२०८३ बैशाख २३
२०८३ बैशाख २३

विशाल बस्नेत,१८ साउन, महोत्तरी

भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो  झण्डा फहरायो ।

 

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उदघाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतियहरुले देख्न सक्छन ।

 

सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको वेला मटिहानीले फहराएको झण्डा  सामान्य लागेतापनी निक्कै ठुलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ  ।

 

मधेशका सिमानामा रोटिबेटीको समबन्धसगैँ राष्ट्रियताका सवालमा स्थानियहरु इमानदार नभएको संगिन आरोपका विचमा मटिहानी स्थित अग्लो पोलवाट फरफराएको झण्डाले भारतियहरुको हेपाहालाइ झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाइ लिएर गिज्याउनेहरुलाई समेत लज्जित वनाइदिएको छ  ।

 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त ? भन्ने बिषयले चर्चा पाइरहेको वेला उदघाटन पछि  मटिहानीको आकाशमा  फरफराएको नेपालको झण्डाले उत्तर पनि सगैँ दिइरहेको छ । `यो झण्डाले कति महत्त्व वोकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन,´ नगरप्रमुख मण्डलले खुसी हुँदै भने ।

 

उपराष्ट्रपति यादवले पनि झण्डाको उदघाटन गर्दै खुसी ब्यक्त गरेका छन् । `नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव वढाएको छ,´ उनले भनेका छन् ।

 

ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ । सताब्दीऔ पुरानो गुरुकुल होस या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएकाे छ।

 

यिनै बिषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विध्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाइ ल्याएका छन् ।

 

देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन देशकै गौरव वोकेको मटिहानीप्रती संघिय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन । मटिहानीलाइ सहभागी  बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेतापनी प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ ।

 

`त्यसैले मटिहानीमा बेला-बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,´ स्थानिय रामसेवक मण्डलले भने । उनका अनुसार नेपाल-भारतको समबन्धलाइ बलियो वनाउन देखि सताब्दीऔ पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पती  भएको केन्द्रिय नेताहरु आएर भाषण गरेतापनी व्यवहारिकरुपमा भने कार्यान्वयन हुन सकेको छैन । न्युज कारखाना

 

रामानन्द साह,देवाहीगाेनाही,साउन १७ गते ।
राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने गाेष्ठी सम्पन्न भएको छ । साे नगरपालिकाकाे सभाकक्षमा गत मंगलबार किशाेरकिशाेरीकाे लागि गाेष्ठी आयाेजन गरिएको थियाे । यूएसआईडि र केयर नेपालकाे सहयोगमा अभियान नेपालले नगर स्तरीय कार्यक्रम आयाेजन गरेकाे थियाे । कार्यक्रम नगर प्रमुख प्रेमलाल साहकाे प्रमुख आतिथ्यतामा भएको थियाे ।
साउन ९ र १० गते देवाहीगाेनाही नगरपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्र हालसम्म बालविवाह हुने गरेका कारण किशोर किशोरीहरूलाई सचेतना गराउने उद्धेश्यले बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम राखिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा करूनिया र देवाही र कर्कच कर्मैया टोलका किशोर किशोरीहरूको सहभागिता रहेको थियो । साथै युवा किशोर/किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यौन स्वास्थ्य र शिक्षासम्बन्धी कार्यक्रम भएको हाे । साे अवसरमा सबै स्वास्थ्य संस्थाका ईन्चार्ज,जनप्रतिनिधि र सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।

 

बज्जिकाञ्चल साउन १७ गते

रौतहटको चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई तीन दिने मध्यवर्ती तालिम आज देखि चन्द्रनिगाहपुरको हिमालयन होटलमा शुरु भएको छ । स्विस सरकार तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र माण्डवी रौतहटको आयोजना तथा IFES को सहकार्यमा रौतहट जिल्लाका ६ वटा नगरपालिकाहरुमा शी लिडस परियोजना सँचालित रहेको छ ।सो परियोजना अन्तर्गत विगतका दिनहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेकोमा आज देखि मध्यवर्ती तालिम शुरु भएको हो ।

महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दास जानकारी गराउनु भयो ।

कार्यक्रम शुरुवात प्रशिक्षक पुनम ठाकुरले गर्नु भएको थियो भने परियोजनाको लक्ष्य तथा तालिमका उदेश्यका बारेमा कार्यक्रम संयोजक मुनिलाल बैठाले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

यो तिन दिने तालिममा चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र

महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीने अनुगमन अधिकृत दासले जानकारी गराउनु भएको थियो। मध्यवर्ती तालिममा चन्द्रपुर नगरपालिकाको २० जना निर्वाचित महिला

जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठा, अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादवको समेत उपस्थिति रहेको थियो

 

इन्दीप कोइराला,बारा, १६ साउन ।

बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

 

करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् ।

 

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताउनु भएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

इन्दीप कोइराला,बारा, १६ साउन । 

बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

 

स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको उजुरीपछि राईले निजगढ प्रहरीमा आत्मासमर्पण गरेका थिए ।

 

घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनी विरुद्ध बाल यौन दुरुपयोग अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको निरीक्षक श्रेष्ठले बताए ।

 

आफ्नो पसलमा सामान किन्न आएकी एकजना छिमेकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन ।

 

इन्दीप कोइराला,बारा, १६ साउन ।

बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्। बालाक महेन्द्र राजमार्गअन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

 

जनकपुर- बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।
बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

 

हनुमत कुमार यादव,गाैर,साउन १६ गते ।

देश भरी नै फैलिएको पशुहरुमा लाग्ने महामारीको रुपमा लम्पी स्किन रोग विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । विशेषगरी गाई, गोरु , बच्छा,बाछी भैसीमा लाग्ने यो रोगको कारण जिल्लामा ३२ पशुको मृत्यु भैसकेको छ भने जिल्ला र प्रदेश मिलाएर १६३५५ ( सोलह हजार तिन सय पचपन्न ) भन्दा बढी संक्रमीत भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौरका कार्यलय प्रमुख इन्द्रदेव साहले बताएका छन् । जिल्ला भरिको रोगबाट पशुको जनसंख्याको ३ % मृत्यु दर रहेको छ । तीव्र गतिमा फैली रहेको लम्पी स्किन रोग विरुद्ध जिल्लाको १८ वटै पालिकामा सुरु गरिएको छ । मधेश प्रदेश सरकार भुमि व्यवस्था सहकारी मन्त्रलाय जनकपुरधाम बाट ७७ लाख मुल्य बराबरको ६४ हजार डोज खरिद गरि प्रदेशको प्रत्येक जिल्ला लाई ८००० हजार डोजको दरले गाई, गोरु , बाच्छा, बाछी लाई प्रथामिकतामा राखी संचालन गरि रोग लाई नियन्त्रण गर्ने उदेश्य रहेको बताए ।

सोहि अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर कार्यलयले साउन १५ गतेका दिन सबै स्थानीय तहका सेवा शाखा प्रमुखहरुको बैठक राखी सबै स्थानीय तहमा खोप लगाउने कार्य सुरु गरिएको छ । गौर नगरपालिकामा १००० , वृन्दावन नगरपालिकामा ५०० डोज र बाकी पालिकामा ४०० डोजको दरले गरिएको प्रमुख सहले बताएका छन् ।

उक्त खोप कार्यक्रममा आजै मत्र १५०० डोज ल्गयिएको छ । प्रदेश सरकारले दिएको डोजले पुरा नहुने भएकोले यस अघि पालिकाहरुले नगरपालिकाको निजि बजेट बाट खोप खरिद गरि खोप संचालन गरेको छ । यो रोगको रोकथामको लागि खोप को अलावा अरु कुनै बिकल्प नरहेको उनको भनाई रहेको छ । रोग लाई नियन्त्रण गर्न रोग ग्रसित भएका पशु बाट अरु पशु जन्तुलाई १ किलोमिटर टाढा राखने , गोठ सफा राखने , लामखुटेको टोकाई बाट पनि सर्ने भएकोले लामखुटे बाट जोगाउने जरुरि रहेको उनले बताए । पशु रोगीको दोस्रो इन्फेक्सन हुन् नदिनको लागि लक्षणको अधारमा औसधि प्रयोग गर्ने र एन्टीबाईटिक ज्वरो कम गर्न इनटीसेफेटिंग स्प्रे वा मलहम प्रयोग गर्ने गोठ तथा पशुको सरसफाईमा ध्यान दिने आवतजावत चरीचराउ बन्द गरेमा मात्र रोगको रोकथाममा मदत पुग्द छ । यो रोग नेपालमा पहिलो पटक २०७६ सालमा झापामा देखिएको थियो ।

बिगत ३ महिना देखि देशको ७७ औ जिल्लामा खस गरि गाई , गोरु , बच्छा , बाछीमा बढी संख्यामा देखिएको छ , भैसी जातमा पनि यो रोग देखिएको छ तर संख्या चाही कम रहेको छ । यो रोगको रोकथाम जिमेवारी चाही तिनै तहको सरकारको रहेको छ । तर स्थानीय तहको जिमेवारी चाही उतिकै रहेको उनको भनाई रहेको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन १६ गते ।
रौतहट । हजारौको संख्यामा रोजगारी दिएको श्रीराम सुगर मिल अहिले विलयको बाटोमा गइसकेको छ । देशमा तीनै सरकार स्थानीय, प्रदेश र संघीय सरकारको लापरबाहीले ध्वस्त भएको आरोप उठन थालेको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेडको भएको लिलामी प्रक्रिया अनाधिकृत रहेको पनि छलफल गरिएको छ ।
श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । यसै विषयलाइ लिएर मध्य रौतहटको गरुडा स्थित आर्शिवाद गेष्ट हाउसमा जनप्रतिनिधिहरु तथा सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ ।
उँखु उत्पादक संघ रौतहटको आयोजनामा आज मंगलवार भएको कार्यक्रममा उधोग सञ्चालक द्धारा अनाधिकृत लिलामी प्रक्रिया बारे छलफल गरिएको हो । संघका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा सो छलफल गरिएको हो ।
बैठकबाट ज्ञापनपत्र बुझाउने,बृहत् आमभेला गर्ने र कमिटि गठन गर्ने निर्णय गरिएको संघका अध्यक्ष यादवले बताउनु भयो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते जनप्रतिनिधी र किसानहरुको रोहबरमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको हो । साथै मिललाइ जोगाउनको लागि जिल्लाको चारै निर्वाचन क्षेत्रको संघिय, प्रदेश सांसद र स्थानियहरु सँग सहकार्य गरी साउन २७ गते शनिवारका दिन श्रीराम सुगर मिलको प्रांगणमा आम भेला गरी मिल जोगाउन अगामी निति तय गर्ने सर्वसहमती बाट निर्णय गरिएको हो ।
बैठक बाट अशोक प्रसाद यादवको नेतृत्वमा ९ सदसिय कमिटि पनि गठन गरिएको छ । जसको कमिटिमा अनिल कुमार यादव,प्रेम शंकर राय यादव, राजकुमार दास तत्मा,विजय यादव,रामविनोद जयसवाल,शेख मसहर,श्याम सहनी रहेका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति रौहतटका सभापती रामअयोध्या यादव,पूर्व मन्त्री गोविन्द चौधरी,नेपाली काँग्रेसका जिल्ला सभापती एवम् प्रदेश सांसद स्ुनिल कुमार यादव,गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल,गुजराका नगरप्रमुख सन्तलाल चौधरी,गरुडा नगरपालिकाकी उपप्रमुख पसनम चौधरी,गरुडाका मेयर प्रत्यासी ब्रिजकिशोर यादव सहित जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।

 

बज्ज्किाञ्चल, फतुवा बिजयपुर,साउन १६ गते ।

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कृषकहरुलाइ सिंचाइमा सहजताको लागि पैनी सरसफाइ गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुरको पचमौजामा पैन सफाइ गरिएको हो । रोपाँइ गर्ने बेला किसानहरुलाइ खेती गर्न पानीको अभाव हुन थालेपछि । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेट बाट स्थानिय बन्ती राय यादवले पैनी सरसफाइ गराएका हुन् । नगर प्रमुुख खातुनको सहयोगमा सो पैनी सरसफाइ गरेको हो ।

सरसफाइ भएपछि अरुवा नदीको पानी बाट किसानहरुले सिंचाइ गर्न पाइरहेका छन् । जसबाट किसानलाइ प्रत्यक्ष फाइदा पुगेको छ । पैनीमा ठाउँ ठाँउमा पुरेपछि स्थानीयहरु लाइ सिचाईँबाट प्रभावित भएका थिए । स्थानीयहरुले कृषकहरुले सम्बन्धित निकायलाई सफाइको लागि गुनासो समेत गरेका थिए ।

स्थानीयको गुनासो आएपछि कार्यवाहक नगरप्रमुख खातुनले सरसफाई गराएकी हुन् । पैनी सरसफाई भएपछि स्थानीय समेत हर्षित भएका छन् । यता सो चौरीतिर निविभन्न नयाँ कृषि सडकहरुपनि विस्तार गरिएको स्थानिय समाजसेवी राजा हुसेनले जानकारी गराउनु भयो ।

बज्जिकाञ्चल,गढिमाइ,साउन १६ गते ।
रौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नम्बर ५ लाइ नमूना वडा बनाउन ज्ञापनपत्र बुझाइने भएको छ । केही स्थानियहरुले आज प्रेस विज्ञप्ती जारी गरी सो सम्बन्धमा जानकारी गराएका हुन् । विज्ञप्तीमा भनिएको छ गढीमाई नगरपालिका वाडा नम्बर ०५ मदनपुरमा वडा भित्रको सबै टोल र ठाउबाट सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिधित र दिगो कृषिको प्रबन्धन गर्ने सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ्य जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने, सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित र जीवनपर्यन सिकाईका अवसरहरु प्रवर्धन गर्ने, लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने, सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने, सबैका लागि किफायती विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने, भरपदों, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने रहेको थियो ।
साथै उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र नवीन खोजलाई प्रोत्साहन गर्ने व्यक्ति र व्यक्ति तथा समाजमा असमानता घटाउने तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशिल र दिगो बनाउने, दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायू परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने, दिगो विकासका लागि स्रोतहरुको दिगो प्रयोग तथा संरक्षण गर्ने स्थलीय पर्यावरणको संरक्षण, पुनस्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने, दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने, दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने रहेको थियो ।
गढीमाई नगरपालिका वडा नं०५ लाई नगरकै एक नमुना वडा बनाई आर्थिक, समाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक रुपमा सबल, सक्षम र समृद्ध बनाई नगरभित्र र देश भरी वडालाई चिनाउने तर दुःख लाग्दो कुरा आज हामी निराश भएको छौ त र उक्त समस्या को समाधान खोज्न हामी प्रतिबद्ध भई कानुनी उपचार खोज्न ज्ञापन पत्र बुझाउने छौ । सो कार्यक्रममा सरोकारवाला सबैमा उपस्थित भई कार्यक्रममा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।