२०८२ चैत्र २५
२०८२ चैत्र २५

काठमाडौं । असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ।  भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् ।

भिडियोमा फिल्मका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो ।यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।

यो फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ ।

रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यो फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।न्युज कारखाना

भिडियो लिंक- https://www.youtube.com/watch?v=leYbneqh6Ns

काठमाडौँ । बलिवुडका दुई ठुला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमने सामने हुने भएका छन् । यस बर्षको क्रिसमस रिलिजमा पुष्पा-२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिवुडमा रहेको छ ।

यस अघि पुष्पा-२ अगस्त १५ मा रिलिज हुने भनिएको भएपनि विविध कारण फिल्मको प्रदर्शन सारिएको छ । अहिलेसम्म आधिकारीक रुपमा घोषणा नगरिएको भएपनि हिन्दुस्तान टाइम्सले पुष्पा- २ क्रिसमसमा रिलिज हुने उल्लेख गरेको छ । यस अघि वेलकम- ३ पनि क्रिसमसमा रिलिज हुने भएको थियो तर वेलकम-३ को निर्माण टिमले सितारे जमिनलाई सोलो रिलिजको अवसर दिदै क्रिसमसमा रिलिज नगर्ने बताएका थिए ।

तर अब भने लाल सिंह चड्डापछि कम्ब्याक गर्न लागेका आमिरलाई पुष्पा-२ पनि साथमा रिलिज हुने चर्चा टाउको दुखाइको विषय बनेको छ । अल्लु अर्जुनको हिन्दी बेल्टमा राम्रो फ्यान बेस भएका कारण आमिरको फिल्मलाई ठुलो असर हुने विश्लेषण गरिएको छ ।

यस अघि २०२१ को क्रिसमसमा रिलिज गरिएको पुष्पा ले बक्स अफिसमा राम्रो कमाइ गरेका कारण पनि अहिले पुष्पा-२ पनि क्रिसमसमा रिलिज हुने दाबि गरिएको छ । पुष्पा-२ मा अल्लु अर्जुन, रश्मिका मण्डना, विजय सेतुपतिलगायतको अभिनय रहेको छ भने सितारे जमिन परमा आमिर खानका अलावा जिनेलिया देशमुख, दरशील सफारीलगायतको अभिनय रहेको छ ।न्युज कारखाना

काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको रिलिज मिति सार्बजनिक भएको छ ।

फिल्मको निर्माण पक्षले फिल्म २०२६ को जनवरी २३ मा रिलिज हुने जानकारी दिएका छन् ।

यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ । मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो ।न्युज कारखाना

काठमाडौँ । सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ ।

गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन् । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।

हालै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन जुन १८ गतेबाट सुरु हुने जानकारी दिएको थियो । मिडिया रिपोर्टका अनुसार फिल्मको एक्सन दृश्यहरू मिशन इम्पोसिबलका स्टन्ट निर्देशकले डिजाइन गर्नेछन् ।

टम क्रुजको चर्चित जम्प सीन फिल्म गर्ने एक्सन निर्देशकहरू पनि सलमान खानको फिल्मसँग जोडिने बताइएको छ । यो खबर बाहिर आएसँगै फ्यानहरुको अपेक्षा निकै बढेको छ ।

यस वर्ष इदको अवसरमा सलमानले फ्यानलाई उपहार दिँदै आफ्नो फिल्मको घोषणा गरेका थिए । अभिनेतासँग दक्षिणकै चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि देखिनेछिन् । फिल्म आगामी वर्षको इदमा ११ अप्रिलमा हलमा रिलिज हुनेछ ।

सलमान सिकन्दरभन्दा पहिले टाइगर ३ मा देखिएका थिए । मनिष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा सोचे अनुसार कमाई गर्न सकेन । फिल्ममा शाहरुख खानको पनि क्यामियो रोल थियो तर यो फिल्मले दर्शकमा खासै जादू छाड्न सकेन ।न्युज कारखाना

काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।

यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।

यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो ।

बिग बोसको टेलिभिजनमा प्रशारण हुने शो को लोकप्रियतालाई ध्यान दिदै यस अघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो ।  बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।

यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रशारण हुदै छ ।               न्युज कारखाना

काठमाडौँ । आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको फिल्मको चरित्रचित्रण गरेको छ । वर्षालाई पोष्टरमा रिसाएको भावमा प्रस्तुत गरिएको छ भने अमर एक्सनको अवतारमा देखाइएको छ ।

शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई, सरोज अर्याल, दीलिप केसी, लाबिस, अनामिका लामिछाने लगायतको फिल्ममा अभिनय छ । यस फिल्मबाट रेजिनाले ९ वर्षपछि कमब्याक गरेकी हुन् ।

कुशल सम्पादक रहेका कोइरालाको फिल्म निर्देशनमा यो डेभ्यु फिल्म हो ।

पर्वत जिल्लाको धार्मिक क्षेत्र मानिने मोदीबेनीमा घटेको एउटा अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनाइएको बताइएको छ फिल्ममा आनन्द बिक्रम क्षेत्रीको कथा, पटकथा र संवाद छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता दीलिप केसी हुन् भने सह-निर्मातामा हरि श्रेष्ठ छन् । फिल्ममा भरत रेग्मीको सम्पादन रहेको छ भने फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका तथा एफडीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।

आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।

महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो ।

नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ  । न्युज कारखाना

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ ।

यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।

यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । फिल्मको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् ।

फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ ।

यस फिल्मलाई सरोज पौडेलको निर्देशन गर्दै छन् । फिल्ममा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।न्युज कारखाना

काठमाडौँ । अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन् ।

रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि शुरु भएको विवाद बढेको थियो ।

सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूसँग झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिएकी छिन् ।

सार्वजनिक भएको यो भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् ।

अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । उनीहरुले रविना नशामा रहेको दाबि गरेका छन् ।

सो घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए । पीडितका परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए । उनले पीडित परिवारसँग समस्या समाधान गर्ने प्रयास गरेपनि पीडित परिवार मुद्दा दर्ता नगरी मान्न तयार नदेखिएको रिपोर्टमा बताइएको छ ।

पीडितक परिवारले ४ घण्टासम्म खार प्रहरी चौकीमा पर्खिए पनि उजुरी दर्ता नभएको दाबी गरेका छन् । यद्यपी प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।