२०८३ कार्तिक १
२०८३ कार्तिक १

काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।

बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।

गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।

नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ ।

आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । फिल्ममा पलको सानो भूमिका भएपनि जातीय विभेदविरुद्ध लड्ने युवाको रहेको छ ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । न्युज कारखाना

गीतको लिंक- https://www.youtube.com/watch?v=e-1n5Pb6Shs

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ ।

वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि फिल्ममा अभिनय रहेको छ । रेजिनाले यो फिल्मबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा फिल्म आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्मको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो । न्युज कारखाना

काठमाडौँ । पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् ।

आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठुलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्धा दायर गरेको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अल्लु अर्जुनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भिड लागेको र यसले ठुलो शान्ति व्यवस्था र ट्राफिक समस्या सिर्जना गर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै प्रहरीले मुद्धा दायर गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार अभिनेता अल्लु अर्जुन र रविचन्द्र किशोर रेड्डीको टोलीले कुनै अनुमति नलिएर सभा गरेको बताइएको छ । त्यसैले अल्लु अर्जुन र रविचन्द्र रेड्डी विरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार ठूलो भीडका कारण मामिला नियन्त्रणमा आउन नसकेकाले मुद्दा दर्ता गरिएको हो । न्युज कारखाना

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापानका लागि ओभरसिज राइट्स बिक्री भएको छ ।

गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो । फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ । लेखक तथा निर्देशक राजबहादुर सानेले जापानमा प्रदर्शन अधिकार बिक्री भएको र अन्य देशबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आएको बताएका छन् ।

फिल्मको प्रदर्शन मिति भने केही दिनमा घोषणा गरिने उनको भनाई छ । फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ, जुन काठमाडौंमा खिच्ने तयारी गरिएको छ । माओवादी-सशस्त्र युद्धको समयको कथामा बनेको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निभाएका छन् ।

तुलसी देवी फिल्मको प्रस्तुति रहेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला आदिको पनि अभिनय रहेको छ । बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् ।न्युज कारखाना

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।

उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै  इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्।

त्यसबेला विदेशमा रहेका ओड नेपाल फर्केपछि आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

राैतहट,२८ गते वैशाख । रौतहटका चर्चित प्रख्यात कमेडियन कलाकार अमरेन्द्र यादव कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पुग्न सफल भएका छन् । कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न कलाकार यादव विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आएका छन् । कान्तिपुरबाट प्रसारित कमेडि च्याम्पीयनमा केहि महिना अघि रौतहटमे रहेके बा त माधव माधव कहेके बा भनी एकाएक चर्चामा आएका कलाकार यादव कमेडि च्याम्पीयनको विजेता बन्न कडा मिहिनेत र संघर्ष गर्दै आएका छन् । रौतहटको कटहरिया नगरपालिकाको डुमरिया घर भएका युवा कलाकार अमरेन्द्र यादवले आफना अदभुत हास्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएका छन् । आफना कलाको माध्यमले आफना दर्जनौ प्रतिस्पर्धीलाई पछाडि पार्दै कलाकार यादवले टप ५ मा पुगेका छन् । तराइ मधेशबाट कमेडि च्याम्पीयन सिजन–३ मा पुग्ने यादव एक्लो कलाकार हुन । आफना हास्ने र हसाउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उनले बताए । टप ५ मा टप १ मा पुगेपछि उनी कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने छन । कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने लक्ष्यका साथ आफु मैदानमा उत्रेको बताउँदै कलाकार यादवले सबैको साथ, सहयोग, माया, स्नेह र आर्शिवाद पाए अवश्य विजेता बन्ने बताए । आफुलाई कमेडि च्याम्पीयन सिजन–३ को विजेता बनाउन उनले खल्ती एपको माध्यमले भोटिंग गरी सहयोग गर्न सबैलाई आग्रह गरे ।

काठमाडौँ । बलिवुड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ ।

फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको अन-स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिन ।’

सिकंदरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाई मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।’

यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकंदर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
न्युज कारखाना

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ ।

अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गर्न लागेको हो ।

गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सम्पूर्ण फिल्म उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउने छौँ’, निर्माता खत्रीले भने ।

उनले अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको समेत बताए । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएको छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भईसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली फिल्मको भएको सर्वाधिक शो हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ । न्युज कारखाना

काठमाडौँ । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् ।

जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्विर शेयर गरेका छन् । सेयर गरिएको तस्विरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ । यी भिडियो र तस्विरहरु मार्फत उनले फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।

यो जोडीले आफ्नो सानो पाहुना कहिले संसारमा आउने हो भन्ने बारे कुनै जानकारी दिएको छैन । यद्यपि, टिएमजी रिपोर्ट अनुसार, हेली आफ्नो तेस्रो त्रैमासिकमा छिन् ।

जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि रिलेशनशिपमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । नोभेम्बर २०१८ मा विवाह गरेपछि, दम्पतीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए।

हेली भन्दा पहिले जस्टिनको गायिका तथा अभिनेत्री सेलेना गोमेजसँग अफेयर थियो । दुबैको भेट सन् २०१० मा भएको थियो । तर, २ वर्षपछि मात्रै उनीहरुको ब्रेकअप भयो । २ वर्ष छुट्टिएपछि दुवैले फेरि आफ्नो सम्बन्धलाई मौका दिए र सँगै बस्न थाले ।

सन् २०१६ मा सेलेना चर्चित गायक चार्ली पुथसँग डेट गरिरहेकी थिइन् भन्ने खबर आएको थियो । धेरै उतारचढावपछि सन् २०१८ मा दुवैको ब्रेकअप भयो ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता शेखर सुमन भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । शेखर सुमन दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीमा सामेल भएका हुन् ।

शेखर सुमन भाजपामा सामेल भएपछि अहिले उनी र अभिनेत्री कंगना रनावतको विगतको विवादको विषयमा प्रश्न उठाइएको छ ।

शेखर सुमन भाजपामा प्रवेश गरेपछि उनको र कंगनाको चर्को आलोचना भइरहेको छ । तर, अब शेखर आफै अगाडि आएर कंगनालाई समर्थन गरेका छन् ।

शेखर सुमनले हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव लड्दै आएकी कंगना रनौतका लागि प्रचार गर्न तयार रहेको बताएका छन् ।

कंगनले यसअघि शेखर सुमनका छोरा अध्ययनसँग डेट गरेकी थिइन् । सन् २००८ मा मोहित सुरीको फिल्म ‘राज– द मिस्ट्री कन्टिन्युज’ को सेटमा यी दुईको भेट भयो र प्रेममा परे । यसपछि अभिनेताले सार्वजनिक रूपमा कंगनामाथि कालो जादू गरेको आरोप पनि लगाएका थिए ।

दुवै एउटै पार्टीमा प्रवेश गरेपछि मानिसहरूले दुवैको चर्को आलोचना गरिरहेका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।