काठमाडौं, २० फागुन ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।
एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्ने भनिएको थियो । हिजो निर्धारित समय सिमा भन्दा एक घन्टा बढी नाघिसक्दा पनि बैठक बस्न सकेको छैन ।
सोही बैठक बोलाएको बेलामा वालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ भने जसपा नेपालले पनि आकस्मिक रूपमा बैठक बोलाएको छ । गठबन्धनको बैठक बस्न लागेकै बेला जनमत पार्टीका अध्यक्ष सिके राउत वालकोटस्थित ओली निवास पुगेका छन् ।
सत्तारूढ गठबन्धनको बैठक बस्न नसके पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्णबहादुर खड्का भने वालुवाटार पुगेर छलफल गरिरहेको जनाइएको छ ।
हिजो मात्रै एकाएक प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।
सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका बिषयमा दुइ दल बिच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन । न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।
संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो ।
यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक हालै सम्पन्न गरेको छ भने अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको निष्कर्षसहित वालुवाटारस्थित प्रधानमन्त्री निवास, पुग्दैछन ।
सोही बैठक लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत वालुवाटार पुगेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवलाय बैठक पनि जारी रहेको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
काठमाडौंको मध्यबानेश्वरस्थित गुणस्तरीय शिक्षाको सङ्गमका रूपमा रहेको भ्याली भ्यु स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस विशेष शैलीबाट मनाएको छ। बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वार्षिक अभिभावक दिवसमा कला, शिक्षा र स्वास्थ्यका कुरा गरिएको हो।
पहिलो दिनको उद्घाटन सत्रमा विद्यालयले प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेललाई आमन्त्रण गरेको थियो। गजुरेलले अभिभावक र विद्यार्थीहरूमाझ कलाका कुरा गरेका थिए। कलाको महत्त्वबारे चर्चा गर्दै गजुरेलले दीर्घ जीवनका लागि खुसी रहनु निकै महत्त्वपूर्ण भएको बताएका थिए। हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएर उनले सबैलाई हँसाएका थिए।
उनले भ्याली भ्यु स्कुलले शिक्षाका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको आफूले पाएको भन्दै विद्यालयको प्रशंसा गरेका थिए।
त्यस्तै दोस्रो दिनको समारोहका प्रमुख अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बालबालिकाको भविष्य निर्माणका लागि अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै स्वस्थ जीवन र त्यसको महत्त्वबारे प्रकाश पारेका थिए।
स्वस्थ जीवनका लागि स्वस्थ मुटु आवश्यक हुने बताउँदै उनले विद्यार्थी जीवनबाट नै स्वस्थकर दैनिकीका बारेमा अभिभावकवर्ग जानकार हुनुपर्ने कुरा औँल्याएका थिए।
कार्यक्रममा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै बालबालिकाको युग सुहाउँदो ज्ञान, सिप र प्रविधिको विकासका माध्यमबाट मात्रै आजका बालबालिकाको उज्ज्वल भविष्य निर्माण हुने भएकाले भ्याली भ्यु स्कुलले त्यसैको स्तरीकरणमा जोड दिइरहेको बताए ।
अभिभावक दिवसको कार्यक्रममा विद्यार्थीहरूले गीत, सङ्गीत, नृत्य, नाटक, योग र खेलकौशलका अनेक प्रस्तुति प्रदर्शन गरेका थिए।
सो अवसरमा सर्वोत्कृष्ट शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विषयगत रूपमा सर्वोत्कृष्ट हुन सफल शिक्षकहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।
मध्य बानेश्वर, काठमाडौंस्थित भ्याली भ्यु स्कुलले दुई दशकको यात्राक्रममा गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा एकैसाथ जोड दिँदै आएको छ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।
गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ ।
जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गाेपनियताकाे सपथ लिदैँछन् ।
साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिदैँछन् ।
उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।
यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रियसभा अध्यक्षकाे जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
जसअनुसार हिजो पदावधी सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालिन राष्ट्रपति बिधादेवी भण्डारीले मनोनीतमा परेकी डा.विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
आज सत्तारूढ गठबन्धनको बैठक बस्दैँछ ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ८ बजे बोलाइएको छ ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।
हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।
ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपुर्ण रूपमा हेरिएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेश गर्ने कार्यसुची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.ब. २०८१ /८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना
महाेतरी, २० फागुन ।
महोत्तरीको रातु खोलामा भएको अवैध उत्त्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिवासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ ।
निवेदकहरुले पेश गरेको प्रमाणलाई आधार वनाएर आज सर्वोच्च अदालतले उत्त्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिबक्ताहरू पदम बहादुर श्रेष्ठ, राजु फुयाल, सुधनराज आचार्य , बिष्णु कुमार थोकर र सुदिप कुमार भुजेलले गरेको बहसमा न्यायाधिश आनन्दमोहन भट्टराईको इजलासले रातु नदीमा भएको उत्त्खननलाई अवैध भएको ठहर सहित तत्काल रोक्न आदेश जारी गर्दै १९ चैत्रमा विपक्षीहरुलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ ।
पर्यावरणलाई असर वनाउनेगरी मापदण्डको समेत धज्जी उडाएको भन्दै बर्दिवासका स्थानीय शंकर महतो, श्याम खडका, चेत कुमार थापा, परशुराम बस्नेत, निरज अधिकारी, रामजतन महतो र बिमलेश महतोले १७ फाल्गुनमा रिट दायर गरेका थिए ।
रिट निवेदकहरुले पेश गरेको प्रमाणलाई हेर्दा आईई रिपोर्ट र मापदण्डलाई अनुसरण नगरेको अदालतको निष्कर्ष छ ।
स्वच्छ र स्वस्थ वातावरण, स्वस्थ जिवन र मानवअधिकारको आधार रहेको सन्दर्भमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन हुदा वातावारनिय हानि हुन जाने र मानवअधिकारमा पार्ने प्रतिकुल असर र हालको दोहानवाट उक्त नदीमा क्षति पुग्न गएको अवस्थालाई दृष्टिगत गरी यस्तो कार्य तत्काल रोक्न आवस्यक देखिएकाले अन्तरिम आदेश जारी गर्नुपरेको अदालतले जनाएको छ ।
निवेदकको तर्फवाट बहस गर्ने अधिबक्ता पदम बहादुर श्रेष्ठले अदालतले आदेश जारी गरेसँगै उत्त्खनन तत्काल रोक्नुपर्ने वताए । ‘आजैवाट सर्वोच्च अदालतको आदेश कार्यान्वन हुने हुदा जस्ले उत्त्खनन गरेतापनि तुरुन्त बन्द गर्नुपर्छ ।’ उनले भने । ‘बर्दिवास लगायत नदीको तटिय क्षेत्रमा बस्ने मानिसहरुको लागी सर्वोच्चवाट ठुलो न्याय भएको छ ।’
उत्त्खनन, विक्रिवितरण र ओसारपसार आजैदेखि बन्द नगरे अदालतको मानहानि समेत हुन् सक्ने अधिबक्ता श्रेष्ठको भनाई छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोतरी जिल्ला समन्वय समिति, महोतरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोतरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाइएको थियो ।न्युज कारखाना