२०८३ श्रावण २
२०८३ श्रावण २

काठमाडौं, ११ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिन देखि देश बन्न शुरु हुने बताएका छन ।

 

सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन ।

उनका अनुसार नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिएमा देश बन्ने उनको तर्क छ ।

 

उनले सामाजिक सञ्जालमा लेखेका छनः

 

राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने ‘सर्वदलिय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ।

त्यसपछी मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं।

ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।

स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यै पनि नगरौं, देश बन्छ।

अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा,  हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले ? ८४ मा।

 

हैट, चौराआआआआआसिमा !!!!न्युजकारखाना

काठमाडौं, ११ माघ ।

नेकपा माओवादी केन्द्रका पुर्व लडाकु कमाण्डर पक्राउ परेका छन ।

 

पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन ।

 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ ९ पूर्वी रूकुम ० लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।’न्युजकारखाना

काठमाडौं, ११ माघ ।

राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । तर, शाह हेटौँडा पुगेका छैनन् । महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ ।

यस्तै धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् । बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने  निर्वाचन आयोगले जनाएको छ ।न्युजकारखाना

काठमाडौं, ११ माघ ।

चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम भइरहेको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाई कार्य सम्पन्न भएर इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए । “छपाइका लागि आवश्यक कागज खरीद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४ सैं घण्टा चलिरहेको छ” झाले भने, “पुस्तक छपाइसँगै बिभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ।”

शिक्षा मन्त्रालयले यसवर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाई गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीब्रता आएको हो । नीजि क्षेत्रका छापाखानाहरूलाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले टेण्डर आव्हान गरिसकेको छ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब १ करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी रहेका छन्। केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाई र तयारी भइरहेको जनाएको छ।

 

प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो। गतवर्ष पुसपछि मात्र कागज आएको भएपनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए ।

 

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयहरूसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए । उनले भने, “केन्द्रको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ।”

 

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजानेगरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसीले बताए । अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर एकीन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ।न्युजकारखाना

काठमाडौं, ११ माघ ।

सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

 

सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७÷०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ । न्युजकारखाना

 

जनकपुर, ११ माघ ।

राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा एकजना सांसद अनुपस्थित भएका छन् ।

 

जारी मतदान प्रक्रियामा पालिकातर्फका मतदाताहरू मध्ये २ सय ६७ जनाले नै मतदान गरेका छन भन प्रदेशतर्फ १०७ जना मध्य १०६ जनाले मतदान गरिसकेका छन ।

जारी मतदानमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अभिराम शर्मा अनुपस्थित भएका छन ।

 

अदालतबाट दाेषी ठहर भएकाले उनी मतदान प्रकियामा सामेल  हुन नसकेका हुन । थमन विक हत्यामा महाेत्तरी अदालतले उनलाइ जन्मकैदकाे फैसाला सुनाएकाे छ । न्युजकारखाना

रौतहट, ११ माघ ।

भारतमा उत्पादन भएका सुर्तीजन्य भित्र्याएर खुलेआम नेपाली बजारमा बिक्री वितरण हुने गरेको छ । सुर्तीजन्य पदार्थ आयातमा रोक लगाइएका कारण त्यसको भन्सार नकाटिने भए पनि सुरक्षाकर्मीकै मिलोमतोमा तस्करहरुले ल्याउने सुर्तीजन्य पदार्थ रौतहटका सबै बजारमा पुग्ने गरेको छ ।

 

खुला सीमाका कारण रौतटका विभिन्न नाका हुँदै सुर्तीजन्य पदार्थहरू रौतहट भित्रिने गरेको छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सुर्तीजन्य पदार्थ रौतहटका बजारमा आउने गरेको सम्बन्धित व्यापारीहरूको भनाइ रहेको छ ।

 

भारतको बिहारबाट लुकीछिपी प्रहरी प्रशासनकै मिलोमतोमा रजनीगन्दा तुलसी लगायतका सुर्तीजन्य पदार्थ रौतहट जिल्लाका विभिन्न स्थानसम्म पुग्ने गरेको छ । रजनीगन्धा तुलसी पान मसला र भारतीय सुर्ती प्रहरी प्रशासनकै सेटिङमा रौतहटको विभिन्न नाका भएर छिर्ने गरेको छ ।  क्यारियर मार्फत व्यापारीहरूले यसरी अवैध रूपमा आयात गरिएको सुर्तीजन्य पदार्थ रौतहटका सबैजसो मुख्य बजारहरूमा पुग्ने गरेको छ ।

 

रौतहटको विभिन्न नाका हुँदै अवैध रूपमा ल्याइएको रजनीभन्दा तुलसी तथा पान मसलाहरू रौतहट हुँदै काठमाडौँ नारायणघाट पोखरा र हेटौडासम्म पुग्ने गरेको छ । नेपाल सरकारले भारतबाट सुर्तीजन्य पदार्थ आयातमा रोक लगाएपछि त्यसको भन्सार काट्ने सिस्टम नभएका कारण व्यापारीहरुले लुकी छिपी यसको व्यापार गर्दै आएका छन् ।

 

रौतड सहित मधेश प्रदेश र देशकै विभिन्न स्थानमा बिक्री वितरण हुने रजनीगन्दा तुलसी र पान मसला भारतबाट अवैध रूपमा आयात हुने गरेको छ । पान मसला र सुर्तीजन्य पदार्थको भन्सार नकाटिने भएपछि व्यापारीहरूले सीमामा तैरत सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मिलाएर सीमा पार गराउँदै यसको व्यापार व्यवसाय गर्दै आएका छन् ।

 

रौतहट प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेका विभिन्न सामानहरू बरामद गरेर सार्वजनिक गर्ने गरेको भएपनि सुर्तीजन्य पदार्थ अहिलेसम्म बरामद गरेर सार्वजनिक नगर्नुले पनि शङ्का उत्पन्न भएको गौरका स्थानीय बासिन्दा पुष्पराज यादवको भनाइ रहेको छ ।

 

यसका औलामा भारतबाट अवैध रूपमा पानमा हालिने मसला र पानको पत्ता समेत प्रहरी प्रशासनकै सेटिङमा भन्सार तपाईँले गरिएको छ। गौर बाहेकका अन्य छोटी भन्सार हुँदै खैनी समेत सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा रौतहट छिर्ने गरेको समाचार स्रोतले बताएको    छ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा बिक्री वितरण हुने कालो खैनी समेत अवैध बाटो भएर नेपाल छिर्ने गरेको छ ।

 

आम सर्वसाधारणको स्वास्थ्यमा असर गर्ने रजनी भन्दा तुलसी लगायतका सुर्तिजन्य पदार्थ प्रहरी प्रशासनकै मिलोमतोमा रौतहटका विभिन्न नाका भएर छिर्ने गरेको स्थानीय व्यापारीहरूको भनाई रहेको छ ।

 

मधेस प्रदेशका हरेक पान दुकानका बाहिर झुण्ड्याएर राखिएका यस्ता गुट्खाजन्य पदार्थहरू नेपाल भित्रार्याउन नेपाल सरकारले प्रतिबन्ध लगाएको भएपनि खुलेआम रुपमा नेपाल आउने यस्ता वस्तुको बिक्री वितरण हुने गरेको छ ।न्युजकारखाना

 

चितवन, ११ माघ ।

गैँडा मारेर खाग तस्करी गरेकाे आरोपमा तीन वर्षदखि फरार एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

 

राप्ती नगरपालिका–६ बस्ने टिकाराम बोहोरा भन्ने खेसर बहादुर बोहोरालाई गत माघ ९ गते मंगलबार दिउँसो १:५० बजेको समयमा हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलबाट पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

 

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बोहोरालाई २०७६ भदौ ३१ गते अमलटाँडी सेक्टर अन्तर्गत बाँदरझुला पोष्टको मर्दीखोला क्षेत्रमा वयस्क भाले गैँडा मारी खाग काटेको र २०७७ कात्तिक २० गते भोसारघाटतर्फ आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानेर कारी खाग काटेर लगेको आरोपमा पक्राउ गरिएको हो ।

 

नेपाली सेना, निकुञ्ज टोली र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको संयुक्त टोलीले घटनामा संलग्न २३ जना आरोपितलाई पक्राउ गरिसकेको तिवारीले जानकारी दिए । दुवै घटनामा जम्मा २४ जना संलग्न थिए । बोहोरा तीन वर्षदेखि फरार थिए ।

 

विशेष सूचनाको आधारमा बोहोरालाई पक्राउ गरि चितवन जिल्ला अदालतमा बयान तथा थुनछेक आदेशको लागि पेश गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।न्युजकारखाना

 

रौतहट ११ माघ ।
करिब एक सातापछि रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ। यही ७ माघदेखि आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित अपिडी लगायतको सेवा सुचारु भएको हो। अस्पतालको तर्फ बाट ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारिगर्दै सेवा सञ्चालन बारे सार्वजनिक गरेको छ।
तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।


अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए । ६  माघ अस्पताल सञ्चालन तथाव्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको सार्वजनिक गरेका थिए।
प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले बताएका थिए।

प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले  विगत ७  महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको एकजना डाक्टर चन्दन सहनीले बताएका छन्। मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर  सहनीले जानकारी दिएका छन्।

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमिले बताएका छन्।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै  मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ । मेडिकल सुपरिटेन्डेण्ट कृष्ण  साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरे पनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमीले बताए ।

संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन् ।  सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हासमीको माग छ ।न्युजकारखाना

काठमाडौं, ११ माघ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।

 

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

 

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ सेवाग्राहीलाई भावनात्मक रूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

 

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताए ।

न्युजकारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।