२०८२ कार्तिक २६
२०८२ कार्तिक २६
काठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ ।  सांस्कृतिक परिवेश, परम्परा र भावनात्मक सम्बन्धलाई समेट्दै चलचित्रले तामाङ समुदायको मौलिकता र युवा पुस्ताबीचको सम्बन्धलाई गहिरो रूपमा उजागर गर्ने प्रयास गरेको छ। यस चलचित्रलाई तामाङ चलचित्र उद्योगको प्रगतिको प्रतीकका रूपमा हेरिएको छ।

चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामा हुन् । नायक एंव निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।

निर्माताहरू लोसाङ लामा र इकेश लामा, सहनिर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशन राजु दोङ तामाङ र छायांकन प्रज्वल राउतले गरेका छन्। चलचित्र टिमका अनुसार प्राविधिक पक्षमा कुनै सम्झौता नगरिकन सशक्त रूपमा निर्माण गरिएको छ।चलचित्रको शीर्ष गीतमा बिछोड र बियोगको मार्मिक भावना व्यक्त गरिएको छ। उक्त गीतमा नायक हुत्त सञ्जय लामाको प्रभावशाली अभिनय दर्शकको विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

चलचित्रमा नायक हुत्त सञ्जय लामालाई नायिका सुनिता लुङ्बाले साथ दिएकी छन्। दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी लुङ्बाले यो चलचित्रलाई विशेष रुपमा आसा राखेको बताए ।
“सबै चलचित्रमा मेहनत गरेकी छु, तर यो चलचित्र हेरेर म आफैं रोएँ,” उनले भनिन्, “किनभने यो चलचित्र साँच्चै नै उत्कृष्ट बनेको छ।”

चलचित्रमा हुत्त सञ्जय लामा र सुनिता लुङ्बासँगै तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको अभिनय देख्न पाउनेछ ।काठमाडौं तथा वरपरका दर्शकहरूलाई चलचित्रको विशेष प्रदर्शनमा सहभागी भई साथ दिन आयोजकले हार्दिक आह्वान गरेका छन्। यस चलचित्रले तामाङ भाषिक चलचित्र उद्योगमा नयाँ सन्देश र उचाइ थप्ने विश्वास गरिएको छ।

https://youtu.be/tJZEhv-9rFk?si=yAcJFirnd6v7ezd3

 

बज्जिकाञ्चल संवाददाता, १३ गते असार । 

जनकपुरधाम । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्रालयका राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्। उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले मुख्यमन्त्री सतीश कुमार सिंहको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यादवले यदि किशोर कुमार लेखीलाई पदबाट नहटाइए तत्काल सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।

राजेन्द्र महतो,सिरहा,०१ गते असार ।
गुरु बसिष्ठको स्वरमा रहेको “ठिकै छ मेरी प्रिय ” गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ ।
कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल
स्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।


निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् ।
गीतको ,मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ।गीतमा गीत/संगीत-शेखर ठकुरीको रहेको छ ।
गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान ,
भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।
गीत शुक्रबार ६ गते सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।
गीत ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।

काठमाडौं,२०८२ जेठ २८ गते । 
बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास हो ।
काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ. प्रमोद खतिवडाले लेखेका हुन् । सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचिका कारण उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् ।
गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ। राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ ।
‘घरकी फूलबारी’ Paridhi Khatiwada नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

भिडियो लिंक
https://youtu.be/BvIHsI5hNtw

काठमाडौं –

नवगायक संकल्प श्रेष्ठको डेब्यु  गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्। भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।

भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।

चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प  श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन्। निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/JIrVjKv-c1I?si=HBH2Wb4O2yObaxXL

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ११ गते बैशाख ।
नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ चलचित्रहरुमध्ये छनोट भएका ९८ चलचित्रहरुबाट २० ओटा चलचित्रहरु नोमिनेशनमा परेको थियो । चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शनसमेत हुँदैछ ।
सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि नोमिनेशनमा परेको थियो । अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेस्टिभल ‘लाईट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायतका थुप्रै चलचित्र महोत्सवहरुमा ‘पाउलो’ छनोटसमेत भएको थियो । छैटौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवको  (एनसिआईएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो  ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाइँले अभिनय गरेका छन् । काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको “पाउलो“ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले निर्माण गरेको घुर्रा, भाउ, द स्कूल वाल, एक जोर जुत्ता, दृश्य लगायतका लघुचलचिहरु विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । चलचित्रको नाम चाँडै सार्वजनिक गरिने उनी बताउँछन् ।

आरके श्रीवास्तव,राैतहट,०७ गते वैशाख । 

बज्जिका गित निकाल्ने बारे राैतहटकाे कटहरियामा छलफल गरिएको छ । कटहरिया बजार स्थित रहेकाे खुश्बु रेकर्डिङ स्टुडियोमा शुक्रबार गहन छलफल गरिएको छ । आफनै गित र संगित सहित निरन्तर रूपमा बज्जिकामा हरेक महिना कम्तीमा एउटा गित निकाल्नु पर्ने निष्कर्ष निकालिएको हाे ।

बज्जिका भाषाका शुभचिन्तक एवम् साहित्यकार संजय साह मित्र,बज्जिका भाषाका प्रथम आधुनिक उपन्यासकार बिजय यादव निर्विज,बज्जिका पत्रकार समाज राैतहटका अध्यक्ष राजु कुमार श्रीवास्तवले गायक साेनु कुशवाहा सँग बज्जिका भाषामा गितकाे अभावलाई पूरा गर्ने बारे विचारविमर्श गरेका छन् ।

बज्जिका भाषाले अन्य सबैक्षेत्रमा फड्को मारेपनि गितसंगितकाे क्षेत्रमा पनि अब द्रुत गतिमा फडकाे मार्ने उदेश्यले साे छलफल भएको छ । यसाे त बज्जिकामा दर्जनौं गितहरू बजारमा छन् । रिना फिल्मसबाट कयौं बज्जिका गितहरू बजारमा आएकै हुन् । तर यसकाे संख्या अझै बढाउनुपर्नेमा बज्जिका शुभचिन्तक एवम् साहित्यकार साहले जाेड दिएका छन् ।

उपन्यासकार यादवले पनि अब आफू कला संगितकाे क्षेत्रमा समय दिएर काम गर्ने बताए । त्यसमा पनि बज्जिका गित संगितकाे लागि विशेष समय दिई यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

समाजका अध्यक्ष श्रीवास्तवले पनि बज्जिका गितकाे लागि आफनाे मिडियाले खेल्नुपर्ने आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् ।

जवाफमा गायक कुशवाहाले सबैकाे साथ सहयोग भएमा अब छिट्टै नै बज्जिका भाषाका गितहरू बजारमा आउनेछन् । आफनाे भाषाका लागि काम गर्न पाउँदा आफू पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

बज्जिका भाषामा गित आउनुपर्छ भन्ने धारण पत्रकार रामशरण यादवले राख्नु भएको थियोे ।

कटहरियामा खुश्बु रेकर्डिङ स्टुडियो स्थापना भएदेखि  गितसंगीतकाे क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित गर्दै गईरहेकाे छ । रिना फिल्मसकाे युटुब च्यानल मार्फत ग्रामीण क्षेत्रका गायक कलाकारहरूकाे विस्तारै नाम स्थापित गराउन सफल हुँदै गएको छ ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०२ गते बैशाख । 

माया पनि किसिम किसिमका हुन्छन्, मन देखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मन देखि गरेको मायामा छल, कपट र भ्रम हुदैन । मनदेखि गरेको माया निःस्वार्थ, साँचो र गहिरो हुन्छ जहाँ स्वार्थ, लालच, वा बनावटीपन रहदैन ।  यस्तो माया निःस्वार्थ हुन्छ एकअर्का प्रति केही आशा  अनि अपेक्षा रहदैन । मन देखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ मनदेखि गरेको  माया साँचो मायाको अर्को नाम हो जुन कुनै शर्तमा आधारित हुँदैन, मन देखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ जुन माया कहिल्यै मर्दैन, कहिल्यै कमि हुदैन अनि कहिल्यै डग्मउदैन, मन देखि लाएको माया अजम्मरी हुन्छ ।

यसरी गहिरो भाव र सच्चा मनबाट गरेको माया तर त्यो मायाको कदर वा मूल्यांकन भएन अर्थात्, जसलाई माया गरियो, उसले त्यो मायालाई सम्मान दिएन या बुझेन, वा त्यसको उचित प्रतिक्रिया गरेन, जब यस्तो अनुभव भयो, तब उसको मनमा अव फेरि कसैलाई माया गर्ने चाहना नै हरायो । उसले आफूले गरेको मनै देखिको मायामा विफलता वा अपमानित अनुभूति पछि माया गर्ने रहर नै मरेको छ ।

यस शेरमा दुःख, निराशा, र गहिरो चोटको अनुभूति छ — एक पटक साँचो माया गर्दा त्यसले चोट दियो भने, मन फेरि त्यस्तो भावना दोहोर्‍याउन डराउँछ वा इन्कार भन्ने भाव यस शेरको रहेको छ ।

आफै तर्किन खोज्यौ रहेन गुनासो
धोखेवाज भन्छौ भन्ने डर भएन

आँफूले मनै देखि लाएको मायालाई कदर नगरेर, लत्याएर, घुर्क्याएर आफै तर्किन खोज्नेलाई किन पो गुनासो गर्नु र ? आफै तर्किए पछि एउटा पाटो सजिलो पनि बन्यो, आँफूलाई धोखेवाजको आरोप आउला भन्ने डर पनि भएन । मन देखि गरेको मायाको कदर नभएर माया गर्ने रहर मरेको बेला उनी तर्किन खोज्नुलाई कुचोले बढार्नु पर्ने धुलो हावाले उडायो भने झैं उसले सहज महशुष गरेको छ ।

दोष कस्लाई दिनु भाग्य नै उस्तै हो
त्यसैले कहि सफल सफर भएन ।

आँफूले मन देखि लाएको मायाको कदर नहुनुमा उसले उनलाई दोष लगाएको पनि छैन । भाग्यमा विश्वास गर्ने ऊ उनी तर्किनु, आफ्‌नो मन देखिको मायाको सम्मान नहुनु र उनी संग विछोडिनुको कारण आफ्‌नै भाग्यलाई सम्झन्छन् । लेखेको मात्र पाइन्छ देखेको पाइन्न भने झैं आफ्‌नो भाग्य नै खोटो भए पछि भाग्यमा नै नलेखिए पछि मनले चाहदैमा प्राप्ति हुदैन भन्ने उसको ठहर छ साथै आफ्‌ना हरेक सफर सफल नभएको उ स्वीकार गर्दछ । सबै दोष ऊ आफ्‌नै भाग्यलाई दिन्छ, छोडेर गए पनि उनी संग उ गुनासो गरिरहदैन, आफ्‌नै भाग्य दोषी ठान्दछ ।

सरोज ‘संगम’ रावलका गजलका शेरहरुले यस्तै भाव बोलेका छन् । उनका गजलका यी शेरहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गजलको भिडियोमा बबिना आफै फिचर्ड छिन् ।  गजलको  ऐरेन्ज किरण कँडेलले गरेका छन्, गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका छन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको उक्त गजलको रेकर्ड,  मिक्सिङ र मास्टरिङ शम्भु कुमार तण्डुकारको रहेको छ । गजलको भिडियो ऐ.जे. अजुको निर्देशन र छायाकंनमा निर्माण भएको छ । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् । गायिका तथा संगीतका बबिना भट्टराई बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । बबिना आफै फिचर्ड भएकी भिडियोमा यमुना पाण्डेले श्रृङ्गार सहित उपेन्द्र लिम्वु कि बोर्ड,दिपक सापकोटा तवला तथा जय वि.के गितार मा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने  उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

सागर संगम ठाकुर,राैतहट,३० गते चैत ।

रौतहट सहित तराई मधेशका जिल्लाहरुमा शनिवार हनुमान जयंती धुमधामका साथ मनाइएको छ ।
स्नातन हिन्दु धर्ममा चैत महिना सबै भन्दा उत्तम र महत्वपुर्ण मानिन्छन यो महिना हिन्दुहरु नव वर्ष, एकादशी,चैत नवरात्रि जस्तो पर्व मनाउने गर्दछन ।
धार्मिक ग्रंथ अनुसार चैत महिनाको पुिर्णमा तिथिमा बलबुद्धीका ज्ञाता बजरंगबलीको जन्म भएकोले हरेक वर्ष यो पर्व मनाउने गर्दछन ।


यसै बिच रौतहटको मध्यभाग कटहरिया नगरपालिका वडा नं.२ जमुनियामा लाेकतान्त्रिक समाजवादी पाटीर्का केन्द्रिय सदस्य तथा रौतहटका चर्चित नेता रामप्रवेश दासले आफनो निजी निवासमा हनुमान जयंतीको अवसरमा सांस्ंकृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेता दासले बिगत १५ वर्ष देखि आफनो निजी निवासमै हनुमान जयंतीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै आएको बताउनु भयो ।


हनुमान जयंतीको अवसरमा नेता दासको घरमै आयोजना गरिएको सांस्ंकृतिक कार्यक्रममा जागरण मंण्डली द्धारा बिभिन्न देवी देवताको झाखीहरु प्रस्ततु गर्नु भएको थियो ।
हनुमान जयंतीको अवसरमा आफनो कुरा राख्दै लोसपा नेता दासले यस्ता पर्वले समाजमा समाजिक सदभाव र आपसी भाईचारा कायम गर्न अभिप्रेरित गर्ने बताउनु भयो ।


स्नातन धर्ममा सबै जातजाती मिलेर सामुहिक रुपमा यस्ता किसीमका कार्यक्रम गरे समाज रुपान्तरणमा कुनै कमी न हुने बिश्वास ब्यक्त गर्नु भयो । सो अबसरमा गाउँका स्थानिय भद्धभलादमी बुद्धीजिवी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

काठमाडौं, चैत १४ –
केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। आगामी जेठ २ गते लाई प्रदर्शन मिति तोकिएको फिल्मको गीत ‘‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका छन्, जसमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको देख्न सकिन्छ।

काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको यस फिल्मको फस्टलुक पोस्टरले दर्शकको ध्यान तानेको छ। पोस्टरमा उनलाई काँधमा बोका बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ।

रिम विश्वकर्मा को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिलिप रायमाझीसहित बरिष्ठ कलाकारहरु सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ।

प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ, तर निर्माण टिमले यस बिषयमा विस्तृत जानकारी खुलाएको छैन। रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पी.बी. थापा हुन्। यस फिल्मलाई यम आलेले खिचेका हुन् । फिल्ममा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी. गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यले गरेका छन् । त्यस्तै पार्श्व संगीत शाश्वत श्रेष्ठको रहेको छ । निर्देशक रिम विश्वकर्माले फिल्म कमेडी जनरामा निर्माण भए पनि केही भावनात्मक पक्षसमेत समेटिएको बताएका छन्। उनका अनुसार फिल्मको सम्पादनको सम्पुर्ण काम सकिएको र केही हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।