काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएकोछ। नेपाली संस्कृति, परम्परा र आमा-छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको यो गीत आउँदै गरेको तीज पर्वलाई लक्षित गरीबजारमा ल्याइएको हो।
विगत १२ वर्षदेखि सिड्नीको एक पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की तीन सन्तानकी आमा तथा व्यवसायीसमेत हुन्। प्रबासकोव्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको लगावलाई सङ्गीतमार्फत जीवन्त राख्न उनले पहिलोपटक तीज गीत सिर्जना गरेकीहुन्।
‘ए मैना सुनन’ बोलको गीतमा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको सङ्गीत छ। गीतलाई अल्मोडा रानाउप्रेतीले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका छन्।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय देख्न सकिन्छ। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन र प्रबिन भट्टको सम्पादन तथा कलर संयोजन छ।
भिडियोमा तीजको सांस्कृतिक पक्षका साथै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। तीजका अवसरमा नेपालीमहिलाहरूले माइती, परिवार र आफ्ना प्रियजनसँग साट्ने आत्मीय भावलाई गीतमा समेटिएको निर्माण पक्षले जनाएको छ।
नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको यो भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फतसार्वजनिक गरिएको हो। विदेशमा रहेर पनि आफ्नो माटो, मौलिकता र पारिवारिक सम्बन्धसँग जोडिरहने प्रवासिएका नेपालीको भावनालाई गीतमार्फतदर्शाउने प्रयास गरिएको गीतकार कार्कीले बताएकी छन्।
काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।
गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको छ । एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ ।
सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भवना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ । प्रेमिल गीतले सिनेमा पूर्णतः प्रेम कथामा आधारित रहेको संकेत गरेको छ । गीतले त्रिकोणात्मक प्रेम देखाइएको छ । एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत छन् । यो चलचित्रलाई रेखा थापाले निर्देशन गरेकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय सिनेमा हो ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरू छन् ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
ध्रुव लम्सालको स्क्रिप्ट रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्नेछ । चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । सुदीप बराल डिओपी रहेको यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन् । संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् ।
यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
काठमाडौं । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमालाई नजिकबाट बुझेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने संकेत गर्दै चलचित्र ‘पञ्चमी’ को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो । सौगातका लागि यो पहिलो निर्देशकीय प्रोजेक्ट भए पनि उनले दीपेन्द्र के. खनाल लगायतका निर्देशकसँग चिफ एडी र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन् ।
सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशकको भनाइ छ, जुन सिनेमा हेर्दा मात्र स्पष्ट हुनेछ ।
पोस्टरमा ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन छ, जसको सन्दर्भ अझै रहस्यमै छ । कुन सन्दर्भमा कसका लागि यो लाइन प्रयोग गरिएको हो भन्ने कुरा भने अझै रहस्यमै छ ।
यसबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही क्लिष्ट भए पनि सिनेमा हेर्दा सरल र सहज देखिनेछ । सिनेमासँग यो सबै रिलेट भएर आउनेछ । त्यतिबेला यो थिमको जस्टिफाइ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ ।’
‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् । कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै चलचित्रको झलक आउने निर्देशक बस्नेतले बताए ।
एकातिर रहस्यमयी पोस्टर र अर्कोतिर आफ्नो पहिलो निर्देशकीय प्रयासमै साइकोलोजिकल मिस्ट्री थ्रिलर जस्तो जोखिमपूर्ण विधा रोज्ने साहस । ‘पञ्चमी’ले नेपाली चलचित्र उद्योगमा नयाँ किसिमको कुतूहल जन्माइदिएको छ । के हो त ‘पञ्चमी’? त्रिशूल, नाग, चन्द्रमा, पाँचवटा घेरा, र त्यो पुरानो टाइपराइटर , पोस्टरमा राखिएका ठ्याक्कै यी पाँचवटै तत्व के हुन् ? र किन ठ्याक्कै पाँचवटा मात्र ? के यिनको सङ्ख्यामै लुकेको छ शीर्षकको साँचो अर्थ ?एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । महानायक राजेश हमालले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कुनै पनि राष्ट्रको भविष्य संयोगका आधारमा नभई दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिबाट निर्माण हुनुपर्ने बताएका छन् ।
हमालले भविष्यप्रतिको स्पष्ट दृष्टिकोण र आगामी पाँच, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमानबिना शासन सञ्चालन गरिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
उनका अनुसार शासन केवल दैनिक व्यवस्थापनका समस्यामै सीमित रहिरहने हो भने तीव्र रूपमा परिवर्तन भइरहेको वर्तमान विश्वमा देश प्रगतितर्फ नभई ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने जोखिम रहन्छ ।
उनले राष्ट्रको दीर्घकालीन विकासका लागि स्पष्ट योजना, दूरदृष्टि र तथ्यमा आधारित नीतिगत निर्णय आवश्यक रहेकोमा जोड दिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।
चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् ।
नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ ।
सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ । प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै कुरा खुलाएको छैन, तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।
चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिनेछ । यसमार्फत चलचित्र २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।
चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्य रहेको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइएको छ ।
गायक दुर्गेश थापा र फिल्म निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन् ।
साथै, शिक्षक-शिक्षिका र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो ।
दुर्गेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘उक्त गीतका केही शब्द तथा प्रस्तुतिकरणका कारण आदरणीय दर्शक, शिक्षक–शिक्षिका तथा गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं। त्यसप्रति म तथा सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु ।’
यस्तै, फिल्मकी निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले पनि उक्त गीत फिल्मभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचार-प्रसारका लागि मात्र तयार गरिएको बताएकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित शिक्षक-शिक्षिका पेसाको गरिमामा आँच पुर्याउने कुनै मनसाय नरहेको बताउँदै उनले गल्ती महसुस गरेको उल्लेख गरेकी छन् ।
सो गीत सार्बजनिक भएपछि नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको थियो । महासंघले यस गीतले समग्र शिक्षण क्षेत्रको अपमान गरेको भन्दै प्रशारण तत्काल बन्द गर्न माग गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । दक्षिण भारतका अभिनेता अल्लु अर्जुन कानुनी झमेलामा फसेका छन् ।
सन् २०२४ डिसेम्बर ४ मा चलचित्र पुष्पा- २ को विशेष प्रदर्शनका क्रममा भएको भागदौड (भीड नियन्त्रण बाहिर गएर भएको दुर्घटना) सम्बन्धी मुद्दामा अदालतले उनलाई हाजिर हुन आदेश दिएपछि उनी कानुनी झमेलामा परेका हुन् ।
हैदराबादस्थित नामपल्ली अदालतले यस घटनासँग जोडिएका व्यक्तिहरूलाई समन जारी गर्दै यही जुन २२ मा अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।
घटना २०२४ डिसेम्बर ४ मा संध्या थियटर बाहिर भएको थियो, जहाँ विशेष प्रदर्शनका क्रममा ठूलो संख्यामा दर्शक भेला भएका थिए । आफ्नो मनपर्ने कलाकारको झलक हेर्न हजारौं फ्यानहरू थियटर बाहिर जम्मा भएपछि भीड अत्यधिक बढेको थियो ।
प्राप्त विवरणअनुसार अभिनेता अल्लु अर्जुन आफ्नो कारको सनरुफबाट बाहिर निस्केर फ्यानलाई हात हल्लाइरहेका बेला अचानक भीड अनियन्त्रित भई भागदौड मच्चिएको थियो । सो दुर्घटनामा रेभती नामकी एक महिलाको ज्यान गएको थियो भने उनका छोरा श्री तेजा गम्भीर रूपमा घाइते भएका थिए । प्रहरी अनुसन्धानमा अल्लु अर्जुनलाई आरोपी नम्बर ११ (ए ११) का रूपमा सूचीकृत गरिएको छ । थियटर व्यवस्थापनलाई भने आरोपी नम्बर १ देखि १० सम्म राखिएको छ । यस घटनामा कुल १९ जनालाई समन जारी गरिएको छ भने २३ जनाविरुद्ध अभियोग पत्र दायर भइसकेको छ ।
घटनापछि अल्लु अर्जुन र उनका परिवारले पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए । उनका पिता तथा चलचित्र निर्माता अल्लु अरविन्दले रेभतीको परिवारलाई २ करोड भारु सहयोग दिने घोषणा गरेका थिए । अब सबैको ध्यान जुन २२ गते हुने सुनुवाइमा केन्द्रित छ, जहाँ यस मुद्दाको आगामी दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले र गुरु आमाको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।
जस अनुसार बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ४ करोड २२ लाख २३ हजार ४३५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५१ हजार ९२८ तिक्त बिक्रि भएका छन् ।
त्यस्तै बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले पनि बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले करोड ४२ लाख ६१ हजार ७७९ कमाई गरेको छ । त्यस्तै यस फिल्मले एक लाख १४ हजार ४८६ टिकट बिक्री गरेको छ ।
त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिउल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेको देखिएको छैन । फिल्मले केवल ४४ लाख ७८ हजार ६०८ कमाई गरेको छ भने केवल १३ हजार ८९० टिकट बिक्री भएको छ ।
त्यस्तै बैशाख २५ गते बी रिलिज भएको फिल्म गुरु आमाले २८ लाख ४४ हजार ४५१ कमाइ गरेको छ । यस फिल्मले ८ हजार ९७४ टिकट बिक्री गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ।
यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको थियो । अहिले यो चलचित्र दंगल पछि दोस्रो स्थानमा पुगेको छ, दंगलको कुल कमाइ २ हजार ७० करोड रहेको छ।
फिल्म व्यापारसम्बन्धी वेबसाइट सैकनिल्कका अनुसार रिलिजको ४५औँ दिनसम्म धुरन्धर २ ले भारतमा कुल नेट कमाइ ११३८.५४ करोड पुगेको छ । विदेशी बजारमा पनि चलचित्रले राम्रो कमाइ गरेको छ।
यसअघि ‘धुरन्धर’को पहिलो भागले पनि भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त चलचित्रले विश्वभर करिब १३०७ करोड भारु कमाएको थियो । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,वैशाख ०८ गते ।
काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारी को अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ। सप्तरङ्गी फिल्म को प्रस्तुतिमा तयार भएको यो गीत सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुल्न थालेको छ।
सार्वजनिक पोस्टर र भिडियोमा देखिएको रंगीन मेला, उत्सवमय वातावरण र आकर्षक दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ। विशेषगरी सद्दाम र रेबिकाबीचको रोमान्टिक केमेस्ट्री तथा ऊर्जावान नृत्य प्रस्तुति दर्शकलाई लोभ्याउने खालको देखिन्छ।
गीतका शब्द अजित मण्डलले लेखेका हुन् भने स्वर श्याम राउत र शिल्पी राजले दिएका छन्। संगीत तथा कम्पोज आर्या शर्माको रहेको छ, जसले गीतलाई आधुनिक र नाच्न मिल्ने शैलीमा प्रस्तुत गरेको छ।
गीतको निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले सम्हालेका छन्। क्यामेरा मिलन थापाले गरेका छन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन शौखिन तिमल्सिनाले गरेका छन्।

सार्वजनिक भएको छोटो समयमै ‘नाच रे पतरकी’ले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। आकर्षक प्रस्तुति, संगीत र नृत्यका कारण यो गीत आगामी दिनमा झन् लोकप्रिय हुने अपेक्षा गरिएको छ।