राकेश यादव,गाैर,१८ गते वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सचिव गोकर्ण बिस्टले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनले चिहानमा पुगी सकेको राज सस्था कुनै पनि हालतमा पुनर्जीवित हुन नसक्ने बताएका छन्।
२४० वर्ष शाहबंशीय साशन व्यवस्थालाई नेपाली जनताले बिस्थापित गरी सकेको हुदा पुनः फर्किन सकिने अवस्था नरहेको दावी गरे।
रौतहट जिल्लाको सदरमुकाम गौर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा नेकपा एमाले गौर नगर कमिटिले आयोजना गरेको नेकपा एमाले गौर नगर कमिटिको ९ औ नगर अधिबेशनको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्रि समेत रहेका बिस्टले गणतन्त्रको बिरुद्धमा लाग्ने कुनै पनि शक्तिलाई लोकतान्त्रिक शक्तिले शासक्त रुपमा प्रतिरक्षा गर्ने बताए।
नेपाली जनताको हित, लोकतन्त्र गणतन्त्रको रक्षा, बेरोजगारी समस्याको समाधान गरी रोजगारी सृजना, जनताको विकास समृद्धिको लागि नेकपा एमाले काम गरी रहेको बताउदै नेकपा एमालेको विकास देखेर चारै तिर बाट प्रहार भैरहेको उल्लेख गरे।

२०१५ सालको आम निर्वाचनमा रौतहटको चारै क्षेत्र बाट एमाले बिजयी भएको इतिहासलाई स्मरण गर्दै आगामी २०८४ मा पनि जिल्लाको सबै निर्बाचन क्षेत्र एमालेको झन्डा फहराउनु पर्ने अपेक्षा एमालेको रहेकोले संगठित भएर पार्टीमा लाग्नु पर्ने कार्यकर्ताहरुलाई आग्रह गरे।
नेकपा एमालेमा १५ बर्ष बसेर देशको प्रधानमन्त्री समेत बनिसकेका माधव कुमार नेपालले रौतहटको जनतालाई ठगी मात्र गरेको टिप्पणी गरे।
पटक पटक मत लिएर निर्वाचित भएका नेपालले रौतहटमा केहि विकास नगरेकोले अबको निर्वाचनमा जनताले बहिस्कार गर्ने समेत बिश्वास व्यक्त गरे। उनले चैत्र १५ मा भएको लुटपाट आगजानीको घटना संलग्न रहेकालाई सरकारले कानुनी दायारामा ल्याएर कडा कार्यवाही गर्न नेपाल सरकारलाई ध्यानकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै भने मुलधारको पार्टी बिरुद्ध च्याउ झै उम्रिएका पार्टी २ बर्ष नबित्दै कान्डै काण्डमा परि सके।
गरिव, दलित, अपाङ्ग, महिला, मजदुर किसानको समस्यालाई मध्य नजर गर्दै बर्तमान सरकार निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्र अघि बढी रहेको अवस्थामा केहि विकास बिरोधी तत्वले बिना कारण सरकारको आलोचनामा लागी परेको जिकिर गरे।
एमालेको नेतृत्वमा मुलुक समृधि तर्फ अग्रसर भई रहेको दावी समेत गरे। पार्टीले मिसन २०८४ लाई सफल बनाउन अघि बढी रहेकोले पार्टी का कार्यकर्ताहरुले इमान्दारिता पुर्वक कार्य गर्न आग्रह गरे।
पार्टीको बिरुद्ध तथा जनताको भावना बिपरित कार्य गर्ने आफै समाप्त भएर जाने बताए
उदघाटन समारोहमा सम्बोधन गर्दै नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले माधव कुमार नेपाल जनतालाई पटक पटक ठगिदै आएको आरोप लगाए।
जनता संग मत लिएर निर्वाचित भएका नेता नेपालले रौतहटको दलित र मुस्लिम प्रति शिक्षाको बिषय लिएर गरेको अभद्र टिप्पणीको जवाव आगामी निर्वाचनमा पाउने बताए।
इन्चार्ज गुप्ताले रौतहटका जनताले माधव नेपाललाई लखेटिने समेत बताए। अधुरो पुल निर्माणको कार्य नेकपा एमालेको पहलमा सुचारु भएको दावी उहाको रहेको छ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई लाल बकैया नदी बाट उत्खन्न गरिने माटोको प्रति लगाइएको कर फिर्ता लिन आग्रह समेत गर्दै जनभावना बिपरित काम नगर्न सुझाव समेत दिए।
उदघाटन सत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य रेखा झा,केन्द्रिय लेखा आयोगका सदस्य राज किशोर प्रसाद यादव, केन्द्रिय सदस्य कुन्दन कुशवाहा, प्रदेश सांसद जय चन्द पटेल,मोहमद जैद आलम, प्रदेश कमिटि सदस्य श्याम सुन्दर पटेल, जिल्ला अध्यक्ष सचितानन्द साहले आ आफ्नो मन्तव्य राखेका थिए।
आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।
डिभिजन वन कार्यालय रौतहट प्रमुखकै मिलोमतोमा व्यापक वन फँडानी भएको आरोप लागेको छ । गत एक महिनामा रौतहटमा पाँच बिगाहाभन्दा बढी क्षेत्रफलको वनक्षेत्र पूर्णतः फँडानी भएको छ भने वनक्षेत्रमा हजाराँै रुख कटान गरिएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा वन कार्यालयकै मिलोमतोमा व्यापक वन फँडानी भइरहेको वन जंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले आरोप लगाएका छन् । गत एक महिनाभन्दा केही समय अघिदेखि गैंडाटार वन क्षेत्रमा व्यापक रुख कटान भएको बताउँदै संयोजक यादवले पाँच बिघा जति क्षेत्रफलको वन सम्पूर्णतः फँडानी गरिएको आरोप पनि लगाएका छन् ।

डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहकै मिलोमतोमा गैंडाटारमा वन क्षेत्र फँडानी गरिएको र फँडानी भई खाली भएको जमिनमा वृक्षरोपण गरिएको आरोप संयोजक यादवको रहेको छ । घटनालाई ढाकछोप गर्न खाली जमिनमा वृक्षरोपण गरिएको संयोजक यादवको भनाइ छ ।

वन क्षेत्रको खाली जमिनलाई अतिक्रमणबाट जोगाउन वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयले जनाएको थियो । तर वन अधिकृत साहकै मिलोमतोमा गैंडाटारका साथै अन्य वन क्षेत्रमा पनि व्यापक रुख कटानी भएको यादवको दाबी छ । मधेश प्रदेशका वन मन्त्रीलाई चुनौती दिँदै यादवले भने – रौतहटको वनमा भइरहेको व्यापक फँडानीको निरीक्षण गर्न म मधेश प्रदेशका मुख्यमन्त्री र वन मन्त्रीलाई चुनौती दिन्छु ।

रौतहटको वन क्षेत्रमा भइरहेको व्यापक फँडानीमा मधेश प्रदेशको वन मन्त्रालय तथा वन मन्त्रीको पनि संलग्नता रहेको संयोजक यादवले आशंका व्यक्त गरेका छन् । रौतहटको वन क्षेत्रमा व्यापक मात्रामा भइरहेको फँडानी तथा रुख कटानको विषयमा वन मन्त्रालय, सरोकारवाला निकाय तथा वन मन्त्रीसमेतलाई जानकारी हुँदाहुँदै पनि घटनालाई आलटाल गर्ने र ढाकछोप गर्ने काम भइरहेको प्रति संयोजक यादवले आपत्ति जनाएका छन् ।
रौतहटका वन अधिकृत हेमन्त प्रसाद साहले विगतमा पनि वन क्षेत्र व्यापक फँडानी गरेर इतिहास कायम गरेको आरोप संयोजक यादवको रहेको छ । केही वर्षपहिले महोत्तरीमा वन प्रमुख हुँदा रम्तेल डाँडाको वन क्षेत्र फँडानी गरेको र सो आरोपमा साह निलम्बित समेत भएको संयोजक यादवको दाबी छ । निलम्बन फुकुवा भएपछि जिम्मेवारीमा आएका वन अधिकृत साहले अहिले पनि वन फँडानी गराइरहेको यादवको भनाइ छ ।
डिभिजन वन कार्यालय, वन अधिकृत साह र वन माफियाहरुको मिलोमतोमा वन क्षेत्रमा रुख कटान गरी साइकलमा रुख ढुवानी गर्नेहरुको संख्यामा वृद्धि भएको संयोजक यादवको भनाइ छ । वन क्षेत्रबाट साइकलमा काठ ढुवानी गर्नेहरुले एक हजारदेखि एक हजार पाँच सय रुपैयासम्म वन कर्मचारीलाई बुझाउने गरेको संयोजक यादवको आरोप रहेको छ ।
गैंडाटारमा पाँच बिघा वन क्षेत्रको रुख फँडानी गर्नेलाई वन अधिकृत साहकै संरक्षण रहेको गम्भीर आरोप संयोजक यादवले लगाएका छन् । अहिले पनि वन क्षेत्रमा रुख कटान भइरहेको बताउँदै संयोजक यादवले जंगलमा रुख काटेर माटो र पातपतिंगरले छोपेको तथा रुख काटेर खाली भएको जमिनलाई जोतेर मकै छरिएको पनि पाइएको बताएका छन् । वन कार्यालय र वन मन्त्रालयलाई सबै घटनाको जानकारी भएको तर सबै मिलेर ढाकछोप गरिरहेको आरोप यादवको छ । घटनालाई ढाकछोप गर्न वनसित सम्बन्धित सबै लागि परेको बताउँदै यादवले वन फँडानी र रुख कटानको विषयमा छानबिन गर्न पनि माग गरेका छन् । संयोजक यादवले भने – छानबिन गरेर कारबाही नगरे म अख्तियार जान्छु ।
यता डिभिजन वन कार्यालय राैतहटका प्रमुख हेमन्त साहले अतिक्रम भएको जग्गा आफूहरूले नियन्त्रणमा लिइसकेको बताए । बाहिर आएको कुरा गलत रहेको उनकाे भनाइ छ ।
बज्जिकाञ्चल संवाददाता,गाैर,१८ गते वैशाख ।
रौतहट जिल्लाको गौर नगरपालिकको नवौं नगर अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले राष्ट्रिय सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा सम्पन भएको हो ।

जिल्ला इन्चार्जको रूपमा जिम्मेवारी पाएका अजय कुमार गुप्ताले पार्टीलाई मजबुत बनाउन दिनरात लागि परेको मेहनतकै कारण आज हजाराैं कार्यकर्ताको सहभागीतामा गौर नगर अधिवेशन सम्पन्न भएको हाे ।

ऐतिहासिक नवौं नगर अधिवेशन बाट सर्वसहमतले अध्यक्ष पदमा भैरव प्रसाद पटेल, उपाध्यक्ष भिखारी पटेल, सचिव रामविनोद सिंह, अन्य सदस्य र नगर लेखा समिति अध्यक्ष पदमा रामकृष्ण गुप्ता लगायत ५१ सदस्यीय कमिटी गठन भएको निर्वाचन संयोजक मिथिलेश कुमार झाले बताएका हुन् ।
आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।
सरकारले ल्याउन लागेकाे एमआरपी कानुन सम्बन्धि लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वर्तमान सरकारले ल्याउन लागेको वस्तुमा लेवल राख्ने सम्बन्धी कानुन प्रति हाम्रो ध्यानार्कषण भएको केन्द्रीय अध्यक्ष रामहरि तिवारीले एक प्रेस विज्ञप्ति जारी गरि बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ । यस अन्तर्गतको अध्य्यन गर्दा समग्रमा साना गरिब ब्यापारीलाई तर्साउने ब्यापारबाट बन्चित गराउने, कर आतंक फैलाऊने, अनावश्यक चेक जाँचको नाउँमा परेशान गर्ने, व्यापारीको हित विपरित भएको हाम्रो स्पष्ट धारणा छ ।
साथै छलफलका बिषयहरु एम. आर.पी. कुन आधारमा तोक्ने, सरकारी निकायबाट कुनै पनि माप दण्ड वा कमिटि गठन हुनु पर्ने ,इम्पोर्ट गर्दा औषधी सरह एम. आर. पी. को ४०% वा सो सरह हुनु पर्ने प्रबन्ध हटाउनु पर्ने रहेको छ ।

त्यस्तै एम. आर. पी. खुद्रा व्यापारीले राख्न नमिल्ने, राख्ने भनेको उत्पादन कम्पनीले हो, त्यसैले लैब केमिकल वा रिपैकिङ गरेमा धेरै बाधा व्यवधान भएको हुनाले वृहत धलफल गर्नुपर्ने,एउटै कंपनीको १ भन्दा बढी आयातकर्ता भएकोले लेवलमा एकरुपता बारे समस्या समाधान गराउनु पर्ने,खुद्रा ब्यापारीहरुको अहिलेसम्म भन्डारण भएको समानहरुको सरकारी निकायबाट आई पर्ने परेशानीको गारेन्टी समाधान गर्नुपर्ने उल्लेख रहेको छ ।

अध्यक्ष तिवारीले जारी गरेको विज्ञप्तिमा यस्तो आर्थिक मन्दीको अवस्थामा लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले कानुनलाई यथा स्थितिमा समर्थन गर्न नसकिने बारम्बार व्यापारीलाई बृहत छलफल नगरीकन मुठ्ठीभर मान्छेको भरमा दुःख दिने नियत मात्र हेरीरहेको ठहर गरेको छ ।
त्यसैले सरकारले ल्याउन लागेको कानुन प्रति यथा स्थितिमा समर्थन गर्न नसकिने निर्णय लिएको तिवारीले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।
लाेकतान्त्रिक समाजवादी पार्टी निकट संगठन एवम् शुभेच्छुक संस्थाहरू सक्रिय रूपमा काम गर्न थालेका छन् । लाेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीकाे प्रभारी ताेकेसँगै सबै संगठनहरू सक्रिय भएका हुन् ।

बुधबारमात्रै लोसपा नेपाल निकट लोकतान्त्रिक युवा संघले महत्वकांक्षी उदघोष गरेकाे छ । संघले २०८२ सालमा ८२ हजार युवाहरूलाई संगठनमा जोडने महत्त्वपूर्ण लक्ष्यका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
लोकतान्त्रिक युवा संघको आगामी रणनीति बारे सल्लाह सुझाबका निम्ति लोसपा नेपालको महासचिव तथा लोकतान्त्रिक युवा संघका प्रभारी मनिष मिश्र,लाेकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादव र संघका केन्द्रीय सचिव शैलेन्द्र ठाकुर सम्मिलित छलफल भई यस्तो निर्णय गरिएकाे हाे ।
लोकतान्त्रिक युवा संघले आफ्नो निति सिद्धान्त अनुसार काम गर्दै यही २०८२ सालमा ८२ हजार युवाहरूलाई संगठनमा जोड्ने लक्ष्य राखेको र सोही अनुरूप कार्यनिति बनाउने महासचिव एवम् युवा प्रभारी मिश्रले जानकारी गराउनु भएको हाे ।
मिश्र भन्छन् -“कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहककाे रूपमा लिइन्छ । पार्टीलाई अगाडि बढाउन युवाको महत्वपूर्ण योगदान नै प्रमुख हुने गरेको छ । ” ‘त्यसैले लाेकतान्त्रिक युवा संघले पनि यस्तो उदघाेष गरेको महासचिव मिश्रकाे भनाइ छ । ‘

यस्तै लाेकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादवले भने-राजनीतिमा युवाकाे भूमिका महत्त्वपूर्ण भएकोले पार्टीलाई मजबुत बनाउन हामी ८२ हजार युवा जाेड्ने लक्ष्य राखेका छाैं । छिट्टै नै यसकाे थालनी गरिने उनले बताएका हुन् ।
आरके श्रीवास्तव,गरुडा,१५ गते वैशाख ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ शितलपुर बैरगनियाका किसान भूपनारायण सिंह निकै खुसी भएका छन् । वडा कार्यालयबाट निःशुल्क रुपमा औषधी छर्ने स्प्रे ट्यांकी पाएपछि कुशवाहा खुसी भएका हुन् ।
फतुवा बिजयपुर–२ को वडा कार्यालयले १ सय किसानलाई निःशुल्क स्प्रे ट्यांकी प्रदान गरेको छ । वडाध्यक्ष अनरिुद्ध प्रसाद यादव उर्फ संजयले १ सय किसानलाई निःशुल्क स्प्रे ट्यांकी प्रदान गरेका हुन् । वडाध्यक्ष यादवले किसानलाई सम्मान गर्दै वडास्तरीय योजना तथा बजेटबाट केही सहुलियत प्रदान गरेको बताएका छन् । वडाको ६ लाखको लागतमा ती किसानलाई स्प्रे ट्यांकी दिएर सम्मानित गर्न पाउँदा आफूलाई पनि हर्ष लागेको वडाध्यक्ष यादवको भनाइ छ ।

स्थानीय रामअश्रे राउतले स्प्रे ट्यांकी प्राप्त गरेपछि खुसी व्यक्त गर्दै आफूले लगाएको बालीनालीमा औषधी छर्न समस्या हुनेगरेको थियो । अब उपरान्त उक्त समस्या हटेको बताए । राउतले स्प्रे ट्यांकी पाएपछि किसानको खेतमा लाग्ने किरा मार्न सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
यसै गरी अर्का किसान मौजेलाल राय यादवले वडाध्यक्ष यादवलाई धन्यवाद दिँदै गरिव तथा दलित किसानलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । रामले भने,‘अब औषधी छर्न सहुलियत भएको छ । गरिव तथा दलित किसानको लागि औषधी छर्न स्प्रे ट्यांकी नहुँदा
समस्या हुने गरेको थियो । वडा कार्यालयले दिएको स्प्रे ट्यांकी निकै उपयोगी हुनेमा हामी ढुक्क छौं ।’
वडाध्यक्ष यादवले किसानको काममा सहयोग हुने विश्वास आफूले लिएको बताएका छन् ।
आगामी दिनमा पनि किसानलाई सहुलियत प्रदान गर्ने योजना ल्याउन किसानसित सल्लाह गर्ने वडाध्यक्ष यादवको भनाइ छ । यस अघिपनि आफूले किसान लक्ष्ति धेरै कामहरु गरेको बताए ।
सो वडा कृषकहरूकै बाहुल्य भएकोले वडाध्यक्ष यादवले किसानलाई सोझै लाभहुने योजना सफल पारेपछि किसानहरूले प्रशंसा गरिरहेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको बताएका छन् । एमालेको मधेस विरोधी सोचका कारण हुलाकी राजमार्ग समयमै निर्माण हुन नसकेको उनले बताए ।
प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग गरेका छन् ।
‘हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । बर्षाका कारण अहिले हिलामय बनेको छ । १० बर्षौदेखी बनाउन शुरु गरिएको सो सडक ठेकेदारले समयमै नबनाउँदा उसमाथि कानून लाग्छ कि लाग्दैन्,’ आजपा अध्यक्ष साहले भने, ‘खासगरी प्रधानमन्त्रीसंग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक, सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ ? सरकारले जवाफ दिनुपर्छ ।’
सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको बर्षौ भए पनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।
यस्तै आजपा अध्यक्ष साहले हिजोराती आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै प्रभावित भएको बताए । बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको र जनजिवन प्रभावित भएको छ ।
आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत दिनुपर्ने माग सरकारसंग गरे । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सूचारु गर्नका लागि उनले सरकारसंग जोडदार माग गरेका छन् ।
‘किसानको आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । बिधुतका पोल ढलेर बिधुत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ आजपा अध्यक्ष साहले भने ।
आरके श्रीवास्तव,राैतहट,१५ गते वैशाख ।
लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल(लाेसपा) निकट लाेकतान्त्रिक मुस्लिम संघले मधेस प्रदेशका जिल्लाहरूमा जिल्ला अध्यक्ष ताेकेकाे छ । संगठनका केन्द्रीय संयाेजक डा.कमरूल्लाह अन्सारीले एक पत्र जारी गरि सबै जिल्लाका अध्यक्षहरूकाे नामावली सार्वजनिक गरेका हुन् ।
महाेत्तरी निवासी कलामुदिन राईनलाई मधेस प्रदेशकाे संयाेजकमा मनाेनयन गरिएको उनले जानकारी गराएका हुन् ।
त्यस्तै पर्सा जिल्ला अध्यक्षमा कलिमुदिन मियाँ,बारा जिल्ला अध्यक्षमा लाल महम्द अन्सारी,राैतहट अध्यक्षमा नजिर अन्सारी रहेका छन् ।

त्यसैगरी सर्लाही जिल्ला अध्यक्षमा अब्दुल रजाक,महाेत्तरी जिल्ला अध्यक्षमा माेहम्द असलम शेख,धनुषा जिल्ला अध्यक्षमा राजाबाबु नदाफ र सप्तरी जिल्ला अध्यक्षमा ई.इर्शाद अलिलाई चयन गरिएको हाे ।
सिरहा जिल्लामा भन्ने जिल्ला अध्यक्ष मनाेनयन गरिएको छैन् । त्यहाँको जिल्ला अध्यक्ष पनि छिट्टै ताेकिने केन्द्रीय संयाेजक अन्सारीले बताएका हुन् ।
देश,प्रदेश,मुस्लिम एवम् पार्टीकाे हितमा वहाँहरूकाे याेगदान उल्लेखनीय रहने विश्वासका साथ जिम्मेवारी दिएकाे उनले बताएका छन् ।
आरके श्रीवास्तव,गरुडा,१५ गते वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश कार्यालय उद्धघाटन भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले कार्यालयको आइतवार उद्घाटन गर्नु भएको हो ।

जनकपुरधाम बलवाटोल स्थित प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुरले नेपाली जनता विगतदेखि नै विभिन्न किसिमका आतङ्क र उत्पीडनको सिकार रहँदै आएको बताएका छन् । भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमणको चर्चा गर्दै ठाकुरले धर्म र जातका आधारमा निर्दोषको हत्या गर्नु निन्दनीय कार्य भएको बताए ।

उनले भने—मानवता र सहिष्णुतामाथि भएको आक्रमणलाई गम्भीर चिन्ताको विषय छ । नेपालभित्र समेत पछिल्ला दिनहरूमा धर्म र जातको नाममा घृणा र द्वन्द्व फैलाउने प्रवृत्तिहरू देखिएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ठाकुरले सबै नेपाली समुदायबीच समानता, सद्भाव र सहकार्यको आवश्यकता अपरिहार्य रहेको बताए ।

उहाँले भन्नुभयो, “नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो, यहाँ सबै धर्म र जातको सम्मान र विकासले मात्र मुलुक समृद्ध बन्न सक्छ ।” धार्मिक राष्ट्र घोषणा सम्बन्धी उठिरहेको बहसप्रति टिप्पणी गर्दै उहाँले भने, “हिन्दु राष्ट्र बनाउनु ठूलो कुरा होइनस हिन्दु राष्ट्र घोषणा गर्दैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्दैन् ।
जबसम्म सबै वर्ग र समुदायको समान अधिकार सुनिश्चित हुँदैन, तबसम्म देशमा वास्तविक विकास र समृद्धि सम्भव हुँदैन् ।

त्यस्तै कार्यक्रममा लोसपा नेपालका बरिष्ठ नेता एवम् श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले प्रादेशिक कार्यालय उदघाटन गर्नु पार्टीको लागि गर्वको विषय भएको बताए । पार्टीको आगामी अधिवेशनमा लागेको बताउँदै पार्टीलाइ चलायमान बनाउनको लागि अधिवेशन आवश्यक रहेको भन्दै यसमा लाग्न उनले सम्पूर्ण नेता कार्यकर्ताहरुमा आग्रह गरेका छन् ।

यसैगरी मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पार्टी पदाधिकारीमा सबैपार्टी भन्दा धनी लोसपा नेपाल रहेको बताएकी हुन् । एक जिल्लामा मात्र काम गरेर हुँदैन् आठै जिल्लामा पार्टीको गतिविधी बढाउनु पर्नेमा उनले जोड दिएकी हुन् ।
त्यस्तै लोसपा नेपाल मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले प्रादेशिक कार्यालयब बाट ८ वटै जिल्लाको काम यसै कार्यालयबाट हुने बताए । लोसपा नेपाल मधेश प्रदेश कमिटीका अध्यक्ष सोनलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महासचिव द्धय डा।सुरेन्द्र कुमार झा,मनिष मिश्र,मधेश प्रदेश संसदीय दलका नेता जयनुल राईन,प्रमुख सचेतकरमिता प्रधान, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी,लोसपा नेपालका केन्द्रीय सदस्य रामप्रवेश दास,लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय संयोजक करुल्लाह अन्सारी लागयत लोसपाका नेता कार्यकर्ताहरू सहभागिता थियो ।
उदघाटन कार्यक्रममा पार्टीको भण्डातोलन पनि राष्ट्रिय अध्यक्ष ठाकुर सहित लोसपाका शिर्ष नेताहरु द्धारा गरिएको थियो ।

लोसपा नेपालको मधेश प्रदेश कार्यालय उघाटन गर्नु जनकपुर आइपुग्नु भएका पार्टीका अध्यक्ष महन्थ ठाकुरलाइ भव्य स्वागत गरिएको थियो । फोटो फिचरः

