२०८३ भाद्र ११
२०८३ भाद्र ११

काठमाडौं, १७ बैशाख  । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।न्युज कारखाना

धनगढी, १७ बैशाख । नेपाली लेखक संघ धनगढीले स्थापना दिवस मनाएको छ। आइतबार एक समारोहकाबीच स्थापना दिवस मनाइएको अध्यक्ष तिर्थराज पाण्डेयले बताए।

२००८ सालमा स्थापना भएको लेखक संघले कला र साहित्यको विकासमा अतुलनीय योगदान पु्र्‍याउँदै आएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षा विद् धर्मदेव भट्टले बताए। उनले मुलुकको परिवर्तनमा लेखकहरूको ठूलो भूमिका रहेको स्मरण गर्दै लेकखहरूलाई एकै थलोमा ल्याउने काम लेखक संघले गर्दै आएको बताए।

‘लेखकहरू देशको बौद्धिक वर्ग हो। उहाँहरूले लेखेका कुराले समाजमा ठूलो अर्थ राख्छ र ठूलो प्रभाव पनि पार्छ। त्यसैले लेखकहरूको योगदानलाई भुल्नु हुँदैन। उहाँहरूलाई सम्मान गर्दै लेख्न थप प्रेरित गर्नुपर्छ। हाम्रो देशको सन्दर्भमा भने त्यो अलि कमै पाइन्छ,’ भट्टले भने।

यस्तै कार्यक्रमका  विशिष्ट अतिथिसमेत रहेका नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा साहित्यिक मियोका रूपमा रहेर लेखक संघले भूमिका निर्वाह गर्दै आएको स्मरण गरे।

कार्यक्रममा नरेन्द्र भट्ट, पदम राना, मेघा भट्ट, मोहन भण्डारी, चित्रराज भट्टलगायतले आफ्नो धारणा राखेका थिए। यसका साथै विभिन्न श्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए।न्युज कारखाना

काठमाडौं । साहित्य सदन नेपालको आयोजनामा आख्यान विमर्श सङ्गोष्ठी आइतबार राजधानीमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष उपस्थितिमा आख्यान विमर्श सङ्गाोष्ठी सम्पन्न भएको हो । बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा कृष्ण सुवेदी (भारद्वाज मित्र) ले पारिजातको ३१ अ‍ौ स्मृतीमा चर्चा पनि गरेका थिए ।

उनले देशले मात्र होइन, संसारले चिनेको पारिजातसंग चैत्र ३ गते राल्फा आन्दोलनमा यहाँ उपस्थित धेरै जनासँगै होमिएको बताए । चखुन्चा स्वाँ अर्थात् ज्याराकाण्डालाइ पारिजातले शिरिषको फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनेको उनले बताए ।

उनले निरंकुसताको समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, रमेश विकल, धुस्वाँ सायमी, गङ्गा उप्रेती, अमिर थापालगायतले साहित्य सदन नेपाल निर्माणका लागि विशेष पहल गरेको सम्झदै हृदयचन्द्रको स्मृतीमा २०४३ सालतिरको समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्मोदयको चोटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकौलले सार्है चित्त दुखाउँदै जनताको एकेडेमी बनाउनुपर्छ भनेर रू एक लाख सहयोग गरेको सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएको सम्झे ।

सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र सचिव प्रल्हाद पोखरेलको सहजीकरणमा सम्पन्न सो सङ्गोष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृती केँन्द्रले पारिजातको जन्म १९९० फागुन ३० गते बनाएर ७८ सालमा सच्याइएको बताए । उनले २०२२ सालमा शिरिषको फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएको बताए ।

बहुआयामिक व्यक्तित्व पारिजातले कृतीका कारणले संसारभर चिनिने उनले बताए । आख्यान सङ्गोष्ठीमा प्रा डा दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कायपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ चिन्तक निनु चापागाईले टिप्पणी गर्दै साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेको बताए ।

उनले यस्ता आख्यान विमर्श गहनताका साथ हुनुपर्ने बेलामा खडेरी लागेकोले सदनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृत्तिमाथि लेखिएका कार्यपत्र पढेर सुनाएका थिए भने कार्यपत्रमाथि प्रा.डा. रमेशप्रसाद भट्टराई र कार्यक्रमका टिप्पणी गरेका थिए ।

आख्यान विमर्श सङ्गोष्ठीमा साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवी, प्रा. डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. कोशराज न्यौपाने, प्रा. सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष डा. मधुसुदन गिरी, प्रा. सिजर्ना शर्मा डा. देवकी आचार्य, अरूणिमा शैक्षिक प्रतिष्ठानका इश्वरी लामिछाने, भीमानन्द ढुङ्गाना, प्रा डा कृष्णप्रसाद न्यौपानेलगाएतका विशिष्ठ व्यक्तित्वहरूका साथै कथा, उपन्यासका सर्जक तथा समालोचकहरू, निकटवर्ति साहित्यक संस्थाका अध्यक्षहरू, अभिनवका वेदमणि, कपन साहित्य समाजका गणेश मिश्र, घुम्तीका माधव श्रेष्ठलगायतको व्यापक उपस्थिति थियो । न्युज कारखाना

काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ ।

बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ‘दान्भी’ ले यस दिन तीन ठुला फिल्म रिलिज हुने भएपछि मैदान छोडेको हो ।

जेठ १० मा अनमोल केसीको‘फर्की फर्की’ र  मल्टी स्टार फिल्म ‘पूजार सार्की’ रिलिज हुदै छन् । दान्भीले मैदान छोडेपछि अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ बीच भिडन्त हुने भएको छ ।

सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताइएको छ ।

फिल्मको रिलिज सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’

‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर  कार्यकारी निर्मातामा छन् । न्युज कारखाना

काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ लाई दर्शक र समीक्षकबाट धेरै माया गरेका थिए ।

यी दुई भागको सफलतापछि निर्माताले फिल्मको तेस्रो पार्ट ‘जोली एलएलबी ३’ घोषणा गरेका छन् । हालै यस फिल्मको सुटिङ र रिलिज बारे अपडेट आएको छ । अब ‘जोली एलएलबी ३’ को छायांकन राजस्थानमा हुने भएको छ ।

रिपोर्टका अनुसार ‘जोली एलएलबी ३’ यस छिट्टै फ्लोरमा जाने तयारीमा छ । अक्षय कुमार र अर्शद वारसी ‘जोली एलएलबी ३’ मा फर्किने तयारीमा छन् र फिल्ममा आफ्नो भूमिका पुन: प्रदर्शन गर्नेछन् । अर्शद छिट्टै राजस्थानमा अर्को छायांकन सुरु गर्ने तयारीमा छन् । उनले राजस्थानमा एक महिना लामो कार्यक्रम सुरु गर्दैछन् ।

फिल्मको प्रि-प्रोडक्सनको काम सुरु भएको छ । सुभाष कपुर निर्देशित यो फिल्मको सुटिङ मे महिनाबाट सुरु हुने बताइएको छ । यसमा अक्षय कुमार पनि मुख्य भूमिकामा हुनेछन् । एक महिनाको कार्यतालिकामा कुन–कुन कलाकार समावेश हुने भन्ने जानकारी भने आउन बाँकी छ । साथै चलचित्रको मुख्य नायिकाको नाम पनि सार्वजनिक हुने भएको छ । ‘जोली एलएलबी ३’ को छायांकन सन् २०२४ को अन्त्यमा सम्म हुने र २०२५ मा ठूलो पर्दामा आउने बताइएको छ ।

जोली एलएलबी र र यसको सिक्वेल जोली एलएलबी २ कानूनी कमेडी-ड्रामा फिल्महरू हुन् जसले भारतीय न्यायिक प्रणालीलाई व्यंग्य गर्ने र हास्य र सामाजिक टिप्पणी पनि प्रदान गर्दछ । सुभाष कपुरद्वारा निर्देशित फिल्महरू, अभिनेता अरशद वारसी र अक्षय कुमारले जगदीश त्यागीको भूमिका निभाएका छन्, जोली भनेर पनि चिनिन्छन्, जो अदालतमा सम्मान र न्याय खोज्ने संघर्षरत वकिल हुन् । अब तेस्रो पार्टको बारेमा यो जोली भर्सेस जोली हुन सक्ने बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्बजनिक भएको छ ।

निर्माण पक्षले शनिबार ‘फर्की फर्की’ शिर्षकको गीत सार्बजनिक गरेका हुन् । गीतमा अनमोल केसी र जसिता गुरुङको रोमान्स देख्न सकिन्छ ।

यस फिल्मको ट्रेलर यसअघि नै सार्बजनिक गरिएको छ र ट्रेलरले राम्रो रेस्पोन्स समेत पाएको छ ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।

ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।

गीतको लिंक- https://youtu.be/t_न्युज कारखाना

काठमाडौँ । निर्देशक जौन योञ्जनले निर्देशन गर्ने फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  फर्स्ट लुक सार्बजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी असार १४ गतेलाई घोषणा गरिएको छ ।

फिल्म आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा बनेको बताइएको छ । यो फिल्म दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ भएको निर्देशक बताउछन् ।

निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ ।

कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ । न्युज कारखानान

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ । प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य शोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ ।

निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले फिल्मलाई मन पराउनु सबै भन्दा ठूलो सफलता रहेको बताए । ‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको संदेशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौँ’, निर्देशक भट्टराईले भने । उनी निर्देशक ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गरिसकेको छ ।

क्युएफएक्स अन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा २ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १, दरबारमार्गमा रहेको राइजिङ मल क्युएफएक्समा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा १ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा १ शो, इटहरीमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा २ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा १ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ३ शो र कालिमाटीमा १ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा १ शो, बानेश्वरमा रहेको आइएनआईमा १ शो र बुटवलमा रहेको आइएनआइमा १ शो दिएको छ ।

यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको मिडटाउनमा १ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा १ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा १ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा १ शो लगायत विभिन्न हलमा प्रदर्शनरत छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामाको सिड्नीमा मात्र फिल्मको ३५ शो भईसकेको छ । यो अहिलेसम्म कुनै नेपाली फिल्मको भएको शो सङ्ख्यामा निकै उच्च छ । उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।न्युज कारखाना

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।

सपुतले यस अघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका थिए ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केही दिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । यस फिल्ममा अभिनेता विजय बरालको पनि अभिनय रहने बताइएको छ । यस फिल्मको छायांकन जेठ दोस्रो साताबाट सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ । २०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।
न्युज कारखाना

काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले समन पठाएको छ । महादेव अनलाइन गेमिङ र बेटिंग एपसँग सम्बन्धित फेयरप्ले एपको विषयमा सोधपुछका लागि समन पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्नालाई २९ अप्रिलमा उपस्थित हुन आग्रह गरेको छ । साइबर सेलका अनुसार यस मुद्दामा तमन्नाको बयान लिइनेछ । अभिनेत्रीलाई फेयरप्लेका लागि कसले सम्पर्क गर्यो र त्यसका लागि कति पैसा पाएको भनेर सोधिने बताइएको छ ।

यसअघि २३ अप्रिलमा अभिनेता सञ्जय दत्तलाई पनि यस प्रकरणमा बोलाइएको थियो । सञ्जय मुम्बईमा नभएका कारण प्रहरीमा उपस्थित नभएको भन्दै समय मागेको बताइएको छ ।

यसअघि सोही केसमा महाराष्ट्र साइबर सेलले गायक बादशाह, सञ्जय दत्त र ज्याकलिन फर्नान्डेजका प्रबन्धकहरूको बयान रेकर्ड गरेको थियो । यी तीनजना सेलिब्रेटीले फेयरप्ले एपको प्रचार गरेका थिए । महादेव एप अवैध लेनदेन र सट्टेबाजीको लागि विभिन्न अनुसन्धान एजेन्सीहरूको स्क्यानरमा छ।

फेब्रुअरी २०२३ मा, टाइगर श्राफ र नेहा कक्कडसहित बलिउडका धेरै सेलिब्रेटीहरू युएई शहर रस अल खैमाहमा आयोजित एक विलासी विवाहमा सहभागी भएका थिए । सो विवाहमा करिब २०० करोड भारु खर्च भएको र सम्पूर्ण भुक्तानी हवाला वा नगदमा गरिएको बताइएको छ ।

यो विवाहपछि सौरभ र उनको महादेव बेटिंग एप अनुसन्धान एजेन्सीको रडारमा आएका थिए । सोही विषयमा ईडीले रणवीर कपूर र कपिल शर्मा जस्ता सेलिब्रेटीहरूलाई पनि समन पठाएको थियो । यस मामिलामा अहिलेसम्म दर्जनौं बलिउड सेलिब्रेटीको नाम बाहिर आएको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।