२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौँ, २५ माघ ।

१२२औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तक्रिया, कविता वाचन, चित्रकला र बृत्तचित्र प्रदर्शनी कार्यक्रम ललित कला प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रुपमा बालकृष्ण समको तस्वीरमा माल्यार्पण गरी पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।


कार्यक्रममा बोल्दै कुलपति निशा शर्माले आजको यस कार्यक्रममा प्रदर्शन गरिएको बृत्तचित्रले बालकृष्ण सम रङ्गमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान् कलाकार हुन् भन्ने स्पष्ट पारेको बताइन् । उनका कृतिहरु प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो लगायतका कृतिमाथि कलाकारहरुले बनाउने चित्र हेर्न आतुर रहेको कुलपति शर्माले बताइन् ।


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बालकृष्ण सम साहित्य र चित्रकलाका विधामा अब्बल स्रष्टा भएतापनि उनलाई नाटककारका रुपमा बढी चर्चा गरिनुपर्ने बताए । उनले तीन वटै प्रज्ञा प्रतिष्ठानको सहकार्यबाट यस कार्यक्रमको आयोजना हुनुले तीनवटै प्राज्ञिक संस्था एकै ठाउँमा छ भन्ने सन्देश दिएको बताए । उनले अब यी प्राज्ञिक संस्थाको परम्परागत कार्यशैलीलाई फरक र नयाँ शैलीबाट चलायमान बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले समको योगदानको चर्चा गर्दै सेक्सपियरको नाट्यशैलीलाई बालकृष्ण समले नेपालीकरण गरेर नेपाली नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताए । उनले समलाई समग्र कला र साहित्य क्षेत्रका अभिभावकको रुपमा चित्रण गरे ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत मन्तव्य दिदै यस कार्यक्रमबाट प्रज्ञा प्रतिष्ठानहरुको सहकार्यको थालनी भएको बताए । कार्यक्रममा डा. अशोक थापाले बालकृष्ण समले नाटकमा पु¥याउनुभएको योगदन र नाटकमा प्रयोग भएका बहुआयामिक पक्षलाई समेटेर ‘समको गुणात्मक नाट्य योगदान’ विषयक कार्यक्रपत्र प्रस्तुत गरेको थियो । उक्त कार्यपत्रमाथि विष्णु ज्ञवालीले टिप्पणी गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, राधा कार्की, विष्णु ज्ञवाली, संध्या पहाडीलगायतले कविता वाचन गरेको थियो भने कार्यक्रममा रमेश खनालद्वारा लेखन तथा निर्देशन गरिएको बालकृष्ण समको चित्रकारितामा आधारित बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा बालकृष्ण समको प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो जस्ता कृतिमा आधारित चित्रकला निर्माण गर्न क्यानभास उपलब्ध गराइएको थियो ।

 

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानहरुका पदाधिकारी, नाट्यकर्मी, कलाकर्मी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । न्युज कारखाना

मुम्बई, २५ माघ ।

बलिउडमा करियर बनाउने र त्यसमा आफ्नो प्रभाव निरन्तर कायम राख्न सक्ने खुवी सबैको हातमा हुँदैन ।

 

फिल्म उद्योगमा यस्ता धेरै स्टार छन् जो वर्षौंदेखि बलिउडको हिस्सा बनेका छन् । यी स्टारहरूले आफ्नो करियरमा धेरै फिल्महरूमा काम गरेर आफ्नो सीप प्रमाणित गरेका छन्। यी मध्ये एक नाम दिग्गज अभिनेता अनुपम खेरको हो।

 

अनुपम खेरले सन् १९८४ मा रिलिज भएको फिल्म ‘सारांश’ बाट बलिउडमा डेब्यू गरेका थिए र अहिले सम्म चलचित्रमा सक्रिय छन् । अनुपम खेर उद्योगमा लागेको ४० वर्ष भयो । अभिनेता पछिल्लो पटक ‘द फ्रीलान्सर’ सिरिजमा देखिएका थिए र अहिले उनी आफ्नो आगामी फिल्म  ‘कुछ खट्टा हो जाये’ को कारण चर्चामा छन् ।

 

यसैबीच, अभिनेताले आफ्नो विगत र अभिनय करियरको बारेमा कुरा गरेका छन । अनुपम खेरले ‘कुछ खट्टा हो जाये’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा भनेका थिए, ‘मैले मेरो दरबार त्यही ढुङ्गाले बनाएको छु, जुन ढुङ्गाले मलाई फ्याक्थे।’

अनुपम खेर भन्छन्,  ‘जबसम्म जिवनमा खट्टा स्वाद चाख्दैन तबसम्म साँचो खुशी बुझ्दैनौ । सडक ब्रेकर नभएको भए यो यात्रा हुने थिएन । आफ्नो फिल्मी करियरको बारेमा कुरा गर्दै अनुपमले अगाडी भने–  ‘म धेरै भाग्यमानी छु, सन् १९८१ मा खल्तीमा ३७ रुपैयाँ लिएर यो सहर आएको हुँ र आज म मेरो ५४० औं फिल्मको कुरा गर्दैछु । म भगवानसँग के माग्न सक्छु् ? त्यसैले म धेरै खुसी छु।’

अनुपम खेरको आगामी फिल्म ‘कुछ खट्टा हो जाये’ को ट्रेलर सार्वजनिक भएको छ र फिल्म १६ फेब्रुअरीमा रिलिजको तयारीमा छ । फिल्ममा अनुपम खेर कन्फेक्शनरको भूमिकामा देखिँदैछन् । यसका अलावा फिल्ममा गुरु रन्धावा र जसप्रीत देवरा मुख्य भूमिकामा देखिनेछन् ।न्युज कारखाना

मुम्बइ, २५ माघ ।

फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो ।

 

अर्थात् रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए । जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो ।

 

यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘एनिमल’मा जस्तै हिंस्रक बनाउने तयारी गरेका छन् । रणवीर कपूरकी पत्नी आलिया भट्ट र विक्की कौशलले उनलाई यो काममा साथ दिने छन् ।

 

एनिमल फिल्मको सफलतापछि रणवीर कपुरको एनिमल अवतारलाई निकै रुचाइएको छ । रणवीर कपुर फेरि एकपल्ट प्रेममा पागल र हिंस्रक युवाको भूमिकामा देखिनेछन् । उनले छिट्टै सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्ने खबर छ । यो फिल्मको नाम ‘लभ एन्ड वार’ हुनेछ ।

 

फिल्ममा धेरै माया हुनेछ र युद्ध पनि कम हुनेछैन भन्ने कुरा यसको नामबाटै स्पष्ट हुन्छ । यस फिल्मसँग सम्बन्धित मिडिया रिपोर्टका अनुसार फिल्ममा रणवीर कपूरको भूमिका फिल्म एनिमलमा रणविजयको जस्तै हुनेछ, जसमा उनी फिल्मको नायक हुनेछन् र नकारात्मक शेडहरू पनि भरिएका छन्।

 

यस फिल्ममा रणबीर कपुरका अलावा आलिया भट्ट र विक्की कौशल पनि देखिनेछन् ।

 

पिंकभिल्लाको रिपोर्टका अनुसार सञ्जय लीला भन्साली लामो समयदेखि यस फिल्मको कथामा काम गरिरहेका छन्, जसलाई अहिले ‘लभ एन्ड वार’को नाम दिइएको छ । कथाको काम सकिए पछि मात्र उनले रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलसँग सम्पर्क गरेका थिए । यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुने अनुमान गरिएको छ, जसमा प्रेम र युद्ध बाहेक संगीतले पनि भरिपूर्ण हुनेछ ।न्युज कारखाना

मुम्बई, २५ माघ ।

अभिनेत्री तथा मोडल पुनम पाण्डे सरकारको पाठेघरको मुखको क्यान्सर अभियानको ब्रान्ड एम्बेस्डर बन्ने देखिएको छ ।

 

पछिल्ला केही दिनदेखि आफ्नो मृत्युको अफवाह फैलाएर चर्चामा रहेकी पाण्डे सर्वाइकल क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि भारत सरकारको ब्रान्ड एम्बेसडर बन्न सक्ने देखिएको हो ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार त्यसका लागि अभिनेत्री पुनम पाण्डे र उनको टोलीले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरिरहेको छ। पूनम पाण्डे पाठेघरको मुखको क्यान्सर सम्बन्धी सरकारले चलिरहेको सचेतना कार्यक्रमको ब्रान्ड एम्बेसडर बन्न सक्ने भएको उनीहरूले लेखेका छन् ।

 

वास्तवमा यस महिनाको सुरुमा पाण्डेको पीआर टोलीले उनको आधिकारिक इन्स्टाग्राम खाताबाट अभिनेत्रीको मृत्युको गलत समाचार पोस्ट गरेको थियो। पोस्टमा भनिएको थियो कि अभिनेत्रीको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको हो ।

 

बिरामी भएर एक्कासी निधन भएको खबरले सबैलाई चकित बनाएको थियो । तर भोलिपल्टै यो खबर झुटो भएको खुलासा भयो र जब पुनमले नै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन यो स्टन्ट गरेकी बताइन ।

 

फेब्रुअरी ३ मा पुनम पाण्डेले भिडियो पोस्ट गरेर आफू जीवित रहेको जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘म यो गर्न बाध्य महसुस गर्छु। म तपाईहरू सबैसँग केही महत्त्वपूर्ण कुराहरू साझा गर्दैछु, म यहाँ छु, जीवित छु। पाठेघरको मुखको क्यान्सरले मलाई मारेको छैन तर यो रोगसँग कसरी लड्ने भन्ने जानकारी नहुँदा हजारौं महिलाको ज्यान लिइसकेको छ ।’

 

पुनमले अगाडी भनेकी थिइन, ‘अन्य क्यान्सरजस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। महत्त्वपूर्ण कुरा यो हो कि यसका लागि एचपीभी भ्याक्सिन र प्रारम्भिक पहिचान परीक्षणहरू छन्। यो रोगबाट कसैको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने उपाय हामीसँग छ ।’ पूनमले पाठेघरको मुखको क्यान्सरबारे मानिसहरूलाई सचेत गराउन आफूले मृत्युको नक्कली गरेको बताएकी थिइन् । त्यसपछि उनी निकै चर्चामा आएकी थिइन ।न्युज कारखाना

मुम्बइ, २४ माघ ।

अदा शर्माको फिल्म द केरला स्टोरी रिलिज हुनेबित्तिकै विवादमा परेको थियो । विवादमा परे पनि आदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो । बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए। द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन।

 

अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ । अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् ।

 

अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो सेयर गरेकी छिन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ। केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ।’

अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन् । अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन । अदाको पोष्टमा एक फ्यानले लेखेका छन्– ‘तपाईँले यो फिल्म अदा कसरी पाउनु भयो ? मेरो मतलब यो तपाईसम्म कसरी पुग्यो । जबकि एकजनाले लेखेका थिए– द केरला स्टोरी ५ पटक हेरेको छु । एकजनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ ।’

 

द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन् ।न्युजकारखाना

मुम्बइ, २४ माघ ।

किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी छन् । तर, किरणले उनलाई यो भूमिकाका लागि कास्ट गर्न अस्वीकार गरिन् । किरणले आमिरलाई कास्ट नगर्नुको कारण पनि बताएकी छन् ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार किरण रावले फिल्मको कास्टिङबारे कुरा गर्दै अमिरलाइ अस्विकार गरेको खुलासा गरेकी छिन । उनका अनुसार  आमिरलाई फिल्मको कथा मन परेको र फिल्ममा कास्ट गर्न चाहेको बताएका थिए । किरणले भने, ‘आमिरलाई यो क्यारेक्टर निकै मन परेको थियो र उनले यसको लागि अडिसन पनि दिए । तर, उनी स्टार भएकाले यो क्यारेक्टर निर्वाह गरेमा त्यो पात्रबाट धेरै आशा पलाउला भन्ने लाग्यो । आमिरले क्यारेक्टरमा स्टार ब्यागेज ल्याउने छन् ।’

 

किरणले अगाडी भनिन,  ‘हामीलाई यो क्यारेक्टरका लागि उपयुक्त व्यक्ति चाहिएको थियो । त्यसका लागि रवि किशन उत्कृष्ट छन। मलाई लाग्छ उहाँ भन्दा राम्रो कोही हुन सक्दैन, त्यसैले अमिरलाइ हामीले लिएनौं ।’

 

मिसिङ लेडीजको कुरा गर्दा नितान्शी गोयल, प्रतिभा रन्त, स्पर्श श्रीवास्तव र छाया कदम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो र यसले स्ट्यान्डिङ ओभेसन पाएको थियो। अब यो फिल्म १ मार्चबाट हलमा रिलिज हुँदैछ । यो फिल्मलाई किरण रावले निर्देशन गरेका हुन् ।

 

चलचित्रको कथाको कुरा गर्दा यो दुलही परिवर्तनको कथा हो । बेहुलाले अर्कैसँग बिहे गर्छ र अर्को बेहुली पनि उसको साथमा घर आउँछ । यो आदानप्रदान ट्रेनमा हुन्छ। त्यसपछि प्रहरी भित्रिन्छ । अब प्रहरीले असली दुलही फेला पार्न सक्छ कि सक्दैन भनेर फिल्मको प्रतिक्षा गर्नुपर्नेछ

न्युजकारखाना

मुम्बई, २४ माघ ।

तेजा सज्जाको फिल्म  ‘हनुमान’ रिलिज भएको एक महिना बितिसकेको छ ।

 

अचम्मत त यो छ कि यो फिल्मले बक्स अफिसमा अझै बलियो छ र करोडौं कलेक्सन गरिरहेको छ । सानो बजेटमा बनेको यो चलचित्रले महेश बाबु अभिनित चलचित्र ‘गुंटुर करम’ लगायत धेरै चलचित्रलाई बक्स अफिसमा पछि पार्दै ठूला नोट छापिरहेको छ । ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’को अगाडि  ‘हनुमान’को कमाईमा गिरावट आएपनि यो फिल्म बक्स अफिसमा झुक्न तयार देखिएको छैन । उसो भए आउनुहोस् जानौं,  ‘हनुमान’ ले रिलिजको २६ औं दिनमा कति करोड कमाएको छ ?

‘हनु मान’ एक तेलुगु सुपरहिरो फिल्म हो। यो चलचित्र यही संक्रान्तिमा हलमा रिलिज भएको हो । ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ र योसँगै फिल्मले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ ।  ‘हनुमान’ सिनेमाघरमा रिलिज भएको चार साता भइसकेको छ र यसले हरेक दिन करोडौंको कलेक्सन गरिरहेको छ ।

 

फिल्मको कमाईको कुरा गर्दा ‘ हनुमान’ ले पहिलो हप्तामा ८९.८ करोड कमाएको थियो । दोस्रो हप्तामा  ‘हनुमान’ले ६०.६ करोड कमाएको थियो । तेस्रो हप्तामा  ‘हनुमान’ले २९.९५ करोड कमाएको छ । यो फिल्म अहिले रिलिजको चौथो हप्तामा छ ।  ‘हनुमान’ ले रिलिजको चौथो शुक्रबार १.४५ करोड, चौथो शनिबार २.८५ करोड, चौथो आइतबार ४ करोड र चौथो सोमबार १.१८ करोड कमाएको छ । अब  ‘हनुमान’ को रिलिजको चौथो मंगलबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

 

सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार,  हनुमानु ले चौथो मंगलबार अर्थात् रिलिजको २६ औं दिनमा १.१० करोड भारु कलेक्सन गरेको छ।
योसँगै ‘हनु मान’को २६ दिनमा कुल कमाई भारतमा १९०.९३ करोड पुगेको छ ।

 

‘हनुमान’ ले देशमा मात्रै नभई विश्वभर बक्स अफिसमा हिट भएको छ । यो फिल्मले रिलिज भएको २६ दिन बितिसक्दा पनि विश्वभर करोडौं कलेक्सन गरिरहेको छ । ट्रेड एनालिस्ट मनोबाला विजयबलनले  ‘हनुमान’को विश्वव्यापी कमाइको तथ्यांक साझा गरेकी छिन्, जसअनुसार तेजा सज्जाको फिल्मले रिलिज भएको २५ दिनमा विश्वभर ३०० करोडको आँकडा पार गरेको छ र योसँगै  ‘हनुमान’ को कुल कलेक्सन अहिले रु ३००.२३ करोड पुगेको छ।न्युजकारखाना

 

मुम्बइ, २३ माघ ।

बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् ।

 

कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए ।

 

यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनले भनिन्– उनी सन्दीपसँग काम गर्न चाहँदैनन् ।

 

आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरु भएका छन् ।

 

सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छन् । कंगनाले ट्वीट गरेकी छिन्–  ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’

 

कंगनाले थप लेखेकी छिन्,  ‘तर कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईका अल्फा पुरुष हिरोहरु नारीवादी बन्ने छन् र तपाईका फिल्महरु पनि पिट्न थाल्नेछन् । तपाईंले ब्लकबस्टरहरू बनाउनुहुन्छ र फिल्म उद्योगलाई तपाईंको आवश्यकता छ।’

 

सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए,  ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उनी कहाँ गएर कथा सुनाउनेछु। क्वीन र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परको थियो, त्यसैले यदि उनले एनिमलको बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन। म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु। मलाई नराम्रो लाग्दैन।न्युजकारखाना

मुम्बई, २२ माघ ।

आज ५ फेब्रुअरी, बलिउड अभिनेता अभिषेक बच्चनका लागि निकै विशेष दिन हो ।

 

वास्तवमा यी अभिनेताले आज आफ्नो जन्मदिन मनाउँदैछन्। यस अवसरमा परिवारका सदस्य, साथीभाइ र सबै फ्यानहरूले अभिषेकलाई धेरै धेरै शुभकामना दिइरहेका छन ।

 

यसै सन्दर्भमा अभिनेताको जन्मदिनको अवसरमा उनकी बहिनी श्वेता बच्चन र भान्जी नव्या नवेली नन्दाले पनि उनलाई विशेष रुपमा जन्मदिनको शुभकामना दिएका छन् ।

 

अभिषेक बच्चनको जन्मदिनमा उनकी बहिनी तथा अमिताभ बच्चनकी छोरी श्वेता बच्चनले सामाजिक सञ्जालमा कान्छो भाइको लागि एउटा प्यारो नोट लेखेकी छिन् । जुन नोटमा श्वेताले भाइ अभिषेकसँगको बाल्यकालको तस्विरसमेत शेयर गरेकी छिन् ।

 

बाल्यकालको तस्बिर सेयर गर्दै श्वेताले लेखेकी छिन्,  ‘यस्तो होइन– यदि तपाइलाई थाहा छ भने  यो तिमीलाई मात्र थाहा छ र मलाई यो थाहा छ । यो तिम्रो बिशेष दिन हो सानो भाइ, आशा छ तपाईंले गीतको आनन्द लिनुहुन्छ। तिमीलाई प्रेम गर्छु।ँ

 

अभिषेकको आगामी फिल्मको कुरा गर्ने हो भने रेमो डिसुजाको ‘डान्सिङ डेज’, सुजित सरकारको अनटाइटल्ड फिल्म र अजय देवगनको ‘भोला’ मा देखिदैँछन्, जुन फिल्महरू रिलिजको तयारीमा छन् ।न्युजकारखाना

मुम्बइ, २२ माघ ।

चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डे यतिबेला आफ्नो ‘फेक डेथ स्टन्ट’ का कारण चर्चामा छिन् । जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन्। पूनम पाण्डे मात्र होइन, बलिउडकी अर्की एक सुन्दरी पनि छन्, जसले पुनमले जस्तै ‘फेक डेथ स्टन्ट’ नाटक गरेकी थिइन ।

हो, तपाईंले यो सही पढ्नुभयो, यो सूचीमा अर्को सुन्दरीको नाम समावेश छ। आउनुहोस् जान्नुहोस् को हुन् ती अभिनेत्री जो मरेर पुनम जस्तै जिउँदो भइन् ?

 

वास्तवमा हामी अभिनेत्री मनिषा कोइरालाको कुरा गर्दैछौँ । मनिषा कोइरालाले पनि ‘फेक डेथ स्टन्ट’ गरेकी थिइन्, जसका कारण उनलाई धेरै ट्रोलिङको सामना गर्नु परेको थियो । मनिषाको झुटो मृत्युको खबर जनचेतना फैलाउनका लागि होइन नभइ फिल्मलाई हिट बनाउनका लागि गरिएको थियो । सन् १९९५ मा महेश भट्टको फिल्म  ‘क्रिमिनल’ रिलिज भएको थियो, जसलाई हिट बनाउन मनिषाको मृत्युको खबर फैलाइएको थियो ।

 

भारतीय सञ्चारमाध्यम न्युज २४ का अनुसार आफ्नो फिल्मको सफलताका लागि महेश भट्टले मनिषाको मृत्युको झुटो खबर मात्रै फैलाएनन्, अभिनेत्रीको मृत्युको पोस्टर पनि बनाएका थिए । यस्ता झुटा समाचार फैलाएको भन्दै उनीविरुद्ध मुद्दा पनि दर्ता भएको थियो । तर, सन् २०१२ मा मनिषा कोइरालाले वास्तवमै मृत्युको सामना गरिन् ।

 

तपाईलाई बताउ कि अभिनेत्री कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले आफ्नो जीवनको संघर्षपुर्ण लडाई लडिन् र जितिन पनि । उनी अहिले नेपालमा सामाजिक संघ संस्थामा मात्रै कार्यरत छैनन, राजसंस्थाको वकालत पनि गर्दै हिडेकी छिन् । न्युजकारखाना

 

Poonam Pandey ही नहीं इस हसीना ने भी खेला Fake Death Stunt, फिर रियल में हो गया कैंसर

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।