आरके श्रीवास्तव,राैतहट,साउन २० गते
श्री माध्यमिक बिधालय बैरियाकाे नव निर्मित भवन भब्य समारोहका विच उद्घाटन गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ काे नव निर्मित भवनको शनिबार एक भब्य समारोहका बिच उद्घाटन भएको छ । बिधालयका प्रधानाध्यापक हृदयनारायण साहकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नगरप्रमुख माे.डा.राजिक आलम रह्नु भएको थियाे । नगरपालिकाको बैरिया टोलमा रहेको बिधालयमा नयाँ भवन निर्माण पश्चात उदघाटन गरिएको हो । आज एक कार्यक्रमका बिच नगर प्रमुख माे. डा.राजिक आलमले समुदघाटन गर्नु भएको थियो ।

राजपुर नगरपालिकाकाे आर्थिक सहयोग बाट करिब २ कराेड ३० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो । सो नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेठ बाट उक्त भवन निर्माण भएको हो । कराेडाैंकाे लागतमा निर्माण सम्पन्न भएको साे भवन तीन तल्ले १२ काेठे भवन रहेकाे छ ।

शिक्षाको उज्यालो घामबाट काेही बालबालिका बञ्चित नहाेस् भन्ने उदेश्यका साथ भवन निर्माण गरिएको राजपुर नगरपालिकाका नगरप्रमुख माे.डा.राजिक आलमले बताउनु भयाे ।

शिक्षालाई विशेष प्राथमिकता राखेर काम गरि रहेको र आगामी वर्ष कृषि विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकृत ठाकुरले यति छिटाे नगरकाे विकासकाे लागि सबैले हातेमालो गरि सहयोग गरेर निर्माण कार्य सफल बनाउनु भएकोमा हृदयदेखि धन्यवाद ज्ञापन गर्नु भयाे ।
साे बिधालयमा बालविकास देखि कक्षा १० सम्म बिधार्थी संख्या १३ सय ६५ रहेकाे शिक्षा संयाेजक खुर्सैद आलमले बताउनु भयाे । साे अवसरमा वडा नम्बर ३ हसिन अख्तर ,वडा नम्बर ४ शेख अन्सारूल ,वडा नम्बर ९ का वडा अध्यक्ष नसरूल हक,वडा नम्बर ५ वडा अध्यक्ष कृष्नन्दन राम ,

वडा नम्बर ७ का वडा अध्यक्ष शेख ईन्ताज,माे.ईसलाम कन्स्ट्रक्सनका सञ्चालक माे.जियाउल हक र शेख मसिर लगायत शिक्षक,शिक्षिका,बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू,जग्गादाताहरू शेख सताउल रहमान,शेख सहवान मास्टर,शेख निसार अहम,शेख समसुदिन,शेख सफिर अहमद,रामविलास राय यादव लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको नगरपालिकाका राजस्व शाखा प्रमुख हरेन्द्र साहले जानकारी गराउनु भयाे ।

सुर्खेत, १९ साउन,।हेमन्त केसी
भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन्। केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय मिडिया जागरणले उल्लेख गरेको छ।
बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ। यसैगरी हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए।
उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर छन्।
उनीहरूको थर भने खुलेको छैन। वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन।
बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन्।
पहिरोबाट होटललाई मन्दाकिनी नदीमा खसेको खवरमा उल्लेख छ। बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको जागरणले उल्लेख गरेको छ।
इन्दीप कोइराला,बारा , १९ साउन ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार हुन सफल भएका थिए । प्रहरीले लामालाई पक्राउ गर्न बारा प्रहरीले ठुलो मात्रमा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न ईलाका प्रहरी कार्यालय निजगढ आउने क्रममा उनीलाई प्रहरीले पकाउ गरेको हो ।
दुई दिनअघि लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङग सहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगामुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो। उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो । लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हातहतियार र वन्यजन्तु ओसार प्रसारविरुद्ध कार्वाही हुने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
लमजुङ १९ साउन ।
लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।
बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन् । उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेकाे प्रहरीले जनाएकाे छ ।
विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे । जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे।
घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएकाे र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।
हनुमत कुमार यादव ,रौतहट ,१८ गते साउन ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा १५ शैय्या आधारभूत अस्पतालको निर्माणका लागि नगर प्रमुख भिखारी प्रसाद यादव द्धारा शिलान्यास गरिएको छ । आज पुरोहित मन्त्रोउच्चारण गरि एक समारोहका बिच नगर प्रमुख यादवले नगरपालिकाको वडा नम्बर ५ मा १५ शैय्या बेडको अस्पताल निर्माणका लागि बिधिवत रूपमा शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका हुन् ।
चुनावी प्रतिबद्धता अनुरुप जनता लाई स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने र कम खर्चमा सुलभ सहुलियतका साथ उपचार हेने मदत पुगने उनका भनाई रहेका छन् । जीवनको मुलभूत आवस्यकता मध्ये एक रहेको स्वास्थ्य लाई ध्यानमा राखी नगरपालिकाको सम्पूर्ण वडाहरुको केन्द्र बिन्दु पर्ने ठाउँमा अस्पतालको स्थापना गरिएको बताए । अस्पतालको स्थापना बाट नगरका जनता हर्सित भएको स्थानीय हरुले बताए ।
न्यु ड्राइगन निर्माण सेवा प्रालि काभ्रेपालचैकले उन्नइस करोड तिहत्र हजार चार सय नबे रुपैया रकमको लागतमा २४ महिना भित्र निर्माण सम्पन्न हुने गरि कार्य सम्झौताका साथ कार्य अगाडी बढाइएको छ ।
उक्त अवसरमा रौतहट जिल्ला प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र,रौतहट प्रहरी प्रमुख बिर बहादुर बुढा मगर , सशस्त्र प्रहरी प्रमुख , नगर उपप्रमुख राजकुमारी देवी, वडा न ५ का वडा अध्यक्ष सुरेश पन्डित,वडा न ७ का वडा अध्यक्ष विजय शंकर यादव ,प्रमुख प्रसासकिय अध्कृत प्रलव कायस्थ , लेख पाल श्रीचन, इ।सन्जय पाण्डे , सूचना अधिकारी चन्द्र भुसन यादव,युवा नेता पवन साह लगायत सुरक्षा कर्मी ,संचार कर्मी का साथ स्थानीय भद्रभलादमी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
रौतहट,साउन १८ गते
पछिलो समय देश सहित रौतहटमा पनि आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्न थालेका छन् ।
जिल्लाका अस्पतालहरुमा यतिखेर आँखा पाक्ने समस्या भएका बिरामीको संख्या ह्वातै बढेको देखिएको छ ।
आँखा पाक्ने बिरामीहरुको संख्या बढेसंगै आँखा उपचारका लागि आउने बिरामीहरुको अस्पतालमा भिड लाग्ने गरेको बौधीमाई नगरपालिका–७ बंकुलमा रहेको रौतहट दृष्टि आँखा अस्पताल एण्ड नर्सिङ्ग होमले जनाएको छ ।
अत्याधिक गर्मीका कारण कन्जनटिभाइटिस भाइरसबाट लाग्ने आँखा पाक्ने उक्त सरूवा रोगका कारण रौतहट दृष्टि आँखा अस्पतालमा अहिले दैनिक एक सय भन्दा बढी आँखा पाक्ने समस्या भएका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
रोगका कारण आँखा पाकेर बढी मात्रामा बालबालिका नै अस्पताल आउने गरेको रौतहट दृष्टि आँखा अस्पताल बंकुलका दृष्टि राेग विशेषज्ञ डाक्टर संजिव कुमार जयसवालले बताएका छन् ।
आँखा पाक्दा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या जस्ता लक्षणहरु देखा परेको डाक्टर जयसवालले बताए ।
डाक्टर जयसवालले भने, ‘आँखा पाक्ने रोग जुन सुकै उमेर समुहका व्यक्तिलाई लाग्न सक्छ, यो सरुवा रोग हो, यो प्राणघातक रोग होइन’ । उनले अघि भने यसको उपचार सजिलै हुने गरेकोले यो रोग लाग्दैमा आतिनुहुँदैन, आँखा पाक्ने समस्या भएपछि नजिकको आँखा अस्पतालमा गएर उपचार गराए सजिलै निको हुने गरेको उनले बताए ।
आँखा पाक्ने रोग सरुवा रोग भएकोले संक्रमणबाट बच्नका लागि संक्रमित व्यक्तिको नजिक नबस्ने, चर्को घाममा घर बाहिर ननिस्कने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधी, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग नगर्न उनले सुझाव दिए ।
त्यस्तै प्रकासजित आइकेयर हस्पिटल शिवनगरमा समेत अहिले आँखा पाक्ने समस्या भएका बिरामीको चाप अत्याधिक मात्रामा बढेको छ । अहिले
यो रोग लाग्नबाट बच्न आँखालाई पटक पटक चिसो पानीले धुने, घाममा ननिस्कन, अनावश्यक रुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा तुरुन्त नजिकको अस्पतालमा गएर चेकजाँच गराउन चिकित्सकहरुको सुझाव छ ।
विशाल बस्नेत,१८ साउन, महोत्तरी
भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो झण्डा फहरायो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उदघाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतियहरुले देख्न सक्छन ।
सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको वेला मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निक्कै ठुलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ ।
मधेशका सिमानामा रोटिबेटीको समबन्धसगैँ राष्ट्रियताका सवालमा स्थानियहरु इमानदार नभएको संगिन आरोपका विचमा मटिहानी स्थित अग्लो पोलवाट फरफराएको झण्डाले भारतियहरुको हेपाहालाइ झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाइ लिएर गिज्याउनेहरुलाई समेत लज्जित वनाइदिएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त ? भन्ने बिषयले चर्चा पाइरहेको वेला उदघाटन पछि मटिहानीको आकाशमा फरफराएको नेपालको झण्डाले उत्तर पनि सगैँ दिइरहेको छ । `यो झण्डाले कति महत्त्व वोकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन,´ नगरप्रमुख मण्डलले खुसी हुँदै भने ।
उपराष्ट्रपति यादवले पनि झण्डाको उदघाटन गर्दै खुसी ब्यक्त गरेका छन् । `नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव वढाएको छ,´ उनले भनेका छन् ।
ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ । सताब्दीऔ पुरानो गुरुकुल होस या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएकाे छ।
यिनै बिषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विध्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाइ ल्याएका छन् ।
देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन देशकै गौरव वोकेको मटिहानीप्रती संघिय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन । मटिहानीलाइ सहभागी बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेतापनी प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ ।
`त्यसैले मटिहानीमा बेला-बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,´ स्थानिय रामसेवक मण्डलले भने । उनका अनुसार नेपाल-भारतको समबन्धलाइ बलियो वनाउन देखि सताब्दीऔ पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पती भएको केन्द्रिय नेताहरु आएर भाषण गरेतापनी व्यवहारिकरुपमा भने कार्यान्वयन हुन सकेको छैन । न्युज कारखाना


बज्जिकाञ्चल साउन १७ गते
रौतहटको चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई तीन दिने मध्यवर्ती तालिम आज देखि चन्द्रनिगाहपुरको हिमालयन होटलमा शुरु भएको छ । स्विस सरकार तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र माण्डवी रौतहटको आयोजना तथा IFES को सहकार्यमा रौतहट जिल्लाका ६ वटा नगरपालिकाहरुमा शी लिडस परियोजना सँचालित रहेको छ ।सो परियोजना अन्तर्गत विगतका दिनहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेकोमा आज देखि मध्यवर्ती तालिम शुरु भएको हो ।

महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दास जानकारी गराउनु भयो ।

कार्यक्रम शुरुवात प्रशिक्षक पुनम ठाकुरले गर्नु भएको थियो भने परियोजनाको लक्ष्य तथा तालिमका उदेश्यका बारेमा कार्यक्रम संयोजक मुनिलाल बैठाले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
यो तिन दिने तालिममा चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र

महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीने अनुगमन अधिकृत दासले जानकारी गराउनु भएको थियो। मध्यवर्ती तालिममा चन्द्रपुर नगरपालिकाको २० जना निर्वाचित महिला
जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठा, अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादवको समेत उपस्थिति रहेको थियो

इन्दीप कोइराला,बारा, १६ साउन ।
बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।
करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् ।
स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।
उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताउनु भएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।