काठमाडौँ, २२ फागुन ।
गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
श्रीषाले १ दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् ।

गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन् ।

यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।न्युज करखाना
भिडियाे लिंक : https://youtu.be/Hn9ljfqL5zc
काठमाडौँ ।
नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।न्युज करखाना
काठमाडौँ ।
जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदै छ ।
टियु मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला बलिङ गर्ने भएको छ ।
जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र
एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अरिफ सेख, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, र अविनाश बोहोरा ।न्युज करखाना
मुम्बइ, २२ फागुन ।
अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ ।
फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टार कास्टले कति पैसा पारिश्रमिक लिए ? त्यो हामी बताउने छौं ।
सबैभन्दा पहिले मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उनले फिल्मका लागि ठूलो रकम लिएका छन । भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो फिल्मका लागि २५ करोड भारु लिएका छन् ।
फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ ।
फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्री शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएको छ । यो फिल्ममा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो फिल्मका लागि २–३ करोड भारु लिएकी छिन् ।
शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा छन् । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै रुचाइएको छ । यो फिल्ममा अजय देवगन र आर माधवन पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।
अजय र माधवनको यो फिल्म मार्च ८ मा हलमा रिलिज हुँदैछ । फ्यानहरु पनि यसको प्रतिक्षामा छन् ।न्युज करखाना
मुम्बइ, २२ फागुन ।
अक्षय कुमार छिट्टै फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा देखिदैँ छन् ।
यस्तो अवस्थामा कोरियोग्राफर बोस्को मार्टिसले अक्षय कुमारले सेटमा ल्याएको अनुशासनको बारेमा कुरा गरेका छन् । उनले शारीरिक समस्याका बाबजुद पनि काम गर्ने र पूरा गर्ने क्षमता कलाकारको रूपमा अक्षयकुमार रहेको भन्दै तारिफ गरेका छन ।
कोरियोग्राफर बोस्को मार्टिसले फिल्म ‘बडे मियाँ छोटे मियाँ’का गीतको कोरियोग्राफी गरेका हुन् । सिद्धार्थ काननसँगको अन्तर्वार्तामा उनले भने– ‘उनीसँग काम गर्ने अनुभव गजबको छ । उहाँसँग काम गर्दा उहाँले ठूलो सुझाव दिनुहुन्छ। कहिलेकाहीँ म तिनीहरूको कुरा सुन्छु, कहिलेकाहीँ म गर्दैन। कहिलेकाहीँ म उहाँका सुझावहरू पछ्याउँछु, कहिलेकाहीँ म गर्दिनँ।’
बोस्को मार्टिसले अगाडी भने, ‘उनी ८ घण्टा कडाईका साथ काम गर्छन्। तर त्यो आठ घण्टामा उनी सेटमा नै रहन्छन् । शिफ्ट सकिएपछि उनले मलाई सोध्यो, के म घर जान सक्छु ? मेरा सन्तान तिम्रा सन्तान होइनन् ?’
तर अक्षय कुमारको सबैभन्दा राम्रो कुरा उनको कामप्रतिको लगाव हो। मलाई याद छ कि उनी जोर्डन शूटको लागि पूर्ण रूपमा फिट थिएनन्। अक्षय अस्वस्थ थिए, जसका कारण उनले अभ्यास पनि गरेनन् । अक्षयलाई १०१–१०२ ज्वरो आएको थियो । तर पनि उनले बिना विराम निरन्तर नाँचिरहेका थिए । हामीले ४ डिग्री तापक्रममा एकपछि अर्को गरी चारवटा गीत खिच्यौँ । चिसो हावा चलिरहेको थियो । त्यहाँ उपस्थित नर्तकहरूले पनि थप ख्याल गर्नुपर्थ्यो। तर अक्षय सरले नाच्न जारी राखे । उसलाई पनि चिसो लागेको देखेँ । तर उनी स्टील हुन् ।’
बोस्कोले अक्षयले सेटमा मनोरञ्जन गर्ने गरेको बताए । उनी प्रायः सह–अभिनेता टाइगर श्राफसँग १० रुपैयाँ पुरस्कारका लागि खेल खेल्थे। साँझ सुटिङ सके पछि अक्षय भलिबल खेल्न जान्थे । हामी सबै आफ्नो कोठामा थकित भएर बस्थ्यौं तर अक्षयले हामीलाई भलिबल खेल्न बोलाउने गर्दथे । जब सेटमा आउनुभयो, धेरै उर्जा ल्याउनुभयो ।’
न्युज करखाना
काठमाडौँ, २१ फागुन ।
यसवर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समुह दर्शक भेट्न मोफसल यात्रामा निस्किएको छ । ट्रेलर सार्वजनिक दिन नै ‘महाकमेडी यात्रा’ अन्तर्गत फिल्मका निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउत लगायतको टोली पोखरा पुगेको छ । पहिलो चरण अन्तर्गत ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ ।

यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा हुनेछ । भ्रमणमा फिल्म युनिटसँगै अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।
‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता खत्रीले बताए ।
निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।
यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । फिल्म चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ ।न्युज करखाना ा
जामनगर, २१ फागुन ।
पछिल्लो तीन वर्षदेखि गुजरातको जामनगरमा आयोजना भइरहेको अम्बानी परिवारका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ । जहाँ बलिउडदेखि क्रिकेटर, राजनीतिज्ञदेखि लिएर धेरै विदेशी पाहुना पनि सहभागी भइरहेका छन् ।
उत्सवका तस्बिर र भिडियो सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेका छन् । मार्च १ बाट सुरु भएको प्रि–वेडिङ समारोह मार्च ३ सम्म चलेको थियो । यस्तो अवस्थामा हलिउड गायिका रिहानाले पहिलो दिन शानदार प्रस्तुति दिएकी थिइन् तर गायिका आफ्नो प्रस्तुति लगत्तै अमेरिका प्रस्थान गरेकी खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन ।
जसका कारण मानिसहरुको मनमा अनेकौं प्रश्न र उत्तरहरु उब्जिएका छन् । अब गायक बिदा हुनुको कारण बाहिर आएको छ । उनी कारमा साथी मेलिसा फोर्डसँग इन्स्टाग्राम लाइभमा देखिएकी छिन्। हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार यस क्रममा उनीहरु दुवै कुरा गर्दै देखिए । जब रिहानाले सोधियो कि, ‘के साँच्चै लाइभ हुनुहुन्छ ?’ जवाफमा उनी भन्छिन्, ‘मैले भारतमा राम्रो समय बिताएँ। मसँग दुई दिन मात्रै थियो । मेरो भारतबाट छिट्टै प्रस्थान गर्नुको कारण मेरा बच्चाहरू थिए। जसका कारण म चाँडै फर्किनु पर्यो ।’
रिहानाले अनन्त–राधिकाको प्रि–वेडिङमा डायमण्ड्स, व्हेयर ह्याभ यू बिन, रुड ब्वाय एन्ड पोउर इट अप जस्ता हिट गीतहरू गाएकी थिइन र अरूलाइ पनि नचाएकी थिइन। जसका लागि यी गायिकाले ठूलो रकम समेत लिएको बताइएको छ ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
यही शुक्रबार अर्थात फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ ।
यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको विकास, बिस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयबस्तुको बारेमा जानकारी गराए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्रबारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए ।
मन्त्री शर्माले आफू सधैँ नेपाली चलचित्रको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताइन् ।
मन्त्री शर्माले चलचित्र अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक चलचित्र निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।
सञ्चारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतिका लागि केही गरौं भन्ने भावनायुक्त पाएको समेत उल्लेख गरेका छन् । न्युज कारखाना
मुम्बइ, १८ फागुन ।
रजनीकान्त एक प्रतिभाशाली कलाकार मात्र होइनन, उनी ती स्टारहरू मध्ये एक हुन् जसले सादगी जीवनलाइ मानिसहरूले बिर्सन सक्दैनन ।
रजनीकान्तले फिल्मबाट धेरै धन र प्रसिद्धि कमाए तर आफ्नो सादगीलाई कहिल्यै बिर्सदैनन । भनिन्छ नि कलाकारहरु आफ्नो स्टाइलका कारण मानिसको मनमा राज गर्छन् । उनको सादगी जीवनका कारण पनि मानिसहरूले उनलाई आफ्ना देवता भनी पुजा गर्छन्।
यसैबीच अभिनेताको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसलाई हेरेर फ्यानले उनको निकै तारिफ गरिरहेका छन् । फिल्मी सेलिब्रेटीहरू बिजनेश क्लासमा यात्रा गर्ने प्रायः देखिन्छ तर रजनीकान्तको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी इकोनोमी क्लासको फ्लाइटमा सर्वसाधारणको बीचमा यात्रा गरिरहेका देखिन्छन् ।
भिडियोमा अभिनेतालाई विमानको विन्डो सिटमा आरामसँग बसेको र त्यहाँ उपस्थित व्यक्तिले उनको भिडियो र तस्विर खिचिरहेको देख्न सकिन्छ । तर, आफ्नो सादगीले मानिसको मन जितेको यो पहिलो पटक भने होइन ।
यो भिडियो अघि अभिनेताका केही तस्बिर भाइरल भएका थिए, जसमा उनी काँधमा झोला झुण्डाएर एयरपोर्टबाट निस्किएको देखिएका थिए । यति ठूला सुपरस्टार भए पनि झोला आफै बोकेर हिडिरहेका थिए । उनको स्टाइल देखेर मानिसहरु निकै खुसी भए ।
अभिनेता छिट्टै अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दै देखिनेछन् । दुबै ३३ वर्षपछि फिल्म ‘थलाइवर १७०’ मा सँगै देखिदैछन् । रजनीकान्तले एक पोस्ट सेयर गरेर खुशी व्यक्त गरेका थिए । फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘३३ वर्षपछि म मेरा गुरु अमिताभ बच्चनसँग आउँदैछु । चलचित्र केटीजे ज्ञानवेलको निर्देशनमा बन्न लागेको हो । नाम थलाइवर १७० हो। यसैमा म उनीसँग फेरि काम गर्दैछु । म खुशीले पागल भएको छु ।’न्युज कारखाना
#Thalaivar at flight ❤️❤️❤️❤️#Rajinikanth | #Rajinikanth𓃵 | #SuperstarRajinikanth | #SuperStarRajinikanth𓃵 | #Jailer | #Thalaivar171 | #Jailer2 | #Vettaiyan | #superstar @rajinikanth pic.twitter.com/b443yrgcU0
— Suresh balaji (@surbalutwt) February 29, 2024