




लमजुङ ५ कार्तिक ।
लमजुङ कारागारमा रहेका कैदीबन्दीलाई त्रिवेणी युवा क्वलले खसी र खाद्यान्न सहयाग गरेको छ ।
कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि बेसीशहरमा रहेको त्रिवेणी युवा क्लवले २४ हजार मुल्य बराबरको खसी र ७ हजार पाँच सय रुपैया बरावरको खाद्यान्न सहयोग गरेको हो ।
क्लवले हरेक वर्ष बडादशैको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरुलाई खाद्यन्न सहयोग गर्दै आएको छ । कैदी बन्दीहरुलाई सहज र उल्लासमय रुपमा चाडपर्व मनाउन सहज होस् भनेर क्लवले सहयोग प्रदान गरेको क्लवका अध्यक्ष विनोद गुरुङले बताए।
कैदीवन्दीलाई दशैकौ शुभकामना दिनुको साथै क्लवका पदाधिकारी, जिल्ला कारागारका जेलर, चौकीदार लगायत उपस्थित व्यक्तिहरुविच शुभकामना आदानप्रदान भएको थियो ।
चाडपर्वको वेला सम्झिएर खाद्यन्न प्रदान गरेको भन्दै कारागारका कैदी बन्दीहरुले आभार व्यक्त गरेका थिए । कारागारका जेलर कमलापती अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले क्लवको यस सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए ।
लमजुङ कारागारमा हाल ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेका छन् । कारागारका कैदीवन्दैलाई दशैँका लागि यसअघि बेसीशहर नगरपालिकाले २ वटा खसी सहयोग गरेको छ ।
विशाल बस्नेत,महाेतरी, ४ कात्तिक ।
काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ ।
महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछी निराशा छाएको हो ।यसअघि केन्द्रिय अनुसासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत पदमा नै रहने गरी फुकुवा गरेको थियो ।
कारवाही फुकुवा पछी पुर्बबत पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ काङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे । पुर्व नगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पुर्णरुपमा अबैधानिक रहेको बताउदै क्षेत्रीय सभापति महेश झाले भ्रमपुर्ण पत्रको पछाडी नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।
केन्द्रिय कार्यसमितिको निर्णय अनुसार निर्बाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी काङ्ग्रेसको दावी छ । पाटीको बदनाम हुनेगरी कुनै बैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपुर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए ।
तर कारवाही फुकुवापछी पुर्ववत पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रिय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए । पाटीको विधानअनुसार नै कारवाही फुकुवा भएतापनी क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथी हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाई छ । न्युज कारखाना
विशाल बस्नेत,महाेत्तरी, ४ कात्तिक ।
बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।
चाडपर्वको अवसर पारेर महिनाभरी नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।
उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।
कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरि त्यस्को व्यवस्थापन मिलाईएको छ । दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरि नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए ।
नि:शुल्क पानी पाईयो भन्दैमा त्यस्को दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ । न्युज कारखाना
हेमन्त केसी,सुर्खेत, ४ कार्तिक ।
बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन्।
दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन्। रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति हुन्थ्यो। पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै जान थालेको छ।
आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन्। गाउँमा खर र ढुंगे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन्।
उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ।’ आफ्नो घर ढुंगामाटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ।
पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकैपटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ।
गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन्। अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए।
सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ। अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ।
बजारमा पनि ठूला ठूला पक्की घर छन्। गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन्।
उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो। भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो।’
संजय सहनी,राैतहट,कार्तिक ०३ गते
जनमत पार्टी रौतहटका नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएकाे छ । रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे ।

मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए। साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिग रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।
हेमन्त केसी,सुर्खेत, २ कात्तिक ।
भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्यमा आधारभूत खानेपानीको पहुँच पुगेको छ। जलस्रोत तथा उर्जा विकास मन्त्रालयले उपलब्ध गराएको डाटा अनुसार कर्णालीको ३ लाख ६६ हजार ०३७ परिवार मध्य ३५.६ प्रतिशत परिवारले घर परिसर भित्र, बाहिर धारा जडान गरि पानी खाइरहेका छन्।
४४.४ जनसंख्यले पाइपबाट घर परिसर बाहिर धाराको पानी खाइरहेको मन्त्रालयले जनाएको छ। ०४ प्रतिशत परिवारले ट्युवेलको पानी खाने गरेको समेत तथ्यांकमा उल्लेख छ। २.१ प्रतिशत नागरिकले इनारबाट , ०.१ ले जारको पानी, खुल्ला इनार र कुवाको पानी प्रयोग गर्ने घर धुरी संख्या २.५ प्रतिशत, २.१ प्रतिशतले खोलाको पानी प्रयोग गरिरहरको समेत योजना महाशाखा सिडिइ गोपाल शर्माले बताए। २०१९ को डाटा अनुसार कर्णालीमा ३.५ प्रतिशत जनसंख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।
कुन जिल्लामा कतिले कस्तो पानी पिउँछन्?
सन् २०२१ को तथ्याङ्क अनुसार ३ लाख ६६ हजार ०३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको संख्या १ लाख ३० हजार ४६५ परिवार रहेको छ। धारा, पाइपमार्फत परिसर बाहिर १ लाख ६२ हजार ६१९ जनाले पानी खाइरहेका छन्। १हजार ६३५ घरधुरीले ट्युवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको डाटामा उल्लेख छ।
राम्रोसँग ढाँकिएको कुवामार्फत पानी पिउने परिवारको संख्यामा ७ हजार ५७३ रहेको छ। ९ हजार २१० परिवारले खुल्ला रूपमा रहेको राम्रो कुवाको पानी खाने गरेको मन्त्रालयले जनाएको छ। ४८ हजार ६९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ। ४ हजार २७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ। जार र बोतलमा पानी पिउनेको संख्य ४८० घरघुरी रहेको छ । त्यस्तै अन्यमा १ हजार ८० घरधुरी रहेको छ।
डोल्पामा ९ हजार ३८० घरधुरीमा ३ हजार ११७ घरधुरीले घर भित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने, ४ हजार २५२ घरधुरीले घर बाहिर परिसरमा धारा बनाएर पानी खाइरहेको तथ्यांकमा उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुल्ला कुवाको पानी १९२ घरधुरी, १ हजार ४१३ घरधुरीलाई थोपा पानी, ३६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ। १२ हजार ४३० घरधुरी रहेको मुगुमा २ हजार १०४ घरधुरीले घर मित्र पानी खाइरहेका छन् भने घर बाहिरको धारामा ५ हजार ६७५ घरले पानी खाएको उल्लेख छ। राम्रो सँग ढाकिएको कुवाको पानी ३ परिवारका र खुल्ला कुवाको पानी ४३ घरले, थोपा पानी ४ हजार २४३ घरधुरीले, ३५० घरले खोलाको पानी, जार बोतलको १, अन्य ११ परिबारले पानी प्रयोग गरिरहेको पाइएको छ।
हुम्लामा ११ हजार २०४ घरधुरीमा २ हजार २२३ घरधुरीले घरभित्र पाइप मार्फत पानी प्रयोग गर्दछन् भने घर बाहिर परिसरमा ७ हजार १५७ घरले पानी प्रयोग गरिरहेका छन्। त्यस्तै २ घरले ट्युवेल, ढाकिएको कुवाको पानी २ घर, राम्रोसँग ढाकिएको कुवाको पानी ३, खुल्ला कुवाको पानी २०, थापाको पानी १ हजार ५५५, नदी र खोलाको पानी ८५ परिबार, १५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन्। जुम्लामा २४ हजार ४२२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको संख्य ९ हजार ८८६ रहेको छ । १० हजार ३३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुल्ला कुवाको पानी ४४ घरले पिउने गरेका छन्। थोपाको पानी ३८ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन्। नदी खोलाको २१४ घरले पानी पिउछन्। अन्य ६० परिवारले बिभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विकले बताइन्।
कालिकोटमा २६ हजार ७२० घरधुरी मध्य ६ हजार २९३ घरधुरीले घर भित्र नै पानी पिउने गरेको छन भने परिसर बाहिरका १३ हजार ५९५ घरधुरीले पानी प्रयोग गर्दछन्। टयुववेलको पानी १ घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी २३७ घर, थोपाको पानी ६३६० घरधुरी, २२५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी १ घरले पिउने गरेका पाइएको छ।
५४ हजार ५९४ घर भएको दैलेखमा १८ हजार ६७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार ८०३ घरधुरीले पानी प्रयोग गर्दछन्। ५३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी १२५४ घरघुरीले पानी पिउँछन्। ८ हजार ९३१ घरधुरीले थापाको पानी प्रयोग गरिरहेका छन्। नदी खोलाको पानी ३०० घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन्।
जाजरकोटमा ३७ हजार ४५३ घरधुरी मध्य १३ हजार १५४ घरधुरीले घर भित्र नै पानी प्रयोग गरिरहेका छन् भने घरको परिसर बाहिर १८ हजार ३१२ घर, बन्दकुवाको पानी ६४, खुल्ला कुवाको पानी ३८२, थोपा पानी ५०४४, ३५३ परिवारले खोलाको, २१ परिबारले जार, १२३ परिवारले बिभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए। ३७ हजार २९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार १५७ घरघुरीले घर भित्र नै पानी प्रयोग गरिरहेकोमा घर बाहिर परिसरमा १८ हजार ९८६ परिवार रहेका छन्। १९ ढाकिएको कुवामा र २९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ। त्यस्तै २ हजार ६०८ परिवारले थोपाको पानी र १९५ परिवारले खोलाको पानी, जारको पानी ८ परिवार र अन्य १८ परिवारले बिभिन्न स्रोतबाट पानी पिउने गरेका छन्।
५४ हजार ६७२ घरधुरी रहेको सल्यानमा घर भित्र पानी पिउनेको संख्या २० हजार २८ रहेकोमा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको संख्या २६ हजार ५० रहेको छ। त्यस्तै ६९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी १ हजार ६९७ परिवार , थोपा पानी ५ हजार ३८८ परिवार रहेको छ । ७२३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको संख्या ८२ रहेको छ।
प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार ८२२ घरध्री रहेकोमा घरभित्र पानी पिउनेको संख्या ३९ हजार ७७० रहेकोमा घर बाहिर परिसरमा पानी प्रयोग गर्नेको संख्या ३३ हजार ७६० रहेको छ। त्यस्तै १ हजार ६३२ परिवारले टयुववेलको पानी प्रयोग गर्दछन्। ६ हजार १८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट ५ हजार ८२ घर, ९ हजार २८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको संख्या १ हजार ४६८ परिवार, ४२२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको संख्या ५२५ रहेको छ। न्युज कारखाना
लमजुङ, २ कार्तिक
बेसीशहर नगरपालिकाले कारागारका कैदी,बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो।
नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्।
नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन विताइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।
नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदी/बन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिइको बताए।
कारागारका जेलर कमलापती अधिकारीले दसैंमा कैदी/बन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए।
खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो।
लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेको छन्। न्यूज कारखाना