखि डेट गरिरहेको बताइएको छ । र, दुवैले एकअर्काको हात समातेर आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन् । हीराले हानी सिंहसँग पोज दिन हिचकिचाइरहेकी थिइन् तर पछि उनको हात समातेर तस्विरको लागि पोज दिएकी थिइन् । यस क्रममा पापाराजीले जोडीलाई जिस्क्याएका थिए ।
हनी सिंहको पहिलो विवाह शालिनी तलवारसँग भएको थियो तर विवाहको ११ वर्षपछि सन् २०२२ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । यसपछि हानी सिंहले अभिनेत्री टीना थडानीसँग डेट गरे तर त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा दुवै अलग भएका थिए । हानी सिंह र हीराको प्रेम सम्बन्धको चर्चा चलिरहेपनि सार्बजनिक रुपमा एक साथ देखिएको यो पहिलो पटक हो ।न्युज कारखाना
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् ।
हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन् ।
सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । फिल्मको छायांकन आगामी मंसिरमा गरिने बताइएको छ ।
फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन भ्याउनेछन् ।न्युज कारखाना
