२०८२ चैत्र २२
२०८२ चैत्र २२
काठमाडौं, चैत १४ –
केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। आगामी जेठ २ गते लाई प्रदर्शन मिति तोकिएको फिल्मको गीत ‘‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका छन्, जसमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको देख्न सकिन्छ।

काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको यस फिल्मको फस्टलुक पोस्टरले दर्शकको ध्यान तानेको छ। पोस्टरमा उनलाई काँधमा बोका बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ।

रिम विश्वकर्मा को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिलिप रायमाझीसहित बरिष्ठ कलाकारहरु सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ।

प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ, तर निर्माण टिमले यस बिषयमा विस्तृत जानकारी खुलाएको छैन। रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पी.बी. थापा हुन्। यस फिल्मलाई यम आलेले खिचेका हुन् । फिल्ममा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी. गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यले गरेका छन् । त्यस्तै पार्श्व संगीत शाश्वत श्रेष्ठको रहेको छ । निर्देशक रिम विश्वकर्माले फिल्म कमेडी जनरामा निर्माण भए पनि केही भावनात्मक पक्षसमेत समेटिएको बताएका छन्। उनका अनुसार फिल्मको सम्पादनको सम्पुर्ण काम सकिएको र केही हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

आरके श्रीवास्तव,रौतहट,१४ गते चैत २०८१ ।
रौतहट । गायक सोनु  सिंह कुशवाहाको स्वरमा रहेको भोजपुरी गीत ‘बर्बाद जिन्दगी’ सार्वजनिक हुँदैछ । गीतमा जयदेशी माही र चन्दु नेपालीको शब्द रहेको छ भने माहीको संगीत रहेको छ । सदाम हुुसेनको निर्देशनमा रहेको गीतको भिडियोलाई जयदेश माहीले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई रिना फिल्मसले बजारमा ल्याउँदैछ ।

गीतको भिडियोमा गायक सोनु कुशवाहा र अमृता मिजारको अभिनय रहेको छ । रौतहटको कटहरिया बजारमा रहेको खुश्बु रेर्कडिङ्ग स्टुडियो भिडियो रेकर्ड गरेको छ । गायक कुशवाहा भोजपुरी,बज्जिका, नेपाली,हिन्दी भाषामा गाइएको दर्जनौं गीतहरु बजारमा उपलब्ध रहेको छ ।

रिना फिल्मसको युटुब चैनल मार्फत आज साँझ ४ बजे यो गित सार्वजनिक गर्न थालिएको गायक कुशवाहाले बज्जिकाञ्चललाइ जानकारी गराएका हुन् । यो गितलाइ नेपालको चर्चित पर्यटकीय नगरी पोखरामा छयांकन गरिएको उनले बताएका हुन् ।

पछिल्लो समय खुश्बु रेर्कडिङ्ग स्टुडियोले स्थानिय गायक कलाकारहरुलाइ गित गाउने राम्रो प्लेट फार्म तयार गरिदिएको छ । जसबाट दर्जनौं ग्रामीण क्षेत्रका गायक कलाकारहरु लाभान्वीत छन् ।

आफनो नयाँ आउन थालेको गितलाइ दर्शकहरुले मन पराइ दिनु हुन्छ भने आफु आशावादी रहेको गायक कुशवाहाले विश्वास व्यक्त समेत गरेका छन् । बढीभन्दा बढी भ्यूज पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

काठमाडौं २०८१ –

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।

सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन । उनका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जीवनदर्शन, समय र परिस्थितीलाई गीत गजलमा रुपान्तरण गर्ने क्षमता गीतकार थापासंग छ । हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन् ।

गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन् ।

काठमाडौं  २०८१ ।

अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।

गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।

म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।

यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको संगीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ –

बेजिला फिल्मस् को  प्रस्तुतिमा रहेको प्रेमिल गीत “सौभाग्य मेरो जीवनको” सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।

गीतको भिडियोलाई  लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका  छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा  मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन्। भिडियोको  सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियो  बेजिला फिल्मस् को आधिकारिक  युट्युब च्यानलमा उपलब्ध छ।

काठमाडौं,१४ गते पुस २०८१ ।

काठमाडौं : जीवन जिउने आधार प्रेम हो, प्रेम नै जीवन हो, जीवन र प्रेम विच अन्योन्याश्रित सम्वन्ध छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, प्रेम विनाको जीवन पलाँसको फूल जस्तै हो ।  प्रेम भए जीवन त्यसै सहज हुन्छ, त्यसै आनन्दित र उमंगमय बनिदिन्छ । प्रेममा धेरै ठुलो अपेक्षा पनि हुदैन, केवल उनको निःस्वार्थ साथ भए सबै कुरा प्राप्ति भएको अनुभूति प्रेममा संगाल्न सकिन्छ, जीवनभरको लागि उनको साथ भइदिए जीवन त्यसै फुल्छ, फक्रन्छ अनि सुवासित बनिदिन्छ । उनको हातको शिरानीमा निदाउन पाए ढुंगाको विछ्यौनामा पनि स्वर्गीय आनन्दको अनुभूति हुन्छ । स्वच्छ प्रेम आँखाको हेराईमा होइन मनको रोजाइमा हुने गर्छ, मनले रोजे पछि रोज्यो, रोज्यो । त्यहाँ न धन सम्पत्ति हेरिन्छ, न त रुपरुङ्ग नै, मनको गहिराईबाट पलाएको प्रेममा यी सबै कुरा गौण रहन्छन् मात्र आत्मिक सम्वन्ध विशेष हुन्छ, मन भित्रै मायाको फराकिलो  संसार हुन्छ, मनको दुष्टि उघारेर हेर्दा उनलाई मन भित्रै देख्न पाए सारा संसार त्यहि भित्र भेटिन्छ, सारा खुसी र उमंग त्यहि प्राप्त हुन्छ ।

जव कोहि प्रति मनले यस्तो प्रेमिल भावहरु संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा उनी भएको महशुष हुन्छ अनि मुटुको कुनाकन्दरा सबै तिर उनको मायाले घेरेर मुटुका हर कुना कुनामा उनको नाम लेख्ने चाह मनले संगाल्ने गर्दछ, मुटु भरि उनको नाम लेखिसके पछि उनको खाली सिउँदोमा सिन्दुरले रंग्याएर जीवन भरिलाई उनलाई आफ्‌नो बनाउने प्रेमिल भाव मनले संगाल्छ उनी भइदिए जीवनमा अरु केहि अपेक्षा रहन्न, मात्र उनी भए जीवन पूर्ण हुन्छ ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको  गीत ‘घामको झुल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीत एवं किरण उप्रेतीको शब्दमा सार्वजनिक भएको छ । उक्त गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । गीत अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् ।  गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई लाई फरक भेषभूषा एवं गीतको भाव सुहाउँदो अभिनयमा देख्न पाइन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो । गीतको भिडियोमा बबिना संगै अञ्जना दुलाल, सानुमाया तामाङ, विन्दु तामाङ र सम्झना तामाङ लाई नृत्यमा देख्न सकिन्छ,  कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

चर्चित गायिका शर्मिला बर्देवाले इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेल संग ‘घामको झुल्को’ को विशेष चर्चामा गायिका तथा संगीतकार बबिना भट्टराई नेपाली संगीतको क्षेत्रमा एक क्षमतावान र मेहनती संगीतकर्मी भएको बताउँदै ‘घामको झुल्को’ बोलको प्रेमिल गीतमा उनको स्वर तथा संगीत बेजोड मिश्रणले गीतकार किरण उप्रेतीका प्रेमिल शब्दलहरलाई जीवन्त बनाएको बताएकी छिन्, बबिनाको संगीत यात्रालाई नियाल्दै उनले भनिन् ‘बबिना भट्टराई साधनामा तल्लिन, मेहनती, आफ्‌नो काममा अत्यन्त लगनशिल र भावमा डुवेर गाउन सक्न खुवी भएकी  गायिका र संगीतकारका साथसाथै उनी बहुमुखी प्रतिभा कि धनी हुन् । उनको सांगितिक भविष्य उज्ज्वल रहेको छ, उनको संगीत यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।’

कवि, गीतकार तथा गजलकार उत्तम विचार ले हेमन्तको चिसोमा न्यानो ‘घामको झुल्को’ देख्न पाउनु नै अहोभाग्य भएको विम्वात्मक प्रतिक्रिया दिएका छन् । उनी लेख्छन् ‘सुन्दर गीत, सुमधुर संगीत, कालजयी स्वर लहरी, बेजोड अभिनय । मायामा समर्पित फूलको कोमल थुँङ्गाका लागि हार्दिक बधाई अनि शुभकामना सिङ्गो टिमलाई ।’

केहि समय अघि बबिना भट्टराईको स्वर तथा संगीतमा आफ्‌नै शब्दको यस्तै प्रेमिल भावको गीत ‘सपनीमा’ सार्वजनिक गरेका कवि एवं साहित्यकार रामबाबु दाहालले कर्णप्रिय स्वरलहरीमा भाव गाम्भीर्यता रहेको गीत ‘घामको झुल्को’को अपार सफलताको मंगल कामना गरेका छन् ।
गायिका तथा संगीतकार बबिना भट्टराईले ‘घामको झुल्को’ निकै नै प्रेमिल गीत भएको, यो गीतले सबै प्रेमिल मनहरुलाई समेट्ने विश्वास लिएको बताउँदै गीतलाई सबै प्रेमिल मनहरुले मन पराइ दिने अपेक्षा राखेकी छिन्, उनले गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्‌नो अमुल्य सल्लाह,सुझाव दिन पनि आफ्‌ना दर्शक तथा श्रोताहरुलाई अनुरोध गरेकी छिन् भने यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गरेकी छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत
घामको झुल्को शितमा पर्दा, टल्किन्छ पातमा
चाहिदैन केहि जीवनभर तिमी भईदिए साथमा
शैयाको सुख चाहिदैन मलाई सपना देख्नलाई
सिरानी बनाई निदाउन पाउ त्यो तिम्रो हातमा ।

घाम  र छाँया, सुख र  दुःख जिन्दगी भोगाई हो
तिमी त मेरो आँखाको हैन, मनको रोजाई हो
धन र पैसा हेरिन्न रुप मायाको जातमा ।
चाहिदैन केहि जीवनभर तिमी, भईदिए साथमा ।

मनको दृष्टि उघारी हेर्दा तिमीलाई देख्न पाउ
यो मुटुभरि मायाले घेरी, तिम्रै नाम लेख्न पाउ
शीरको शोभा सिन्दुरको धर्को लगाई देउ माथमा
चाहिदैन केहि जीवनभर तिमी भईदिए साथमा ।

बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०२ गते पुस । 

काठमाडौं :  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।
डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले गरेका छन ।त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेकाछन ।
मायाप्रेममा आधारित यस गीतमा विशेषगरी गाउँघरमा केटाकेटी विच बसेको मायाप्रेमलाई मुख्य  कथावस्तु बनाइएको  छ । गीतमा केटाले आफुले मनपराएको केटीलाई तिम्रो मनमा म  भएपनि नभएपनि तिमि भने मेरो मनमा सधै भरी रहिरहनेछौ भन्ने कुरा देखाउन खोजिएको छ ।
त्यसैगरी केटिले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्द मार्फत देखाउन खोजिएको छ ।

लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दिपेश बिष्ट भन्छन आफुले गरेका सबै गीत उतीकै राम्रा लाग्छन अझ यो गीतमा मैले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेका छौ त्यसैले पनि यो गीत हाम्रो तर्फबाट उत्कृष्ट लागेका छ । युटयुवमा हालेदेखीनै यस गीतलाई धेरैले मन पराईदिनुभएको छ । मलाई कस्तो लाग्ने भन्दा पनि दर्शकले कस्तो मान्नुहुन्छ तेसले भर पार्ने हो गीत राम्रो नराम्रो भन्ने सबै जिम्मा अब हामीले दर्शकको हातमा छोडिदिएकाछौं उहाहरुको प्रतिक्रिया अहिले सम्म राम्रो आएको छ ।

गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले गरेका छन भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेकाछन साथमा उनलाई जुना विश्वकर्माले साथ दिएकीछन ।
मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन  भने मनोज कार्कीले गरेकाछन ।
यो गीत दिपेश बिष्ट अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

संजय सहनी ,रौतहट,०२ गते पुस । 

प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमीले पुनः एक डाक्टरलाई दुर्ववहार गरि हटाएको पोल खुलेको छ ।

अध्यक्ष हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले डा. ईम्त्याज अहमदलाई एक हप्ता अगाडि दुर्ववहार गरि हटाएको पोल खुलेको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित पत्रकार सम्मेलनमा डा.ईम्त्याजले आफुलाई अध्यक्ष हासमी र मेसु ठाकुरले बिना कारण पद र कुर्सिको दुरुपयोग गरि आफुलाई हटाएको आरोप लगाएका हुन् ।

डिउटी आवर सकाई खाजा खाना गईरहेको आफूलाई  अल्ट्रासाउण्डको बहाना बनाई लेखापाल जितेन्द्र यादवले बहस गरेको र सो बहस बारे कुरा नबुझि अध्यक्ष हासमीले आफुलाई निकालेको आरोप लगाएका छन् ।

बहस किन भयो ? कुरा सुन्नु पर्थ्यो ,कसको गल्ति थियो, बुझ्नु पर्थ्यो तर लेखापाल यादवको झुठो र भ्रामक कुरा सुनेर मलाई केहि नसोधि साचो बुझाएर अस्पताल छाडि जान भनियो । यसमा सरासर अध्यक्ष हासमीको दादागिरी हो डा. ईम्तियाजले आरोप लगाए ।

पत्रकार सम्मेलन मार्फत पीडित डाक्टर ईम्तियाजले अहिले जनताले पाउनु पर्ने सुविधा ठप्प छ  । अस्पतालमा अल्ट्रासाउण्ड र आईसियु सेवा बन्द छ  । यस बारे सरोकारवाला सबै गम्भिर हुनु पर्ने आग्रह समेत गर्नु भएका  छन् ।

 

उहाँले लेखापाल यादव  ,सुपरिटेन्डेन्ट ठाकुर र अध्यक्ष हासमीले भ्रष्टाचारको खेललाई बढावा दिन आफुलाई निकालेको समेत दाबी गरेका छन् ।

जनताको सेवाको मतलव छैन । लेखापाल यादवको कुरा नमाने फर्जि बिल भुक्तानी नहुने सोचेर लेखापालको गलत रिपोर्टिङको आधारमा आफुलाई आफ्नो शिकार बनाएको डाक्टर इम्तियाजको भनाई छ।

 

अध्यक्ष हासमिले डा. ईम्त्याजलाई मासिक ३ लाखको तलव भता तोकि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नियुक्त गरेका थिए । उहाँ जेनरल फिसिसियन डा.ईम्त्याजले रेडियोलोजिस्ट र आईसियु कक्ष सम्हादै आएका थिए।

 

डाक्टर ईम्तियाजले मलाई मात्रै होईन ,अध्यक्ष हासमीले विभिन्न लोभ लालचमा परि प्रभावकारी सेवा दिदा दिदै चिकित्सकहरु डा. अमित चौधरी, नवीन चौधरी र गोपाललाई पनि दुर्ववहार गरि निकालेको कुरा सुनाए ।

 

अध्यक्ष हासमि , मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर र लेखापाल जितेन्द्र यादवले तानाशाह प्रवृतीबाट अस्पताल चलाउदै र चिकित्सकलाई दुर्ववहार गर्दै आएको डा.ईम्त्याजले अरोप लगाएका छन।

 

अस्पतालका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

 

मेवालाल यादव ,मंसिर २२ , रौतहट 

चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो भने गीतमा संगीत मुना मुस्कानले एरेन्ज  गर्नु भएको छ। गढिमाईको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको निर्माणमा बनेको  ईहे नु हइ गढिमाई ‘बोलको गीतमा रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्मा र बिमला गुप्ताको अभिनय रहेको छ ।

रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्माको प्रस्तुति रहेको गढीमाईको महिमा झल्काउने सुमधुर भोजपुरी गीत हालै सार्वजनिक भएको छ। यो गीतले गढीमाई देवीको धार्मिक र सांस्कृतिक महत्वलाई प्रस्तुत गर्दै भक्तजनहरूलाई आकर्षित गर्ने प्रयास गरेको युवा हास्य कलाकार दिपेश शर्माले बताउनु भयो ।

गीतमा दिपेश शर्माको कलात्मक प्रस्तुतिसँगै स्थानीय संस्कृति, परम्परा, र धार्मिक विश्वासहरूको झल्को पाइन्छ। यसले गढीमाईको महिमा मात्र होइन, भक्तहरूको भावनालाई पनि समेटेको छ। गीतले नाचगान, धार्मिक गतिविधि, र सामूहिक श्रद्धाको झलक समेत प्रस्तुत गरेको छ।

यो गीत गढीमाई मन्दिरको महत्त्वलाई अझ बढी प्रचारप्रसार गर्न प्रेरणादायक हुने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक-श्रोताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

काठमाडौं ।

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतको अभिनय छ ।

उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।